हालै, अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईका भनाइलाई ब्राजिलस्थित चिनियाँ दूतावासले खण्डन गरेको थियो। उनले साओ पाउलोमा बी२० व्यापार शिखर सम्मेलनमा सहभागिताका क्रममा ब्राजिलले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहभागी हुनुअघि ‘जोखिमहरू’ बारे विचार गर्नुपर्ने सुझाव दिइन्। यो स्पष्ट छ कि ताईको ब्राजिल भ्रमण पनि ुकारोबार भ्रमणमा एक शिक्षकु जस्तो उदाहरण हो, जसमा चीनलाई ‘जोखिम’ का रूपमा प्रस्तुत गर्ने धारणा ‘मोनरो सिद्धान्त’को छायामा डुबेको छ। कसरी चीन, जो ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, सबैभन्दा ठूलो निर्यात बजार र अधिशेषको प्रमुख स्रोत हो, जोखिमको रूपमा देखिन सक्छ र अवसरको रूपमा होइन ? साथै, ब्राजिलले को सँग सहकार्य गर्ने र कस्ता साझेदारी सञ्चालन गर्ने भन्ने कुरा अरू कसैले निर्धारण गर्नुपर्दैन, र चीन र ल्याटिन अमेरिकी राष्ट्रहरूको बीचको सामान्य आर्थिक तथा व्यापार सहकार्य तेस्रो राष्ट्रहरूबाट निगरानीको विषय हुनुहुँदैन।
ताईले ब्राजिललाई गरेको चेतावनीले एक शक्ति सिद्धान्तलाई उजागर गर्छ, जसले ब्राजिललाई अमेरिकी ‘भूराजनीतिक पछाडिको आँगन’ को रूपमा देख्छ, जसले ब्राजिल सरकार र जनताप्रति सम्मानको अभाव देखाउँछ। यो पहिलो पटक पनि होइन कि अमेरिकी अधिकारीहरूले यो विषयमा हस्तक्षेप गरेका होउन्। यस वर्ष मे महिनामा, अमेरिकी दक्षिणी कमाण्डका कमाण्डर जनरल लौरा रिचर्डसनले ब्राजिल भ्रमणका क्रममा बीआरआईमा सहभागी हुनु ब्राजिलको सार्वभौमिकतामा हानि पुर्याउन सक्ने बताएका थिए । २०१३ देखि, चीनले बीआरआईका लागि १५० भन्दा बढी राष्ट्रहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य सम्झौताहरूमा हस्ताक्षर गरिसकेको छ, र यस पहलमा सहभागी भएर कुनै पनि राष्ट्रले सार्वभौमिकता गुमाएको छैन। यसको विपरीत, यी अमेरिकी अधिकारीहरूले ब्राजिललाई बेइजिङ र वाशिंगटनबीच छनौट गर्न दबाब दिनेछन्, जुन अरू राष्ट्रको सार्वभौमिकतामा प्रत्यक्ष हस्तक्षेप हो।
अमेरिकी अधिकारीहरूले ल्याटिन अमेरिकासँगको सम्बन्धमा ुजोखिम घटाउनेु को कुरा गरिरहन्छन्, तर वाशिंगटनले साँच्चै त्याग्नुपर्ने भनेको यसको ‘मोनरो सिद्धान्त’ मानसिकता हो। ब्राजिललाई बीआरआई त्याग्न राजी गराउन खोज्दा, रिचर्डसनले एउटा हाँस्यास्पद तुलना गरे, ब्राजिलसँग अमेरिकाको कूटनीतिक सम्बन्ध २०० वर्ष लामो छ र ‘हामी एकअर्काको सार्वभौमिकताको सम्मान गर्छौं’ जबकि चीनसँगको सम्बन्ध मात्र ५० वर्ष पुरानो हो। उनको सन्देश भनेको चीनको ब्राजिल र ल्याटिन अमेरिकामा बढ्दो प्रभाव वाशिंगटनको यस क्षेत्रमा नियन्त्रणको चाहनालाई असहज बनाइरहेको छ। ल्याटिन अमेरिकामा चीनको बढ्दो प्रभावलाई शीत युद्धको दृष्टिकोणबाट हेर्दै र चीन–ल्याटिन अमेरिकी सहकार्यको ‘प्रभाव’ लाई शून्य–योग मानसिकता सहित गणना गर्नुले वाशिंगटनलाई सताइरहेको गहिरो चिन्तालाई प्रकट गर्छ।
वर्तमानमा, ब्राजिल ल्याटिन अमेरिकाका केही राष्ट्रहरूमध्ये एक हो, जसले अहिलेसम्म बीआरआईमा भाग लिएको छैन। गत वर्ष राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पुनः पदभार ग्रहण गरेदेखि नै ब्राजिलले यस सम्बन्धी प्रयासहरूलाई सक्रिय रूपमा अघि बढाइरहेको रिपोर्टहरू निरन्तर आइरहेका छन्, र यो संयोग मात्र होइन। यो पहल लुला सरकारको पुनः औद्योगिकीकरण योजनासँग उच्च रूपमा संलग्न छ र दक्षिण अमेरिकी एकीकरण मार्गहरू जस्ता विकास रणनीतिहरूसँग मेल खान्छ। यसले विशेष गरी दक्षिण अमेरिकामा रहेका विभिन्न यातायात मार्गहरूको लागि साझेदारहरू खोज्न प्रयास गरिरहेको छ, जुन ब्राजिलको आर्थिक हितको लागि महत्त्वपूर्ण छन्। यस वर्ष जुलाईमा, लुलाले बीआरआईबारे ‘म जान्न चाहन्छु‘ हामी कहाँ आइपुग्छौं र हामी कुन स्थानमा खेल्न जाँदैछौं‘ हामी मुख्य खेलाडी हुन चान्छौ’ भनेका थिए। यस प्रतिक्रियामा, चिनियाँ पक्षले ब्राजिललाई चाँडो बेल्ट एण्ड रोड परिवारमा सामेल हुन स्वागत गर्ने र बीआरआईमा ब्राजिलको महत्त्वपूर्ण सहभागिता देख्न इच्छुक रहेको अभिव्यक्ति दिएको थियो। यसले चीन र ब्राजिलबीचको सहकार्य स्वायत्तता र स्वेच्छामा आधारित रहेको र एकअर्कासँग मिलेर अघि बढ्न चाहने आपसी प्रयासलाई प्रकट गर्छ।
हाल अमेरिकी पक्षले ब्राजिल तथा अन्य ल्याटिन अमेरिकी राष्ट्रहरूमा चीनको विरुद्ध ‘सानो आँगन, अग्लो बार’ निर्माण गर्ने प्रयास गरिरहेको छ। चाहे मेक्सिकोमा चिनियाँ कम्पनीद्वारा लगानी गरिएको विद्युतीय सवारीसाधनको कारखाना होस् वा पेरूको चानकाई बन्दरगाहको निर्माण, दुवैलाई अमेरिकी पक्षबाट अस्वीकृति र अवरोधको सामना गर्नुपरेको छ। चानकाई बन्दरगाहलाई वाशिंगटनका कठोर पक्षहरूले ‘सैन्य उद्देश्यका लागि’ भएको भनेर विकृत पारेका छन्। चीनले कुनै पनि राष्ट्रसँग सैन्य मुठभेडमा संलग्न हुने इरादा राख्दैनः चानकाई बन्दरगाहको निर्माणको उद्देश्य दुई देशहरूबीच व्यापारको लागि राम्रो मञ्च निर्माण गर्ने र क्षेत्रीय आर्थिक विकासलाई समर्थन गर्ने हो। एकपटक पूर्ण भएपछि, यसले पेरू र सम्पूर्ण दक्षिण अमेरिकाको ढुवानी र व्यापार अवस्थालाई अत्यन्त सुधार गर्नेछ, जसले पेरूको तटबाट चीनमा सामानको ढुवानी समयलाई एक तिहाइले घटाउनेछ।
पेरूका एक वरिष्ठ अधिकारीले एकपटक भनेका थिए कि यदि अमेरिकालाई पेरूमा चीनको बढ्दो उपस्थिति सम्बन्धमा चिन्ता छ भने, त्यसले आफ्नै लगानीहरू बढाउनु पर्दछ। अमेरिकाले सन् २०२२ मा सुरु गरेको ‘अमेरिकाज पार्टनरसिप फर इकोनोमिक प्रोस्पेरिटी’ योजना चीनको प्रभावलाई ‘प्रतिरोध’ गर्नका लागि बनाइएको भनिन्छ। यद्यपि, केही बैठकहरूबाहेक हालसम्म यसले ठोस उपलब्धि हासिल गर्न सकेको छैन।
चिनियाँ सहकार्यले ल्याटिन अमेरिकामा कहिल्यै तेस्रो पक्षलाई बहिष्कार गरेको छैन, र ल्याटिन अमेरिकी राष्ट्रहरू पनि चीन र अमेरिकाबीच ‘एकल छनोट’ गर्न इच्छुक छैनन्। विशेष गरी अमेरिका र युरोप जस्ता विकसित अर्थतन्त्रहरू चीनसँग व्यापार सम्बन्ध विकसित गर्दै छन् भन्ने सन्दर्भमा ल्याटिन अमेरिकीहरूले तथाकथित ‘वियोग’वा ‘जोखिम घटाउने’ सिद्धान्तहरूमा विश्वास गर्ने बारेको अपेक्षा गर्नु हास्यास्पद देखिन्छ। अमेरिकाले चीनसँग ल्याटिन अमेरिकी राष्ट्रहरूको आधुनिकीकरण र विकास प्रक्रियामा पूर्ण रूपमा सामेल हुन सक्छ, न कि यसलाई चीनसँगको टकरावको ‘नयाँ मोर्चा’ को रूपमा हेर्नुपर्छ।
चीन र ब्राजिल क्रमशः पूर्वी र पश्चिमी गोलार्द्धका सबैभन्दा ठूला विकासशील अर्थतन्त्रहरू हुन्। दुवै राष्ट्रले स्वतन्त्र व्यापारलाई समर्थन गर्छन् र संरक्षणवादको विरोध गर्छन्। गत हप्ता, ब्राजिलका कृषि मन्त्री कार्लोस फाभारोले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभमा ब्राजिलले सामेल हुनुपर्ने बताए, जसले ब्राजिललाई ‘व्यापार अवरोध पार गर्नको लागि अवसर’ प्रदान गर्ने बताए। चीन र ब्राजिलबीचको सहकार्य न केवल दुवै राष्ट्रको हितसँग मेल खान्छ, तर ‘ग्लोबल साउथ’का राष्ट्रहरूले न्यायपूर्ण र समान अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थालाई निर्माण गर्ने आवश्यकतालाई पनि सम्बोधन गर्छ। यो प्रवृत्ति वाशिंगटनले रोक्न सक्ने विषय होइन।
अक्टोबर २८, २०२४
प्रतिक्रिया दिनुहोस्