अमेरिकी इतिहासमा कुनै पनि ठूलो पार्टीका राष्ट्रपतिको उम्मेदवार, झन् राष्ट्रपतिले त झन् कहिल्यै यति धेरै आरोपहरूको सामना गरेका छैनन्।
अक्टोबर २०, २०२४
जब २०२४ को चुनावको इतिहास लेखिनेछ, यसलाई चित्रण गर्ने प्रतीकात्मक तस्वीरहरू मध्ये एक अवश्य पनि डोनाल्ड जे. ट्रम्पको तस्बिर हुनेछ, जुन उनको चार वटा अभियोगहरूमध्येको एकपछि खिचिएको थियो, क्यामेरामा उनको हस्ताक्षर शैलीको टक्क हेराइसहित। यो लज्जाको होइन, बरु विरोधको छवि हो, एउटा यस्तो व्यक्तिको छवि जसले चुनावको दिनअघि अपराधीको रूपमा दोषी ठहर पाएको हुनेछ र यद्यपि त्यसपछि फेरि संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्न सक्ने सम्भावना छ।
अत्यधिक उत्साहित अभियानको अन्तिम केही हप्तामा प्रवेश गर्दा हुने चर्काचर्कीको बीच कहिलेकाहीं त्यो सरल तर आश्चर्यजनक तथ्य हराउँछ। अमेरिकाले आफ्नो इतिहासमा पहिलो पटक अपराधीलाई ओभल अफिसमा पठाउन सक्छ र उसलाई परमाणु हतियारको नियन्त्रण सुम्पन सक्छ। जुन कुरा पहिले स्वतः अयोग्य ठहरिने विषय थियो, त्यो ट्रम्पलाई पुनः राष्ट्रपतिको दौडमा रोक्न, शायद कमजोर देखिँदैन। उनी भन्छन् – उनको दोस्रो कार्यकाल “प्रतिकार” मा समर्पित हुनेछ।
न्युयोर्क मिलिटरी एकेडेमीमा विद्यार्थी हुँदा, उनले जानाजानी साथीको ड्रेस ज्याकेट उधारो लिएर आफ्नो वार्षिक पुस्तिका (इयरबुक) फोटोका लागि लगाएका थिए
ट्रम्पले अमेरिकी राजनीतिका परम्परागत नियमहरूलाई तहसनहस बनाउने विभिन्न तरिकाहरू मध्येको यो नै शायद सबैभन्दा उल्लेखनीय हो। गणतन्त्रको इतिहासमा कुनै ठूलो पार्टीका राष्ट्रपतिको उम्मेदवार, झन् राष्ट्रपतिले त्यस्ता धेरै काण्डहरू झेल्नुपरेको छैन । उनी न केवल बचे, बरु फस्टाए। उनले यी सबै आरोपहरूलाई उल्ट्याउँदै आफूलाई निरन्तर पीडितको रूपमा चित्रण गरे, जसले उनलाई कुनै निरन्तर उल्लङ्घनकर्ता नभएर एक पीडितको रूपमा समर्थन गरायो।
उनको ‘पीडाको बचाउ’ भन्ने धारणा, अर्थात् उनी सधैं समस्यामा यसकारण पर्छन् कि सबै जना उनलाई मात्र पछ्याइरहेका छन्, यो कुरा उनको र्यालीहरूमा प्रतिध्वनित हुन्छ, जहाँ उनी भन्छन् न्, ‘तिनीहरू मेरो पछि लागेका छैनन्, तिनीहरू तपाईंको पछि लागेका छन्, र म केवल तपाईंको लागि बाटोमा उभिएको छु।’ तर यसले उनको ७८ वर्षको जीवनभरि फैलिएको काण्डहरूको इतिहासलाई ढाकछोप गर्दछ, जुन राजनीतिमा प्रवेश गर्नु अघि नै शुरू भएको थियो। चाहे व्यक्तिगत जीवन होस् वा सार्वजनिक जीवन, उनलाई यति धेरै गलत कामहरूमा आरोपित गरिएको छ, यति धेरै अभियोजक र एजेन्सीहरूले अनुसन्धान गरेका छन्, यति धेरै अभियोगकर्ताहरू र दावेदारहरूले मुद्दा हालेका छन् कि तिनीहरूको सबै विवरण सम्झनको लागि त एक किसिमको तालिका नै चाहिन्छ।
उनका व्यवसायहरू बारम्बार टाट पल्टे, र धेरै अन्य व्यवसाय असफल पनि भए। उनले आफ्ना विक्रेताहरूलाई पैसा नतिरेको, आफ्ना बैंकहरूसँग ठगी गरेको, र आफ्नै परिवारलाई समेत धोका दिएको आरोपमा अदालतमा तानिए। उनले भियतनाम युद्धको क्रममा सैन्य भर्तीबाट जोगिनका लागि बहाना बनाए र वर्षौँसम्म कुनै आयकर तिरेनन् । उनले ठगी गरेको आरोप लगाएका विद्यार्थीहरूलाई दशौं करोडौं डलर तिर्न बाध्य भए, ठूलो पैमानामा व्यापारिक ठगीको लागि जिम्मेवार ठहरिए, र उनको रियल स्टेट कम्पनीलाई कर अपराधको आरोपमा आपराधिक अदालतले दोषी ठहरायो।
उनले महिलाहरूको निजी अंगहरू जबरजस्ती समात्ने कुरा गर्वका साथ बताएका छन्, आफ्ना तीनवटै पत्नीहरूसँग धोका दिएको भनिएको छ, र दुई दर्जनभन्दा बढी महिलाहरूले उनलाई यौन दुर्व्यवहारको आरोप लगाएका छन्। तीमध्ये एक महिलाको बयानलाई एक ज्यूरीले प्रमाणित गरेको थियो, जसले दीवानी मुद्दाको सुनुवाइपछि उनलाई यौन दुर्व्यवहारको लागि जिम्मेवार ठहरायो।
अमेरिकी इतिहासमा दुईपटक महाभियोग लगाइएको एक मात्र राष्ट्रपति उनी नै हुन्, आपराधिक आरोपमा अभियोग लगाइएको पहिलो राष्ट्रपति पनि उनै हुन्, र कानूनी रूपमा अपराधको दोषी ठहरिएका पहिलो राष्ट्रपति पनि उनै हुन् (३४ वटा फौजदारी मुद्दामा)। उनले आफ्नो पदको अधिकार दरुपयोग गरी आफ्ना विरोधीहरूलाई सजाय दिएका छन् र निर्लज्ज झूटको आधारमा सत्ता कायम राख्ने प्रयास गरेका थिए।
ट्रम्पले केही अनुसन्धान र मुद्दाहरूमा जिते र केही आरोपहरू प्रमाणित भएनन्, तर त्यो काण्डहरूको संख्यामा आश्चर्यजनक छ। तीमध्ये कुनै एउटा काण्ड मात्र भए अरू कुनै राजनीतिज्ञलाई सधैँका लागि पछि हटाउन पर्याप्त हुने थियो। जोसेफ आर. बाइडेन जुनियरको पहिलो राष्ट्रपति पदको अभियान समाप्त भयो, जब उनले अरू एक राजनीतिज्ञको भाषणबाट केही शब्दहरू चोरेको पुष्टि भयो । जर्ज डब्लू.बुश एउटा मदिरा पिएर गाडी चलाएको आरोपामा गिरफ्तारी भएका पुरानो विषयको अन्तिम समयमा खुलासापछि झण्डै हारेका थिए । हिलारी रोधम क्लिन्टन एफ.बी.आई.ले इमेलहरूको अनुसन्धान गरेको कारण पराजित भइन्, जसले कुनै आरोप खानु परेन ।
