उनी जस्तो सुनिन्छन् त्यति खराब छैनन्। तर निराश हुने जोखिम उच्च छ।
दोस्रो चरणको निर्वाचन जितेपछि सेप्टेम्बर २३ मा श्रीलंकाको राष्ट्रपतिको रूपमा शपथ लिएका अनुरा कुमार दिसानायकेको राजनीतिक पृष्ठभूमि चिन्ताजनक देखिन्छ। उनको पार्टी, जनता विमुक्ति पेरामुना (जेभिपी) एक क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी आन्दोलनको रूपमा सुरु भएको थियो । जसले १९७०र १९८० को दशकमा श्रीलङ्काली राज्य विरुद्ध दुई वटा असफल रक्तपातपूर्ण विद्रोहको नेतृत्व गरेको थियो। विद्रोह र विद्रोहीहरुलार्य राज्यले दमन गर्ने क्रममा दशौँ हजार श्रीलङ्कालीहरू मारिए, कैयौं ‘बेपत्ता’ भए । यो घटना सरकार र तमिल विद्रोहीहरू बिचको गृहयुद्धका कारण छोपिन पुग्यो ।
दिसानायके (व्यापक रूपमा एकेडी भनेर चिनिन्छन्) ले यस भयानक विगतबाट आफूलाई टाढा राखेका छन्। सन् २०१४ मा उनी पार्टी नेता बनेपछि, उनले आफ्नो विद्यार्थी शाखाको हिस्सा हुँदा दोस्रो, र अधिक क्रूर, विद्रोहको क्रममा जेभिपीले हजारौं मानिसहरूको हत्या गरेकोमा माफी मागेका थिए । उनले पार्टीले फेरि कहिल्यै हतियार नचाल्ने घोषणा गरेका थिए ।
उनले जेभीपीको विचारधारालाई थप नरम बनाएका छन्। पार्टीले वर्षौँदेखि आफ्नो मार्क्सवादी आधारलाई कम गर्दै आएको थियो, वर्ग सङ्घर्ष र निजी सम्पत्तिको पुरानो अस्वीकृतिलाई अस्वीकार गर्दै (यद्यपि यसका सदस्यहरूले अझै पनि एकअर्कालाई ‘कमरेड’ भन्छन्) यस वर्षको आफ्नो चुनावी अभियानका क्रममा दिसानायकले राष्ट्रिय एकतालाई जोड दिँदै र बजार अर्थतन्त्रलाई समर्थन मात्र गरेनन्, उनले आम मेलमिलापका लागि अपिल गरेका थिए । सन् २०२२ देखि शुरु भएको सामूहिक विरोधले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई अपदस्थ गऱ्यो, जेभिपी र यसका सहयोगीहरूले बनाएको गठबन्धनले मध्यमवर्गीय श्रीलङ्कालीहरू बिच व्यापक समर्थन प्राप्त गरेको छ, जसको जीवनस्तर आर्थिक सङ्कट र यसलाई ठीक गर्न डिजाइन गरिएको प्रतिवद्धता र ती नीतिहरूले भनेल ध्वस्त पारेको छ।
दिसानायकेका बारेमा चिन्ता गर्ने मुख्य कारण उनी उत्साही हुनु होइन। दुई दशकअघि कृषि मन्त्रीको रूपमा छोटो कार्यकाल बाहेक उनीसँग सरकारको थोरै अनुभव छ। कुनै प्रकारले, उनले आफूलाई निर्वाचित गर्ने मानिसहरूलाई अलग नगरीकन अर्थतन्त्रलाई स्थिर राख्न पीडादायी सुधारहरू जारी राख्नुपर्छ। यो लगभग असम्भव कार्य हो।
राजापाक्षको भ्रष्ट, सनकी शासनअन्तर्गत अर्थतन्त्र ध्वस्त भयो, उनले राष्ट्रपतिका आफन्तहरूबीच शक्ति वांडफांड गर्दै अनौठो खालको नीतिगत प्रयोगहरूमा डुवेका थिए । राष्ट्रका कृषियोग्य जमीनलार्य रातारात जैविक(अर्गानिक) बनाउने कोशिश गरेको देखाउंदै राजापाक्षले रासायनिक मल आयातमा प्रतिबन्ध लगाएका थिए । जुन नीतिले गर्दा खाद्य उत्पादन ध्वस्त भयो भने जीवनस्तरमा भारी गिरावट आयो। श्रीलङ्का अप्रिल २०२२ मा डिफल्ट देश बन्न पुग्यो । तिन महिनापछि आम जनताको भिडले राजापाक्षको भव्य निवासमा आक्रमण गरेपछि उनी उनी देशबाटै भागेका थिए ।
