सरकारहरू प्रायः स्वतन्त्र प्रेसको उपस्थितिलाई मन पराउँदैनन्। यसको कारण सरल छः एक सशक्त र स्वतन्त्र समाचार मिडियाले सरकारलाई नजिकबाट नियाल्छ र आवश्यक परेमा सत्ताको दुरुपयोग, भ्रष्टाचार, अक्षमता र बेकार खर्चको पर्दाफास गर्छ।
यस्ता विषयहरूको पर्दाफास पत्रकारहरूमा मात्र निर्भर हुँदैन, तर सरकारको दुराचारबारे सतर्क गराउन इच्छुक बहादुर अधिकारीहरूमा पनि निर्भर हुन्छ। तिनको खुलासा सार्वजनिक चासोको लागि स्पष्ट भए तापनि, ती व्हिसलब्लोअरहरू — वा पत्रकारिताका भाषामा स्रोतहरू — प्रायः सजाय वा प्रतिशोधबाट बच्नका लागि आफ्नो पहिचान लुकाउँछन्। यसरी, जनतासम्म महत्वपूर्ण जानकारी ल्याउन प्रायः जानकारी साझेदारी गर्ने व्यक्तिको पहिचानलाई जोगाउने कुरामा निर्भर गर्दछ।
पत्रकारहरूले स्रोतहरूको गोपनीयता सुरक्षित गर्ने यस्तो महत्वपूर्ण भूमिकाको लागि आवश्यक छ, जसलाई केही संघीय अदालतहरूले पहिलो संशोधनमा निहित भएको ठानेका छन्। यो ४९ राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियामा सरकार वा अदालतहरूद्वारा पत्रकार र समाचार संस्थाहरूलाई स्रोतहरू पत्ता लगाउन, व्हिसलब्लोअरहरूलाई दण्डित गर्न र गलत कामबारे बोल्न सक्ने र अरूलाई डराउन सरकारले गर्ने अन्यायपूर्ण वा अत्यधिक प्रयासहरूबाट जोगाउने उपायका रूपमा मान्यता दिइएको छ।
यद्यपि, संघीय स्तरमा यस्तो कुनै सुरक्षा छैन, जहाँ यसको आवश्यकता सम्भवतः सबैभन्दा धेरै छ, आंशिक रूपमा इलेक्ट्रोनिक निगरानीको तीव्र विकास र तीव्र रूपमा ध्रुवीकृत राजनीति मार्फत उत्पन्न हुने समस्याहरूका कारण। संघीय कानुन लागू हुँदा, हाल अधिकांश संघीय सर्किट अदालतहरूले दिने मान्यताभन्दा उच्च स्तरको सुरक्षा प्रदान गर्न सक्थ्यो।
यो वर्ष समाप्त हुनु अघि नै यसमा परिवर्तन हुन सक्छ यदि सिनेटको न्यायिक समितिले एक बलियो दुई–दलीय विधेयक जारी गर्यो भने, जुन यस सत्र र अघिल्लो सत्रमा प्रतिनिधि सभाबाट दुई पटक बिना विरोध पारित भइसकेको छ। ूप्रोटेक्ट रिपोर्टर्स फ्रम एक्स्प्लोइटेटिभ स्टेट स्पाइङ एक्टू वा प्रेस एक्ट भनिने यो विधेयकले आतंकवाद वा आसन्न हिंसाको कार्य रोक्नका लागि जानकारीको खुलासा आवश्यक भएको दुर्लभ अवस्थामा बाहेक, अदालतको आदेशबाट रिपोर्टरहरूलाई उनीहरूको स्रोतहरूको खुलासा गर्नबाट जोगाउनेछ।