ट्रम्पको हकमा भने यो कुरा लागू भएन। एकपछि अर्को हंगामामा उनी निरन्तर सामेल भए, तर ती मध्ये कुनै पनि काण्डले उनको राजनीतिक जीवनलाई समाप्त पार्न पर्याप्त असर गर्न सकेन। ती काण्डहरूको नरोकिने क्रमले उनलाई आफ्ना समर्थकहरूबीचको स्थान खस्किनबाट जोगाउन सहयोग पनि गर्यो, किनकि कुनै एक काण्डले राष्ट्रिय बहसमा पूर्ण रूपमा हावी हुन पाएन।
उनी त झन् त्यो मग शटलाई पनि मार्केटिङ उपकरणका रूपमा प्रयोग गर्न सफल भए, जसमा सोही तस्बिर र ‘कहिल्यै हार्दैन’ भन्ने नाराको साथ टी–शर्ट, पोस्टर, बम्पर स्टिकर, कफी मग र यहाँसम्म कि पेय पदार्थ राख्नका लागि कूलरहरू समेत बेचियो। आगामी महिना जित हासिल गरेमा उनलाई सबैभन्दा ठूलो चुनौती — सम्भावित जेल सजाय — बाट उम्किन सहयोग गर्न सक्नेछ।
तर, यद्यपि, पूरा तथ्यांक स्पष्ट छ।
पैसा कमाउने र गुमाउने
ट्रम्पले छिट्टै नै कसरी सजिलो तरिकाले काम गर्नु पर्ने हो भन्ने सिक्न थालेका थिए। न्युयोर्क मिलिटरी एकेडेमीमा विद्यार्थी हुँदा, उनले जानाजानी साथीको ड्रेस ज्याकेट उधारो लिएर आफ्नो वार्षिक पुस्तिका (इयरबुक) फोटोका लागि लगाएका थिए, जसमा एक दर्जन पदकहरू थिए, जुन पदक उनी आफैंले जितेका थिएनन्। यो कुरा ‘लक्की लुजर’ नामक पुस्तकमा उल्लेख गरिएको छ, जुन न्युयोर्क टाइम्सका रस ब्युट्नर र सुजान क्रेगले लेखेका हुन्।
त्यसैगरी, उनले कलेजमा भर्ना पाउनका लागि पनि धोकाधडी गरेको दाबी गरिएको छ, जसलाई उनबाट छुट्टिएको भतिजी, मेरी एल. ट्रम्पले लेखेकी छन्। भविष्यका राष्ट्रपति ट्रम्पले कसैलाई आफ्नो साटो क्ब्त् परीक्षा दिन भुक्तानी गरेका थिए, मेरी ट्रम्पले आफ्नो पुस्तकमा दाबी गरेकी छन्। यो स्कोरले उनलाई पछि पेनसिलभानिया विश्वविद्यालयको व्हार्टन बिजनेस स्कूलमा भर्ना हुन सहयोग गरेको थियो, जुन प्रमाणपत्रको गर्व उनले सधैं गरेका छन्। (ट्रम्पकी प्रवक्ताले यो कुरालाई अस्वीकार गरेकी छन्, र मेरी ट्रम्पले जिकिर गरेको नामका व्यक्ति (जसको अब निधन भइसकेको छ) की विधवाले पनि यो दाबी गलत भएकोमा विश्वस्त रहेको बताएकी छन्।)
एक पटक त लगातार ११ दिनसम्म ट्याब्लोइड पत्रिकाका अगाडिका पृष्ठमा छापिए। उनले त यतिसम्म गरे कि द न्यूयोर्क पोस्ट’ लाई ठगेर शीर्षकमा “बेस्ट सेक्स आई एभर ह्याड” लेखाउन सफल भए,
सन् १९६८ मा पेनसिलभेनियाबाट स्नातक भएपछि, पूर्व सैन्य अकादमी क्याडेट ट्रम्पको वास्तविक सैन्य सेवामा रुचि थिएन, र उनलाई भियतनाममा युद्धमा पठाउने जोखिम थियो । उनले आफ्नो खुट्टामा हड्डीको स्परको कारण जनाएर सैन्य भर्तीबाट जोगिए, जुन स्वास्थ्य रिपोर्ट क्विन्सका एक पोडियाट्रिस्टको सहयोगबाट बनाइएको थियो। ती पोडियाट्रिस्ट, जसको सन् २००७ मा मृत्यु भयो, उनले आफ्नो कार्यालय ट्रम्पका पिता फ्रेड सी. ट्रम्पबाट भाडामा लिएका थिए। पोडियाट्रिस्टका दुई छोरीहरूले भनेका छन् कि उनले प्रायः उनीहरूलाई ट्रम्पलाई भियतनाम पठाउनबाट जोगाउनेबारे बताउँथे, जसलाई उनले आफ्नो घर मालिकको लागि विशेष सुविधा दिइरहेका थिए।
सैन्य जिम्मेवारीबाट मुक्त भएपछि, ट्रम्प पारिवारिक व्यवसायमा गए, र बाहिरी नगरहरूमा उनका पिताका भाडामा दिने अपार्टमेन्टहरूको व्यवस्थापन गर्न मद्दत गरे। प्रारम्भिक दिनमै उनी गलत आचरणको शंकामा परे। सन् १९७३ मा न्याय विभागले ट्रम्प परिवारको कम्पनीमाथि अपार्टमेन्ट भाडामा दिने क्रममा जातीय भेदभाव गरेको आरोपमा मुद्दा हाल्यो। अश्वेत आवेदकहरूको आवेदनमा ‘C लेखिएको थियो, जसको अर्थ ‘….’ थियो। ट्रम्पले यो मामिलालाई अदालतमा लडे तर अन्ततः न्याय विभागसँग सम्झौतामा पुगे, जसलाई त्यतिबेला सबैभन्दा सुदूरसम्मको सम्झौता भनिएको थियो।
व्यवसायिक करियरले उनलाई प्रसिद्ध बनायो, र उनले केहि सफलताहरू हासिल गरे, जसमा कमोडोर होटलको पुनर्निर्माण र ट्रम्प टावरको निर्माण विशेष रूपमा महत्वपूर्ण थिए। तर, उनी प्रायः आफ्नो क्षमता भन्दा बढीको दाबी गर्थे। उनको व्यवसायिक रेकर्ड धेरै असफलताहरूले भरिएको थियो।
ट्रम्प शटल एयरलाइन्सः असफल। म्यानहटनमा टेलिभिजन सिटी निर्माण गर्ने सपनाः असफल। अमेरिकी फुटबल लिगको फ्रेन्चाइजः असफल। ट्रम्प प्लाजा होटल र क्यासिनो, ट्रम्प ताज महल, ट्रम्प्स क्यासल क्यासिनो रिसोर्ट, ट्रम्प मोर्गेज, ट्रम्प भोड्का, ट्रम्प युनिभर्सिटी, ट्रम्प स्टिक्स, न्यत्चगmउ।अयmरु सबै असफलताहरू हुन् ।
उनको सबैभन्दा ठूलो असफलता अटलान्टिक सिटीको क्यासिनो बजारमा आएको थियो, जहाँ उनले तीनवटा क्यासिनो निर्माण गर्दै वा किन्दै अत्यधिक विस्तार गरे, जसले अन्ततः एकअर्काका ग्राहकहरूलाई कमजोर पारेका थिए र उनी ठूलो ऋणको भुक्तानी गर्न असफल भए। उनले १९९१ मा ताज महलको लागि र त्यसपछि १९९२ मा अरू दुई क्यासिनोको लागि टाटपल्टेको(व्यांक्क्रप्ट) फाइल गरे। उनले १९९२ मा प्लाजा होटलको लागि पनि दिवालियापन भएको फाइल गरे।
त्यो संकटबाट उम्केपछि पनि, ट्रम्प पुनः असफल भए। उनको क्यासिनो कम्पनीले २००४ मा फेरि दिवालियापन भएको फाइल गर्यो, र फेरि २००९ मा, जसले उनलाई छैटौँ पटक त्यस प्रक्रियामा फसायो। उनका विभिन्न दिवालियापनहरूमा, उनलाई सम्पत्ति बेच्न बाध्य पारियो, र ऋणदाताहरूलाई केही ऋण लेख्न बाध्य गरियो। तर ट्रम्पले गर्वका साथ भनेका छन् कि उनले अटलान्टिक सिटीमा पैसा कमाए, जबकि अरू प्रायः सबै, जसमा कामदारहरू पनि परे जसले आफ्नो जागिर गुमाए।
ट्रम्पले मर्यादाको सीमामा खेल खेले, कहिलेकाहीं त्यो सीमालाई पनि पार गरे। आफूलाई सहज बनाउन, उनले राज्यपालको छोरोलाई वा संघीय अभियोजनकर्ताको दाजुलाई भाडामा लिने गर्थे। यस क्रममा, उनी पटक–पटक जाँचमा परे। संघीय, राज्य र स्थानीय अधिकारीहरूले उनको माफियासँगको सम्बन्ध, मनी लन्डरिङ नियम उल्लंघन र स्टक व्यापार नियम उल्लंघनको लागि उनलाई दण्डित गरे।
एक पटक जब ट्रम्पलाई ब्याज भुक्तानीका लागि नगदको आवश्यकता पर्यो, उनका पिताले उनका क्यासिनोहरूमा एक वकिल पठाएर ३.५ मिलियन डलरको चिप्स किने, तर कुनै बाजी लगाएनन्। न्यु जर्सीका क्यासिना नियामकहरूले यो गैरकानुनी ऋणको रूपमा ६५,००० डलर जरिवाना लगायो।
तर ट्रम्पले कहिल्यै आफ्नो गल्ती वा असफलता स्वीकार गर्दैनन्। आफ्ना असफलताहरूलाई पनि उनी विजयको रूपमा चित्रण गर्छन्। ‘मैले अटलान्टिक सिटीमा धेरै पैसा कमाएं’ उनले एक पटक भनेका थिए, ‘र म त्यसमा धेरै गर्व गर्दछु।’
‘ एक स्टार बनेपाछि’
वर्षौंसम्म, ट्रम्पको व्यक्तिगत जीवन पनि काण्डहरूले भरिएको थियो, जसले उनलाई त्यसबेलाका गसिप स्तम्भहरूमा बारम्बार चर्चा हुने व्यक्ति बनायो। उनलाई यसको कुनै आपत्ति थिएन। कुनै पनि शीर्षक उनको लागि धेरै काण्डपूर्ण थिएन। उनले आफ्नो जीवनको अन्तिम समयमा आफ्नो चुनावी अभियान प्रमुखका अगाडि भनेका थिए, ‘पेडोफाइल नभएसम्म नराम्रो प्रेस हुँदैन।’
सन् १९७७ मा चेक मोडल इभाना जेलनिकोभासँग विवाह गरी तीन सन्तानका पिता बनेपछि, ट्रम्पले आफूभन्दा कान्छी मोडल मार्ला म्यापल्ससँग अफेयर सुरु गरे। उनले र इभानाले आफ्नो सम्बन्ध विच्छेद मिडियामा चर्चाको विषय बनाउँदै, एक पटक त लगातार ११ दिनसम्म ट्याब्लोइड पत्रिकाका अगाडिका पृष्ठमा छापिए। उनले त यतिसम्म गरे कि द न्यूयोर्क पोस्ट’ लाई ठगेर शीर्षकमा “बेस्ट सेक्स आई एभर ह्याड” लेखाउन सफल भए, जुन म्यापल्सले आफ्नो व्यक्तिगत जीवनको मूल्याङ्कन गरेझैं प्रस्तुत गरियो।
मार्ला म्यापल्ससँग बसोबास गरिरहँदा, उनले एक पत्रकारसँगको फोन कुराकानीमा आफूलाई एक प्रवक्ताको रूपमा अनुकरण गर्दै आफूले म्यापल्सबाहेक ‘तीन अन्य प्रेमिकाहरू‘ रहेको दाबी गर्थे। उनले र म्यापल्सले पछि विवाह गरे र एउटी छोरी जन्माए, तर अन्ततः उनीहरू अलग भए।
“यथार्थमा फैसला भनेको जनताद्वारा हुने हो, नोभेम्बर ५।’
त्यसपछि उनले स्लोभेनियाली मोडल मेलानिया क्नसलाई भेटे र सन् २००५ मा विवाह गरे। तर, उनले उनीसँग पनि सधैं इमानदार भएनन्, अन्य महिलाहरूका अनुसार। पोर्न फिल्म अभिनेत्री स्टेफनी क्लिफोर्ड, जसलाई ‘स्टोर्मी ड्यानियल्स’ भनेर चिनिन्छ,ले ट्रम्पसँग सन् २००६ मा सम्बन्ध राखेको दाबी गरिन्, मेलानिया ट्रम्पले उनको पाँचौँ सन्तान जन्माएको चार महिना पछि।
पूर्व प्लेब्वॉय प्लेमेट अफ द इयर करेन म्याकडुगलले पनि त्यसै समयमा ट्रम्पसँग १० महिने सम्बन्ध रहेको बताइन्। त्यतिबेलाका ट्रम्पका वकिल र स्वघोषित “फिक्सर” माइकल डी. कोहेनले क्लिफोर्ड र म्याकडुगललाई सन् २०१६ को राष्ट्रपतीय चुनाव अघि मौन राख्न लाखौं डलरको भुक्तानी मिलाए, जसले पछि ट्रम्पलाई फसायो।
उनको महिलाहरू प्रतिको दृष्टिकोण र उनीहरूलाई कुनैपनि सीमाबिना पछ्याउन पाउने आफ्नो अधिकारको अन्ततः प्रदर्शन भयो पनि, चुनावअघि नै भयो। राष्ट्रपतीय चुनावको अन्तिम चरण अघि द वासिंगटन पोस्ट’ ले चर्चित एक्सेस हल्यवुड’ टेप सार्वजनिक गर्यो, जसमा उनले आफूलाई प्रख्यात भएको कारणले महिलाहरूलाई जे गर्न पनि सक्ने विश्वास व्यक्त गरेका थिए। उनले भनेका थिए, “जब तपाईं एक स्टार हुनुहुन्छ, तिनीहरूले तपाईंलाई त्यसो गर्न दिन्छन्। ‘ग्र्याब ‘एम बाइ द पुस’ तपाईं जे गर्न सक्नुहुन्छ।”
पछिल्लो समयमा उनले यसलाई “लकर रूम ब्यान्टर” भनेर खारेज गरे ट्रम्प यति मात्राका काण्डले घेरिए कि उनी एक–व्यक्ति ३ःभत्यय चुम्बक बने। उनीमाथि करिब दुई दर्जन महिलाले यौन दुराचारको आरोप लगाए, जसले केवल कुराकानीभन्दा परका आरोपहरू समेट्थ्यो। एक महिलाले भनेकी छिन् कि उनले हवाइजहाजमा उनको स्तन समाते र स्कर्टको मुनि हात लैजाने प्रयास गरे। अर्कीले भनेकी छिन् – उनले उनलाई कार्यालयमा काम गर्दा चुम्बन गरे। र कम्तिमा दुई महिलाले यू.एस. ओपनमा उनीबाट उत्पीडनको सामना गरेको बताए। सायद सबैभन्दा प्रसिद्ध, लेखिका ई. जिन क्यारोलले भनेकी छिन् – उनले १९९० को दशकमा म्यानहटनको बर्गडर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रूममा उनलाई बलात्कार गरे।
ट्रम्पले सबै आरोपलाई लगातार अस्वीकार गरेका छन्, सबै महिलाहरूले एकपछि अर्को गरेर झुठो बताएको दाबी गरेका छन्। “हरेक महिलाले झूठ बोलेकी छ,” उनले २०१६ मा भनेका थिए। केही अवसरहरूमा उनले आरोपहरूलाई खारेज गर्दा, आफूले यस्तो केही नगर्ने भन्दै, होइन, तर ती खास आरोप लगाउने महिलाहरूसँग यस्तो नगर्ने भन्दै खारेज गरेका थिए, कारण उनीहरूको रूपरङ्गलाई लिएर। “उनलाई मैले छनौट गर्ने थिइनँ,” उनले गत महिनामा तीमध्ये एक महिलाबारे टिप्पणी गरे।
यी आरोपहरूमध्ये एक अदालतमा पुगेर फैसला भएपछि, गत वर्ष न्यूयोर्कको एक जुरीले ट्रम्पले सुश्री क्यारोललाई बलात्कार नगरेको ठहराए, तर सर्वसम्मत रूपमा उनलाई यौन दुर्व्यवहार र मानहानिमा दोषी ठहराएर सुश्री क्यारोललाई ५० लाख डलर तिर्न आदेश दिए। यस वर्षको सुरुमा अर्को जुरीले उनलाई पुनः मानहानिमा दोषी ठहरायो र ८३.३ लाख डलर क्षतिपूर्ति तिर्न आदेश गर्यो। उनी दुवै फैसलामा पुनरावेदन गर्दैछन्।
कर छली
अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले ट्रम्पभन्दा धेरै सम्पत्ति जोडेका छैनन्। र आधुनिक युगका कुनै पनि राष्ट्रपतिले उनलेजस्तै गरेर थोरै कर तिरेका छैनन्। सन् २०२० मा ‘द टाइम्स’ द्वारा प्राप्त कर दस्तावेजहरूले देखाए अनुसार, ट्रम्पले २०१६ मा केवल ७५० डलर मात्र संघीय आयकर तिरे, जुन वर्ष उनले राष्ट्रपतिको उम्मेदवारी दिएका थिए, र २०१७ मा, आफ्नो राष्ट्रपतिमा पहिलो वर्षमा पनि, त्यति नै रकम तिरे। वास्तवमा, ‘द टाइम्स’ द्वारा जाँचिएका १८ वर्षमध्ये ११ वर्ष ट्रम्पले संघीय सरकारलाई कुनै पनि कर तिरेनन्।
ट्रम्प र उनका लेखापालहरूले कर संहिता प्रयोग गर्ने जटिल तरिकामा विशेषज्ञता हासिल गरेका छन्, जसले प्रायः एक राजनीतिज्ञलाई हानि पुर्याउन सक्थ्यो। वर्तमानमा ‘फोर्ब्स’ पत्रिकाले अनुमान गरेको ५५ अर्ब डलरसम्पत्तिका मालिक, ट्रम्पले ‘सिर्जनात्मक बुककीपिङ’ मार्फत, कम्तिमा आधा अमेरिकी करदाताहरूलेभन्दा कम आयकर तिर्न सकेका थिए, र कदाचित अझै शंकास्पद युक्तिहरू मार्फत।
सन् २०१८ मा द टाइम्स’ को जाँच अनुसार, ट्रम्प र उनका दाजुभाइले आफ्नो पिताको सम्पत्ति कब्जा गरी बैंकहरूलाई यसलाई करिब ९०० मिलियन डलरमूल्यको रूपमा देखाएर भने, कर प्रयोजनका लागि, अनुकूल मूल्यांकनमार्फत, यसको मूल्य केवल ५७ मिलियन डलर रहेको देखायो। फरेड ट्रम्पले आफ्ना छोराछोरीलाई दिएका भवनहरूको मूल्यांकन कर प्रयोजनका लागि कम देखाइएको र अन्य प्रयोजनका लागि उच्च राखिएको थियो, जसले करिब १० मिलियन डलर कर बिललाई केवल ७ लाख डलरमा परिणत गरिदियो, द टाइम्स’ ले जनाएको छ।
ट्रम्पले कर कटौती गर्नका लागि स्थानीय, राज्य र संघीय सरकारबाट करिब ९० मिलियन डलर बराबरको रकम फिर्ता पनि पाएका छन्। उनी स्वयं यसबाट अचम्ममा परे। “सरकारले ‘उनीजस्ता’ व्यक्तिलाई यति धेरै रकम फिर्ता दिएकोमा उनले विश्वास गर्न सकेनन्,” उनका पूर्व वकिल माइकल कोहेनले कांग्रेसमा दिएको बयानमा स्मरण गरेका छन्।
ट्रम्पले कर नतिर्ने अन्य तरिकाहरू पनि फेला पारे। एक पटक, इनभ्वाइसहरूमा फर्जी विवरण थपेर ट्रम्पको परिवारले आपसमा सामग्री बिक्री गरी उपहार करबाट उम्कन सके। अर्कोपल्ट, उनले एक असफल शिकागो टावरको स्वामित्व अर्को साझेदारीमा सारेर थप घाटा दाबी गर्न प्रयास गरे, जुन उनले नै स्वामित्वमा राखेका थिए, आई.आर.एस अनुसन्धान अनुसार, यो दोहोरो कर कटौती योजना थियो, जसले उनलाई उस्तै घाटा दुई पटक दाबी गर्न सफल गरायो।
अन्य आधुनिक राष्ट्रपतिहरूभन्दा फरक, ट्रम्पले आफ्नो कर विवरणहरू स्वेच्छाले सार्वजनिक गर्न अस्वीकार गरे, र सार्वजनिक जानकारीबाट छोप्न सर्वोच्च अदालतसम्म पुगे। तर उनले कर बचाउन गरेको व्यवहारमा कुनै पश्चात्ताप देखाएनन्। “यसले मलाई स्मार्ट बनाउँछ,” उनले सन् २०१६ मा कुख्यात रूपमा भनेका थिए।
अन्ततः सार्वजनिक भएका कर विवरणहरूले उनको व्यापारिक सफलताको सार्वजनिक दाबी र व्यापारिक असफलताको निजी दाबीबीचको भिन्नता उजागर गर्यो। त्यही वर्ष जब उनले आफ्नो प्रसिद्ध बेस्टसेलर “द आर्ट अफ द डिल” प्रकाशित गरे, जसमा आफूलाई कुशल व्यवसायीको रूपमा प्रस्तुत गरेका थिए, उनको मूल व्यवसायहरूले करमा ४५ मिलियन डलर घाटा देखाएको थियो ।
ट्रम्प आफ्ना पिता फरेड ट्रम्पको सम्पत्तिमा धेरै निर्भर थिए। उनले प्रायः आफूले पिताबाट १ मिलियन डलर ऋण लिएर आफ्नो साम्राज्य बनाएको दाबी गर्छन्, तर सन् २०१८ मा टाइम्सको अनुसन्धानले देखायो कि उनका पिताले उनलाई ३ वर्षको उमेरदेखि नै वार्षिक २००,००० (मुद्रास्फीति अनुरूपको रकममा) डलर दिन थालेका थिए, र उनको करियरमा उनले पिताको रियल एस्टेट व्यवसायबाट ४१३ मिलियन डलर (आजको दरमा) प्राप्त गरे। ( ट्रम्पले यसलाई अस्वीकार गर्छन्।)
