‘द पावर ब्रोकर यो वर्ष मात्रै (२०२४ मा मात्र) ४०,००० भन्दा बढी प्रतिहरू बिक्री भएर गैर–आख्यानविधामा सर्वश्रेष्ठ बिक्री भएको पुस्तकको रूपमा दर्ज’
करिब ५० वर्ष पहिले, लेखक रोबर्ट कारोले आधुनिक अमेरिकी इतिहासको सबैभन्दा प्रभावशाली गैर–आख्यान कृतिहरूमध्ये एक ‘द पावर ब्रोकर पुस्तक लेखेका थिए । यस पुस्तकमा कारोले न्यूयोर्कका प्रभावशाली व्यक्ति रोबर्ट मोसेसको जीवनकथा मार्फत त्यसबेलाको समाज र राजनीतिका बारेमा विश्लेषण गरेका छन् । रोर्बट मोसेस एक अनिर्वाचित प्रशासक उच्च तहको राजनीतिक शक्तिको दलालमा परिणत भएको देखाएको छ । उनले आफ्नो अधिकारलाई प्रयोग गर्दै शहर र वरपरका क्षेत्रहरूलाई परिवर्तन गरे, त्यसो गर्दा उनले प्रायः आफ्नो महत्वाकांक्षाको विकासको बाटोमा उभिएका श्रमिक परिवारहरूको हितलाई हतोत्साहित मात्र होइन, ध्वस्त नै गरे ।
‘द पावर ब्रोकर’ एक कालजयी पुस्तक हो, जसले शक्ति र यसको बृहत्तर प्रभावलाई चित्रण गरेको छ। लेखक रोबर्ट कारोले लेखेको यो पुस्तक अमेरिकी इतिहासका एक अत्यन्तै प्रभावशाली, तैपनि विवादास्पद व्यक्ति रबर्ट मोसेसको जीवन र करियरमा आधारित छ। प्रकाशित भएको पाँच दशक भइसकेको भए पनि यो पुस्तक अझै पनि दुनियाभरका सत्ता र शक्तिमा लिप्त व्यक्तिहरूका लागि एक पठनीय पुस्तकका रूपमा रहेको छ।
‘द पावर ब्रोकर यो वर्ष मात्रै (२०२४ मा मात्र) ४०,००० भन्दा बढी प्रतिहरू बिक्री भएर गैर–आख्यानविधामा सर्वश्रेष्ठ बिक्री भएको पुस्तकको रूपमा दर्ज’
मोसेसले न्यूयोर्क शहरको भौतिक र राजनीतिक संरचनामा गहिरो प्रभाव पारेका थिए। उनले भवन, राजमार्ग र पार्कहरू निर्माण गरेर न्यूयोर्कलाई आधुनिक बनाउने सपना पालेका थिए। तर उनको कार्यशैलीले थुप्रै आलोचना पनि बटुल्यो। उनी कुशलता र रणनीतिक बुद्धिमत्ताका कारण प्रसिद्ध भए भने जनताको चाहनालाई वेवास्ता गर्दै आफ्ना योजनाहरू लागू गर्ने जिद्दीका कारण कुख्यात पनि बने।
‘द पावर ब्रोकर’ले देखाएको छ कि कसरी शक्ति पाएको व्यक्तिले त्यो शक्ति जनताको सेवा र हितमा भन्दा पनि आफ्नो व्यक्तिगत महत्वाकांक्षालाई पूरा गर्नका लागि प्रयोग गर्छ। यसले नीतिगत निर्णयहरूको अदृश्य शक्ति खेल र तिनको वास्तविक परिणामबारे गहिरो अन्तर्दृष्टि दिन्छ। दुनियाभरका सत्ता–भोकाहरूका लागि यो पुस्तक एक चेतावनी पनि हो र उनीहरूको मार्गदर्शनका लागि एउटा सुन्दर प्रहसन पनि।
शक्ति प्राप्त गर्नका लागि जुन प्रकारको रणनीति, जिद्दी र निष्कपटताले काम गर्छ, ‘द पावर ब्रोकर’मा त्यसको प्रस्ट चित्रण गरिएको छ। यही कारणले यो पुस्तक आज पनि राजनीतिज्ञ, प्रशासक र सत्ताप्रेमीहरूमाझ लोकप्रिय छ।
