यो फ्रान्समा सबैको ध्यान खिचेको मुद्दा हो। अभियोजकहरूका अनुसार डोमिनिक पेलिकोटले झण्डै एक दशकसम्म आफ्नी पत्नीलाई बारम्बार औषधि खुवाएर बेहोश बनाए र अपिरिचितहरूलाई उनमाथि बलात्कार गर्न निमन्त्रणा दिए। अभियोजकहरू भन्छन् कि ती महिलालाई बेहोशी अवस्थामा धेरै पटक पुरुषहरूले आक्रमण गरे, र उनका श्रीमान्ले धेरैजसो घटनाहरूको भिडियो खिचे र डिजिटल फोल्डरहरूमा सुरक्षित राखे, जसमा एउटा फोल्डरको नाम ‘दुरुपयोग’ थियो।
जब पेलिकोटको मुद्दा गत महिनामा सुरु भयो, उनकी पत्नी, जिनेल पेलिकोट,ले आफ्नो गोपनीयताको अधिकार त्यागिन् र अचम्मको आत्मविश्वासका साथ बोलेकी थिइन्। उनी फ्रान्सकी नारीवादी नायिका बनेकी छिन्स् : पेरिस, मार्सेइ र बोर्डोक्सका प्रदर्शनहरूमा महिलाहरू चिच्याइरहेका छन्, ‘हामी सबै जिनेल हौं।’ पेलिकोटले आफ्ना सबै अभियोगहरूमा दोषी ठहरिएका छन् र सजिलो भाषामा भनेका छन्, ‘म बलात्कारी हुँ।’
तर पेलिकोटसँगै ५० जना अन्य पुरुषहरू पनि यो मुद्दामा संलग्न छन्। तीमध्ये धेरैजसो महिलाको बलात्कारको गम्भीर आरोपमा अभियुक्त छन्। तीमध्ये दर्जनौंले दोषी ठहरिन अस्वीकार गरेका छन्, कतिपयले भनेका छन् कि उनीहरू ठगिएका थिए वा भनिएको थियो कि पेलिकोटको पत्नी लाजले गर्दा नाटक गरिरहेकी थिइन्।
नारीवादले लामो समयदेखि ज्ञान र शक्तिबीचको सम्बन्धमा चासो राख्दै आएको छ, जसरी महिलाहरूलाई जानकारीबाट वञ्चित गरिनु उनीहरूलाई शक्तिबाट वञ्चित गरिनु हो। पछिल्ला केही हप्ताहरूमा हामीलाई पुनः याद गराइएको छ कि अज्ञानता, वा त्यसको दाबी, शक्तिशालीहरूको लागि सुविधाजनक साधन पनि हुन सक्छ। सहमति अर्को व्यक्तिको चाहनालाई बुझ्ने प्रयास हो, जबकि बलात्कारले अर्को व्यक्तिलाई पूर्ण रूपमा बेवास्ता गर्दछ — एकपक्षीय रूपमा आफ्नो इच्छाको मात्र प्रवाह गर्छ । वास्तवमा, महिलालाई औषधि खुवाएर पूर्ण रूपमा अधीन बनाउनु भनेको पुरुषको अज्ञात चाहनाको स्पष्ट अभिव्यक्ति जस्तै देखिन्छ।
‘म बलात्कारी भएको स्वीकार गर्दिन’ एक प्रतिवादीले अदालतमा विरोध गदै बोलेका थिए ‘म बलात्कारी होइन। यो कुरा म सहन सक्दिन’ उनले भने। उनले पक्राउ पछि सहमतिका बारेमा धेरै कुरा सिकेको बताएः ‘न्यायाधीशले मलाई भनेः विवाह भएको भए पनि, महिला तपाईको पूर्ण स्वामित्वमा हुँदैन।’ ‘प्रतिवादीको यौन शिक्षालाई सुधार गर्नु पर्ने भन्दै सायद बिल्कुलै हुँदैन’ न्यायाधीशले सुधार गरेर बोले, ‘हो, महिलाहरू पुरुषहरूको सम्पत्ति होइनन्’ उनले जवाफ दिए। ‘मलाई आशा छ कि यो स्कुलहरूमा सिकाइनेछ। मलाई यो बुझ्न ५४ वर्ष लाग्यो।’
एक प्रतिवादीले भने कि उनले के भएको थियो भन्ने कुरा थाहा पाएपछि उनी ‘ध्वस्त’ भएका थिए। ‘म कहिल्यै यो कुरा बिर्सने छैन’ उनले अदालतमा पेलिकोटलाई भने, मानौं उनी बलात्कारको पीडित वा आरोपी दुबै नभएको थाहा भएको थियो। उनले यसलाई ‘स्वेच्छिक बलात्कार’ भनेर वर्णन गरे।
पेलिकोटले धेरैजसो आक्रमणको सावधानीपूर्वक भिडियो प्रमाण राखेका थिए, त्यसैले प्रतिवादीहरूले भौतिक तथ्यहरूमा विवाद गर्न सक्दैनन्। उनीहरूको मात्र प्रतिरक्षा भनेको उनीहरूले भनेका छन् कि उनीहरूले पेलिकोटको सहमति छैन भन्ने थाहा पाएका थिएनन्, त्यसैले उनीहरूले जे गरिरहेका थिए, त्यो बलात्कार हो भन्ने थाहा थिएन। कतिपयले भनेका छन् कि उनीहरू उक्त दम्पतीको घरमा खिचिएको यौन क्रियाकलापको लागि गएका थिए, र पेलिकोट बेहोश हुने नाटक गर्दै सहभागिता जनाइरहेकी छिन् भन्ने सोचिरहेका थिए। केहीले सोचेका थिए कि उनका श्रीमान्ले श्रीमतीको तर्फबाट सहमति दिन सक्थे। (‘उनी उनकी पत्नी हुन्। उनी जे गर्न चाहन्छन् त्यो गर्न सक्छन्’ एक प्रतिवादीले भने।) एकजनाले ‘सहमति’को मतलब नै थाहा थिएन भनेका छन्।
युरोपेली संघका धेरै देशहरूमा ‘एस भने मात्र एस’ हो भनेर व्याख्या गर्ने यौन सहमतिवाला कानून छन्, तर फ्रान्समा अझै बलात्कारलाई ‘हिंसा, बल, धम्की वा आश्चर्यको माध्यमबाट गरिएको यौन क्रियाकलाप’ भनेर परिभाषित गरिएको छ। यस मुद्दाले परिभाषा परिवर्तन गरिनुपर्छ कि भनेर पुनः बहस उठाएको छ। स्पष्ट सहमतिको अभावमा, एक आरोपीले तर्क गर्न सक्छ –जस्तै यो मुद्दामा एक वकिलले गरेको थियो ‘यदि इरादा छैन भने, त्यहाँ बलात्कार छैन।’ प्रणालीले एउटी सुस्ताइरहेकी महिलामा यौन क्रियाकलाप गर्ने पुरुषहरूको वास्तविक इरादा बुझ्न प्रयास गर्नु पर्ने दाबी गरेको छ।
हालैको एक इप्सोस सर्वेक्षणले फ्रान्समा #’मिटु’ आन्दोलनको सुरुदेखि बलात्कारको समझमा महत्वपूर्ण प्रगति देखाएको छ, तर अझै पनि लगभग पाँचौँ फ्रान्सेलीहरूमध्ये एक जनााले आफ्नो पार्टनरलाई जबरजस्ती यौन सम्बन्ध राख्न बाध्य पार्नुलाई बलात्कार मान्दैनन्, र लगभग १० प्रतिशतले नशामा रहेका वा सुतेका व्यक्तिलाई जबरजस्ती यौन सम्बन्ध राख्नुलाई बलात्कार मान्दैनन् भनेको छ। १८ देखि २४ वर्ष उमेरका पुरुषहरूमा यो प्रतिशत लगभग ३० हो। (‘मेरो लागि बलात्कार भनेको कसैलाई बाटोमा समातेर जबरजस्ती गर्नु हो’ एक प्रतिवादीले भनेका छन्।)
पेलिकोटले आफ्नी बेहोस पत्नीको दुरुपयोगमा सहभागी हुने पुरुषहरू सजिलै फेला पारे जस्तो देखिन्छ,धेरैजसो आरोपी पुरुष पेलिकोटको घरबाट झण्डै ४० माइल वरिपरि बस्ने थिए। यदि उनीहरूको संख्या तिनीहरूलाई राक्षसी बनाउँछ भने, एक–एक गरेर हेर्दा, उनीहरू सामान्य देखिन्छन्। परिवार र जागिर भएका पुरुषहरू – एक पत्रकार, एक फायरफाइटर, एक नर्स, एक सरकारी कर्मचारी। एकजनाले पेलिकोटको घरमा हुँदा आफ्नी छोरीको जन्मदिन छुटाउन पुगेछन्। ‘ले मोंडुको रिपोर्ट अनुसार, पेलिकोटले अनलाइन फोरम ‘ए सोन इन्सुु’ (उनको जानकारी विना) वा स्काइपमा ८३ मध्ये ७२ जनालाई सम्पर्क गरेपछि, तिनीहरू आउन सहमत भएका थिए। जसले अस्वीकार गरे, तीमध्ये कुनै पनि प्रहरीमा गएका थिएनन् जस्तो देखिदैन। उनीहरू पनि थाहा पाउन इच्छुक थिएनन् जस्तो लाग्छ।
: न्यूर्योक टाइम्सबाट
सुश्री फरे ‘ले मोन्डे’की कन्ट्रिव्युटर लेखिका हुन्। उनले पेरिसबाट यो लेख लेखेकी हुन्।
प्रतिक्रिया दिनुहोस्