उनीसँग कर कटौती गर्न वा कल्याणकारी खर्च बढाउन सक्ने थोरै ठाउँ हुनेछ, जसरी उनले चुनावमा वाचा गरेका छन्।त्यो गर्न मुश्किल छ । ऋण भुक्तानीले अर्को वर्षको आधा बजेट गुमाउने अपेक्षा गरिएको छ, र विकासलाई बढावा दिनका लागि दिसानायकेका विचारहरू अस्पष्ट छन्।
उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले मुद्रास्फीति कम गरे, मुद्रालाई स्थिर बनाए र आइएमएफ, भारत र चीन लगायत अन्य ऋणदाताहरूसँग ऋण–पुनर्संरचना सम्झौता गरे। यद्यपि, उनी साधारण मानिसहरूले महसुस गरिरहेको आर्थिक पीडालाई कम गराउन भने असफल भए, र भ्रष्टाचार रोक्न वा असंतुष्टहरूको अधिकारको रक्षा गर्ने दिशामा थोरै मात्र पहल गरे। उनलाई पहिलो स्थानमा देशलाई ध्वस्त पार्ने राजापाक्ष सरकारको धेरै नजिकको रूपमा पनि हेरिएको थियो।
दिसानायकेले भ्रष्टाचारको जड उखेल्ने र आइएमएफसँग सम्झौता पुनः वार्ता गर्ने वाचा गर्दै अभियान चलाए। यदि उनले त्यो सम्झौता अस्वीकार गरे भने, केहीलाई डर छ, श्रीलङ्का फेरि आर्थिक संकटमा पर्न सक्छ। त्यसैले उनी यसमा अडिग रहने सम्भावना बढी हुन्छ। तर यसको अर्थ उनीसँग कर कटौती गर्न वा कल्याणकारी खर्च बढाउन सक्ने थोरै ठाउँ हुनेछ, जसरी उनले चुनावमा वाचा गरेका छन्।त्यो गर्न मुश्किल छ । ऋण भुक्तानीले अर्को वर्षको आधा बजेट गुमाउने अपेक्षा गरिएको छ, र विकासलाई बढावा दिनका लागि दिसानायकेका विचारहरू अस्पष्ट छन्।
आर्थिक पीडा कम गर्ने असफलताले उनका समर्थकहरूलाई क्रोधित बनाउन सक्छ, पहिले नै कमजोर रहेको सरकारलाई कमजोर पार्न सक्छ। दिसानायकेको वामपन्थी छाता गठबन्धनले यस हप्ता उनले विघटन गरेको संसदमा २२५ सीटहरू मध्ये केवल तीन सीटहरू मात्र ओगटेको छ, र अब नोभेम्बरमा हुने चुनावमा बहुमत जित्ने सम्भावना छैन। त्यसैले उनले सम्भवतः एउटा कमजोर राजनीतिक गठबन्धनको साथ शासन गर्नेछन्, सम्भवतः उनले हटाउने वाचा गरेको पुरानो संस्थापन पक्षका सदस्यहरू सहित। यस्तो भएमा विगतसँग हिसाब गर्ने आशामा रहेका श्रीलङ्कालीहरू पनि निराश हुने सम्भावना छः यसको विद्रोही इतिहास हुँदाहुँदै पनि, जेभिपीले लामो गृहयुद्धको समयमा भएका अत्याचारहरूको अनुसन्धानलाई समर्थन गर्ने सम्भावना छैन।
यी सबै वा कुनै पनि मुद्दाले श्रीलङ्काको नयाँ नेतालाई बाधा पुऱ्याउन सक्छ। दिसानायकेको स्पष्ट जनादेशको बावजुद, उनको राष्ट्रपति पद अस्थिर भूमिमा निर्माण भएको छ, त्यो पनि त्रुटिहरूको लागि थोरै ठाउँ मात्र भएको देशमा। उनलाई फेरि पनि शुभकामना दिऊँ। ■
: दि इकोनोमिष्ट, २८ सेप्टेम्वर २०२४ को अंकबाट
प्रतिक्रिया दिनुहोस्