यस पुस्तकले सन्देश दिन्छ कि शक्तिको सही प्रयोग नै साँचो नेतृत्व हो। यदि नेतृत्व गर्नेले आफ्नो शक्तिलाई सन्तुलित रूपमा प्रयोग गरेन भने त्यसले समाजमा नकारात्मक असर पार्न सक्छ। ‘द पावर ब्रोकर’ले शक्ति र नेतृत्वको यो दुर्गम पथलाई सजिलो भाषामा उजागर गरेको छ।
यो पुस्तक केवल अमेरिकाको परिप्रेक्ष्यमा मात्र सिमित छैन, बरु संसारभरका तिनै नेताहरूका लागि एउटा दर्पण हो जसले शक्तिको प्रयोग र दुरुपयोगको गहिरो अन्तर्दृष्टि दिन्छ। ‘द पावर ब्रोकर’ आजका सत्ता–भोकाहरूका लागि एउटा चेतावनीको रूपमा अवश्य पढ्नैपर्ने पुस्तक हो।
यो ऐतिहासिक पुस्तक, प्रकाशन भएको अर्को वर्ष सन् १९७५ मा पुलित्जर पुरस्कार जितेको थियो ।पछिल्लो समय १,२४६ (झण्डै१३सय) पृष्ठको यो पुस्तकलाई बारम्बार उद्धृत गरिएको छ । “यो पुस्तकलाई विशेष महत्वका साथ देखाउनु भनेको मौजुदा राजनीतिले कसरी काम गरेको छ भन्ने जान्न प्रेरित गर्नु हो ।
हुन त पुस्तकमा कारोले न्यूयोर्कका एक अनिर्वाचित अधिकारीले कसरी पदको दुरुपयोग गरे भन्ने कुरालाई तत्कालीन समाजको दमित चेतानास्तरलाई उजागर गरेका छन् । यो स्थिीतिमा अझै पनि अमेरिकी समाजमा पारिवर्तन नदेखिनु लज्जास्पद कुरा हो । फेरि पनि अमेरिकी जनसंख्या निर्वाचित तानाशाह खोज्न रुचाउने समाजभन्दा माथि उठ्न नसकेको प्रष्टै छ ।
यो पुस्तकका बारेमा अमेरिकी राष्ट्रपतिहरूले उनीहरूको करियरमा समेत गहिरो प्रभाव पारेको भन्दै मुक्त कण्ठले प्रशंसा गरेका छन् । लेखक रोबर्ट कारोलाई राष्ट्रिय मानविकी पदक प्रदान गर्दै राष्ट्रपति बाराक ओबामाले भनेका थिए , “म २२ वर्षको उमेरमा ‘द पावर ब्रोकर’ पढ्दा मोहित भएको थिएँ, र यसले कसरी राजनीतिबारे सोच्नुपर्छ भन्ने विषयमा मलाई अवश्य प्रभाव पारेको छ ।”
यस वर्ष, पाठकहरूले पुस्तकको ५०औँ वार्षिकोत्सव मनाउँदै लेखकसँगको अन्तर्वार्ता र न्यूयोर्कको ऐतिहासिक समाजमा भव्य प्रदर्शनीको मजा लिएको द न्युयोर्ककरले विस्तृतमा लेखेको छ ।. हाल २०२४ को अमेरिकी राष्ट्रपतीय चुनाव केही दिन मात्र बाँकी रहेका बेला पुस्तकको सन्देशलाई मतदाताहरूले विचार गर्नु उपयुक्त हुने वाशिंगटन पोष्टले उल्लेख गरेको छ ।
सत्ता सम्हाल्ने व्यक्तिको नैतिकता र नैतिक चरित्रले नागरिकहरूको जीवनमा कस्तो गहिरो प्रभाव पार्न सक्छ भन्ने मतदाताले पर्गेल्न सके अमेरिकाको जारी निर्वाचन र दुनियाभरका उदार लोकतन्त्रहरुलाई मद्धत पुग्न सक्छ । हुन त पुस्तकमा कारोले न्यूयोर्कका एक अनिर्वाचित अधिकारीले कसरी पदको दुरुपयोग गरे भन्ने कुरालाई तत्कालीन समाजको दमित चेतानास्तरलाई उजागर गरेका छन् । यो स्थिीतिमा अझै पनि अमेरिकी समाजमा पारिवर्तन नदेखिनु लज्जास्पद कुरा हो । फेरि पनि अमेरिकी जनसंख्या निर्वाचित तानाशाह खोज्न रुचाउने समाजभन्दा माथि उठ्न नसकेको प्रष्टै छ ।
