ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालसँग सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिकासँग बल्ल भयो परामर्श संयन्त्र बनाउने समझदारी


एबीसी न्यूज
१५ आश्विन २०८१, मंगलबार   ३ : १०   बजे

काठमाडौं १५ असोज । नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिका र नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ।

सोमबार अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको हो।

समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले हस्ताक्षर गरेका हुन्।

 

अमेरिका नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक भए पनि द्वीपक्षीय परामर्श संयन्त्र भने निकै ढिला गरी स्थापना गर्ने समझदारी भएको हो।

अमेरिका र नेपालबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना पहिलो देश भने बेलायत हो। बेलायतसँग सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

अरु थुप्रै मुलुकसँग नेपालले परामर्श संयन्त्र बनाइसकेको भए पनि अमेरिकासँग भने कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षपछि मात्रै त्यस्तो समझदारी भयो।

के काम गर्छ संयन्त्रले?
परराष्ट्रमन्त्री डा राणाले संयन्त्र बनाउने सहमतिलाई ‘नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक मत्वपूर्ण उपलब्धि’ भएको बताएकी छिन्।

द्विपक्षीय हितलाई थप प्रवर्धन गर्न यो संयन्त्रबाट सहयोग पुग्ने उनको विश्वास छ।

प्रायः यस्तो संयन्त्रको नेतृत्व परराष्ट्र सचिवले गर्ने गरेका छन्। भारतसँग भने विदेशमन्त्रीस्तरीय संयुक्त आयोग पनि क्रियाशील छ। संयन्त्रको बैठक हरेक वर्ष आलोपालो गरेर दुवै देशमा बस्ने गर्छन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार संयन्त्र स्थापना गर्ने समझदारीले नेपालको परराष्ट्र मन्त्रालयका र अमेरिकी विदेश मन्त्रालयका अधिकारीबीच आवधिकरुपमा छलफल गर्ने बाटो खुलेको छ।

संयन्त्रमार्फत दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सहयोग र समन्वय गर्नेबारे नियमित छलफल भएर टुंग्याउन सजिलो हुने बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu