एबीसी टिप्पणी: एशियाका सवैभन्दा दुई ठूला देश, चीन र भारतसँग क्यानडाको सम्वन्धनिक कमजोर बनिरहेको छ । १४ अक्टोबरमा भारत र क्यानाडाले एक अर्काका उच्च आयुक्तहरूलाई निष्कासन गरेका छन्। क्यनडाले व्रिटिस कोलम्वियामा गत वर्ष क्यानेडियन नागरिक तथा एकजना सिख पृथकतावादी कार्यकताको हत्यामा भारतीय खुफिया एजेन्सीका अधिकारीको संलग्नता भएको भन्ने झगडालाई थप बल्झाउने घटना भएको छ पछिल्लो कदम । उता मध्य पूर्वमा, इजरायलका प्रधान मन्त्री, बिन्यामिन नेतान्याहुले ट्रुडोका फोन कलहरूको समेत जवाफ दिन नसक्ने अवस्थामा उभिएका छन् (दि इकोनोमिष्ट, १५ अक्टोबर २०२४) ।
इकोनोमिष्टका अनुसार गत वर्ष उनको श्रीमतिसँगको सम्वन्ध विच्छेदले उनको ध्यान भाँडिएको छ । गत वर्ष फ्रन्ट बेंचलाई गतिशील बनाउने उद्देश्यले सउनले आधा भन्दा बढी मन्त्रीहरूको मन्त्रालयहरू बदलेका थिए, तर आर्थिक सन्देश उस्तै रह्यो “हामी क्यानाडालीहरूलाई राम्रा कुरा’ उपलब्ध गराउन जारी राख्नेछौं” भन्ने रेटोरिक मात्र । हालैमात्र ट्रुडोले भनेका छन् “राम्रा कुरा गर्नु भनेको बाहिरको चिन्ताको स्तरको सामना गर्नका लागि पर्याप्त छैन,” अर्को वर्षको निर्वाचनको सम्मुखमा उभिएका ट्रुडोले अझै पनि आफ्ना मतदाताहरूको समस्याहरूलाई मनोवैज्ञानिक दृष्टिकोणले व्याख्या गरिरहेको भन्ने आरोप उनकै दलका नेताहरुले लगाउन थालेका छन् । अमेरिकाको जस्तै पनि चीनसँगको समस्या भनेको ‘व्यापार, प्राविधि र ताइवान(अर्थात् ट्रेड, टेक्नोलोजी एण्ड ताइवान) हो । यही समस्यालाई थप चर्काउनेगरी ट्रुडोलाई उनका विपक्षी नेता पिअर पेलिभरले तीन शव्दको चुनावी नारा अघि ससारेका छन् – ‘एक्स द ट्याक्स'(कर कटौती) ।
क्यानडाको समस्या घर तथा अपार्टमेन्ट अत्यन्तै महंगा भएको, कार्वन उत्सर्जनमा लगाएको करबाट जनकल्याणको काम नभएको तथा चौतर्फी महंगी बढेकाले मतदातामा नौ वर्ष अघि देखिएको आकर्षण ठिक विपरित दिशमा विकर्षणमा बदलिंदै गएको देखिन्छ । जी सेभेन नामक क्लवका देशहरुमध्ये सवैभन्दा बढी आप्रवासी मैत्री भनिएको क्यानडाले भारी मात्रामा विद्यार्थीहरुलाई दिइने भीसामा कटौती गरेको छ ।
क्यानाडामा भारत बाहिर सबैभन्दा ठूलो सिख समुदाय रहेको छ । भारतीय सरकारले क्यानाडामा रहेका केही सिखहरू पृथकतावादी आन्दोलनमा सक्रिय भएर भारतबाट खालिस्तान नामक सिख गृहभूमिका लागि अभियान चलाइरहेको आरोप लगाएको छ । विदेश मन्त्रालयले प्रधानमन्त्री ट्रुडोले आफूप्रतिको आन्तरिक समस्या र जनआक्रोशलाई गलत दिशा मोड्न लगातर भारतलाई आरोप लगाएको प्रत्यारोप लगाएको छ ।
दुइ देशबीचको सम्बन्धको संकट उच्चतम तहसम्म पुगेको छ। ट्रुडोले भारतीय समकक्षी, नरेन्द्र मोदीसँग गत हप्ता लाओसमा भएको सम्मेलनमा सीख नागरिक हरदिप सिंह निज्जरको हत्याका बारेमा जाँचको विषयमा कुरा गरेका बताउँदै भारतीय रबैया आपराधिक भएको कटु बक्तव्य दिएका छन् । उनले मोदीलाई आफ्नो देशका राष्ट्रिय सुरक्षा अधिकारीहरूबीच सिंगापुरमा हुने बैठकका लागि भारतीय सहयोगको लागि अनुरोध गरेपनि दिल्लीले कुनै जबाफदेहीता नदेखाएको उनले सार्वजनिक रुपमा नै आरोप लगाएका छन् । सिंगापुरमा गत हप्ता अधिकारीहरूले क्यानाडामा सिखहरूविरुद्ध गम्भीर आपराधिक गतिविधिहरूमा भारतीय कूटनीतिज्ञहरूको संलग्नताबारे छलफल गर्ने कार्यक्रम थियो।“मैले मोदीलाई यो कुरा धेरै गम्भीर रूपमा लिनुपर्ने बताएको थिएँ,”ट्रुडोले ओटावामा पत्रकार सम्मेलनमा भनेका छन् ।
दुई नेताबीचको वान अन वान कुराकानीका बावजुद पनि सिंगापुर बैठकले क्यानाडाली अधिकारीहरूले खोजेका सहयोग नपाएपछि भारतीय कुटनीतिज्ञहरुलाई निष्कासन गरेको हो(न्यूयोर्क टाइम्सः १५ अक्टोबर २०२४) । क्यानडालाई विदेश मन्त्रालयले भनेको छः निस्कासन गरिएका उच्चाआयुक्त(राजदूत, सन्जय कुमार) सहितका ६ जना निज्जरको हत्यामा संलग्न रहेका छन्– अनुसन्धानकर्ताहरूले ‘प्रचुर, स्पष्ट र ठोस प्रमाणहरू संकलन गरेका छन्।’
निज्जरलाई ब्रिटिश कोलम्बियाको सरेमा रहेको एक सिख मन्दिर बाहिर तीन नकाबधारीहरुले आक्रमण गरेर मारेका थिए। यस घटनामा अहिलेसम्म तीन जना भारतीय नागरिकहरूलाई पक्राउ गरी मुद्दा चलाइएको छ।
सन् १९९२ मा बाबरी मस्जिदको विध्वंसले भारतमा सांस्कृतिक तनाव र धार्मिक हिंसा बढाइरहेका बेला क्यानडामा रहेका भारतीय सिखहरूले तनाव बढाउन भूमिका खेलेको भन्ने भारत सरकारले आरोप लगाएको थियो ।
दुई देशको सम्वन्धमा अमेरिका र अष्ट्रेलियाजस्तो क्यानडाले पनि नागरिक र मानव अधिकारका मुद्दाहरूमा भारतले मानव अधिकारको उल्लंघन गर्दै अल्पसंख्यक समूहहरूको अधिकारलाई कुल्चेको भन्ने आरोप लगाउँदै आएको थियो ।
सन् २०१४ मा सत्तामा आएको नरेंद्र मोदीले २०१५ मा क्यानाडाको भ्रमण गर्दै ट्रुडोको प्रशांश गसरेका थिए श्र
२०१७ मा दुई नेताबीच जी –२० शिखर सम्मेलनका बेला जर्मनीको ह्याम्बर्गमा भेटको थिए । सन् २०१८ मा ट्रडोले भारतको औपचारिक भ्रमण गरेका थिए स। सोी अवसरमा दुवै देशबीच व्यापार सम्झौता भएको थियो । सम्झौतामा कृषि, ऊर्जा, र टेक्नोलोजीमा सहयोगको विषय उल्लेखनीय थियो ।
कोभिड–१९ को महामारीका बेला पनि दुई नेताले भर्चुअल बैठक गरेका थिए ।
पछिल्लो पटक जी –२० शिखर सम्मेलनका अवसरमा मोदी र ट्रूडोले दिल्ीिमा भेटको थिए भने त्यसकै निरन्तरतामा हालै इन्डोनेसिया शिखर सम्मेलनमा भेट गरेका थिए । दुई देशका बीचमा आतंकवाद र सुरक्षा चुनौतीहरूका बारेमा मिलेर काम गर्ने भन्ने सहमति पछिल्लो तनावले सवैभन्दा कमजोर बन्न पुगेको छ ।
