वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सेना फिर्ता गर्ने र गस्ती व्यवस्था मिलाउने सहमति गरेका छन्ः विदेश सचिव विक्रम मिस्री
काठमाडौं ५ कात्तिक । चीन र भारतले आफ्नो विवादित हिमालयन सिमानामा गस्ती सम्बन्धी एक सहमति गरेका छन्। यो सम्झौताले २०२० मा भएको द्वन्द्वलाई समाधान गर्नेछ । त्यो झडपमा कम्तिमा २० भारतीय सैनिक र ४ जना चिनियाँ सैनिकको ज्यान गएको थियो । दुबै देशका नेताहरू भोलि रसियामा हुन लागेको ब्रिक्स सम्मेलनमा भेट्नेछन्।
साढे चार वर्ष लामो भारत– चीनबीचको समामा देखिएको तनाव समाधान गर्न दुवै देश सहमत भएका छन् । नयाँ दिल्ली र बेइजिङले दुवै पक्षका ५०,००० देखि ६०,००० सैनिक तैनाथ रहेको सीमा क्षेत्रमा सेना फिर्ता गर्ने सहमति गरेका छन्,भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार बताएका छन्।
भारतीय र चिनियाँ कूटनीतिक र सैनिक वार्ताकारहरू विभिन्न मञ्चहरूका अवसरमा छलफल गर्दै आएका थिए । यी छलफलहरूको परिणामस्वरूप, मिस्रीले भने, ‘भारत–चीन सीमा क्षेत्रमा (एलएसी) का आधारमा गस्ती गर्ने व्यवस्था मिलाउन सहमति भएको छ, यसले सेना फिर्ता गर्न र २०२० मा ती क्षेत्रहरूमा उब्जिएका समस्याहरूको समाधान गर्न नेतृत्व गरेको छ। हामी यसमा थप कदम चाल्नेछौं।’भारतीय अंग्रेजी दैनिक इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
गत महिना, चिनियाँ रक्षा मन्त्रालयले भनेको थियो चीन र भारतले पूर्वी लद्दाखमा तनावका स्थलहरूबाट सेना फिर्ता गर्न ‘मतभेद घटाउन’ र ‘केही सहमति’ बनाउन सफल भएका छन् र दुबै पक्षका लागि स्वीकार्य समाधान छिटो खोज्न संवाद जारी राख्ने सहमति गरेका छन्। एशियाली मामिलाहरूको विभागका महानिर्देशक ली जिन्सङले भारतका राजदूत प्रदीप कुमार रावतसँग भेटमा भनेका थिए ।
चिनियाँ रक्षा मन्त्रालयको बयान र भारतीय राजदूतसँगको भेटको दिन नै, इन्डियन एक्सप्रेसले सेप्टेम्बर २६ मा रिपोर्ट गरेको थियो – भारत र चीनले पूर्वी लद्दाखको एलएसी मा बाँकी रहेका मुद्दाहरूमा ‘महत्त्वपूर्ण प्रगति’ गरेका छन्।
स्रोतका अनुसार, यसले भारतीय सैनिकहरूलाई फेरि तिनका गस्ती स्थलहरूमा पहुँच दिन सक्ने सम्भावना रहेको छ ।तनावका क्षेत्रहरूमा गलवान घाटी, पाङ्गोङ त्सोको उत्तर र दक्षिण किनारा, गोगरा–हट स्प्रिङ्स क्षेत्रमा बफर जोनको सहायताले केही समाधान भएको छ। तर, डेप्साङ मैदान र डेमचोकका पुराना मुद्दाहरू बाँकी नै छन्, जहाँ डेप्साङ मैदानमा तैनाथ सैनिकहरूलाई गस्ती स्थलमा पहुँच दिइएको छैन।
प्रतिक्रिया दिनुहोस्