ट्रम्पको चुनाव ट्रम्पका लागि थिएन । यो अमेरिकाको शासक वर्गको अनुहारमा एउटा धड्कन बिचको औँला थियो, खुसी देशहरूले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चयन गर्दैनन् । निराशहरूले गर्छन् । फ्रान्सेली क्रान्तिदेखि यताका पींध तहका कुराले डराउने बनाएको छ ।
यो पुस्तक शीर्षक उत्साहजनक लाग्दैनः ‘एन्ड टाइम्स – कुलिनहरू, प्रतिकुलिनहरू र राजनीतिक विघटनको बाटो‘ (जुलाई २०२३) । (यहाँ पुस्तकको मूल नामको रुपान्तरण भन्दा अङ्ग्रेजीमा नै उपयुक्त लागेर फेरिएको छैन –ले) तर यो एउटा असाधारण विश्लेषकद्वारा गरिएको महत्वपूर्ण विषय हो । पीटर टर्चिन “गणितीय जीवविज्ञानी“ हुन्, विशेष गरी डाटा विज्ञान र पारिस्थितिकीमा उनको विशेषज्ञता छ । उनले यो विशेषज्ञतालाई ऐतिहासिक परिवर्तनहरूको विश्लेषणमा डाटा विज्ञान प्रयोग गर्नका लागि नयाँ क्षेत्रमा लगेर क्लियोडाइनामिक्स नामको नयाँ विषयको प्रारम्भ गरेका छन् ।
१९७६ र २०१६ को तुलनामा, हाई स्कूल डिग्री भएका कामदारहरूले वास्तविक ज्याला १९.२५ डलरबाट घटेर १८.५८ डलर प्रति घण्टा को अवस्था बन्यो । जबकि हाई स्कूल डिग्री नभएकाहरुलाको ज्याला १५.५० बाट १४.६६ डलरमामा सङ्कुचित भएको थियो
टर्चिनलाई समाजहरू कसरी विघटनमा जान्छन् भन्ने र इतिहासमा देख्न सकिने एकता र विघटनका चक्रहरूको बारेमा चासो छ । स्वर्णयुगपछि पतन र अशान्ति आउँछ, र फेरि पुनःउत्थान हुन्छ । इतिहासमा चक्रहरूको अवधारणा नयाँ होइन – पुस्तकले भन्छ, तेह्रौं शताब्दीमा नै उत्तर अफ्रिकी इतिहासकार इब्न खल्दुनले यसलाई पहिचान गरेका थिए, र चिनियाँ इतिहासकारहरूले त योभन्दा धेरै पहिले नै यसबारे उल्लेख गरेका थिए । नयाँ कुरा यो हो कि यस अन्तज्र्ञानपूर्ण अवधारणामा वैज्ञानिक दृष्टिकोण अपनाउने क्षमता यसमा देखिन्छ । सयौं विभिन्न उदाहरणहरूबाट उपयोगी डाटा सङ्कलन गर्ने र तिनीहरुभित्र ढाँचाहरू खोज्ने अवसर पुस्तकमा मज्जैले भेट्न सकिन्छ ।
लेखकले चेतावनी दिन्छन् कि यी ढाँचाहरू साधारण वा बिल्कुलै ठ्याक्कै उस्तै छैनन्, तर तैपनि ती स्पष्ट छन् । अशान्तिका अवधि निश्चित क्रमको अनुसरण गर्छन् । राम्रो समयहरूमा बिग्रन थाल्छ जब कुलिन र बहुसंख्यकबीचको खाडल बढ्न थाल्छ । कुलिनहरू धनी हुँदै गइरहेका छन्, जबकि अरू सबैको हिस्सा घट्दैछ । यसले ठूलो असन्तोष उत्पन्न गर्छ । टर्चिनको रोजाइको शब्दमा ‘जनतामा असहायता’ बढेको छ ।
