ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसंघीय महासभाबाट प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव पारित, नेपाल तटस्थ


एबीसी न्यूज
४ आश्विन २०८१, शुक्रबार   १ : ४७   बजे

काठमाडौं ४ असोज । कब्जा गरिएको प्यालेस्टिनी भूभागबाट इजरायलको उपस्थिति अन्त्य हुनुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ। यसका लागि बुधबार भएको मतदानमा नेपाल भने सहभागी भएन अर्थात् तटस्थ बस्यो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्यालेस्टाइनले गरेको उक्त प्रस्तावका पक्षमा १२४ राष्ट्र उभिएका हुन्। विपक्षमा १४ राष्ट्र मात्र देखिए भने नेपालसहित ४३ राष्ट्र तटस्थ बसे।

प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्तावका पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्ससहित १२४ देशले मतदान गरेका हुन् भने अमेरिकासहित १४ देशले विपक्षमा मतदान गरे। नेपाल, भारत, बेलायतसहित ४३ देश भने पक्ष–विपक्षमा नलागी तटस्थ बसेका हुन्।

राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच सदस्यमध्ये अमेरिका मात्र प्रस्तावका विपक्षमा उभिएको हो। बेलायत तटस्थ रह्यो भने चीन, फ्रान्स र रुसले पक्षमा मतदान गरे।

त्यसो त राष्ट्रसंघीय महासभाबाट पारित प्रस्ताव बाध्यकारी भने हुँदैनन्। तर ती प्रस्तावमा १९३ राष्ट्रको धारणा प्रतिबिम्बित हुने भएकाले तिनलाई सांकेतिक र राजनीतिक दृष्टिबाट अर्थपूर्ण मानिन्छ।

यसअघि इन्टरनेसनल कोर्ट अफ जस्टिस ९आईसीजे० ले ‘अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरायलको जारी उपस्थिति अवैधानिक’ रहेको ठहर गर्दै यथाशीघ्र ‘अवैधानिक उपस्थिति’ अन्त्य गर्न भनेको थियो।

इजरायलले सन् १९६७ यता वेस्ट ब्यांक र पूर्वी जरुसेलममा १६० वटा बस्ती बनाएर ७ लाख यहुदीलाई बसोबास गराएको छ।
ती बस्तीहरू अन्तर्राष्ट्रिय कानुन भंग गरेर बनाइएको आईसीजेको तर्क छ। तर इजरायलले यसको खण्डन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group