“यदि एउटा सडक श्वेत र अश्वेत समुदायलाई विभाजित गर्ने उद्देश्यले निर्माण गरिएको छ भने, वा यदि न्यूयोर्कमा प्रायः अश्वेत र प्यूर्टोरिकन बच्चाहरूलाई समुद्री किनारमा लैजाने बसहरू केही अग्लो पुलमुनि जान नसक्ने गरी बनाइएको छ भने, त्यो स्पष्ट रूपमा ती डिजाइनको छनोटहरूमा रहेको जातिवादलाई प्रतिबिम्बित गर्दछ”
रोबर्ट न्यूयोर्कमा जन्मेका र प्रिन्स्टन विश्वविद्यालयबाट स्नातक गरेपछि अनुसन्धानात्मक पत्रकारितामा वर्षौं अनुभव हासिल गरेपछि द पावर ब्रोकर लेखेका थिए । न्युजडेमा पत्रिकामा कार्यरत रहँदा उनले , “हरेक पृष्ठ पल्टाउन झन्झट नमान्ने र केही पनि अनुमान नगर्ने ।” मन्त्र पाएको उनको २०२२ मा प्रकाशित वृत्तचित्र “टर्न एभरी पेज” मा रोचक रुपले देखाइएको छ । न्यूयोर्कको राजनीतिका भित्री आयाममा डुबेर र अधिकारी मोसेसको लुकाइएको अनाधिकृत हस्तक्षेप पत्ता लगाउँने क्रममा लेखक कारोले द पावर ब्रोकर पुस्तक नै तयार गर्न पुगेका हुन् ।
कारोको सबैभन्दा धेरै प्रसिद्ध पुस्तक द पावर ब्रोकर लाई निर्विवाद भन्न सकिन्छ, केवल १३०० पृष्ठहरू पढ्दा कहिलेकाहीँ तल माथि राख्नु पर्दा शरिरको दुखाइ बढ्ने र मांशपेशीको सन्तुलन भने मिलाएर पढ्नु पर्दछ
१९७४ मा प्रकाशित द पावर ब्रोकरले त्यस यताका सवै पुस्ताहरूलाई प्रभावित गरेको छ । यो पुस्तकले एउटा शहर र राज्यको पूर्वाधार, त्यहाँको परमपरा र संकृतित तथा जातिय र वर्गीय पूर्वाग्रहरुले कसरी राजनीतिलाई आकार दिन्छ भन्ने तथ्यलाई प्रष्ट्याएको छ । “यदि एउटा सडक श्वेत र अश्वेत समुदायलाई विभाजित गर्ने उद्देश्यले निर्माण गरिएको छ भने, वा यदि न्यूयोर्कमा प्रायः अश्वेत र प्यूर्टोरिकन बच्चाहरूलाई समुद्री किनारमा लैजाने बसहरू केही अग्लो पुलमुनि जान नसक्ने गरी बनाइएको छ भने, त्यो स्पष्ट रूपमा ती डिजाइनको छनोटहरूमा रहेको जातिवादलाई प्रतिबिम्बित गर्दछ,” सन् २०२१ मा यातायात मन्त्री पीट बुटिजेजले राजमार्ग डिजाइनबारेको एक छलफलमा व्यक्त गरेको टिप्पणीले कारोको पुस्तकको सारलाई डरलाग्दोगरी संकेत गरेको थियो (फरेन पोलिसीः २०२४) । मोसेसले दक्षिणी राज्य पार्कवेमा बसहरूलाई जान नदिने गरी पुलहरू निकै होचा बनाउन लगाएको घटना कारोले पुस्तकमा उल्लेख गरेका छन् । त्यसो गर्नुको कारण धेरै अश्वेत बासिन्दाहरूलाई समुद्री किनारमा पुग्नबाट वञ्चित गर्नु थियो । जसले गर्दा समुन्द्री किनारामा नांङ्गिने अधिकार केवल ह्वाइटहरुमा मात्र सिमीत गर्न सकियोस् । जब कि पहिले नै सडक त श्वेत र अश्वेतका लागि छुट्टै नै बनाइएको थियो ।
क्यारोको यो पुस्तक, अमेरिकाको सबैभन्दा ठूलो नगर योजनाकारको प्रोफाइलले कसरी लाखौं जीवनहरूलाई अझै पनि एकल दर्शनद्वारा दैनिक क्रमबद्ध गरिरहेको छ भन्ने कुराको अतुलनीय विश्लेषण हो ।
प्राविधिक रूपमा, रोबर्ट कारोको पुस्तक द पावर ब्रोकर सहरी योजनाकार रोबर्ट मोजेसको जीवनी हो । तर त्यो वर्णन धेरै गणनाहरूमा हास्यास्पद रूपमा अपर्याप्त महसुस हुन्छ । चार दशकभन्दा बढी समयसम्म, विशेष सहरी योजनाकारका रुपमा न्युयोर्कको सबैभन्दा शक्तिशाली व्यक्ति थिए । उनी एक अनिर्बाचित सम्राट जसले मेयरहरू र गभर्नरहरूमाथि प्रभुत्व जमाएर कथित रूपमा प्रभारी बने। त्यही कारणले इच्छाशक्तिको सरासर शक्तिद्वारा सहरलाई भौतिक रूपमा पुनः आकार दिए । क्यारोको यो ठूलो ठेलीले , एक महाकाव्य भन्दा जीवन कथा भन्छ, जसले सामान्य रूपमा शक्तिको सावधानीपूर्वक विस्तृतरुपमा अध्ययनः गर्दै शक्ति कसरी प्राप्त हुन्छ, शक्तिलाई कसरी इतिहास परिवर्तन गर्न प्रयोग गरिन्छ, सत्ताले अन्ततः शक्ति प्राप्त गर्नेहरूलाई नै कसरी भ्रष्ट बनाउँछ भन्ने ऐना पनि हो यो पुस्तक ।
बाराक ओबामाले २२ वर्षको उमेरमा यो पुस्तक पढेका थिए । तर यसका विषयवस्तुहरू पुरानो जस्तो लाग्ने धेरै घटनाक्रमहरु छन् । लिन्डन जोन्सनको धेरै भागमा प्रकाशित जीवनी जस्तै भन्न पनि सकिन्छ । कारोको सबैभन्दा धेरै प्रसिद्ध पुस्तक द पावर ब्रोकर लाई निर्विवाद भन्न सकिन्छ, केवल १३०० पृष्ठहरू पढ्दा कहिलेकाहीँ तल माथि राख्नु पर्दा शरिरको दुखाइ बढ्ने र मांशपेशीको सन्तुलन भने मिलाएर पढ्नु पर्दछ दश वर्ष पहिले नै द गार्डियन पत्रिकाले समीक्षा गर्दै उल्लेख गरेको कुरा ठुला पुस्तकका ठेली पढ्दाको दुखलाई सम्झाउने खालको छ ।
मोशेसले ४४ वर्षको शासनकालमा, उनले लगभग ७०० माइल सडक निर्माण गरे । यो भित्र विशाल राजमार्गहरू समावेश छन्, जुन शहरबाट लङ्ग आइल्यान्ड र अपस्टेट न्यूयोर्कलाई छुन्छ । २० हजार एकड पार्कल्याण्ड र सार्वजनिक समुद्र तटहरू, साथै ६५८ वटा खेल मैदानहरूस सात वटा नयाँ पुलहरूः –संयुक्त राष्ट्र मुख्यालय, सेन्ट्रल पार्क चिडियाखाना र लिंकन सेन्टर कला परिसर जोड्ने समेत २७ अर्ब डरलको खर्च, अमेरिकी इतिहासमा निर्माण भएका त्यसअघिका कुनै पनि अघिल्ला अभियानलाई पछि पारेको छ । बीसौं शताब्दीमा लुइस ममफोर्डले लेखेका थिए ‘अमेरिकाका सहरहरूमा रोबर्ट मोसेसको प्रभाव अरु कोही व्यक्तिको भन्दा बढी थियो ।‘मोशेसको दर्शनको मार्गमा आफूलाई भेट्ने लगभग ५ लाख मानिसहरूलाई उनीहरूको घरबाट बेदखल गरियो ।