भविष्यका राष्ट्रपतिले आफ्नै सम्पत्तिलाई मात्र उपयोग गर्न चाहेनन्। उनी आफ्ना भतिजी र भतिजासँग पनि कानुनी झगडा गर्न पुगे, जसले उनलाई आफ्ना पिताको सम्पत्तिको हिस्साबाट ठगी गरेको आरोप लगाए। डोनाल्डका स्वर्गीय दाइ, फरेड ट्रम्प जुनियरका सन्तान, मेरी ट्रम्प र फरेड ट्रम्प तृतीयले दाबी गरे कि उनीहरूले आफ्नो हजुरबुवाको मृत्युमा सम्पत्तिको २० प्रतिशत हिस्सा पाउने योजना थियो। तर नयाँ वसीयतनामा अनुसार, दुईजनालाई मात्र २००,००० डलर एक पटकको रकम मात्र दिइयो।
जब उनीहरूले मुद्दा हाले, भविष्यका राष्ट्रपतिले आफ्नी भतिजी र भतिजालाई पारिवारिक स्वास्थ्य बीमा कोषबाट निकालेर बदला लिए, जुन त्यतिबेला बालक फरेड ट्रम्पको उपचार खर्च कभर गर्न प्रयोग भइरहेको थियो। “म रिसाएको थिएँ किनभने उनीहरूले मुद्दा हालेका थिए,” डोनाल्ड ट्रम्पले पछि टाइम्ससँग भने। फरेड र मेरी अन्ततः सम्भौतामा पुगे, तर तिनका अंकलले आफ्ना ऋण चुक्ता गर्न पैसाका लागि यस्तो तरिका अपनाएकोमा उनीहरू असन्तुष्ट भए।
‘उनी आफ्नी भतिजी र भतिजालाई निचोड्न र पिताको इच्छामा चलाखी गर्न तयार थिए, जसले गर्दा आफ्ना ऋणदाताहरूले कानूनी रूपमा उन्ले तिर्नुपर्ने पैसा उठाउनबाट रोक्न प्रयास गर्थे’ फरेड ट्रम्पले जुलाईमा प्रकाशित आफ्नो आत्मकथा ‘अल इन द फ्यामिली’मा लेखेका छन्। ‘यसले उनका स्वर्गीय दाजु मार्ने काम गयोै भने, ठीकै भयो। यसले उनका दाजुका दुई सन्तानको सम्पत्ति हत्याउने काम गर्यो भने, पनि ठिकै भयो।’
ट्रम्पका आफन्तहरू मात्र आफ्नो पक्षबाट ठगिएका ठानेका थिएनन्। वर्षौं बित्दै जाँदा ठेकेदारहरू, बैंकर्स, व्यापार साझेदारहरू, ग्राहकहरू, प्रतिस्पर्धीहरू, र अन्यहरू पनि उस्तै ठगिएको महसुस गर्थे। जब उनले २०१६ मा पहिलो पटक राष्ट्रपतिको उम्मेदवारी दिएका थिए, उनी ४,०९५ वटा मुद्दामा संलग्न भइसकेका थिए’ यूएसए टुडेुको गणना अनुसार। तीमध्ये धेरैमा उनी स्वयं मुद्दा दायर गर्ने व्यक्ति थिए।
व्यक्तिगत चोटका मुद्दाहरूलाई नगनीकन, जुन प्रायः धेरै व्यवसायहरूको लागि सामान्य हो, ती मुद्दाहरूमा कम्तीमा १,०२६ वटा केसहरूमा ट्रम्प वा उनका कम्पनीहरू प्रतिवादीको रूपमा थिए। उनीमाथि कर नतिर्ने, ओभरटाइम नतिर्ने, ठेक्का दिइएका कम्पनीहरूलाई भुक्तानी नगर्ने, गोल्फ क्लब शुल्क फिर्ता नगर्ने, र सम्झौताहरूको पालन नगर्ने आरोप थियो। उनले धेरै मुद्दाहरू जिते, तर केहीमा हार पनि खेपे वा मिलापत्र गरे।
उनका शैक्षिक र परोपकारी संस्थाहरूलाई पनि ठग्ने प्रयासको रूपमा हेरियो। २०१६ मा राष्ट्रपति निर्वाचित भएपश्चात, ट्रम्पले आफ्नो बन्द भइसकेको ट्रम्प विश्वविद्यालयका विद्यार्थीहरूलाई २५ मिलियन डलर तिर्ने सहमति गरे, जसले उनीमाथि ठगीको आरोप लगाएका थिए। दुई वर्ष पछि, न्युयोर्क राज्यका अधिकारीहरूले डोनाल्ड जे. ट्रम्प फाउन्डेसनमा “अवैधताको एक आश्चार्यजनक नमूना” फेला पारे, जुन ‘ट्रम्पका व्यापारिक र राजनीतिक चासोलाई सेवा गर्ने चेकबुक मात्र’ को रूपमा कार्य गर्दै आएको थियो।
र २०२२ मा, उनका एक कर योजना असफल हुँदा ट्रम्प अर्गनाइजेशन, जुन उनी र उनका परिवारले सञ्चालन गर्थे, आपराधिक अदालतमा कर ठगी, षड्यन्त्र र व्यवसायिक अभिलेखहरू गलत बनाउने १७ वटा आरोपमा दोषी ठहरियो। कम्पनीलाई अधिकतम १.६ मिलियन डलर जरिवाना दिइयो।
‘स्क्यान्डलहरूले उनलाई वाइट हाउसमा पनि पछ्याए, यहाँसम्म कि उनले यसलाई ‘क्लाउड’ भनेर सम्बोधन गरे र यसले शासनमा बाधा पुगिरहेको भनेर गुनासो गरे।’
उनको कार्यकालको सबैभन्दा प्रमुख स्क्यान्डल २०१६ को चुनावमा रुसको हस्तक्षेपको अनुसन्धानबाट उत्पन्न भएको थियो। अमेरिकी खुफिया एजेन्सीहरूले निर्धारण गरे कि रूसले चुनावी प्रतिस्पर्धामा ट्रम्पको पक्षमा झुकाउन खोजेको थियो, तर नयाँ शपथ खाएका राष्ट्रपति त्यसमा विश्वास गर्न असफल भए र यस विषयमा गरेको कुनै पनि अनुसन्धानलाई आफ्नो वैधताको विरुद्धको आक्रमणको रूपमा लिएका थिए।
यस क्रममा उनले जेम्स बी. कोमे, एफ.बी.आई.का निर्देशक, जसले अनुसन्धान गर्दै थिए स उनको अभियानसँग रूसीहरूका कुनै सम्बन्ध थियो कि थिएन , भन्ने प्रश्न गरेका थिए, उनलाई बर्खास्त गरेर मामिला चर्काइ दिए। उनले सो बर्खास्तगीको अर्को दिन रूसका भ्रमणकारी अधिकारीहरूलाई भने कि यसले उनलाई ‘ठूलो दबाब’ बाट हटाएको छ। वास्तवमा, यो सही थिएन। यसले राबर्ट एस. म्युलर लाई विशेष परामर्शदाता नियुक्त गर्यो।
दुई वर्षको अनुसन्धानपछि, म्युलरले निष्कर्ष निकाले कि रूसले ट्रम्पको पक्षमा हस्तक्षेप गरेको थियो, र उनले राष्ट्रपति चक्रमा रहेका व्यक्तिहरूसँग रूसी व्यक्तिहरूसँगको सम्पर्कको आश्चार्यजनक खालका विविधता फेला पार गरे। तर, म्युलरले रिपोर्ट गरे कि उनले रूस र अभियान बीच कुनै अवैध समन्वय स्थापित गरेनन् र ‘साक्ष्य पर्याप्त थिएन’ कुनै पनि व्यक्तिलाई आपराधिक साजिशको आरोपमा लगाउनका लागि भने ।
साथै, उनले १० भन्दा बढी घटनाहरूको रूपरेखा प्रस्तुत गरे जहाँ ट्रम्पले अनुसन्धानलाई अवरोध गर्न प्रयास गर्दै न्यायिक अन्यायको सम्भावना प्रस्तुत गरे — जसमा कोमेको बर्खास्तगी पनि समावेश थियो। म्युलरले भने – उनीमाथिका आरोपहरू उचित छन् कि छैनन् भन्ने निर्णय गरेनन् किनकि न्याय विभागको नीतिले कुनै विद्यमान राष्ट्रपति विरुद्ध अभियोग लगाउने अनुमति दिंदैन। ट्रम्पले यसलाई ‘पूर्ण मुक्ती’को रूपमा लिएका थिए, यद्यपि म्युलरले स्पष्ट रूपमा भनेका थिए – उनले राष्ट्रपति लाई उन्मुक्त गरिरहेका छैनन्।
यस अनुसन्धानलाई उनले ‘रूसको धोका’ भनेको विषयमा मिडिया ध्यानले ट्रम्पलाई बिस्कट बनायो, र उनले ह्वाइट हाउसमा चार वर्ष बिताउँदा सरकारी शक्तिको उपयोग गर्नका लागि विरोधिहरूलाई लक्षित गर्नका लागि नयाँ नयाँतरिकाहरू अपनाए, जुन वाटरगेटको समयमा पनि देखिएको थिएन। जबकि अन्य राष्ट्रपतिहरूले राजनीतिक प्रतिशोधको लागि आफ्नो पदको अधिकारको प्रयोग गर्नेहरुको ओझेल पार्ने प्रयास गरेका थिए, ट्रम्पले आफ्ना विपक्षीहरूलाई लक्ष्य बनाउने कुरा खुलेरै स्वीकार गरे।
उनले बारम्बार आफ्ना अटर्नी जनरलहरू — पहिलो जेफ सेसन्स र त्यसपछि विलियम पी. बारलाई सार्वजनिक रूपमा डेमोक्र्याटहरू वा सरकारी अधिकारीहरूलाई अभियोग लगाउन दबाब दिए। विभिन्न समयहरूमा उनले बाइडेन, श्रीमती क्लिन्टन र पूर्व राष्ट्रपति बराक ओबामा विरुद्धको अभियोजनका लागि आह्वान गरे र जब सल्लाहकारहरूले विरोध गरे, उनले आक्रोश प्रकट गरे।
उनी विशेषगरी पूर्व विदेश सचिव जोन केरीलाई अभियोग लगाउन यदकभकष्यल गरेका थिए। ट्रम्पले उनको ध्यान आकर्षित गरेका थिए कि केरीले इरानसँग कुरा गरिरहेका थिए, जससँग केरीले आणविक सम्झौतामा सम्झौता गरेका थिए, त्यो प्रक्रियाबाट ट्रम्पले अमेरिकालाई बाहिर राखेका थिए। बैठक पछि बैठक, ट्रम्पले बारलाई केरीलाई आरोप लगाउन बारम्बार दबाब दिए, जोन आर. बोल्टन, उनका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारको एक संस्मरण अनुसार।
बोल्टनको संस्मरण ट्रम्पले राष्ट्रपति पदको हदलाई कसरी दबाब दिनका लागि प्रयोग गरेका थिए भन्ने अर्को उदाहरण थियो। बोल्टनले उनलाई आलोचना गरेपछि क्रोधित, ट्रम्पले न्याय विभागलाई आफ्ना पूर्व सहयोगीलाई पुस्तक प्रकाशन रोक्नका लागि दबाब दिए। एउटा ज्ञात अधिकारीले वर्गीकृत जानकारीका लागि प्रारम्भिक रूपमा स्वीकृति दिए पछि प्रकाशनअघि एउटा संस्मरणलाई रोक्न लागि अदालतमा जानुको निर्णय यसलाई यति अत्यधिक रूपमा लिइएको थियो कि अदालतमा गएर उजुरी गरेका सहायक अटर्नी जनरल, जोडी हन्ट, ले तत्काल राजीनामा दिए।
ट्रम्पले आफूलाई चिढ्याउने धेरै मानिसहरूलाई कानूनी प्रणालीको लक्ष्यमा राख्न खोजेकोले एक विस्तृत सूची राख्न गाह्रो छ। उनले जेम्स सी. कोमे र उनका कार्यकारी उत्तराधिकारी एन्ड्र्यू जी. म्याककेब, र अनुसन्धानमा संलग्न अन्य एफ.बी.आई. अधिकारीहरूलाई पनि अनुसन्धान गर्न चाहन्थे, जसमा पीटर स्ट्रोक र लिसा पेज पनि समावेश थिए।
राष्ट्रपतिले पूर्व सीआईए निर्देशक जोन ओ. ब्रेन्नान र पूर्व राष्ट्रिय खुफिया निर्देशक जेम्स आर. क्ल्यापरका सुरक्षा क्लियरेन्सहरू हटाउने दृढ संकल्प गरिरहे, जसबारे दुवैले टेलिभिजनमा उनलाई आलोचना गरेका थिए। उनले भनेका थिए कि उनका प्रमुख कर्मचारी जॉन एफ. केलीले ट्रम्पले यो विषय उठाएको मान्ने थिए कि ५० देखि ७५ पटक बीचमा उठाएका थिए।
उनी यसका साथै विशेष कम्पनीहरूलाई मद्दत गर्ने र आफूलाई चिढ्याउनेहरूलाई दण्डित गर्नका लागि आफ्ना अधिकार प्रयोग गर्न चाहन्थे। उनले सहयोगीलाई टाईम वार्नर र AT&T को मर्जर रोक्नको लागि न्याय विभागलाई निर्देशन दिन भनेका थिए, जसमा सीएनएन नेटवर्क पनि समावेश हुने थियो, जसको उनका बारेमा सबैभन्दा ठूलो झगडा थियो। न्याय विभागले अदालतमा असफल प्रयास गर्यो, यद्यपि अधिकारीहरूले भनेका थिए कि उनीहरूले ह्वाइटहाउसको आदेशमा होइन, आफ्नो पहलमा ती कार्य गरेका थिए ।
ट्रम्पले अमेजनलाई पनि दण्डित गर्न खोजेका थिए, जसका संस्थापक जेफ बेजोको स्वामित्वमा द वाशिंगटन पोस्ट थियो, अर्को मिडिया पीडादायक, जसका लागि उनले यस कम्पनीको लागि अमेरिकी डाक दरहरू बढाउनका लागि दबाब दिए र १० अरब डलरको पेन्टागन क्लाउड कम्प्युटिङ सम्झौतामा रोक लगाउने प्रयास गरे।
