संसारभरिका ७ देशमा आज मतदान, कहाँको अवस्था कस्तो छ ?
ABC News
काठमाडौं ११ कात्तिक ।अमेरिकी राष्ट्रपति चुनावमा मतदान हुन अब केवल १० दिन बांकी छ । यस सप्ताहान्तमा धेरै राष्ट्रहरूको मतपत्रमा रुसको युक्रेन युद्धदेखि चिनियाँ लगानीसम्मका मुद्दाहरू मुख्य बनाएर चुनाव भइरहेको छ।
किरिबाटीःप्रशान्त महासागरको सानो टापु राष्ट्र किरिबाटीमा शुक्रबार राष्ट्रपति चुनाव भएको छ । चीन समर्थक वर्तमान राष्ट्रपति टानेटी मामाउले तेस्रो र अन्तिम कार्यकाल सहजै जितेका छन् । तानेटी मामाउ तेस्रो कार्यकालका लागि किरिबाटीका राष्ट्रपति पुनः निर्वाचित भएका छन्।
Kwansing, right, with Taneti Maamau, middle looking at camera. 26 October 2024 Photo: Facebook / Ruth Cross Kwansing
शुक्रबार, आइ–किरिबाटीका जनताले तीन उम्मेदवारमध्ये एक जनालाई छान्न राष्ट्रपतीय चुनावमा मतदान गरेसका थिए । मामाउ, विगत आठ वर्षदेखि यो ससामा छन् । उनका प्रतिस्पर्धी बाुन्ताके बेइया र काओटिटाके कोकोरिया पनि उम्मेदवार थिए।
तर अन्तिम समयमा नाटकीय मोड आयो, जब कोकोरिया सत्तारूढ टोबवान किरिबाटी पार्टी (टीकेपी) बाट बाहिर निस्केर आफ्नो अलग गठबन्धन बनाएका थिए । तर पनि राष्ट्रपति मामाउलाई पराजित गर्न सकेनन् ।
सेप्टेम्बरमा भएको संसदीय चुनावमा उनको सत्तारूढ टोबवान किरिबाटी पार्टी (टीकेपी) ले ७० प्रतिशतभन्दा बढी सीटहरू जितेको थियो । त्यहांका विपक्षी नेता मामाउको चुनौतीलाई उनले सहजै पराजित गर्ने सुपरमेजरिटी प्राप्त गरेका छन् ।
मामाउले आइल्याण्डले चीनसँग गरेका पूर्वाधार विकास सम्झौताहरूको विरुद्धमा आवाज उठाउंदै आएका थिए । २०१९ मा मामाउको नेतृत्वमा, किरिबाटीले १६ वर्ष लामो ताइवानसँगको सम्बन्ध तोडेर बेइजिङको पक्षमा लागेको थियो ।
जर्जियाःशनिबार जर्जियाका सबैभन्दा शक्तिशाली व्यक्तिले प्रारम्भिक आधिकारिक परिणामअनुसार संसदीय चुनाव जितेका छन्, जुन विपक्षी नेताहरूले “कृत्रिमता” को आरोप लगाउँदै नतिजा अस्वीकार गरेका छन्।
Founder of the ruling Georgian Dream party Bidzina Ivanishvili gives a speech at the party’s headquarters after exit polls in Tbilisi on October 26, 2024.