प्रश्न उठ्छ के यसो गरेर उनले न्युयोर्कलाई आधुनिक युगमा तानेका थिए ? धेरै आवश्यक सार्वजनिक कामहरूका लागि असहनीय झुपडीहरूको उन्मूलन, भ्रष्ट राजनीतिज्ञ र जग्गा मालिकहरूको विरोधको विरुद्धमा उनि उभिएका थिए र ? वा उनले सहरलाई लगभग नै समाप्त गरिदिए ? त्यहाँका मानव बासिन्दाहरूलाई कारको सार्वभौमसत्ताको वशमा पारेर उनले के दिए ? यस्ता प्रश्नले नै यो पुस्तकलाई अहिले दुनियाभरमा जारी विकासका सन्दर्भमा बढी सन्दर्भिक बनाएको हो ।
तर रोबर्ट मोसेसको चाँडै नै निर्दयी व्यावहारिकताले धेरै कामहरू गरेको थाहा पाए । एउटा प्रारम्भिक घटना प्रतीकात्मक छः न्युयोर्क राज्य विधेयकको बोरिंग उप–खण्डहरूमा गहिरो, गरी ‘विनियोग‘ शब्दको मौलिक पुनर्परिभाषालाई गाडे । जसले गर्दा कानून, एक पटक पारित भएपछि, लङ्ग आइल्यान्ड स्टेट पार्क कमिसनलाई दिइयो । त्यसलाई मोसेसले नियन्त्रण गरे । ‘आफ्नै कानून लेख्ने, उनीहरूलाई लागू गर्न आफ्नै प्रहरीहरू भाडामा लिने र अभियोजकहरूलाई मुद्दा चलाउने‘ समेत शक्ति दिएका थिए ।
जब मोशेशमाथि समुदायहरूलाई नष्ट गरेको आरोप लगाइयो, त्यो बेला उनले दिएको जबाफ आफैंमा विष्मयकारी छ । ‘म अन्डा नफोडी आमलेट बनाउन सक्ने शेफको प्रशंसा गर्छु।‘ मोशेसले भविष्यलाई बुझ्न सकेनन्, जसमा सामूहिक पारवहन, साइकल वा पैदल हिँडाइले केन्द्रीय भूमिका खेल्न सक्छ।
मोशेशले भव्य पार्कहरू बनाएका थिए, तर अँध्यारो भएपछि तपाईं तिनीहरूलाई भेट्न पागल हुनुहुन्थ्यो । आज, यो विश्वको सबैभन्दा सुरक्षित ठुला सहरहरू मध्ये एक हो
उनको नयाँ पुल र राजमार्गहरूले ट्राफिक समस्या समाधान गरिरहेका छैनन् भनेर बढ्दो चेतावनीका साथ सहरका अधिकारीहरूले ध्यान दिनु अघि उनले न्यूयोर्कको पुनः आकार दिने अभियान धेरै अगाडि बढेको थिएन । मोशेशले जिद्दीपूर्वक सब–वेमा खर्च गर्न वा थोरै फराकिलो सडक निर्माण गर्न अस्वीकार गरे, जसले गर्दा रेल ट¥याकहरू बिचबाट तल जान सकून् । उनले न्युयोर्कको ड्राइभिङ कति नारकीय भएको थियो भनेर बुझ्न असफल भए । कार संस्कृतिका महान प्रचारकले कहिल्यै ड्राइभिङ गर्न सिकेका थिएनन्, र उनी जहाँ गए पनि, प्रायः पुलिसद्वारा अग्रिम रूपमा सफा गरिएका सडकहरूका चालक बन्थे ।
जब द पावर ब्रोकर पुस्तक प्रकाशित भएको थियो, सहर सडक अपराध, हत्या, घरबारविहीन र क्र्याक लतको महामारीको स्तर पनि द्रुत गतिमा बढिरहेको थियो । मोशेशले भव्य पार्कहरू बनाएका थिए, तर अँध्यारो भएपछि तपाईं तिनीहरूलाई भेट्न पागल हुनुहुन्थ्यो । आज, यो विश्वको सबैभन्दा सुरक्षित ठुला सहरहरू मध्ये एक हो, जसमा बढ्दो साइकल संस्कृति, पैदल यात्री क्षेत्रहरूको अभूतपूर्व विस्तार, र अझै पनि ग्रहकै राजधानी भएको राम्रै दाबी गरिन्छ । अर्कोतर्फ, ट्राफिक अझै पनि डरलाग्दो छः मोटर चालक–मैत्री पुलिस र अभियोजकहरू अझै पनि खतरनाक चालकहरूसँग आश्चर्यजनक रूपमा संघर्ष गर्न परिरहेकै छ ।
मोसेसले कसरी आफ्नो शक्ति विस्तार गरेका थिए भन्ने विवरण सहितको यो पुस्तक लेखनका लागि कारोेले पनि ७ वर्ष लगाएका थिए ।
शक्ति र महत्वाकांक्षाले सहरी वातावरणलाई कसरी आकार दिन्छ भन्ने विवरणको रूपमा, द पावर ब्रोकरलाई अझै चुनौति दिन असम्भव प्रतित हुन्छ । न्यू हेवनमा जन्मेका र न्यूयोर्कमा हुर्केका मोसेसले येल, अक्सफोर्ड, र कोलम्बियामा शिक्षा लिएपछि शहर र राज्यको सरकारमा सफलता पाउन चाहन्थे । सुरुमा उनले सुन्दर पार्कहरूको निर्माण र विस्तारमा सहयोग गरेर प्रगतिवादी आदर्शहरूलाई साकार पार्ने, राज्यभरि मानिसहरूलाई आवतजावत गर्न सजिलो बनाउन राजमार्ग र पुलहरूको निर्माण गर्ने, र ऐतिहासिक सांस्कृतिक संस्था, स्टेडियम, र मनोरञ्जनको लागि समुद्र किनार बनाउने उद्देश्य राखे । मोसेसले १९२० र ३० को दशकमा विभिन्न शहर र राज्यका जागिरहरू गर्दै आफ्नो करियर सुरु गरेका थिए । पछि, उनी लङ आइल्याण्ड स्टेट पार्क आयोगका अध्यक्ष र स्टेट काउन्सिल अफ पार्कको अध्यक्ष बने । १९२७ मा, उनले गभर्नर अल स्मिथअन्तर्गत दुई वर्ष सचिवालय काम गर्न पाएका बेला आफ्नो शक्तिलाई विस्तार गर्न योजनावद्ध रुपले उपयोग गरे दशकौंसम्म, मोसेसले बच्चाहरूले बेसबल कार्डहरू सङ्कलन गरेजस्तै जागिरहरू सङ्कलन गरिरहे–अर्थात् सत्ताको शक्ति उपभोग गरिरहे) । लामो र अविछिन्न रुपमा आफ्नो चातुर्य प्रयोग गर्दै न्यूयोर्क सरकारमाथि आफ्नो पकड कस्दै लगे । मोसेसले कसरी आफ्नो शक्ति विस्तार गरेका थिए भन्ने विवरण सहितको यो पुस्तक लेखनका लागि कारोेले पनि ७ वर्ष लगाएका थिए ।
सत्ताले सधैं के गर्छ भने, त्यो व्यक्ति भित्रको वास्तविकता उजागर गर्छ । जब कुनै व्यक्ति यस्तो स्थितिमा पुग्छ, जहाँ उसले चिन्ता गर्नुपर्दैन, तब तपाईंले उसले सधैं के गर्न चाहन्थ्यो भनेर देख्न सक्नुहुन्छ।”
समयक्रमसँगै मोसेसको प्रगतिशील आदर्शवाद उनको निर्मम शक्ति–पिपासाले ध्वस्त भयो । उनको विशाल राजनीतिक पूँजी र सरकारी कोषमाथिको नियन्त्रणले उनलाई लगभग कसैले छुन नसक्ने शक्तिशाली बनाइदियो । मेयर र गभर्नरहरू आए, अनि गए, तर मोसेस सधैं स्थायी रहे । कुनै प्रकारको जवाफदेही सामना नगरी लगातार संरचना बनाउने आफ्नो अतृप्त चाहनाले उनलाई त्रासदीपूर्ण मोडमा पु¥याएको थियो । उनको मोटरगाडीको मोहले सार्वजनिक यातायातको सम्भावना समाप्त पार्यो भने अमेरिकी श्रमिक समुदायलाई विस्थापित गरेर उनले आफ्ना परियोजनाहरूका लागि बहुमूल्य सम्पत्ति कब्जा गरे । जो उनको बाटोमा आए, मोसेस उनीप्रति मानव ‘रेकिङ बल’ बने । उनका आफ्नै व्यक्तिगत पूर्वाग्रहहरूले न्यूयोर्कका संरचना बनेका छन् । मोसेसले भनेका थिए, ‘यदि अन्तले साधनलाई औचित्य दिन सक्दैन भने, केले दिन्छ ?‘
