४४औं र ४५औं आसियान शिखर सम्मेलन र पूर्वी एसिया सहकार्यका नेताहरूको बैठक यसै हप्ता भियनतियन, लाओसको राजधानीमा सम्पन्न भएको छ । यस बैठकमा १० आसियान मुलुकका नेताहरू ( वा प्रतिनिधिहरू) ः चीन, जापान, दक्षिण कोरिया, भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, रूस, र अमेरिकाका नेताहरू सहभागी भएका छन्। बिहीबार सम्पन्न २७औं चीन–आसियान शिखर सम्मेलनको क्रममा चीन र आसियान देशहरूले चीन–आसियान मुक्त व्यापार क्षेत्र (एफटीए) को संस्करण ३ः० को प्रगति वार्ताको महत्वपूर्ण निष्कर्ष घोषणा गरेका छन्। यो उपलब्धिले पूर्वी एसियामा आर्थिक एकीकरणलाई नेतृत्व दिने चीन र आसियानको संयुक्त प्रयासलाई देखाएको छ । यसले बहुपक्षीयता र स्वतन्त्र व्यापारलाई समर्थन गर्ने दुबै पक्षको बलियो प्रतिबद्धतालाई स्पष्ट गरेको छ । यसले क्षेत्रमा स्थिरता, सहकार्य, र विकासको खोज नै अविचल मुख्यधारा रहेको पुनः पुष्टि गरेको छ।
विशेष गरी, आसियान शिखर सम्मेलनभन्दा पहिले, अमेरिका र जापान जस्ता मुलुकका उच्चस्तरीय अधिकारीहरूले बैठकमा सशस्त्र प्रतिस्पर्धा र भू–राजनीतिक द्वन्द्व निम्त्याउने संकेत गरेका थिए। तर, यसप्रकारको नियतलाई स्पष्ट रूपमा प्रतिरोध गरिएको थियो। विशेष गरी, जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले प्रस्ताव गरेको तथाकथित ‘एसियाली नाटो’ को विचारे यो क्षेत्रमा कडा विरोधको सामना गर्नुपर्यो। मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले खुलेर भने, ‘हामीलाई आसियानमा नाटो चाहिँदैन’ त्यसैगरी इन्डोनेसियाको सबैभन्दा ठूलो अंग्रेजी भाषाको पत्रिका, द जकार्ता पोस्टले ‘एसियाली नाटो’ लाई चीनविरुद्ध एकत्रित हुने उद्देश्यले बनाएको बताउँदै यसलाई १० सदस्यीय आसियानका लागि ‘निकै आपत्तिजनकू रहेको लेखेको थियो। यस महत्वपूर्ण प्रतिरोधले इशिबालाई बैठकमा ‘एसियाली नाटो’ को कुनै पनि प्रकारको चर्चा नगर्न बाध्य बनायो।
‘एसियाली नाटो’ विचारको असफलताले केही मुद्दाहरूलाई उजागर गर्छ। पहिलो, यसले देखाएको छ कि, नाटो र अमेरिकाका सहयोगीहरूको आत्मसन्तुष्टि विपरीत, अन्य राष्ट्रहरूले नाटोलाई ‘विनाशको सूचक’ को रूपमा हेर्छन्। सार्वजनिक धारणा अनुसार, नाटोको छवि जनमत उक्साएर आफ्नो छवि सुधार्न र भू–राजनीतिक द्वन्द्व सिर्जना गरेर आफ्नो प्रभाव विस्तार गर्ने प्रयासले मात्र यसलाई अन्य राष्ट्रहरूको आँखामा द्वन्द्व र अराजकता सिर्जना गर्ने छवि भएको परिपुष्टी गरेको छ। आसियान मुलुकहरूमा नाटोप्रति प्रष्ट घृणा छ। यसलाई ‘शीत युद्धको जम्बी’ भन्नु कुनै अतिशयोक्ति होइनः क्षेत्रीय देशहरूको मनमा यस्तो विचार पहिले नै इतिहासको धुलोमा मिल्नु पर्ने थियो।