वितेको दशकमा, धेरै अमेरिकीहरूलाई आफ्नो समाज संकटमा फस्दै गएको बारे गहिरो डर उत्पन्न भएको देखिन्छ । लगातार बढ्दो ध्रुवीकरण, आर्थिक असमानता र मुद्रास्फीतिले दायाँ र बायाँ दुवै तर्फबाट देशका कुनै समय सम्मानित राजनीतिक संस्थाहरू अव्यवस्थित र अवैध भएको महसुस गरेका छन् । विशेष गरी युक्रेन–रुस युद्ध र पछिल्लो मध्यपूर्वको नरसंहार र आतांकको संकटले भूराजनीतिक आयाम लिएको छ, जसले गर्दा धेरैलाई यो समय उनीहरूको जीवनकालको कुनै पनि अन्य अवधिभन्दा बढी खतरनाक भएको डर उत्पन्न गरेको छ । झन् चिन्ताजनक कुरा त के भने, सुरक्षाको बाटो स्पष्ट छैन; लोकतान्त्रिक प्रणालीलाई ठप्प हुनबाट रोक्दै अर्को चुनाव पार गर्नु नै अमेरिकीहरुलाई ठूलो उपलब्धि जस्तो लागेको देखिन्छ । यस्तो बेलामा इतिहासलाई उधिनेर भविष्यलाई कता लैजाने भन्ने बारेमा पिटर टर्चिनको पुस्त इण्ड टाइम्स समायिक देखिन्छ ।
इतिहासलाई जटिल गणितको माध्यमबाट अध्ययन गर्दै, टर्चिनले मानिसको आशा र असफलताका कथाहरूका चक्रीय प्रवृत्ति देखाउन खोज्दछन् – र यो धेरै हदसम्म विश्वासयोग्य पनि छन् ।
टर्चिनले एक हानिकारक “वेल्थ पम्प“ को वर्णन गर्दछन्, जसले जनसङ्ख्याको ९०% बाट सम्पत्ति चुसेर र यसलाई उच्च १०%, वा विशेष गरी शीर्ष १% मा वितरण गर्दछ ।
यस्तो निष्कर्षमा पुग्न प्रयोग गरिने पद्धति जटिल हुनसक्छ – जुन फ्रान्सको मध्यकालीन संकट, चीनको ताइपिंग विद्रोह, अमेरिकी गृहयुद्ध र यस्ता विभिन्न घटनाहरूको अध्ययनबाट प्राप्त हुन्छ – तर टर्चिनले उल्लेख गरेका अस्थिरताका शक्ति प्रायः स्पष्ट रूपमा देखिन्छन् ।
पीटर टर्चिनको एन्ड टाइम्स ले वर्तमान र नजिकैको भविष्यलाई पनि यस्तै चक्रीय अवधारणामा चित्रित गर्छ ।, उनले पुस्तागत परिवर्तनमा होइन, “कुलिनहरूको अत्यधिक उत्पादन” को विश्लेषणमा ध्यान दिएका छन्, जसले कुलिनहरूबीचको द्वन्द्व र संस्थाहरूको विघटनलाई निम्त्याउँछ । उनले दाबी गर्छन् कि उनको “क्लियोडाइनामिक” विधिले “व्यावसायिक इतिहासकारहरूले सङ्कलन गरेको विशाल ज्ञानलाई सङ्गठित गर्छ र यसलाई वस्तुगत वैज्ञानिक रूपमा प्रयोग गर्छ ।” यो दृष्टिकोण, स्वाभाविक रूपमा, केही समस्याहरूको विषय बन्ने गर्दछ ।
यो एक उत्कृष्ट पुस्तक हो, विशेषगरी तिनीहरूका लागि जसले हाम्रा अगाडि नै भइरहेको समाजको स्पष्ट विघटनमा चासो राख्छन् । टर्चिनको मोडेलले हाम्रो राष्ट्रिय नाटकमा भइरहेको “अभिजात वर्ग–विरुद्ध–पींध“ गतिशीलतामा प्रकाश पार्दछ ।