दुवै देशले जलवायु परिवर्तनको समस्यामा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको थिए भने दुवै नेताले आफ्ना देशमा यी मस्यालाई केवल प्रोपोगण्डा बनाएको भन्ने आरोप खेपिरहेका छन् ।
दुई देशबीचको तनावका अन्य कारणहरु पनि रहेका छन् । जब भारतले मुक्त व्यापार सम्झौताहरू (एफटीए) मा हस्ताक्षर गरेर व्यापार सम्बन्धहरू विस्तार गर्नका लागि धेरै देशहरूसँग संलग्न भइरहेको थियो। तरक्यानाडासँगको कूटनीतिक तनावले एफटीए सम्वन्धी वार्ताहरू पहिले नै रोकिएका थिए । र यो पछिल्लो कुटनीतिज्ञ निकालको घटनाले दुई देशबीचको एफटीए सम्झौता धेरै टाढाको विषय भएको छ(इन्डियन एक्सप्रेस, १५ अक्टोबर २०२४) ।
तर भारतमा क्यानाडाली पेन्शन फन्ड, सम्पत्ति व्यवस्थापन कम्पनीहरू, र वित्तीय सेवा फर्महरूले भारती अर्थतन्त्रका प्रमुख क्षेत्रमा लगानी गरेका छन् । भारतका लागि क्यानाडा रेमिट्यान्सको शीर्ष स्रोतहरू मध्येको शीर्ष स्थानमा रहेको छ । विश्व बैंकका अनुसार, २०२३ मा, भारतले विश्वव्यापी रूपमा अनुमानित १२५ अर्ब अमेरिकी डलर रेमिट्यान्स प्राप्त गरेको छ, जसमा क्यानाडा शीर्ष १० स्रोतहरूमा पर्दछ । क्यानाडामा रहेका भारतीय प्रवासीहरुमध्ये पेशेवर र सीपयुक्त कामदारहरूले नियमित रूपमा भारतमा पैसा पठाउँछन् ।
भारतमा क्यानाडाली लगानी राष्ट्रिय लगानी प्रवर्धन र सहजीकरण एजेन्सी (इन्भेस्ट इण्डिया)का अनुसार, क्यानाडा भारतमा १८औं ठूलो विदेशी लगानीकर्ता हो । क्यानडाले २०२०–२१ देखि २०२२–२३ सम्ममा ३.३१ अर्ब डलरभन्दा बढी लगानी गरेको छ। क्यानाडाली लगानीहरूले भारतको कुल विदेशी प्रत्यक्ष लगानी (एफडीआई) को ०.५ प्रतिशत योगदान गर्दछ । त्यो भनेको सेवा र पूर्वाधारको ४१ प्रतिशत हिस्सा हो ।
क्यानडामा टाटा कन्सल्टेन्सी सर्भिसेज, आदित्य बिर्ला समूह, विप्रो, र इन्फोसिस जस्ता प्रमुख भारतीय कम्पनीहरूको क्यानाडामा लगानी गरेका छन् । २०२३ मा, सीपीपीआईबीको भारतमा लगानी १४.८ अर्ब अमेरिकी डलर बराबर पुगेको थियो।
भारत र क्यानाडाबीचको द्विपक्षीय वस्तु व्यापार थोरै मात्र वृद्धि भएको छ, २०२३ मा ८.३ अर्ब डलरबाट २०२४ मा ८.४ अर्ब अमेरिकी डलर मात्र देखिएको छ । भारतको क्यानाडाबाट ४.६ अर्ब डलर बराबरका बस्तु तथा सेवा आयात गरेको भने निर्यात ३.८ अर्ब डलर मात्र छ ।
दुई देशबीचको पछिल्लो तनावले ओटावालाई भन्दा बढी नयाँ दिल्लीलााई बढी प्रभाव पार्ने निश्चित छ । एकातिर विदेशी भूमिमा भारतीय खुुफिया उजेन्टले हत्याको अभियोग छ भने चौतर्फी दबाबमा परेको भारतीय अर्थतन्त्रमा समेत य घटनाले थप नकारात्मक असर पर्न सक्छ । यसै पनि प्रधानमन्त्री मोदीमाथि अल्पसंख्यक मुश्लिम सुमदायमाथि दमन गरेको भन्ने भाष्य नै बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्