देशभरका सार्वजनिक विद्यालयहरूमा प्रत्यक्ष सिकाइ बन्द भएको चार साढे वर्ष बितिसकेको छ। प्रमाणहरूले देखाएका छन् : यस पुस्ताका के–१२ विद्यार्थीहरूले प्राज्ञिक रूपले पूर्ण रूपमा पुनःस्थापना हुने सकेका छैनन् — र सम्भवतः कहिल्यै गर्न सक्नेछैनन्।
मुख्य विषयहरूको परीक्षण स्कोर दशकौं यताकै सबैभन्दा कम छ, धनी र गरिब विद्यार्थीहरूबीचको उपलब्धिको खाडल अझै गहिरो भएको छ। जब म शिक्षकहरूसँग कुराकानी गर्छु, उनीहरूले मलाई भन्छन् कि उनीहरूका केही विद्यार्थीहरू व्यवहारिक र सामाजिक रूपमा अविकसित छन्, जुन कुरालाई कहिल्यै तथ्यांकले समेट्न सक्दैन।
अमेरिकीहरू शिक्षा प्रणालीप्रति खुशी छैनन्। २०२३ मा शिक्षा गुणस्तरमा सन्तुष्टि केही सुधार भएको भए पनि, ग्यालपका अनुसार, के–१२ सार्वजनिक विद्यालयप्रति अमेरिकीहरूको समग्र भावना अझै नकारात्मक छ।
म साँच्चै चाहन्थेँ कि यो निर्वाचन वर्षमा, के–१२ शिक्षामा देखिएका गम्भीर समस्याहरू — जुन केवल कोभिड सिकाइ क्षतिमा सीमित छैन — डोनाल्ड ट्रम्प र कमला ह्यारिसको ध्यान केन्द्रित गर्न योग्य ठानिन्थ्यो। तर, कुनै पनि उम्मेदवारले प्राथमिक शिक्षालाई साँच्चिकै सम्बोधन गरेका छैनन्। यस वर्षको राष्ट्रपतिको बहसमा शिक्षा विषय केवल विद्यार्थी ऋण र विद्यालयमा गोलीकाण्डका केही संक्षिप्त घटना उल्लेखहरू बाहेक मुश्किलले उठाइयो।
के–१२ शिक्षा संकटको दायरा
अमेरिकाका विद्यालयहरूको ओरालो यात्रा लगभग एक दशक पहिले सुरु भएको थियो, त्यसैले महामारीले पहिलेदेखि कमजोर संरचनालाई अस्थिर बनायो। त्यसपछि कोभिड बन्दले हाम्रो शिक्षा प्रणालीमा एउटा ‘धूमकेत’ झैँ प्रहार गर्यो’ थॉमस बी. फोर्डहम इन्स्टिच्युटका अध्यक्ष माइकल पेट्रिलीले भनेका छन्। बच्चाहरूले सामना गरिरहेका समस्याहरूको दायरा बारे इमानदार नबनी ‘मलाई लाग्छ, अधिकांश विद्यालयहरूले त्यो यस्तै हुनेछ भनेर निर्णय गरेका छन्, र यस पुस्ताका बच्चाहरूले कदाचित कहिल्यै पनि पूर्ण रूपमा सुधार गर्ने छैनन्’ उनले भने।
सबैभन्दा नयाँ राष्ट्रिय शिक्षा प्रगतिका मूल्याङ्कन परिणामहरू — जसलाई मेरा सहकर्मी डाना गोल्डस्टिनले ‘सुनौलो मापदण्डको संघीय परीक्षा’ भन्छिन् — चौथो र आठौं कक्षाका विद्यार्थीहरूको पढाइ र गणित स्कोर दशकौं यताकै न्यून स्तरमा रहेको देखाउँछ। परीक्षण परिणाम २०२० पछि खस्किए पनि, ‘२०२३ मा रिपोर्ट गरिएको ओरालो प्रवृत्तिू स्वास्थ्य संकट अघि नै सुरु भएको थियो, जसले अमेरिकाका विद्यार्थीहरूको एक दशकसम्मको निराशाजनक परिणामहरूको सवाल उठाउँछ, गोल्डस्टिनले लेखेकी छन्।
