ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी ब्यारेजमा ५६ वर्षयताकै बढी पानी


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   २ : ४९   बजे

काठमाडौं १३ असोज । सप्तकोशीमा बाँध निर्माण भएयता आइतबार दोस्रो ठूलो बाढी मापन भएको छ । सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी ब्यारेजमा सन् १९६८ ९२०२५ साल० मा अत्याधिक बाढी मापन भएको थियो ।

त्यसयता आइतबार बिहान अत्याधिक बाढीको बहाव मापन भएको कोशी भुआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिए । आइतबार बिहानपछि भने पानीको मात्रा घट्न थालेको छ ।

आइतबार बिहान कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो । सिटौलाका अनुसार सन् १९६८ अक्टोबर ५ ९२०२५ असोज २० गते० मा कोशीमा ७ लाख ८८ हजार २०० क्युसेक बहाव मापन भएको रेकर्ड थियो ।

त्यसपछि आइतबार बिहान ६ लाख ६१ हजार क्युसेक मापन भएको उनले बताए । बिहानबाट भने कोशीको बहाव घट्न थालेको छ । जोखिम कायमै रहेका कारण ब्यारेजका ५६ वटै ढोका खुला छन् ।

ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ ।

२०६५ साल भदौ २ गते कोशीको पूर्वतर्फको बाँध फुटेर बस्तीमा पस्दा १ लाख ६८ हजार क्युसेक बाढी मापन भएको थियो । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको बहाव थेग्नसक्ने क्षमता छ ।

तर ब्यारेज भन्दा उत्तरतर्फको भाग बालुवाले पुरिएका कारण क्षमता बराबरको बहाव थेग्न सक्ने अवस्था छैन ।

बस्तीमा पस्यो पानी

उदयपुरको बेलका नगरपालिका(२ को बानडाँडा, बुधबारे, भागलपुर लगायतका बस्तीमा कोशीको बाढीका कारण डुबान भएको छ ।

बेलका–३ को एकता टोल र एबीसी टप्पुमा समेत बाढी पसेको छ । प्रहरीले ३६ परिवारलाई सुरक्षित स्थानमा सारेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढा टापुमा आइतबार बिहान कोशीको बाढी पसेको छ । बेलका र कंकालिनीमा पानीको बहाव धेरै भएपछि बस्तीमा पसेको सिटौलाले बताए ।

भारतीय पक्षले कोशीको बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेको भन्दै कोशीसँग जोडिएका भारतको ८ जिल्लामा सचेत रहन सूचना जारी गरेको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार दिउँसो १२ बजे बाढीको बहाव ५ लाख ८२ हजार क्युसेक मापन भएको छ ।

बिहान ७ बजे ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । पानीको बहावको इकाइलाई क्यूसेक भनिन्छ । सामान्यतया पानीको बहाव कति छ भनेर थाहा पाउन क्यूसेकको प्रयोग नदीहरूमा गरिन्छ । यो प्रतिसेकेन्डमा मापन हुन्छ ।

भारतको पटनास्थित जल संशाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा नोटिस जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu