यो चमकदार र नयाँ थ्रिलर दुवै हो।
‘डिस्क्लेमर’ को प्रारम्भिक समीक्षा पढ्दा तपाईं अलमलमा पर्न सक्नुहुन्छ। अक्टोबर ११ मा एप्पल टिभीं मा सार्वजनिक हुने सात–भागको यो थ्रिलरको समीक्षा दुई तारे देखि पाँच तारे सम्म फरक–फरक देखिन्छ। अल्फोन्सो कुआरनद्वारा निर्देशित र केट ब्लान्चेट (तस्वीरमा देखाइएकी) अभिनीत यो शानदार श्रृंखला हेर्नैपर्ने हो कि बेकार हो ? तपाईं कसलाई विश्वास गर्नुहुन्छ, आलोचकहरूलाई कि प्रमोटरहरूलाई ? उत्तर हो, दुवैलाई । यो शोलाई ‘राम्रो–खराब कला’ भनेर बुझ्न सकिन्छ, र यसलाई कसरी मूल्याङ्कन गर्ने भन्ने करा सिकाउने पाठ पनि हो। केट ब्लान्चेट क्याथरिन रेभेन्सक्रफ्ट, एक ब्रिटिश डकुमेन्ट्री निर्माता, को भूमिकामा छिन्। उनी र उनका श्रीमान् रोबर्ट (साचा बारन कोहेन) लन्डनमा शानदार जीवन बिताइरहेका छन्, तर उनीहरूको वयस्क छोरो समस्यामा छ। शिर्षकले एक उपन्यासमा लेखिएको नोटलाई जनाउँछः यस अवस्थामा, वास्तविक व्यक्तिहरूसँग मेल खानु कुनै संयोग होइन। ती व्यक्तिहरू हुन्, क्याथरिन र जोनाथन (लुइस पार्ट्रिज), जसलाई उनले लामो समय अघि इटालियन तटमा भेटेकी थिइन्।
जोनाथन डुबेर मरे। तर कसरी? उक्त उपन्यास उसको बाबु, स्टिफन (केभिन क्लाइन) द्वारा सुरु गरिएको प्रतिशोधको हिस्सा हो, जसमा इटालीमा खिचिएका अन्तरंग फोटोहरू र मृत व्यक्तिलाई पुनः जीवन दिन एक सामाजिक सञ्जालको प्रयोग गरिएको छ। दुई–तरफीय यो खिचातानीमा क्याथरिनलाई रोक्ने प्रयास गर्दा स्टिफनले उनलाई योजनाबद्ध ढंगले समाप्त गर्दैछन्। कुनै कलालाई दोषपूर्ण वा असमान भन्नु त स्वाभाविक हो। कुनै पनि पूर्ण हुँदैन, ‘ह्यामलेट’ वा ‘सम लाइक इट हट’ पनि यो होइन। तर “डिस्क्लेमर” मा देखिएका त्रुटिहरू सामान्य कमजोरी भन्दा बढी छन्। ती प्रष्ट छन्। कथालाई ध्यानपूर्वक जाँच गर्दा कमजोर देखिन्छः पात्रहरूले थाहा नहुने कुरा थाहा पाउँछन् र अचम्मको व्यवहार गर्छन्। तपाईं क्याथरिनको जागिर (सत्य पत्ता लगाउने) र उनको व्यक्तिगत मिशनबीच कुनै तालमेलको अपेक्षा गर्न सक्नुहुन्छ। तर होइन। “तपाईं त पूर्ण रूपमा रद्द गरिएकी हुनुहुन्छ, क्याथरिन ! एउटा सहकर्मीले यसो भन्नु यो श्रृंखलाको थुप्रै कमजोर संवादहरू मध्ये एक हो। त्यसपछि त्यहाँ भ्वाइसओभर छ। भित्री विचारहरू सुनाउन खोजेको आवाजले एलेक्साजस्तो लाग्छ। ग्राफिक यौन दृश्यहरू पनि अनावश्यक लाग्छन्, र कथाको लैङ्गिक राजनीतिलाई पुनः परिभाषित गर्ने घुमाउरो मोडपछि त झनै अनावश्यक देखिन्छ। उक्त मोड एक कुशल नाटकीयता जस्तो लाग्दैनः बरु ? र त्यसपछि तिनीहरू ब्यूँझिए” भन्ने वयस्क संस्करण जस्तो लाग्छ। कुआरन, जसले रेने नाइटको उपन्यासबाट पटकथा अनुकूलन गरेका हुन्, पाँच ओस्कार जितिसकेका छन्, जसमा “रोमा” को लागि धेरै पुरस्कारहरू सामेल छन्। भेनिस फिल्म फेस्टिभलमा, जहाँ ‘डिस्क्लेमर’ को भव्य स्वागत गरिएको प्रिमियर भयो, उनले यसलाई टेलिभिजन भन्दा सातवटा फिल्महरूको रूपमा सोच्ने बताएका थिए। प्रतिष्ठित टिभीको युगमा, यो जति ठूलो हुन्छ। केही दृष्टिकोणहरूमा, यो निराशाजनक छ। अरूमा, यो धेरै राम्रो छः न त “यति खराब वा ठिकै राम्रो” भन्ने अर्थमा, न त मात्र मनोरञ्जनात्मक हुने अर्थमा, तर गहिरो र उत्कृष्टका रुपमा पनि ।