तर उनले राष्ट्रपति पदलाई आफूलाई फाइदा पुर्याउनका लागि पनि व्यावसायिक बनाए, जस्तै वाशिङ्टनको ट्रम्प इन्टरनेशनल होटल र अन्य सम्पत्तिहरू मानिस र संस्थाहरूको लागि धनको चुम्बक बन्न पुगे, जसले साउदी अरब, तुर्की, कुवेत, संयुक्त अरब अमीरात र फिलिपिन्सका सरकारहरूलाई अनुकूलता प्राप्त गर्ने प्रयास गरिरहेका थिए। आलोचकहरूले उनलाई संविधानको एमोलेमेन्ट्स धारा उल्लङ्घनको आरोपमा अदालतमा लगेको, जसले ‘कुनै राजा, राजकुमार वा विदेशी राज्य’ बाट उपहार स्वीकृत गर्न प्रतिबन्ध लगाएको छ, यद्यपि सर्वोच्च अदालतले कानूनी चुनौतीहरूलाई खारेज गरिदियो।
विशेष रूपमा, ट्रम्पले आफ्नो पदको प्रयोग गरेर अर्को देशलाई राजनीतिक प्रतिस्पर्धी बाइडेनको विरूद्धको जानकारी उपलब्ध गराउनका लागि बल दिइरहे। उनले युक्रेनमा सैन्य सहायता रोके र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘हामीलाई एउटा कृपा गर’ भन्ने अनुरोध गरे, जसमा बाइडेन र अन्य डेमोक्र्याटहरूको संभावित भ्रष्टाचारको अनुसन्धानको घोषणा गर्न भनेका थिए।
त्यसका लागि, प्रतिनिधि सभाले अन्ततः ट्रम्पलाई शक्ति दुरुपयोगको आरोपमा महाभियोग लगायो, प्रायः पार्टीलाइनमा भोटिङ गर्दै, जसले उनलाई उच्च अपराधमा आरोप लगाइएका केवल तेस्रो राष्ट्रपति बनायो, यद्यपि सिनेटले महाभियोगको लागि आवश्यक दुई तिहाई मत पुर्याउन सकेन।
ट्रम्पले आफ्ना मित्र र राजनीतिक सहयोगीहरूलाई मद्दत गर्नका लागि आफ्नो राष्ट्रपति पदको पर्डन अधिकारको प्रचुर प्रयोग गरे — र विशेष गरी ती व्यक्तिहरूलाई, जसले उनलाई जेल जानेब बारेमा डराउने गराउन सक्छन्। आलोचकहरूले भनेका थिए कि पर्डनको प्रस्तावले अन्वेषकहरूलाई अवरोध गर्ने प्रयासको रूप लिन्छ।
अन्य धेरैको बीचमा, ट्रम्पले पाउल म्यानाफोर्ट, उनका पूर्व अभियान अध्यक्षस स्टीफन के. ब्यानन, उनका पूर्व प्रमुख रणनीतिकारस र रोजर जे. स्टोन जुनियर, उनका साथी र राजनीतिक सल्लाहकारलाई पर्डन वा माफी दिएका थिए, जसमा सबै जना ट्रम्पको विरूद्ध कानूनी छानबिनको लक्ष्यमा रहेका थिए। उनले आफ्नो राष्ट्रपति पदको अन्तिम हप्ता पनि त्यस्ता सजाय पाएका अपराधीहरूलाई सहयोग गर्नका लागि आफ्नो क्षमा अधिकारको प्रयोग गरे, जसले उनलाई नजिकका व्यक्तिहरूलाई सल्लाह दिनका लागि भुक्तानी गरेका थिए ।
ट्रम्पको राष्ट्रपति पदको समाप्ति २०२० को चुनाव उल्ट्याउने निरन्तर प्रयासका कारण हिंसासँगै भयो, जसमा उनले भोटरहरूको इच्छाबाहेक शक्तिमा रहनको लागि प्रयास गरिरहेका थिए। उनले दर्जनौं मुद्दाहरू दायर गरे र राज्यका अधिकारीहरू, कंग्रेसका सदस्यहरू, न्याय विभाग र आफ्नै उपराष्ट्रपति माथि दबाब दिए, ताकि आफ्नो हार उल्ट्याउन मद्दत गर्न सकून्, जुन कुनै राष्ट्रपतिद्वारा कहिल्यै गरिएको थिएन। र जब उनका समर्थकहरूलाई उनले कांग्रसमा मार्च गर्न भनेका थिए, जसले ट्रम्पको हारको अन्तिमकरण रोक्नको लागि क्यापिटलमा आक्रमण गरे, उनले १८७ मिनेटसम्म टेलिभिजनमा यो घटना देखेर व्हाइट हाउसमा बसेका थिए, र यसलाई रोक्न कुनै प्रयास गरेनन्।
त्यसको परिणामस्वरूप, प्रतिनिधि सभाले उनलाई पुनः महाभियोग लगायो, उनलाई दंगा उक्साउने आरोपमा, १० जना रिपब्लिकनहरूले डेमोक्र्याटहरूलाई दाउ लगाएर मत दिए। यसअघि कहिल्यै कुनै राष्ट्रपतिमाथि दोहोर्याएर महाभियोग लगाइएको थिएन। सिनेटले उनलाई पुनः निर्दोष ठहर गर्यो, तर यसपटक सात रिपब्लिकनले महाभियोगको पक्षमा भोट दिएका थिए र केहीले भनेका थिए कि उनी ट्रायलको समयमा कार्यालयमा नभएकाले विरोध गरे।
‘यथार्थमा फैसला’
ट्रम्पको राष्ट्रपति पदको उग्र समापनले ट्रम्पका स्क्यान्डलहरूमा अन्त्य ल्याएको थिएन। बरु, यसले ४५औं राष्ट्रपति र अमेरिकी कानून प्रवर्तन प्रणालीबीचको संघर्षको नयाँ र अभूतपूर्व अध्याय खोलिदियो।
उनले ह्वाइटहाउसबाट बाहिर निस्किएको केही महिनापछि, वासिङ्टन, न्यूयोर्क, जर्जिया, फ्लोरिडा र मिशिगनका अधिकारीहरूले अनुसन्धान खोल्न थाले, जसले अन्ततः उनलाई लक्षित गरे। नागरिक मुद्दाहरू पनि वृद्धि भएका थिए। ट्रम्प यसरी धेरै अदालतका ठेगानामा लक्षित र प्रतिवादी बने कि उनको राष्ट्रपति पदको पछिका दिनहरू मभाभलकब वकिलहरूको लागि पूर्ण रोजगारको गतिविधि बनेका छन्।
एकपछि अर्को गरेर, न्यायाधीश र जुरिहरूले ट्रम्पको विरुद्धमा फैसला गरे, उनलाई ठग, यौन दुरुपयोगकर्ता र, उनको रियल स्टेट कम्पनीको माध्यमबाट, कर धोखाधडीकर्ता भनेर चिनाए। ई. जीन कारोलको पक्षमा दुईवटा फैसलाले गर्दा उनलाई लगभग १०० मिलियन डलरको दायित्वमा पारिएको छ। ट्रम्प संगठनको कर धोखाधडीको फैसलाले उनलाई अपराधी कम्पनीको नेतृत्व गर्ने पहिलो राष्ट्रपति बनायो।
न्यूयोर्क राज्यको अटर्नी जनरल, लेटिटिया जेम्सले ल्याएको एक अलग नागरिक मुद्दाले ट्रम्पको टाइकूनको रूपमा आत्मप्रशंशित केन्द्रमा पुग्यो। ट्रम्पको सम्पत्ति मूल्यांकन गर्ने अभ्यासले उनलाई पीडा दियो जब एक न्यायाधीशले उनलाई विशाल व्यापार धोखाधडीका लागि जिम्मेवार ठहराए, चगष्लिन गर्दा उनले ऋण सुरक्षित गर्दा आफ्नो कुल सम्पत्ति अवैध रूपमा बढाएको भनेका थिए। न्यायाधीशले उनलाई ४५० मिलियन डलर भन्दा बढीको दण्ड लगाए, उनलाई तीन वर्षका लागि आफ्नो मूल गृह राज्यमा कुनै व्यवसायको नेतृत्व गर्नबाट रोक लगाए। ट्रम्पले अपील गरिरहेका छन्।