चीजहरू अझै गलत दिशामा अघि बढिरहेका छन्। नर्थवेस्ट इभालुएसन एसोसिएसनको एक अध्ययनले, जसले के–१२ मा विभिन्न विषयहरूको शैक्षिक वृद्धिलाई मापन गर्ने एआई परीक्षणले देखायो कि ‘२०२३–२४ मा प्रि–कोभिड र कोभिड परीक्षण स्कोर औसतहरू बीचको खाडल लगभग सबै कक्षाहरूमा व्यापक भएको छ, पढाइमा औसत ३६ प्रतिशत र गणितमा १८ प्रतिशत।’ एसोसिएसनले अनुमान गरेको छ कि ‘औसत विद्यार्थीले पढाइमा करिब ४.८ अतिरिक्त महिनाको स्कुलिङ आवश्यक पर्नेछ र गणितमा ४.३ महिना।’
यो केवल परीक्षण स्कोरहरूको समस्या मात्र होइन। विद्यार्थीहरूमा लगातार अनुपस्थितिको समस्या लगभग हरेक ठाउँमा ‘विस्फोटकू भएको छ, टाइम्सले रिपोर्ट गरेको छ। शिक्षकहरू पनि धेरै बढी अनुपस्थित छन्, र प्रतिस्थापन शिक्षकहरूको अभाव छ। सम्बन्धित रूपमा, शिक्षकहरूको पाइपलाइन पनि सुक्दैछ। सार्वजनिक विद्यालयहरूमा भर्ना घट्दै गएको छ र विद्यालयहरू बन्द भइरहेका छन्। यसको केही हिस्सा जनसांख्यिकीय हो — जन्मदर घट्दैछ — तर सार्वजनिक विद्यालयहरूले चार्टर र निजी विद्यालयहरूमा पनि विद्यार्थीहरू गुमाइरहेका छन्। अमेरिकाको शिक्षाको गिरावट चित्रण गर्न गाह्रो छैन।
अमेरिकी शिक्षा प्रणालीको विकेन्द्रीकृत संरचनाका कारण विद्यालयहरूमा धेरै नियन्त्रण राज्यहरू र स्थानीय समुदायहरूमा रहन्छ। यद्यपि, महामारीको समयमा विद्यालयहरूलाई सहयोग गर्न थप कोष संघीय सरकारबाट आएको थियो। राज्यहरूले प्राथमिक र माध्यमिक विद्यालय आपतकालीन राहत भ्क्क्भ्च्० कार्यक्रम मार्फत १९० अर्ब डलरको महामारी सहायता प्राप्त गरे, र यो रकम गत महिना भित्र बाँडिनुपर्थ्यो। सेन्टर अन बजेट एण्ड पोलिसी प्रायोरिटिजका अनुसार, केही कोषहरू संघीय टाइटल आई शिक्षा कोषको समान सूत्र मार्फत वितरण गरिएका थिए, जसले धनी जिल्लाहरूभन्दा बढी गरीबी भएका परिवारहरूको उच्च अनुपात भएका जिल्लाहरूलाई स्रोतहरू प्रदान गर्दछ।
यो रकम प्रायः बिना कुनै प्रतिबन्ध दिइएको थियो, सिवाय अन्तिम किस्ताको २० प्रतिशत सिकाइ घाटा सम्बोधन गर्न समर्पित गर्नुपर्ने शर्तको आधारमा। तर, च्याड एल्डम्यानले ‘द ७४’ मा भनिए अनुसार, ‘सिकाइ घाटा सम्बोधन गर्न योग्य गतिविधिहरू’ अत्यन्तै फराकिलो र समावेशी थिए। कुनै स्पष्ट उद्देश्य वा लक्ष्य बिना, जिल्लाहरूले आफ्नो रकमलाई एकदमै फरक तरीकामा खर्च गर्न सके — र गरे।’ मेरी सहकर्मी सारा मर्भोशले लेखेकी छन्, ‘संघीय डलरहरू कसरी खर्च गरिए भन्ने बारेमा धेरै ट्र्याकिङ गरिएको थिएन,’ त्यसैले कुन शैक्षिक हस्तक्षेपहरूले अरूभन्दा राम्रो काम गरे भन्ने कुरा थाहा पाउन धेरै गाह्रो छ।