यस विषयमा न्यूयोर्क टाइम्स स्पष्ट रूपमा निरपेक्ष दर्शक हुँदैन। प्रेस स्वतन्त्रतामा सरकारी प्रतिबन्धहरू सत्ताको दुरुपयोग र अधिनायकवादतर्फ जाने वास्तविक मार्ग हुन् भन्ने यो बोर्डको दृढ विश्वास छ, जुन अधिकांश स्वतन्त्र समाचार मिडियाले पनि साझा गर्छन्। टाइम्स र यसका पत्रकारहरू धेरै कानुनी लडाइँमा संलग्न भएका छन् ताकि प्रेस स्वतन्त्र र स्वतन्त्र रहोस्। तर यो केवल प्रेस बनाम सरकारको कुरा मात्र होइन। यो कानुनले सरकारका गलत काममा आवाज उठाउने सार्वजनिक हित सेवकहरूलाई प्रभावकारी रूपमा जोगाउनेछ। र यसले सबै अमेरिकीहरूलाई जोगाउनेछ, जो उनीहरूले चयन गरेका अधिकारीहरू र उनीहरूले वित्त पोषण गरेका सरकारबारे पूर्ण सत्य जान्न योग्य छन्।
राष्ट्रका संस्थापकहरूले अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको एक महत्वपूर्ण घटकको रूपमा देखेका थिए। जर्ज वाशिंगटनको अभिव्यक्ति लगभग बाइबलीय छः ‘स्वतन्त्र अभिव्यक्तिलाई हटाउन सकिन्छ, र हामीलाई भेडाहरू झैं चुपचाप र मौन रूपमा वधशालामा लैजान सकिन्छ।’
आज, प्रत्येक प्रतिनिधि सभाका सदस्यहरूले, जसमा केहीले तीव्र अनुसन्धानात्मक रिपोर्टिङको लक्ष्य बनाए वा मिडियाका प्रायः आलोचकहरू बने, प्रेस विधेयकलाई छिटो पारित गर्नका लागि समर्थन गरेका छन्। सिनेटमा यस विधेयकका तीन जना रिपब्लिकन प्रायोजक छन्, तर यो विधेयकलाई केही संख्यामा रहेका रूढिवादी सिनेटरहरूले विरोध गरिरहेका छन् — विशेष रूपमा अर्कान्ससका कट्टर–दक्षिणपन्थी रिपब्लिकन टम कटन — जसले न्यायिक समितिमा यो कानूनलाई रोकिराख्ने प्रयास गरिरहेका छन्।
मिस्टर कटनको तर्क छ कि प्रेस एक्टले कानून प्रवर्तन र राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने गरी लिक्स(खुलासा)हरूको बाढी खोल्नेछ। तर यो तर्क प्रमाणमा आधारित नभई मिडियाप्रति उनको अन्तर्निहित शत्रुतामा आधारित छ, जुन उनले स्पष्ट रूपमा वैचारिक दुश्मनको रूपमा देखेको रुपमा प्रकट गरेका छन्। धेरै पत्रकारहरू “थोरै मात्रामा वामपन्थी कार्यकर्ता हुन्, जो राम्रो अवस्थामा पनि अमेरिकाप्रति उदासीन छन् र हाम्रो सुरक्षा र सत्यप्रति लापरवाह छन्,” उनले एक वक्तव्यमा भनेका छन् ।
महत्त्वपूर्ण घटनाहरू र सबै तहका सरकारको कार्यलाई बुझ्न सार्वजनिकका लागि लिक र व्हिसलब्लोअरहरू प्रायः अपरिहार्य साबित भएका छन्। तिनीहरूको उपयोगिता कुनै वैचारिक कुरा होइनस तिनीहरू डेमोक्रेटिक प्रशासनहरूका साथसाथै रिपब्लिकन प्रशासनहरूको अप्रिय सत्यलाई उजागर गर्न समान रूपमा प्रभावकारी हुन सक्छन्। रिपोर्टरहरूलाई आफ्ना स्रोतहरू खुलासा गर्नबाट जोगाउँदा, विधेयकले आदर्श रूपमा अधिक व्हिसलब्लोअरहरूलाई सरकारी दुरुपयोगमा प्रकाश पार्न प्रोत्साहित गर्नेछ।
दुवै पार्टीका प्रशासनहरूले — विशेष गरी बाराक ओबामा र डोनाल्ड ट्रम्पको प्रशासनहरूले — सार्वजनिक हितमा हुने लिकहरू रोक्न र रिपोर्टरहरूलाई उनीहरूको स्रोतहरू खुलासा गर्न दबाब दिन विभिन्न माध्यमहरूबाट प्रयास गरेका छन्। महान्यायाधिवक्ता मेरिक गारल्याण्डले राष्ट्रपति बाइडेनको प्रशासनको अवधिमा यी दुर्व्यवहारहरू समाप्त गरिदिए, न्याय विभागले लिक अनुसन्धानका लागि स्रोतहरू पहिचान गर्न पत्रकारहरूको फोन रेकर्डहरू खोतली छाड्ने घोषणा गर्दै। तर कानुनको अभावमा, भविष्यमा कुनै पनि प्रशासनले सजिलैसँग त्यो अभ्यास पुनः स्थापित गर्न सक्छ।
प्रेस एक्टमा यस्तो केही छैन जसले सरकारलाई लिककर्ताहरूलाई अभियोजन गर्न रोक्नेछ, र सरकारसँग आफ्ना अधिकारीहरूलाई निगरानी गर्ने विशाल अधिकार छ, जसका लागि उनीहरूले पत्रकारहरूलाई उनीहरूले खोजेको जानकारी खुलासा गर्न माग गर्दैनन्।
प्रेस शील्ड कानुन भएका राज्यहरूलाई अपराध नियन्त्रणमा रोकिएको कुनै प्रमाण छैन, र संघीय सरकारले पत्रकारहरूबाट जबर्जस्ती जानकारी बिना नै प्रमुख लिककर्ताहरूलाई पहिचान र अभियोजन गरेको छ। ओबामा प्रशासनले पूर्व टाइम्सका पत्रकार जेम्स राइजनलाई उनको पुस्तकमा वर्णन गरिएको इरानको आणविक कार्यक्रमलाई कमजोर बनाउने असफल सिआइए योजनाको स्रोत पहिचान गराउनका लागि वर्षौंसम्म प्रयास गर्यो। उप–पूना ९कगदउयभलब० अनुसार बयान दिन आवश्यक भए पनि, मिस्टर राइजनले आफ्नो स्रोत पहिचान गर्न अस्वीकार गरे र उनलाई त्यसो गर्न बाध्य गरिएन। तैपनि, लिककर्तालाई पक्राउ गरी जेल सजाय दिइयो।
प्रेस एक्टले जानकारी प्राप्त गर्न कानुन उल्लङ्घन गर्ने पत्रकारहरूलाई सुरक्षा प्रदान गर्नेछैन, र राष्ट्रिय सुरक्षाका लागि अपवादहरू व्यापक छन्। तर अहिलेको ध्रुवीकृत राजनीतिमा समाचार मिडियाप्रति रहेको शत्रुताले यो सुनिश्चित गर्न पहिलेभन्दा धेरै आवश्यक बनाएको छ कि रिपोर्टरहरूले सरकारमाथि निगरानी राख्ने आफ्नो महत्वपूर्ण भूमिका अदालतले उनीहरूको स्रोतहरू र जानकारीका लागि गरेको आदेशको धम्कीबिना निरन्तरता दिन सकून्। प्रेस एक्ट अहिले नै आवश्यक छ।
: न्यूयोर्क टाइम्स सम्पादकीय बोर्डद्वारा
(सम्पादकीय बोर्ड एक समूह हो, जसले आफ्नो विचारलाई विशेषज्ञता, अनुसन्धान, बहस र केही लामो समयदेखि रहेका मूल्यहरूको आधारमा व्यक्त गर्छ। यो समाचार कक्षबाट अलग छ।)
प्रतिक्रिया दिनुहोस्