ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाङेले छाडेको वनमा भेषबहादुरलाई अवसर


एबीसी न्यूज
५ कार्तिक २०८१, सोमबार   ४ : ०५   बजे

काठमाडौं ५ कात्तिक ।   लमजुङका भेषबहादुर पौडेल वन तथा वातावरण मन्त्री बनेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार नेकपा एमालेलाई दिएर राजीव गुरुङ दीपक मनाङेलाई वनको जिम्मेवारी दिएका थिए । तर मनाङेले वन मन्त्रालय अस्वीकार गर्दै राजीनामा दिएपछि शेखर कोइराला–गगन थापा समूहबाट भेषबहादुरले मन्त्री हुने अवसर पाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले लामो रस्साकस्सीपछि १७ भदौमा एमालेलाई सरकारमा सहभागी गराएका थिए ।

एमालेले मनाङेलाई हटाउनुपर्नेमा जोड दिएको थियो । तर आफूलाई अप्ठ्यारोमा विश्वासको मत दिएको भन्दै गठबन्धन बाहिरका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका मनाङेलाई नहटाउने अडान लिए । ७ बाट बढाएर ९ मन्त्रालय बनाउँदै एमालेलाई ४, कांग्रेसलाई ३ मन्त्रालय दिने सहमति भयो । तर वन मन्त्रालयको कुनै औचित्य नरहेको भन्दै मनाङेले मन्त्री पदबाट राजीनामा दिए ।

मनाङेले राजीनामा दिएको ५० दिनपछि भेषबहादुर मन्त्री बने । यसअघि सरकारमा संस्थापन पक्षका मात्र नेताहरु थिए । शेखर–गगन समूहले जसरी पनि एक जना मन्त्री सहभागी गराउनैपर्ने दबाब दिएका थिए, तर गठबन्धनमा सहमति नभएको भन्दै टारेका थिए । मुख्यमन्त्री पाण्डेले शेखर–गगन समूहकै आग्रहमा भेषबहादुर मन्त्री बनाएर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

‘यसअघि नै म मन्त्री बन्ने चर्चा चलेको थियो, तर हाम्रो विचार समूहबाट कोही पनि मन्त्री बनाइएन,’ वन मन्त्री भेषबहादुरले अनलाइनखबरसँग भने, ‘यसपटक शेखर–गगन दुबै जनाको आग्रहमा मैले मन्त्री बन्ने अवसर पाएको हुँ ।’

गण्डकी प्रदेश सरकारमा देउवा समूहबाट मुख्यमन्त्री पाण्डेसहित अर्थमन्त्री डा। टकराज गुरुङ र सामाजिक विकास तथा खेलकुलदमन्त्री विन्दुकुमार थापा छन् ।

लमजुङमा देउवा समूहका डा। टकराज र शेखर–गगन समूहका भेषबहादुरबीच प्रतिष्ठाको लडाईं समेत छ । उनीहरुले कांग्रेस जिल्ला सभापतिमा पालैपालो एकले अर्कोलाई समेत हराएका थिए । टकराज मन्त्री भएसँगै भेषबहादुर जसरी पनि मन्त्री बनाउन शेखर–गगन समूहको दबाब थियो ।

सोमबारको विस्तारसँगै लमजुङको दुबै प्रदेश सभा क्षेत्रले मन्त्री पाउन सफल भएको छ ।

एमालेबाट नवलपुरकी पद्मा जिसीले कृषि मन्त्रालय लिँदै नेतृत्व गरेर सरकारमा गएकी हुन् ।

एमालेबाट स्वास्थ्य मन्त्रीमा बागलुङका कृष्ण पाठक, पर्यटन मन्त्री पर्वतका मित्रलाल बस्याल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा प्रकाशबहादुर अधिकारी छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट फणिन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् । एमाले, माओवादीबाहेक नै मनाङे, देपकोटा र राप्रपाका २ सांसदको साथले मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका थिए ।

समावेशी होइन, समूह मिलाउन मौका

पाण्डे नेतृत्वको मन्त्रिपरिषदमा वन मन्त्री बन्ने अवसर पाएका भेषबहादुर लुमजङ प्रदेश सभा क्षेत्र नम्बर २ मा एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै संसद छिरेका हुन् । भेषबहादुरसँग पराजय खेपेका कृष्णप्रसाद, खगराज पछिल्लो पटक मुख्यमन्त्री हुँदा मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।

२०४६ सालको राजनीतिक आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट विद्यालय कमिटीबाट राजनीति थालेका भेषबहादुर लमजुङ सदरमुकाम वेशीशहरकै व्यवसायी हुन् । वेशीशहर नगरपालिका वडा नम्बर २ निवासी भेषबहादुर होटल व्यवसायी समेत हुन् ।

२०५६ सालबाट २ कार्यकाल तरुण दलको जिल्ला अध्यक्ष भएका भेषबहादुर १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए । १३औं महाधिवेशनपछि ६ वर्ष लमजुङ जिल्ला सभापति भएर चलाएका भेषबहादुरले सुरुमा डा। टकराज गुरुङलाई हराएका थिए भने पछि उनैसँग पराजय खेपेका हुन् ।

अहिले कांग्रेसको महासमिति सदस्य रहेका भेषबहादुरले २०६८ सालमा उद्योग वाणिज्य संघ लमजुङको अध्यक्ष भएर चलाएका थिए । मस्र्याङ्दी बहुमुखी क्याम्पस व्यवस्थापन समूहको अध्यक्षसमेत भएका भेषबहादुरको वेशी शहर बजार क्षेत्रमा राम्रो पकड छ । भेषबहादुर, मुख्यमन्त्री पाण्डे नेतृत्व सरकारमा शेखर–गगन समूहबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गर्ने पात्र बनेका छन् ।

पाण्डेलाई मन्त्रिपरिषदमा दलित प्रतिनिधित्व शून्य र महिला पनि एकमात्र हुँदा समावेशी बनाउनुपर्ने दबाब समेत थियो । तर पाण्डेले मन्त्रिपरिषदलाई समावेशी बनाउनेतिरभन्दा समूह मिलाउनेतिर लागे र भेषबहादुरले मौका पाएका हुन् ।

भेषबहादुरले राजनीति शास्त्र र अंग्रेजी साहित्यमा स्नातक गरेका छन् । वन मन्त्रीको जिम्मेवारी पाएपछि भेषबहादुर अनलाइनखबरसँग भने, ‘यो मन्त्रालयको औचित्य पुष्टि गर्छु ।’

मनाङेले प्रभावकारी नभएको भन्दै छोडेको भने पनि यसको धेरै काम र भूमिका रहेको पौडेलले बताए । ‘मन्त्रालयको औचित्व नभई पक्कै पनि सिर्जना गरिएको छैन, यो मन्त्रालयलाई कस्तो बनाउने भन्ने मन्त्रीको भूमिकाले पनि पुष्टि गर्ने हो,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group