ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदार कम्पनीको लापरबाहीले डेंगु बढ्यो


एबीसी न्यूज
२ आश्विन २०८१, बुधबार   १ : ४९   बजे

काठमाडौं २ असोज । नारायाणघाट–बुटवल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकी सडकमा खाल्डाखुल्डी पारेर छोड्दा जमेको पानीका कारण डेंगु बढेको हो ।

नारायणघाट–बुटवल सडकखण्डले छोएका पालिकाहरूमा सबैभन्दा बढी डेंगु देखिएको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकालाई यो सडकले छोएको छ । मङ्गलबारसम्मको तथ्याङ्क अनुसार जिल्लामा ९९ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कअनुसार ४२ जना महिला र ५७ जना पुरुषमा डेंगु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये सबैभन्दा धेरै देवचुली नगरपालिकामा २४ जना रहेका छन् । त्यस्तै, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा १९ जना, गैँडाकोटमा १८, हुप्सेकोट गाउँपालिकामा १३, मध्यविन्दु नगरपालिकामा १२, विनयी त्रिवेणीमा ११ र बुलिङटार गाउँपालिकामा दुई जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । बौदिकाली गाउँपालिकामा भने अहिलेसम्म डेंगु सङ्क्रमित फेला परेका छैनन् ।

सडकले छोएका पालिकामा बढी डेंगु देखिनुले सडक विस्तारको क्रममा ठेकेदार कम्पनीले समयमै काम नसक्नु र सडक खाल्डाखुल्डी पारेर छोडेकाले तीनै खाल्डाखुल्डीमा जमेको पानीका कारण डेंगु बढी देखिएको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बताउनुभयो ।

‘‘राजमार्गमा रहेका खाल्डाखुल्डीमा पानी जमेका कारण डेंगु बढी देखिएको छ, त्यसलाई नियन्त्रण गर्नका लागि विद्यालय र समुदाय स्तरमा सचेतना कार्यक्रम गरिरहेका छौँ,’’ आचार्यले भन्नुभयो ।

देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत रामकुमार श्रेष्ठले पनि राजमार्गमा पानी जमेका कारणले डेंगु बढेको बताउनुभयो । उहाँले डेंगु नियन्त्रणका लागि हरेक हप्ता पालिकाले एक सय १४ वटा टोरमै पुगेर लामखुट्टेको लार्भा नष्ट अभियान चलाउने बताउनुभयो ।

डेंगुको लक्षण देखिने बित्तिकै सबैले परीक्षण नगराउने र कतिपयले चितवन र केही निजी मेडिकलहरूमा परीक्षण गराउने गरेको र त्यो तथ्याङ्क स्वास्थ्य कार्यालयमा समावेश नहुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । त्यो तथ्याङ्कसमेत जोड्दा सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।

जिल्लामा डेंंगु सङ्क्रमण बढ्दै गएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले विभिन्न पालिकामा जनप्रतिनिधि, टोलसुधार समिति, शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूह लगायतलाई राखेर अभिमुखीकरण कार्यक्रमहरू सुरु गरिएको र सङ्क्रमण बद्दै गएका ठाउँहरूमा लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले लामखुट्टेको वासस्थान नष्ट गर्न, पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र नियमित स्वास्थ्य परीक्षण गर्न सबैसित अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu