काठमाडौं २७ असोज । जलवायु परिवर्तनको असरले जलचर, स्थलचर प्रभावित भइरहेका बेला आकाशमा उड्ने पन्क्षी समेत यसको मार खेप्न बाध्य भइरहेका छन् ।
अत्यधिक तापक्रम वृद्धिसँगै भइरहेको जलवायु परिवर्तनको प्रभाव पन्क्षीजगतको आहार विहारमा प्रत्यक्ष असर पर्दा चराचुरुङ्गीको बसाइसराई, बच्चा कोरेल्ने तथा हुर्काउने समयमा परिवर्तन हुन थालेको छ ।
वरिष्ठ पन्क्षीविद् डा। हेमसागर बरालका अनुसार जलवायु परिवर्तनको असरले रैथाने तथा आगन्तुक ९पाहुना चरा० दुवै खालका पन्क्षीको दैनिकी परिवर्तन हुन थालेको छ । डा। बरालले भन्नुभयो, ‘‘उच्च तापक्रमले वनजंगलमा आगलागीका घटना वृद्धि हुँदा पन्क्षी गुड लगाउन नपाउने, लगाएका गुड जल्ने, चल्ला कोरल्न नपाउने, बच्चा हुर्काउन नपाउने र आगोमा परेर मर्नेजस्ता घटनाले पन्क्षी प्रत्यक्ष मारमा परिरहेका छन् ।’’
त्यति मात्र होइन, पानीको मूल, सिमसार क्षेत्र सुक्ने घटनाले सिमसार वरपर हुने किरा फट्याङ्ग्राको सङ्ख्यामा कमी आएसँगै चराहरूको आहार पनि कम हुन थालेको छ । डा। बरालले भन्नुभयो, ‘‘जलपन्क्षीहरु अधिकांश समय मूल वरपर, सिमसार क्षेत्र वरपर नै बस्ने गर्छन् । पानीका स्रोत सुकेपछि त्यस्ता पन्क्षीहरुको वासस्थान नै परिवर्तन भइरहेको छ । पन्क्षीको प्रमुख आहार किरा फट्याङ्ग्रा नै हुन्छन् । पानीको मूल सुकेपछि त्यस्ता किरा फट्याङ्ग्राको सङ्ख्यामा कमी आउन थालेपछि चराचुरुङ्गीको आहारको कमी हुन थालेको छ ।’’
जलपन्क्षीको राम्रो वासस्थान मानिने र साइवेरियन आगन्तुक चराको घुमफिर स्थल बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा पानीको स्रोत सुक्दा धेरैजसो चराहरू देखिन छाडेका कुरा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा। अशोककुमार रामले बताउनुभयो ।
जलपन्क्षीको राम्रो वासस्थान मानिने र साइवेरियन आगन्तुक चराको घुमफिर स्थल बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा पानीको स्रोत सुक्दा धेरैजसो चराहरू देखिन छाडेका कुरा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा। अशोककुमार रामले बताउनुभयो । गत वर्ष कर्णालीको भँगालो गेरुवा नदी सुकेपछि हिउँदे याममा आउने साइवेरियन आगन्तुक चराहरू लामो समय बर्दियामा बस्न नसकेको उहाँले बताउनुभयो ।
डा। अशोकले भन्नुभयो, ‘‘एकातिर तालतलैयाहरु सुक्दै जाँदा पन्क्षीलाई चाहिने पानी, किरा फट्याङ्ग्राको अभाव हुन थालेको छ । अर्कोतिर बर्दियामा आगन्तुक चराहरू पनि लामो समयसम्म बस्न नसक्ने अवस्था भएको छ । जलवायु परिवर्तनको असर अब त पन्क्षी जगतमा प्रत्यक्ष पर्न थालेको देखियो ।’’
चराहरूको राजधानी मानिने कोशी टप्पु क्षेत्रका अधिकांश सिमसार क्षेत्रहरूमा पानीको मात्रा घट्दै जान थालेको छ । केही सिमसार सुक्न थालेका छन् । नियमित पानी नपर्नु, उच्च तापक्रम हुनु लगायतका कारणले पानीको स्रोत सुक्दा झारपात नउम्रिने, झारपात तथा बुट्यानमा हुने किरा फट्याङ्ग्रा पनि देखिन छाडेकाले कोशी टप्पु क्षेत्रमा पाइने पन्क्षीको आहारविहार, बच्चा कोरेल्ने समय, बच्चाको बाँच्ने दर, हुर्काउने लगायतका कुरामा थप चुनौती थपिँदै गएको कुरा वरिष्ठ पन्क्षीविद् डा। बरालले बताउनुभयो ।
उहाँका अनुसार आगन्तुक चराहरू पहिलेको भन्दा लामो समय नेपालमा बस्न थालेकोले पनि रैथाने चराहरूको आहार अभाव हुन थालेको छ । केही आगन्तुक चराहरू लामो समय नेपालमै बस्न थालेका छन् । जसलेगर्दा यहाँका रैथाने चराहरूको आहारमा प्रत्यक्ष असर देखिन थालेको छ ।
आगन्तुक चराहरु पहिलेको भन्दा लामो समय नेपालमा बस्न थालेकोले पनि रैथाने चराहरुको आहार अभाव हुन थालेको छ ।
केही वर्ष पहिलेसम्म उत्तरी ध्रुवबाट जाडो छल्न साइवेरिएन चराहरू हिउँदमा नेपालमा केही समय बस्ने र घुम्दै फिर्दै भारत, श्रीलङ्कासम्म पुगेर गर्मीयाममा फेरि साइवेरिया फर्किने गरेका थिए । पछिल्ला दिनमा त्यस्ता केही प्रजातिका चराहरू नेपालमै बस्ने गरेका छन् । डा। बरालले भन्नुभयो, ‘‘ती पन्क्षीहरुले चाहेको हावापानी नेपालमै पाएर हो वा घुम्न जानु पर्ने ठाउँको हावापानी हिजोको भन्दा बिग्रेर हो, धेरैजसो आगन्तुक चराहरू अहिले नेपालमै उडेको देखिन्छन् । यसको कारणबारे अध्ययन हुनु जरुरी छ ।’’
यसैबिच साइबेरियाबाट नेपाल आएर अस्थायी बसोबास गर्ने कर्याङकुरुङ चरा नेपालको बाटो भएर भारतको राजसंस्था र गुजरातमा उडान भर्न सुरु गरेका छन् । जाडो छल्न साइबेरियाबाट आएका यी चराहरू केही समय नेपालका कोशीटप्पु, चितवन, बर्दिया, कैलालीका वनजंगलमा बसेर भारततर्फ लाग्ने गरेको डा। बरालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्