Giorgi Arjevandize/AFP/Getty Images
सत्तारूढ जर्जियन ड्रीम पार्टीका अरबपति संस्थापक बिद्जिना इवानिशविली व्यक्ति हुन् । यो चुनावलाई विपक्ष र विदेशी कूटनीतिज्ञहरूले एक निर्णायक क्षणका रूपमा चित्रण गरेका थिए । चुनावले युक्रेनमा जारी युद्धको बीचमा जर्जिया पश्चिमतिर ढल्किन्छ कि पुनः रूसतिर नै वफादार रहन्छ भन्ने निर्णय गर्ने थियो।
जर्जियन ड्रीमको विजयले युरोपसँग नजिकको एकीकरणको आशा गर्ने जर्जियालीहरूलाई धक्का दिएको छ । यसलाई पश्चिम र रूसबीचको छनोटको रूपमा प्रस्तुत गरिएको थियो।
धेरै विश्लेषकहरूले शनिबारको जर्जियाली संसदीय चुनावलाई देशको सम्भावित निर्णायक मोड भनेका थिए । सत्तारूढ जर्जियन ड्रीम पार्टीले आफ्नो रूढ़िवादी एजेन्डालाई बलियो बनाउने प्रयास गर्दैछ, रुससँगको काम गर्ने सम्बन्धले टिब्लिसीलाई युक्रेनको जस्तै अवस्था आउनबाट रोक्छ भन्ने तर्क सको छ । देशको विभाजित विपक्षी दलहरूले जर्जियन ड्रीमलाई चुनौती दिन नाटो र ईयू सदस्यताका लागि समर्थन गर्नको लागि एकजुट हुन खोजिरहे पनि सफल हुन सकेनन् ।
यस अघि नै जर्जियन ड्रीमका संस्थापक बिद्जिना इभानिशविलीले आफ्नो पार्टीले जितेमा विपक्षी समूहहरूलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । जर्जियन ड्रीमले हालका महिनाहरूमा विवादास्पद कानुनहरू पास गरेको छ । मे महिनामा पारित विदेशी एजेन्ट कानून र सेप्टेम्बरमा पारित एन्टी–एलजीबीटीक्यू प्याकेज ले मानव अधिकार सम्बन्धी चिन्ता बढाएको भन्दै पश्चिमले आलोचना गर्दै आएको छ ।
जापानः आइतबार आज हुन गइरहेको आकस्मिक चुनावले १० वर्षभन्दा बढी समयदेखि सत्ता समातिरहेको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई चुनौती दिन सक्छ। अक्टोबर १ मा पदभार सम्हाल्ने बित्तिकै, जापानी प्रधानमन्त्री शिगेरू इसिबाले सुधारका प्रतिज्ञाहरू पूरा गर्न आकस्मिक चुनावको घोषणा गरेका थिए । एलडीपीप्रति पछिल्ला वर्षहरुमा सार्वजनिक असन्तोष बढेको छ, जीवनयापनको लागतमा वृद्धि र पार्टीको कोष काण्डका कारण जापानीहरु सत्तारुढ पार्टीप्रति असन्तुष्ट छन् ।
जापानका नागरिकहरूले आइतबार वर्षौँमा सबैभन्दा प्रतिस्पर्धी चुनावमा मतदान गर्दैछन् । नयाँ प्रधानमन्त्री शिगेरु इशिबा र उनको शक्तिशाली लिबरल डेमोक्रेटिक पार्टी सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको सामना गर्न सक्ने बेलायतबाट प्रकाशित दि गार्डियन लेखेको छ ।
जनमत सर्वेक्षणहरूले संकेत गरे अनुसार एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदार बहुमत हासिल गर्न असफल हुन सक्छन्, जसले इशिबाका लागि ठूलो धक्का दिन क्छ ।
६७ वर्षीय पूर्व रक्षा मन्त्री इशिबाले गत महिनामा एलडीपीको नेतृत्वमा झिनो जित हासिल गरेपछि पदभार ग्रहण गरेका थिए । एलडीपीले पछिल्लो सात दशकमा जापानमा लगभग सबै समय शासन गरेको छ।
तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएका देशका मतदाता मूल्यवृद्धि र पूर्व प्रधानमन्त्री फुमियो किशिदालाई डुबाएको पार्टी स्लश फण्ड घोटालाको प्रभावबाट असन्तुष्ट भएका छन्।
उरुग्वेः आइतबारको राष्ट्रपतिको पहिलो चरणको चुनावमा केन्द्रदेखि वाम विपक्षी नेता यामांडू ओर्सीलाई जित्ने सम्भावना देखिएको छ। एक अधिनायकवादी शासनकालको समयमा हुर्किएका अनुभवी नेताले ओर्सीले बेघर आफ्नो चुनावी अभियानमा देशमा बढिरेहको गरिबी र अपराध घटनाको सामना गरिरहेका छन् । ओर्सीको लोकप्रियता भए पनि, विश्लेषकहरूले नोभेम्बर २४ मा पुनः मतदानको आवश्यकता हुनसक्ने अपेक्षा गरेका छन्, जहाँ सत्तारूढ रूढ़िवादी गठबन्धनका उम्मेदवार आल्भारो डेल्गाडो र बाह्य रूढ़िवादी आन्द्रेस ओजेडाले सम्भवतः गठबन्धन गर्न सक्नेछन्। उनले चीनसँगको सम्भावित व्यापार सम्झौतालाई रोक्न सक्ने संकेत पनि दिएका छन्,
बुल्गेरियाः आइतबार आज पूर्वी युरोपेली राष्ट्र बुल्गेरियामा मतदाताहरुले पछिल्लो चार वर्षमा सातौँ पटक मध्यावधि चुनावका लागि मतदान गर्दैछन् । तर जनमत सर्वेक्षणहरूले देखाए अनुसार यसले आर्थिक सुधारमा ढिलाइ भएको युरोपेली युनियनको सबैभन्दा गरिब सदस्य राज्यमा राजनीतिक गतिरोध अन्त्य गर्ने सम्भावना कम छ।
Boyko Borissov, former Bulgarian Prime Minister and leader of centre-right GERB party arrives for an election rally, ahead of the snap election on October 27, in Veliko Tarnovo, Bulgaria, October 23, 2024. The text reads “Security and stability”. REUTERS/Stoyan Nenov/File Photo
रायटर्सले उल्लेख गरे अनुसार बुल्गेरियामा २०२० देखि छोटो अवधिका सरकारहरूले शासन गर्दै आएका छन्, । भ्रष्टाचार विरोधी प्रदर्शनहरूले केन्द्र–दक्षिणपन्थी जीईआरबी पार्टीको नेतृत्वमा रहेको गठबन्धनको अन्त्य गरेको थियो ।
ताजा जनमत सर्वेक्षणहरूले पुनः कुनै एकल पार्टीले संसदीय बहुमत जित्न नसक्ने देखाएका छन्, जसले नयाँ चरणको कठिन र लामो गठबन्धन वार्ताको तयारी गराउँछ।
मतदान केन्द्रहरू बिहान ७ बजे (०५०० जीएमटी) खुल्नेछन् र साँझ ८ बजे (१८०० जीएमटी) बन्द हुनेछन्, । त्यसपछि तुरुन्तै एग्जिट पोलहरूको घोषणा गरिनेछ। पहिलो आंशिक परिणाम मध्यरात (२२०० जीएमटी) तिर अपेक्षित गरिएको छ ।
शुक्रबार बुल्गेरियन नेशनल रेडियोद्वारा प्रकाशित ग्यालप इन्टरनेशनल बाल्कन्सको सर्वेक्षणले जीईआरबीलाई २६.१ प्रतिशत मतका साथ अगाडि देखाएको छ, जबकि दोस्रो स्थानका लागि दुई पार्टीहरू बीच कडा प्रतिस्पर्धा छ। सुधारवादी पीपी (वी कन्टिन्यू द चेंज) र अतिवादी, रूस समर्थक रिवाइवल पार्टीलाई क्रमशः १६.२ र १४.९ प्रतिशतमा मा देखाएको छ। सोही सर्वेक्षणले मतदाता सहभागिता ३१.१ प्रतिशत रहने अपेक्षा गरेको छ।
विशेषज्ञहरूले मतदाता सहभागिता करिब ३० प्रतिशत पुग्नसक्ने अनुमान गरेका छन्—१९९० को दशकमा कम्युनिज्मको पतन भएदेखि अहिलेसम्मकै सबैभन्दा कम मतदान हुनेछ अनुमान गरिएको छ । २०२० मा भ्रष्टाचार विरोधी प्रदर्शनहरूपछि, बुल्गेरियाका राजनीतिक दलहरूले स्थिर सत्तारूढ गठबन्धन बनाउन संघर्ष गर्दै आएका छन्। मुख्यधारा बाहिर प्रो–रूस समर्थक दलहरूको उदय र ईयूको सबैभन्दा गरिब सदस्यको रूपमा बुल्गेरियाको स्थिति सुधारमा समस्या बनेको छ। केन्द्र–दक्षिणपन्थी सत्तारूढ पार्टीले पहिलो स्थानमा ओगट्न सक्ने अनुमान गरिएको छ, तर विश्लेषकहरूले भनेका छन् कि बुल्गेरियनहरू अर्को वर्षको सुरुवातमै फेरि मतदान गर्न फर्कनेछन्।
अन्य चुनावहरूः उज्बेकिस्तानपनि आइतबार आज नै आफ्नो नयाँ मिश्रित निर्वाचन प्रणाली अन्तर्गत संसदीय चुनाव हुँदैछ ।। लिथुआनियामा आज नै अन्तिम चरणेको मतनान हुंदैछ ।यहांका वामपन्थी विपक्षी सामाजिक लोकतान्त्रिक दलहरूले यो दोस्रो र अन्तिम चरणको मतदानमा आफ्ना प्रारम्भिक संसदीय चुनावी जितलाई पुनः हासिल गर्ने आशा राखेका छन्।
प्रतिक्रिया दिनुहोस्