पुस्तकको एक अत्यन्त हृदयविदारक खण्डका रुपमा ‘एक माइल‘मा कारोले क्रस ब्रङ्क्स एक्सप्रेसवेको केवल एक माइलले ल्याएको विनाशको वर्णन गरेका छन् । जसले सयौं परिवारलाई उनीहरूको घर, सडक र समुदायबाट वञ्चित गरायो । पूर्व ट्रेमन्टमा बसोबास गर्ने आप्रवासी समुदायबारे लेख्दै कारो भन्छन्, “यदि एक्सप्रेसवेको फोहरले यसको अध्ययन गर्नेहरूलाई चकित तुल्यायो भने, यो त्यहाँ बस्ने र त्यस मार्गको वरिपरिका मानिसहरूका लागि दुःखदायी थियो । किनकि तिनका लागि नष्ट गरिएका ५४ अपार्टमेन्ट भवनहरू केवल संरचना मात्र नभएर घर थिए।”
वास्तवमै व्यापारको खतरनाक पक्ष परियोजनाहरू प्रस्ताव गर्ने वा कार्यान्वयन गर्ने बेला उत्पन्न हुने विरोधलाई सामना गर्नु मात्र होइन, तर इतिहासको मूल्यांकन गुर्न पनि हो । कारोको पुस्तक यस मूल्यांकनको सुरुवात हो । उनले मोसेसका लगभग सबै कुरालाई प्रश्न गरेका छन । जस्तो मोसेसकोे कार्यनीति र रणनीतिहरू, उनको काम गर्ने विधि र उद्देश्यहरू, उनको दृष्टि र विचारधारा, उनको इमानदारी र अखण्डता, उनको चरित्र र शिष्टता समेतमाथि समेत ।
द पावर ब्रोकर यो वर्ष मात्रै (२०२४ मा मात्र) ४०,००० भन्दा बढी प्रतिहरू बिक्री भएर गैर–आख्यानविधामा सर्वश्रेष्ठ बिक्री भएको पुस्तकको रूपमा दर्ज भएको अमेरिकी मिडियाहरुले दावी गरेका छन् । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले आफ्नो पदबाट हात धुनु पर्ने शक्तिको दुरुपयोगलाई भण्डाफोर गरेको वाटरगेट काण्डले उनको पतन गराएपछि धेरै कुरा छताछुल्ला पारेको थियो । भियतनामको आघातले अमेरिकालाई थला पारिसकेपछि वाटरगेट अन्ततः सरकारमा रहेको विश्वासप्रतिको अन्तिम कुञ्जी ठहरियो । सन् १९७४ मा द पावर ब्रोकर को प्रकाशनको समय, जब अमेरिकाका धेरै मानिसहरूलाई मोसेसको बारेमा थाहा नै थिएन । उनी सत्ता कसरी भ्रष्ट हुन सक्छ भन्ने कुराको प्रतीकका रूपमा उदाएका थिए ।
मोसेसले जसरी शक्ति प्रयोग गरे, त्यो अनिवार्य नभएको भन्दै कारोले भनेका छन्, “सत्ताले सधैं भ्रष्ट गर्दैन । सत्ताले सधैं के गर्छ भने, त्यो व्यक्ति भित्रको वास्तविकता उजागर गर्छ । जब कुनै व्यक्ति यस्तो स्थितिमा पुग्छ, जहाँ उसले चिन्ता गर्नुपर्दैन, तब तपाईंले उसले सधैं के गर्न चाहन्थ्यो भनेर देख्न सक्नुहुन्छ।”
राजनीतिक शक्ति राम्रो वा नराम्रो दुवै काममा प्रयोग गर्न सकिन्छ । पूर्व राष्ट्रपति लिंडन बी. जोनसनको जीवनीमा, कारोले पाठकहरूलाई देखाएजस्तै जोनसनले कसरी आफ्नो शक्तिलाई समाजको हितमा प्रयोग गरे भन्ने सन्दर्भका लागि सन् १९५७ र १९६४ का नागरिक अधिकार ऐनहरू पारित भएको घटनालाई कारोले सकारात्मक शक्तिको अर्थका रुपमा तर्क गरेका छन् । अर्कोतर्फ, मोसेसको जीवनले गलत सोच भएका व्यक्तिहरूलाई सुम्पिएको राजनीतिक शक्तिले तिनीहरूलाई कतिसम्म भ्रष्ट पार्न सक्छन् भन्ने देखाएको छ ।
जारी अमेरिकी राष्ट्रपतिय चुनावमा, मुद्रास्फीति, आप्रवासन, र प्रजनन अधिकारबारेको सबै चर्चा हुँदै गर्दा, द पावर ब्रोकर द्वारा सोधिएको प्रश्न नै सबैभन्दा आधारभूत प्रश्न हुन सक्छः सत्तालाई सम्हाल्नका लागि मतदाताहरूले कसलाई विश्वास गर्न सक्छन् ?
कारोको पुस्तकले मोसेसलाई उपयोग गरेर देखाएको आजको कटु सत्य के हो भने कुनै व्यक्ति सत्तामा पुगेपछि जनताको निरीक्षणको सामना गर्नुपर्दैन, तब कसरी राजनीतिक शक्तिले लोकतन्त्रलाई कमजोर बनाउनसक्छ ।
भारतमा इन्दिरा गान्धीको संकटकाल, नेपालमा पछिल्लो पटकको संसद विघटनको घटनालाई यस्तै शक्ति भोकाहरुको प्रहसन मान्न सकिन्छ ।
द पावर ब्रोकरले उठाएको चिन्ता विशेषगरी यस चुनावमा रिपब्लिकन उम्मेदवारको छनोटसँग अत्यन्त सान्दर्भिक छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, जो २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन योजनावद्ध गरिएको प्रयासका लागि बद्नाम छन् । र उनले आफ्नो पक्षमा नभए चुनाव अस्वीकार गर्ने प्रवृत्ति निरन्तर कायम राख्दै आएका छन् । उनले नै यस वर्षको चुनावलाई फेरि कारोले उठाएका मुद्दाहरूमा फर्काएका छन् । ट्रम्पले चुनाव प्रणालीलाई धम्की दिनेमात्रैमा सिमिति गरेका छैनन्, उनले राष्ट्रपति पदको शक्ति प्रयोग गर्दा सबै सुरक्षा उपायहरू त्याग्ने आफ्नो उद्देश्य स्पष्ट रूपमा बताइरहेका छन् । अर्थात् आफ्ना घरेलु शत्रुहरूविरुद्ध सेना प्रयोग गर्ने धम्की दिएका छन् ।
द पावर ब्रोकरको सन्देश कसरी व्यक्तिहरूले राजनीतिक शक्तिलाई भ्रष्ट पार्न सक्छन् र त्यस अद्भुत शक्तिलाई अत्यन्त विनाशकारी तरिकामा प्रयोग गर्न सक्छन् भन्ने हो । भारतमा इन्दिरा गान्धीको संकटकाल, नेपालमा पछिल्लो पटकको संसद विघटनको घटनालाई यस्तै शक्ति भोकाहरुको प्रहसन मान्न सकिन्छ ।
राजनीतिक शक्ति त्यस्ता पदाधिकारीहरूको हातमा पछर्, जसले आफ्नो स्वार्थलाई जनताको हितभन्दा माथि राख्छन्, त्यसले हजारौंका जीवनहरू ध्वस्त पार्न सक्छन् भन्ने खतरा एक्काइसौं शताव्दीको उन्नत भनिएको युगमा पनि पटक पटक विश्वभरि दोहरिनु ऐतिहासिक विडम्वना हो ।
(कारोको पुस्तक र केही मिडिया टिप्पणीहरुको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्