शैक्षिक उपलब्धिमा आएको गिरावटलाई सम्बोधन गर्न, के काम गरिरहेको छ भनेर पत्ता लगाएर बच्चाहरूलाई फेरि राम्रो स्तरमा ल्याउन मद्दत गर्नु सट्टा, केही राज्यहरूले मापदण्ड घटाउँदै छन्। लिन्दा ज्याकोब्सनले ‘द ७४’ मा रिपोर्ट गरे अनुसार, विस्कनसिन, ओकलाहोमा, अलास्का र न्यूयोर्कले उत्तीर्ण अंकको मापदण्डमा परिवर्तन गरेका छन् वा उनीहरूको दक्षता स्तर पुनः समायोजन गरेका छन् । जसले गर्दा अझ धेरै बालबालिकाहरू आधारभूत मापदण्डहरू पूरा गरिरहेका देखिउन्। यस प्रकारको ढाँटाइले कोभिडले बिगारेको कुरालाई सुधार्न सक्दैन।
उम्मेदवारहरूले के प्रस्ताव गर्नुपर्छ ?
मैले शिक्षाका बारेमा अध्ययन गर्ने केही शैक्षिक विशेषज्ञहरूलाई नयाँ प्रशासनबाट कस्ता योजनाहरू सुन्ने अपेक्षा छ भनेर सोधेँ। तिनीहरू मध्ये अधिकांशले राज्यहरूको विद्यार्थी परिणामप्रतिको जवाफदेहितामा संघीय अनुगमनको आवश्यकतामा जोड दिएका छन्। उनीहरूले विशेष रूपमा २०१५ को एभरी स्टुडेन्ट सक्सिड्स एक्ट (इएसएसए) को कमजोरीहरूलाई उद्धृत गरेको छ, जसले राज्यहरूलाई धेरै शक्ति दिएको थियो र २००२ मा पारित नो चाइल्ड लेफ्ट बिहाइन्ड N.C.L.B का केही सुधारहरूलाई पछि हटाएको थियो। इएसएसएले द्विदलीय प्रयास थियो, जसको नेतृत्व राष्ट्रपति बाराक ओबामाले गरेका थिए, जसले राज्यहरूलाई अधिक लचिलो बनाउन र संघीय सरकारको नियन्त्रणलाई कम गर्न खोजेको थियो। उनीहरूले जोड दिए कि ल्।ऋ।ी।द्य। एक परिपूर्ण कानुन थिएन, तर उनीहरूले इएसएसए ले उल्टो दिशामा धेरै टाढा गएको सोचाइ राखेका थिए।
‘संघीय सरकारले राज्यहरूलाई ‘विभेदित’ र लचिलो जवाफदेहिता प्रणालीहरूको बढी नियन्त्रण गर्यो। त्यो विकेन्द्रीकरणले धेरै राज्यहरूमा एक किसिमको ‘जवाफदेहिता नाटकु जन्माएको जस्तो देखिन्छ’ स्ट्यानफोर्डको ग्राजुएट स्कूल अफ एजुकेशनका प्राध्यापक थोमस डीले भने। दक्षता स्तर घटाउनु भनेको यस प्रकारको नाटकको प्रमुख उदाहरण हो।
यसको अर्थ राम्रो परिणाम सुनिश्चित गर्न थप संघीय निरीक्षणको आवश्यकता ठ्याक्कै नो चाइल्ड लेफ्ट बिहाइन्ड ९ल्।N.C.L.B जस्तो हुनुपर्छ भन्ने होइन, अमेरिकी इन्स्टिच्युट्स फर रिसर्चका उपाध्यक्ष डान गोल्डहाबरले भने। N.C.L.Bले विद्यालयहरूको कच्चा परीक्षा नतिजाहरूमा केन्द्रित गर्यो, बरु समयसंगै आएको सुधारमा ध्यान दिएन, जसले ‘धेरैजसो गलत सन्देश दियो कि कुन विद्यालयहरूले राम्रो गरिरहेका थिए’ गोल्डहाबरले भने।