त्यो फैसला राष्ट्रपतिको इतिहासमा पहिलो भए तापनि, यसले ट्रम्प विरुद्ध ल्याइएका आपराधिक मुद्दाहरूको तुलनामा कम असर गर्यो। त्यस समयमा, एफ.बीआईले उनको मार–ए–लागो सम्पत्ति खोज्नका लागि अनुसन्धान गर्यो ताकि ट्रम्पले ह्वाइटहाउस छोडेपछि लिएको वर्गीकृत कागजातहरू फिर्ता गर्न अस्वीकृत गरे। त्यो पनि पहिलो घटना थियो।
र त्यसपछि केहि हुन सक्छ जुन कहिल्यै कल्पना गर्न सकिँदैन, त्यो थियो — एक पूर्व राष्ट्रपति विरुद्ध आपराधिक आरोप। ट्रम्पलाई एक पटक होइन, दुई पटक होइन, तीन पटक होइन, चार पटक आरोप लगाइएको छ। अन्य राष्ट्रपति जस्तै युलिसेस एस. ग्रान्ट, वारेन जी. हार्डिंग, रिचर्ड एम निक्सन र बिल क्लिन्टन पनि आफ्ना स्क्यान्डलहरूमा थिए, तर तिनीहरूलाई कहिल्यै अपराधीको आरोप लगाइएको थिएन।
पहिलो आरोप स्टोर्मी डानियल्सलाई गरिएको चुम्वनको रकमको भुक्तानीमा केन्द्रित थियो। म्यानहट्टनका जिल्ला वकिल अल्विन एल. ब्रागले ट्रम्पलाई यस विवाद र भुक्तानीको कागजातहरूलाई ढाक्नका लागि व्यावसायिक रेकर्डहरू झूटो बनाएको आरोप लगाएका थिए। दोस्रो आरोप फ्लोरिडाको संघीय अदालतमा आयो जहाँ विशेष सल्लाहकार ज्याक स्मिथले ट्रम्पलाई वर्गीकृत कागजातहरूको दुरुपयोग र तिनीहरूलाई फिर्ता गराउने प्रयास गर्दा अवरोध गर्ने आरोप लगाएका थिए।
तेस्रो र चौथो आरोप दुवै ट्रम्पको २०२० को चुनाव उल्ट्याउने प्रयाससँग सम्बन्धित छन् जसमा उनले हारे। स्मिथले उनी विरुद्ध निर्वाचन हस्तक्षेपको मुद्दा ल्याएर भने, जर्जियाको फुल्टन काउन्टीका जिल्ला वकिल फानी टी. विल्मिसले ट्रम्पलाई जर्जियाको निर्वाचन भोट परिवर्तन गर्नका लागि रकेटियरिङको मुद्दा ल्याइन्। मिशिगनको अटर्नी जनरलले पनि ट्रम्पलाई आफ्नै निर्वाचन मुद्दामा बिना आरोप लगाइएको सह–अपराधीको रूपमा नामित गरिन्। उनले सबै आरोपहरूको विरुद्धमा निर्दोष रहेको र डेमोक्र्याटहरूलाई विभाजनका कारणहरूको लागि उनको पछाडि आउने आरोप लगाउँदै छन्।
प्रस्तावनाहरू र अपीलहरूको थप प्रक्रियात्मक झगडाहरूले चकित गर्ने मूल्यमा कमी ल्याएको हुन सक्छ, तर यी मुद्दाहरू भविष्यको इतिहासका पुस्तकहरूमा विशेष रूपमा उल्लिखित हुनेछन्। उनले अहिले सम्म चारवटा आरोपहरूमध्ये केवल एकको परीक्षणमा गएका छन्, ब्रागको चुप्पा रकम मुद्दा, र जुरिले सर्वसम्मत रूपमा उनलाई ३४ वटा अपराधी आरोपमा दोषी ठहर गरेका छन्। सजायको निर्धारणलाई चुनाव पछि सारिएको छ।
अन्य तीनवटा मुद्दा विभिन्न अवस्थाको लिंबोमा छन् जसमा ट्रम्पका वकिलहरूको आक्रामक र सफल रक्षा प्रयासहरू पनि समावेश छन्, जसले उनी विरुद्धका आरोपहरूलाई ढिलो गर्न वा कमजोर बनाउनका लागि लक्ष्य बनाएको थियो। जर्जियाको मुद्दा त्यसपछि झट्का परेको थियो कि श्री विल्मिसले मुद्दा व्यवस्थापन गर्नका लागि चयन गरेको अभियोजकसँग व्यक्तिगत सम्बन्ध रहेको थाहा पाइएको थियो।
फ्लोरिडाको मुद्दा जुलाईमा यूएस जिल्ला न्यायाधीश एइलीन एम. क्याननले फालिदिएका थिए, जुन ट्रम्पका नियुक्तिका बारेमा थिए, केवल यस कारणले कि उनले ट्रम्पलाई निर्दोष ठहर गरेनन्, तर उनले स्मिथको विशेष सल्लाहकारको नियुक्ति प्रक्रियाका रूपमा गलत ठहर गरे, जुन कानूनी विशेषज्ञहरूका लागि चकित पार्ने निर्णय थियो। स्मिथले अपील गरिरहेका छन्, र आरोपहरू पुनःस्थापित हुन सक्छन्।
संघीय चुनाव मुद्दा महिनाभरको लागि ट्रम्पको दावीले झक्का भएको थियो कि उनलाई राष्ट्रपति रूपमा प्रतिरक्षा गर्ने विशेषधिकार छ। सर्वोच्च अदालतले धेरै हदसम्म तर्कलाई स्वीकार गर्यो, इतिहासमा पहिलो पटक निर्णय गर्दै कि राष्ट्रपतिहरूले आधिकारिक कार्यहरूसँग सम्बन्धित अपराधहरूमा पर्याप्त प्रतिरक्षा पाउँछन्। अहिले न्यायाधीश टान्या एस. चुट्कानले निर्धारण गर्नुपर्छ कि ट्रम्पको चुनाव उल्ट्याउने प्रयासले सत्तामा रहनका लागि आधिकारिक कार्यको रूपमा मानेको छ कि छैन भन्ने, यो प्रक्रिया महिनौंसम्म लम्विन सक्छ।
अन्तमा, उनलाई मौका नहुन पनि सक्छ। यदि ट्रम्पले अर्को महिना चुनाव जिते भने, उनले संघीय मुद्दाहरूको आरोप र न्यूयोर्क र जर्जियाका राज्य मुद्दाहरूको संचालन रोक्न सक्छन्। उनले यसलाई थाहा पाउँछन्, र उनले यसमा भरोसा राखेका छन्। यस वर्षको सुरुमा उनले भनेका थिए, “यथार्थमा फैसला भनेको जनताद्वारा हुने हो, नोभेम्बर ५।’
पिटर बेकरले ट्रम्पको राष्ट्रपतिकाललाई कभर गरेर उनकी श्रीमती, सुजान ग्लासरसँगै यसबारे पुस्तक लेखेका छन्। उनले वाशिंगटनबाट रिपोर्टगर्छन् । : न्यू योर्क टाइम्स
प्रतिक्रिया दिनुहोस्