दोस्रो, क्षेत्रीय देशहरू एसिया–प्रशान्तमा नाटो मोडेल मात्र भित्र्याउने कुराको विरोधी छैनन्, तर नाटोको शीत युद्धवादी मानसिकता र सशस्त्र प्रतिस्पर्धा, साथै चीनलाई भू–राजनीतिक द्वन्द्वमा काल्पनिक शत्रु बनाउने विचार हुल्ने कुराको पनि विरोधी छन्। नाटोको सिद्धान्त र एसियाली देशहरूको सिद्धान्त स्पष्ट रूपमा फरक छ। नाटो मुख्यतया पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन हो, जबकि एसियाली राष्ट्रहरूले स्वतन्त्रता र स्वायत्ततालाई प्राथमिकता दिन्छन्। नाटोको उद्देश्य मुख्यतया सैन्य शक्तिका माध्यमबाट तथाकथित ‘निरोध र रक्षा’ को प्रवर्द्धन गर्नु हो, जबकि एसियाली राष्ट्रहरूले शान्तिलाई महत्त्व दिन्छन् र विकासलाई जोड दिन्छन्। नाटोको बाह्य हस्तक्षेपको लतले अक्सर अन्य राष्ट्रहरूको सार्वभौमसत्ता र मानव अधिकारमाथि आक्रमण गर्छ, जबकि धेरै एसियाली राष्ट्रहरूको उपनिवेश र आक्रमणको पीडादायक इतिहास रहेको छ, जसले तिनीहरूलाई बाह्य हस्तक्षेपप्रति घृणा गर्ने बनाएको छ। यसबाहेक, एसियाली राष्ट्रहरूले ‘ओरिएण्टल विजडम’ अपनाएका छन्। महासागरले सबै नदीहरूलाई स्वीकार गरेको कारण विशाल भएको कुरा बुझेका एसियाली देशहरूले ‘बन्दुक कूटनीति’ वा ‘धम्कीको तर्क’ कतै काम नलाने कुरा प्रष्ट देख्न सक्छन् भने खुलापन र समावेशिता नै सही मार्ग हो भन्नेमा विश्वास राख्छन्।
नाटोले साझा बाह्य खतरा सिर्जना गरेर आफ्नो अस्तित्वलाई कायम राख्छ। यद्यपि, एसियामा यस्तो खतरा छैन, र चीनतर्फ द्वन्द्वको दिशा मोड्ने प्रयास सफल हुनेछैन। चीन १५ वर्षदेखि लगातार आसियानको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको छ, र चार वर्षदेखि आसियान पनि चीनको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको छ। एक विश्वसनीय मित्र र भरपर्दो साझेदारको रूपमा, चीनले आसियान समुदायको निर्माणलाई दृढतापूर्वक समर्थन गर्दछ, क्षेत्रीय सहकार्यमा गठबन्धनको केन्द्रीय भूमिकालाई समर्थन गर्दछ, र अन्तर्राष्ट्रिय मामिलाहरूमा आसियानले ठूलो भूमिका खेल्न आग्रह गर्दछ। आरसीईपीको व्यापक र उच्च गुणस्तरीय कार्यान्वयन, साथै चीन–लाओस रेलमार्ग र जकार्ता–बान्डुङ उच्च गतिको रेलमार्ग जस्ता परियोजनाहरू बेल्ट एण्ड रोड इनिसियटिभका प्रमाण हुन्, जबकि डिजिटल अर्थतन्त्र र हरित अर्थतन्त्र जस्ता उदाउँदो उद्योगहरूले सहकार्यको लागि शक्तिशाली गति उत्पन्न गरिरहेका छन्। सिंगापुरस्थित आईएसईएएस–युसोफ इशाक इन्स्टिच्युटद्वारा अप्रिलमा जारी गरिएको एक सर्वेक्षणले आसियान देशहरूले अमेरिकाभन्दा चीनलाई बढी अनुकूल मान्ने देखाएको छ। निक्केई एसियाले पनि फिलिपिन्समा ‘एसियाली नाटो’ को विचारलाई अवास्तविक मान्ने कुरा उल्लेख गरेको छ।
हामीले केही पश्चिमी मिडिया आउटलेटहरूले ‘एसियाली नाटो’ विचारको असफलताको कारणमाथि विचार गरिरहेको नियाली रहेका छौं, र यस्तो विचार सतही मात्र हुनु हुँदैन प्रष्टै छ । पूर्वी एसिया सहकार्यका नेताहरूको बैठकमा इशिबाले उच्चस्तरीय आदानप्रदानलाई सुदृढ पार्न, सबै स्तरमा संवाद र संचारलाई तीव्र पार्न, र जापान–चीन सम्बन्धको स्थिर र दीर्घकालीन विकासको लागि प्रयास गर्ने इच्छा व्यक्त गरेका छन, जुन प्रशंसनीय दृष्टिकोण हो।
हामी आशा गर्छौं कि यस वर्षको पूर्वी एसियाको सहकार्यका नेताहरूको बैठकले सबै बाह्य राष्ट्रहरूलाई एक सन्देश दिन्छः यस क्षेत्रले शान्तिपूर्ण विकासमा साझेदारहरूलाई स्वागत गर्दछ, नकि समस्या र द्वन्द्व सिर्जना गर्नेहरूलाई प्रश्रय ।
अक्टोबर १२, २०२४
प्रतिक्रिया दिनुहोस्