ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति


एबीसी न्यूज
६ आश्विन २०८१, आइतबार   १ : ३०   बजे

काठमाडौं ६ असोज । चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक प्रस्तुति दिएको छ। हिजो ९शनिबार० साँझ दिएको प्रस्तुतिमा बाक्लो भिडभाड थियो।

साँझको सवा आठवाट कन्सर्ट सुरु हुने भनिएको थियो। १९७४ एडीका निराकार याकथुङ्बा, फिरोज स्याङ्देन, एड्रियन प्रधान, मनोज कुमार केसी, मनोज सिंह, र सञ्जय श्रेष्ठ सिड्नीको आइसिसी थिएटरको ग्रिन रुममा आइसकेका थिए।

७ः४५ बाट मान्छेहरू हलमा आउन थाले। त्यसैबेलाबाट ओपनिङ एक्ट सुरु भयो। विस्तारै हलमा मान्छेहरू पुरै भरिए। त्यसपछि ब्यान्ड स्टेजमा आउन थालेपछि दर्शकले चर्को हुटिङ गरे।

कन्सर्ट सुरु गर्नुभन्दा पहिला ३० औँ वर्षगाँठको अवसरमा अष्ट्रेलियामामा कन्सर्ट भएका सबै सहरहरूको नाम र फोटो भएको सर्ट भिडिओ बज्यो।

त्यसमा अन्तिममा जब सिड्नी नाम भनियो, हल नै थर्किनेगरी हुटिङ आयो। त्यसपछि उनीहरूले ब्यान्डको आजसम्मको यात्रा समेटिएको इन्ट्रो भिडिओ बजाए।

त्यही भिडिओमा ब्यान्डका सदस्यहरू देख्दा अडिटोरियममा भएका लगभग ४५ समय भन्दा धेरै मान्छेहरू उत्साहित हुन थालिहाले। कन्सर्टको सुरुमै उनीहरूको हल्ला सुन्दा भएको अनुभव सुनाउँदै गिटारिस्ट मनोज केसीले भने ‘मेरो त जिउमा काँडा उम्रिएजस्तो भयो।’

उनीहरूले ‘जङ्गी निशान’ नामको इन्ट्रुमेन्टल पिस बजाएर कन्सर्ट सुरु गरे।

त्यसपछि ‘तिमी लाई पिरतीले बाँधौला’ अनि ‘छुँदैन तिम्रो मायाले’ गीत बज्यो। यसपल्ट उनीहरूले ३० वर्षको एनिभर्सरीलाई प्रतिनिधित्व गर्ने गरी आफ्ना सबै नौ एल्बमबाट गीतहरू राखेका थिए। २५ भन्दा धेरै गीतहरू समेटिएको प्रस्तुति लगभग ३ घण्टा लामो थियो।

‘हामी आइसिसीमा बजाउँदाको यो पहिलो अवसरमा फ्यानहरूलाई विशेष ट्रिट दिन चाहन्थ्यौँ’ ब्यान्डका पर्कसिनस्ट सञ्जय श्रेष्ठले भने।

एकपछि अर्को गर्दै उनीहरूले गाएका गीतहरूमा दर्शक झुमे। ‘गीतमा मान्छेहरूले मिस आउट गर्ने चान्स रहेन। पकेट सङहरु त सबैले पुरै गाउनु नै भयो, हामीले स्टेजमा कम बजाउने गरेको ‘पठाइ देऊ न’ जस्ता गीत पनि इन्जोय गर्नुभयो’ गिटारिस्ट मनोज केसीले भने।

गीतहरूको छनौटसँगै त्यसको कथालाई पनि उनीहरूले ख्याल गरेका थिए। कुनै कुनै गीत आउनुभन्दा पहिला ब्यान्ड सदस्यहरू छोटो छोटो सन्देश बोलेका थिए। कुनै को अगाडि भने गायक तथा ड्रमर एड्रियन प्रधानले गीतको क्रेडिट सुनाएका थिए।

‘स्वर्गादपी गरियसी’ गीत गाउनुभन्दा पहिला संजयले ‘जन्म र कर्मभूमि जहाँ भए पनि संसारलाई राम्रो बनाउँदै लैजानुपर्छ’ भनेका थिए। त्यसपछि स्टेजमा नेपालमा राम्रो काम गरिरहेका सन्दुक रुइत लगायत प्रेरणीय मान्छेहरूको फोटो देखाइएको थियो।

‘मायालुले मायालुले’ गीत गाउनुभन्दा पहिला ब्यान्डका संस्थापक तथा बेशिष्ट निराकार याकथुङ्बा बोले। उनले पहिलो एल्बममा त्यो गीत हाल्दाको प्रसङ्ग सुनाउँदै ब्यान्डको ३० वर्षे यात्रा सम्झिए। उनले भने, ‘हामीले त्यो एल्बममा दुई वटा नेपाली गीत हालेका थियौँ। त्यो गीत हिट भइदिएर ब्यान्ड यहाँसम्म आइपुग्न पायो।’

कन्सर्टको अर्को आकर्षण गायक तथा गिटारिस्ट फिरोज स्याङ्देनले पुराना नेपाली गायकहरूलाई दिएको ट्रिबिउट थियो। ब्यान्डले पुन संयोजन गरेको अरुण थापाको ‘जति माया लाएपनि’ गीत गाउनुभन्दा पहिला उनले गोपाल योञ्जन, नारायण गोपाल, दीप श्रेष्ठ, भक्तराज आचार्य लगायत नेपाली सङ्गीतका हस्तिहरूलाई सम्झिँदै उनीहरूका चर्चित गीतका छोटा छोटा टुक्रा गाएका थिए।

त्यसपछि एक अर्को गर्दै ब्यान्डका गीतहरू आइरहे। जब ‘यो मन त मेरो नेपाली हो’ गीतको पालो आयो, हल नै पुरै थर्कियो। त्यो गीत गाउँदाको आवाज कन्सर्टभरकै सबैभन्दा ठूलो आवाज थियो।

‘स्टेजबाट दर्शकतिर हेर्दा नेपाली झन्डा नै झन्डा देखिएको थियो’ त्यो गीतको भोकलिस्ट एड्रियन प्रधानले भने। उक्त गीत बज्दै गर्दा ब्यान्डका बाँसुरीबादक मनोज सिंह ठूलो नेपाली झन्डा बोकेर स्टेजमा यता उता दगुरेका थिए।

साढे ११ बजे कन्सर्ट सकिएसँगै ऐतिहासिक कन्सर्ट समापन भएको थियो। उनीहरूले वर्षौँपछि तीन घण्टा बजाएका थिए। त्यो कन्सर्टको सफलतालाई व्यक्त गर्ने शब्द नै नभएको निराकारले बताए।

१९७४ एडीको यो अस्ट्रेलिया यात्रा रोटेपिङ इन्टरटेन्टमेन्टले गराएको हो । ब्यान्डले यसअघि ब्रिसबेन, पर्थ, मेलवर्न, एडिलेड, होबर्ट र क्यानबेरामा प्रस्तुति दिइसकेको थियो।

यो कन्सर्ट सकिएसँगै ब्यान्डको ३० औँ वर्षगाँठको अवसरमा भएको विदेश यात्रा सकिएको छ। मे र जुनमा अमेरिकाको यात्रा पछि जापान, जर्मनी, बेलायत हुँदै उनीहरू अस्ट्रेलिया पुगेका थिए। यही यात्रामा जुटेका सदस्यहरूमध्ये कोही नेपाल आउनेछन् भने कोही अमेरिका जानेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group