अभिनय, संवाद जस्तै, मिश्रित छ, तर मिस ब्लान्चेटले उत्कृष्ट प्रदर्शन गरेकी छिन्, र जोनाथनकी शोकाकुल आमा, लेस्ली म्यानभिल, अत्यन्तै हृदयविदारक छन्। फ्ल्यासब्याकमा, उनी प्राचीन मिथकका पात्रजस्तै घातक समुद्रमा पसेकी देखिन्छिन्। केही दृश्यहरू शोको प्रतिष्ठासँग मेल खान्छन्। जब प्रहरीले जोनाथनका आमाबाबुलाई उसको मृत्युका बारेमा जानकारी दिन्छ, बैठक कोठाको टिभी अझै खुला रहन्छ, सामान्यताको अवशेषको रूपमा। आफ्नो छोरो (कोडी स्मिट–म्याक्फी) लाई उसको फोहोर कोठामा भेट्न जाँदा, रोबर्ट रेभेन्सक्रफ्टले बुबाले गर्नुपर्ने रूपमा उसलाई प्वाल परेको मोजामा ध्यान दिन्छ। स्यालहरू, बिरालाहरू र एक तिलचट्टेले समेत सम्झनलायक उपस्थिति जनाएका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, ‘डिस्क्लेमर’ ले साहसपूर्वक दुःख, कामुक ईर्ष्या, विवाह र यसको गोप्य कुरा, आमाबाबुले बच्चाहरूलाई र यसको विपरित के गर्छन् भन्ने जस्ता ठूला विषयहरूमा पहुँच पुर्याउँछ। यो सबैभन्दा सुरक्षित जीवनको नाजुकतालाई नाटकीय रूपमा प्रस्तुत गर्छ र पुराना चोटहरू पुनः सम्झँदा तपाईंले घाउ निको पार्नुहुन्छ कि झनै दुखाउनुहुन्छ भन्ने प्रश्न उठाउँछ। अन्ततः, यो कथाले दर्शकहरूलाई अतीत र एक अर्काबारे मानिसहरूले भन्ने कथाहरूमा विचार गर्न बाध्य बनाउँछ। केही पात्रहरू आफ्नो प्रियजनहरूको बारेमा अत्यधिक राम्रो सोच राख्छन् भने, अरूले विशेष गरी महिलाहरूको बारेमा चाँडै खराब कुरा सोच्दछन्। शैली, युग र सेटिङमा सबै भिन्नताहरूको बाबजुद, यस मिश्रणले सबैभन्दा धेरै सम्झाउने कलाकार हुन्, दोस्तोयेभस्की। उनको राम्रो–खराब कथाहरू नाटकीय र अनियमित देखिन सक्छन्ः तर तिनीहरूले नाटकका अमर क्षणहरू प्रदान गर्छन् र मानव हृदयका सबैभन्दा अँध्यारा कुनाहरूमा निर्भीकरुपले नजर लगाउँछन्। ‘डिस्क्लेमर’ मा दोस्तोयेभस्कीको निस्वार्थ इमानदारीको एउटा पाटो छ र यसले अपराधको मापनमा रुचि राख्छ। यदि तपाईं चाहनुहुन्छ कि कुनै डरलाग्दो कुरा होस् भने, त्यो हुँदा तपाईं कत्तिको दोषी हुनुहुन्छ? यसले अर्को प्रश्नको सेट उठाउँछ, कलासँग सम्बन्धित। कुनै कलाको मापनमा के राम्रो हो, यसको औसत गुणस्तर कि यसको उत्कर्ष? महत्वाकांक्षालाई कार्यान्वयनसँग कसरी तौल गर्ने, अनपेक्षित अन्तरदृष्टिलाई गलत कदमसँग कसरी तुलना गर्ने, राम्रो र नराम्रोको सन्तुलन कसरी मिलाउने ? ब्याक स्टोरीको दृष्टिकोणमा, सम्झनामा बाँकी रहने राम्रो)खराब कला त्यस्ता कुराहरू भन्दा बढी मूल्यवान हुन्छ, जुन सरल रूपमा पढ्ने वा हेर्ने क्रममा शान्तिपूर्वक समाप्त हुन्छ र तुरुन्तै बिर्सिन्छ। ■
दि इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्