पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्प विरुद्धको पछिल्लो स्पष्ट हत्या प्रयासले देखाएको छ अमेरिकाको राजनीतिक परिदृश्यमा कति धेरै आक्रोशले प्रभाव पारेको छ, जुन उनको पक्ष र विपक्षमा उब्जिएबाट देखिएको हो ।
पूर्व राष्ट्रपति ट्रम्पले राष्ट्रिय टेलिभिजनमा आप्रवासीहरूलाई दोष लगाउँदै हाइटीका आप्रवासीहरूले ओहायोको एउटा सहरमा घरपालुवा कुकुर र बिरालाहरू खान्छन् भन्ने झूटा कथाहरू सुनाएको केही दिनपछि, कसैले स्कूलहरू, सिटी हल र अन्य सार्वजनिक भवनहरू विस्फोट गर्ने धम्की दिन थाल्यो, जसले गर्दा मानिसहरूलाई ती ठाउँहरुबाट खाली गराइयो र धेरैतिर आतंक फैलियो।
अधिकारीहरूले भने अनुसार केही दिनपछि, एक व्यक्ति जसले आफूलाई अनलाइनमा असन्तुष्ट पूर्वट्रम्प समर्थक भनेर चिनाउँथे, उनी सेमिअटोमेटिक राइफलसहित पूर्व राष्ट्रपतिको फ्लोरिडा गोल्फ कोर्समा पुग्छन्, उनले सम्भवतः गोली हान्ने प्रयास गर्दै थिए। उनलाई केवल मात्र एक जना चलाख गोप्य सेवा एजेन्टले देख्दाससथा पहिले नै गोली चलाएर रोके।
यसरी नै २०२४ अघि बढिरेहको छ । एक हप्ताभन्दा कम समयको अन्तरमा, पूर्व राष्ट्रपति र सम्भावित भविष्यका कमाण्डर इन चीफ दुबैले राजनीतिक हिंसाको प्रेरणा र लक्ष्य बनाए जस्तो देखिन्छन्, जसले आधुनिक युगमा अमेरिकी राजनीतिलाई आकार दिँदै आएको छ। बम, धम्की र हत्या प्रयासहरू अब परिदृश्यको हिस्सा बनेका छन्, झस्काउने र डरलाग्दा, तर यी कुनै पनि कुरा वास्तविक राष्ट्रिय रुपमा पुनर्विचार गराउन पर्याप्त छैनन्।
‘म अहिले सबैभन्दा चिन्तित रहेको कुरा भनेको हाम्रो राजनीतिक प्रणालीमा राजनीतिक हिंसाको सामान्यीकरण हो। यो बढ्दो क्रममा छ’ कोलोराडोका डेमोक्रेटिक प्रतिनिधि जेसन क्राउ, जो जुलाई १३ मा ट्रम्पविरुद्धको हत्या प्रयासको अनुसन्धान गरिरहेको द्विदलीय कार्यदलका सदस्य हुन्,ले अन्तर्वार्तामा बताए । ‘अब हामी दुई महिनामा दोस्रो त्यसखाले आक्रमण प्रयासको बीचमा छौं र यसप्रकारका घटनाले हिंसा कति व्यापक भएको छ भन्ने देखाउँछ।’
राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबैले पछिल्लो घटनाको निन्दा गर्दै वक्तव्य जारी गरे, तर चुनावी अभियान भने निरन्तर चलिरह्यो। ट्रम्पलाई गल्फ क्लबबाट सुरक्षित रूपमा हटाएपछि चार घण्टा पनि नबित्दै, उनको वित्त टोलीले चन्दा उठाउनका लागि इमेल पठायो। ‘मेरो जीवनको अर्को हत्या प्रयासपछि मेरो दृढता अझ बलियो भएको छ!’ ट्रम्पले इमेलमा भने। ह्यारिसको चन्दा उठाउने इमेलहरू पनि जारी रहेका छन् ।
ट्रम्पले गत हप्ता ह्यारिससँगको बहसमा बुटलर, पेनसिल्भानियामा आयोजित र्यालीमा भएको गोलीकाण्डको लागि डेमोक्र्याटहरूलाई दोष दिएका थिए, जनु घटनामा उनको कानमा गोली लागेको थियो। आइतबारको आक्रमण प्रयासलाई पनि उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई दोष दिन भ्याए, पक्राउ परेका संदिग्धले तिनीहरूका राजनीतिक आक्रमणहरूलाई प्रतिक्रियामा कार्य गरेको हो भन्दै ट्रम्पले प्रतिक्रिया जनाए ।
‘उनीहरूले बाइडेन र ह्यारिसको भाषणलाई विश्वास गरे, र उनले(आक्रमणकारीले) त्यसैअनुसार कार्य गरे’ ट्रम्पले सोमबार फक्स न्यूजलाई बताए – ‘तिनीहरूको भाषणले मलाई गोली हान्न बाध्य तुल्यायो, जबकि म देशलाई बचाउन प्रयास गरिरहेको छु, र उनीहरू देशलाई भित्र र बाहिरबाट नष्ट गर्दैछन्।’
डेमोक्र्याटहरूले उनलाई लोकतन्त्रको लागि खतरा भनेर प्रस्तुत गर्दा उनले आफूलाई लक्ष्य बनाएकोमा गुनासो गर्दै, उनले आफैंले भनेको ‘यिनीहरु देशलाई नष्ट गर्न चाहने मानिसहरू हुन्’ भन्ने दावीलाई दोहोर्याए। ‘भित्रबाट शत्रु’ भनेर उनल शब्द प्रयोग गरे, जुन उनका बारेमा प्रयोग गरिएको भाषाभन्दा कम उत्तेजक थिएन।
वास्तवमा, केही घण्टामा, उनको अभियानले बाइडेन, ह्यारिस र अन्य डेमोक्र्याटहरूबाट ट्रम्पविरुद्धका उद्धरणहरू इमेलमा पठायो, जसमा ‘हाम्रो लोकतन्त्रका लागि खतरा’ र ‘यस राष्ट्रको लागि खतरा’ जस्ता वाक्यांशहरू थिए, जब कि गत हप्ताको बहसमा पूर्व राष्ट्रपति ट्रम्प स्वयंले भनेका थिए, ‘उनीहरू लोकतन्त्रका लागि खतरा हुन्।’
ट्रम्पका एक प्रमुख समर्थकले प्रश्न उठाए कि किन बाइडेन र ह्यारिसलाई हत्या प्रयास गरिएको छैन? ‘र कसैले बाइडेन र कमलालाई मार्ने प्रयास गरिरहेको छैन ?’ एलोन मस्क, अरबपति सामाजिक सञ्जाल मालिक,ले अनलाइन लेख्न पुगे ?
ट्रम्पको गल्फ कोर्समा भेटिएको राइफल सस्तो र AR-15 को तुलनामा कम प्रचलित थियो। पछि, मस्कले उक्त पोस्टलाई हटाउँदै यसलाई मजाक भने, ह्वाइट हाउसले उनको टिप्पणीको आलोचना गर्यो। ‘हिंसा कहिल्यै समर्थन गरिनु हुँदैन, मजाकमा पनि होइन’ ह्वाइट हाउसका प्रवक्ता एन्ड्रयू बेट्सले भने ‘यो भनाई जिम्मेवार होइन।’
अमेरिकी इतिहासमा पहिल्यै पनि राजनीतिक हिंसाका धेरै चरणहरू देखिएका छन्। चार जना राष्ट्रपतिहरू कार्यालयमा रहँदा मारिएका छन्, र अर्का एक जना गम्भीर रूपमा घाइते भएका थिए। एक पूर्व राष्ट्रपति पनि गोली लागेर बाँच्न सफल भए, र अन्य थुप्रै राष्ट्रपतिहरू पनि आक्रमणको लक्ष्य गरिएका थिए । तर दुई महिनामा पूर्व राष्ट्रपतिको जीवनमा दुई पटक आक्रमण प्रयास हुनु अझै विशेष घटना हो, विशेषगरी उनी आफ्नो पुरानो पदको लागि प्रमुख उम्मेदवार रहेको चुनावको समयमा।
शायद सबैभन्दा नजिकको तुलना राष्ट्रपति जेराल्ड आर. फोर्ड संग हुनसक्छ, जो १९७५ मा दुई पटक हत्या प्रयासबाट बाँच्न सफल भएका थिए। तर अझ डरलाग्दो कुरा, ट्रम्पलाई मार्ने प्रयासहरूले धेरैलाई १९६८ को सम्झना गराउँछ, जब मार्टिन लुथर किंग जूनियर र रोबर्ट एफ. केनेडी दुई महिनाको फरकमा गोली लागेर मारिएका थिए। ती हत्या प्रयासहरू अमेरिकी सडकहरूमा व्यापक हिंसाको क्रममा भएका थिए, जसले समाजिक सम्बन्धहरूलाई कमजोर बनाएको आभास दिएको थियो, जसले आजका धेरै नेताहरूलाई पनि चिन्तित बनाउँछ।
अहिलेको राजनीतिक हिंसाको मूलमा रहेका व्यक्ति हुन् ट्रम्प, जसले आफूलाई समर्थन गर्नेहरू र विरोध गर्नेहरू दुवैलाई धम्की दिन वा त्यस्तो कदम चाल्न प्रेरित गरेका छन्। उनले लामो समयदेखि आफ्नो राजनीतिक भाषामा हिंसात्मक भाषालाई प्राथमिकता दिएका छन्, समर्थकहरूलाई आलोचकहरूलाई कुट्न प्रोत्साहित गर्दै, लुटेरा र अवैध आप्रवासीहरूलाई गोली हान्ने धम्की दिएका छन्, उनले डेमोक्र्याटिक सभामुखका पतिको हालैको मृत्यु आक्रमणलाई उपहास गरेका छन्, र आफूलाई सहज ठानिएका एक जनरललाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएका छन्।
जबकि ट्रम्पले ६ जनवरी २०२१ मा आफ्ना समर्थकहरूलाई गरेको आगो ओकल्ने जस्तो भाषणलाई क्यापिटलको आक्रमणको लागि जिम्मेवार मान्दैनन्, उनले त्यस दिन आफ्ना सल्लाहकारहरू र आफ्नै छोरीको विन्तीलाई बेवास्ता गरेका थिए, जब कि त्यतिबेला आक्रमण रोक्न थप कदम चाल्नुपर्ने थियो। उनले यहाँसम्म सुझाव दिएका थिए कि भीडले उनका उपराष्ट्रपतिलाई फाँसी दिन चाहनु सही हुनसक्छ, र त्यसपछि आक्रमणकारीहरूलाई देशभक्तका रूपमा अंगालो हाले, जसलाई उनले फेरि निर्वाचित भएमा माफी दिने संकेत दिएका छन्।
ट्रम्पले आफ्ना शब्दहरूको प्रभावको बारेमा विचार गर्न रोकिनन्। गत हप्ता, ह्यारिससँगको बहसमा हाइटी आप्रवासीहरूले घरपालुवा जनावरहरू खाने गरेको भन्ने गलत आरोप लगाएको केही दिनमै, स्प्रिङफिल्ड, ओहायोमा बम आक्रमणका धम्कीहरूको श्रृंखला सुरु भयो, जसले त्यहाँको जनजीवनलाई प्रभावित बनायो, र उनले यसलाई निरुत्साहित गर्न केही पनि गरेनन्। ३३ वटा बम धम्कीहरूपछि, ओहायोका गभर्नरले सोमबार भने कि कानुन प्रवर्तन अधिकारीहरूले शहरका स्कूलहरूमा दैनिक जाँच गर्नेछन्।
एक पत्रकारले बम आक्रमण धम्कीहरूको निन्दा गर्न आग्रह गर्दा, उनले टालटुल गरे। ‘मलाई बम धम्कीहरूको बारेमा थाहा छैन’ उनले भने। ‘मलाई थाहा छ कि यो अवैध आप्रवासीहरूले कब्जा गरेका छन्, र त्यो एउटा भयानक कुरा हो।’
कहिलेकाहीं ट्रम्पका आलोचकहरूले पनि हिंसात्मक भाषाको प्रयोग गरेका छन्, तर यो स्तरमा बारम्बार उच्च स्तरमा भने प्रयोग भएको छैन। पूर्व राष्ट्रपतिका सहयोगीहरूले विभिन्न ट्रम्प विरोधीहरूले उनलाई मुहारमा मुक्का हान्न चाहने जस्ता अभिव्यक्तिहरू भएको भिडियो अनलाइन फैलाए । सामाजिक सञ्जालमा केही अतिवादी अभिव्यक्तिहरुले फ्लोरिडाको गल्फ कोर्समा भएको घटनालाई मजाक गरेको वा कम आँक्ने प्रयास गरेका छन्। ट्रम्पका सहयोगीहरूले अक्सर ‘ट्रम्प डिरेंजमेन्ट सिन्ड्रोम’ भनी निन्दा गर्छन्, जसको अर्थ उनका आलोचकहरू उनलाई यति धेरै घृणा गर्छन् कि तिनीहरूले आफ्नो चेतना गुमाएका छन्।
आक्रोश, निस्सन्देह, ट्रम्पको राजनीतिक समयमा लामो समयदेखि प्रमुख शक्तिका रुपमा रहेको छ — चाहे उनले आफ्ना समर्थकहरूमा प्रतिस्पर्धीहरू विरुद्ध उब्जाएको आक्रोश होस् वा उनले आफ्ना विरोधीहरूमा आफूप्रतिको घृणा उत्पन्न गरेको आक्रोश होस्। बुटलरमा मर्नबाट जोगिएपछि उनले आफ्नो शैलीलाई पुनर्विचार गर्ने भविष्यवाणीहरू क्षणिक साबित भए। रिपब्लिकन राष्ट्रिय सम्मेलनमा उनले दिएको भाषणको आधाबाटोमा पुग्दानपुग्दै पाँच दिनपछि उनी पुनः आफ्नै शैलीमा फर्किएका थिए ।
तर राजनीतिक हिंसा आधुनिक अमेरिकी संस्कृतिको कति धेरै हिस्सा बनेको छ भन्ने यो घटनाले देखाएको छ— सायद स्वीकार्य नभए पनि, बिस्तारै अपेक्षित— पछिल्लो घटनाले पहिलो घटनाभन्दा धेरै फरक प्रभाव पार्न सक्दैन भन्ने छैन। बुटलरको गोलीकाण्डको झट्का छिटो नै हराएर गयो, ध्यान अन्य घटनाहरूमा मोडियो। यो घटनाको झट्का पनि लामो समय टिक्न सक्दैन।
न्यूयोर्क टाइम्सबाट, १४ सेप्टेम्वर २०२४
(पीटर बेकर ‘द टाइम्स’ का प्रमुख व्हाइट हाउस संवाददाता हुन्। उनले पछिल्ला पाँच राष्ट्रपतिहरूको रिपोर्टिग कभर गरेका छन् र उनल. कहिलेकाहीं राष्ट्रपतिहरू र तिनका प्रशासनलाई ठूलो सन्दर्भमा र ऐतिहासिक फ्रेमवर्कमा राखेर विश्लेषणात्मक लेख लेख्छन्।)
प्रतिक्रिया दिनुहोस्