यी सुझावहरू सायद ह्यारिस वा ट्रम्पले चुनावी दिनअघि छोटो भाषणमा समेट्नका लागि अत्यधिक जटिल छन्। त्यसैले डीले भने कि उनी चाहन्छन् कि उम्मेदवारहरूले निरन्तर अनुपस्थितिका जस्ता विशेष मुद्दाहरूमा ध्यान केन्द्रित गरून्, जुन अहिले हराइरहेको छैन र जहाँ ध्यानले वास्तवमै नीतिमा प्रभाव पार्न सक्छ।
व्यक्तिगत रूपमा, म चाहन्छु कि संघीय सरकारले राज्यहरूबाट अझ सजिलै बुझ्न मिल्ने डेटा उपलब्ध गराउन जोड देओस्— विद्यालयको प्रदर्शन र हाम्रो बच्चाहरूको प्रदर्शन दुवैमा। हालको ग्रेड र विद्यार्थीको ज्ञान बीच एक असमानता छ। एसोसिएटेड प्रेसकी एनी माले २०२३ को ग्यालप सर्वेक्षणबारे रिपोर्ट गरिन्, जसले देखाएको छः ‘८८ प्रतिशत अभिभावकहरूले आफ्ना बच्चा पठनमा ग्रेड स्तरमा रहेको बताउँछन् र ८९ प्रतिशत अभिभावकहरूले आफ्नो बच्चा गणितमा ग्रेड स्तरमा रहेको विश्वास गर्छन्। तर एक संघीय सर्वेक्षणमा, विद्यालय अधिकारीहरूले भने अनुसार गत शैक्षिक वर्षमा आधा अमेरिकी विद्यार्थीहरूले कम्तिमा एक विषयमा ग्रेड स्तरभन्दा तलबाट सुरु गरेका थिए।’
एडन्याभिगेटरका प्रमुख कार्यकारी टिम डेले, जसले शिक्षा सम्बन्धी न्यूजलेटर लेख्छन्, राज्यहरूबाट अझ राम्रो डेटा देख्न चाहन्छन्। “जब मैले शिक्षकहरूको अनुपस्थितिको उच्च स्तर जाँचें— जुन इलिनोइसले विद्यालय स्तरमा रिपोर्ट गर्छ— मैले देखेँ कि डेटा निकै अस्पष्ट थिए। धेरैजसो तथ्यांकहरू असम्भव देखिन्थे वा जिल्ला अधिकारीहरूले ती तथ्यांकहरूलाई पुष्टि गर्न अस्वीकार गरे। यदि यो शिक्षक अनुपस्थितिको सन्दर्भमा सत्य हो भने, अरू कुराहरूको सन्दर्भमा पनि सत्य होला ? सम्भवतः हो ? मलाई लाग्छ कि यो हाम्रो ठूलो महामारी पुनःउद्धार समस्याको सूचक हो। हामी अल्झिएका छौं।’
डेटाबिना, हामी हाम्रो समस्याहरूको दायरा बुझ्न सक्दैनौं। र कुनै पनि उम्मेदवारबाट राष्ट्रिय स्तरमा शिक्षा सुधारको लागि कुनै तत्परताको अनुभूति बिना, हाम्रा बालबालिकाहरूले उनीहरूको आवश्यक सहयोग पाउने छैनन्। मलाई लाग्दैन कि २०२०–२०२२ को समयमा विद्यालय उमेरमा भएका बच्चाहरूलाई बस चुपचाप छोड्नु स्वीकार्य हुन्छ। चुनावअघि एक महिना बाँकी छ र उम्मेदवारहरूलाई अझै केही भन्ने समय छ— जे भए पनि— उनीहरूले कसरी सहयोग गर्नेछन् भन्ने बारे भन्नै पर्छ ।
: न्यूयोर्क टाइम्सबाट
अक्टोबर ९, २०२४
प्रतिक्रिया दिनुहोस्