जहाँसम्म जटिल मानव समाजहरू अस्तित्वमा छन्, त्यहाँ उनीहरूको आसन्न पतनको भविष्यवाणी गर्ने मानिसहरू पनि छन् । पछिल्ला वर्षहरूमा, संसारको अन्त्यसम्बन्धी भविष्यवाणीहरू बढी वैज्ञानिक बनेका छन्; जनावरको अंगभूत चिह्नहरू र ग्रहहरूको संकेतहरूलाई ठुला डाटाहरूले प्रतिस्थापन गरेको छ। पीटर टर्चिन एक प्रमुख डिजिटल–युगको भविष्यवक्ता हुन् वा उनले भन्न रुचाउने शब्दमा – पतन–शास्त्री । उनले जीवविज्ञानमा प्रशिक्षण लिएर शिकार र शिकारीबीचको सम्बन्धहरूको अध्ययन गर्न सांख्यिकीय मोडेलहरू प्रयोग गरेका थिए । तर १९९० को दशकमा, उनले सोभियत संघको आकस्मिक विघटनको प्रत्यक्ष अनुभव गरेपछि – उनले आफ्नो विश्लेषणात्मक सोचलाई फरक प्रश्नहरूको खोजतर्फ मोडे । जब कि उनका पिता एक निर्वासित असन्तुष्ट रुसी नै थिए । टर्चिनले ऐतिहासिक डाटाको विशाल संकलनमा सांख्यिकीय ढाँचाहरू पत्ता लगाउन प्रयास गरेका छन् र जसले समाजमा भविष्यमा हुने अस्थिरताहरूको भविष्यवाणीको संकेत गर्न सक्छ । सबै प्रतिष्ठित भविष्यवक्ताहरूले जस्तै, उनले सही समयमा आफ्नालागि सही पेसा रोजेजस्तो देखिन्छ ।
टर्चिनले आफ्नो पद्धतिलाई “क्लिओडायनामिक्स“ भनेर नाम दिएका छन् । पुस्तकहरूको शृङ्खलामा वार एण्ड पीस एण्ड वार (२००६) र द एज अफ डिस्कर्ड (२०१६) – उनले आफ्नो डाटासेटहरूको प्रयोग गर्दै शहर र राज्यहरूको युगमा रहेका सबै मानव सभ्यतामा पतनका तत्वहरू कसरी अन्तर्निहित हुन्छन् भन्ने आधार स्थापित गर्न खोजेका छन्। उनले देखाउन मात्रै प्रयास गरेका छैनन् कि जटिल गणितले ती अस्थिर तत्वहरूलाई उजागर गर्न सक्छ । यसले कसरी तिनलाई टार्न मद्दत पु¥याउन सक्छ भन्ने बुझाउनु उनको उद्धेश्य रहेको छ ।
यसको जवाफमा, धेरै इतिहासकारहरूले, जसले आफ्नो विषयलाई विज्ञानभन्दा बढी कला मान्छन्, जटिल समीकरणहरूको माध्यमबाट उनीहरूको जीवनभरको अध्ययनलाई बुझ्न सकिन्छ भन्ने धारणाप्रति घृणा गरेका छन्। उनीहरूका अनुसार समाजमा हुने संकट, क्रान्ति, युद्ध, र सामान्य राजनीतिक परिवर्तनहरू व्याख्या गर्न धेरै नै विविधताहरू छन् ।
यो पुस्तक टर्चिनको पछिल्लो प्रयास हो – केही हदसम्म विश्वासयोग्य – जसले परम्परावादी मान्यतालाई चुनौती दिने उद्देश्य राख्छ ।
यसको प्रामाणिकताको एक हिस्सा उनको डाटासेटहरू अत्यधिक रूपमा बढिरहेको तथ्यमा आधारित छ । सन् २०११ मा टर्चिन, जो कनेक्टिकट विश्वविद्यालयका प्राध्यापक र भियनामा रहेको कम्प्लेक्सिटी साइन्स हबका नेता हुन्,ले सेशत नामक एक परियोजना स्थापना गरे (मिस्रकी अभिलेख देवीको नाममा)। सेशतमा समाजको समृद्धि र पतनका तथ्यांकहरू संकलन गर्ने काममा विशेषज्ञ सहयोगीहरू – मानवशास्त्री, पुरातत्वविद्, इतिहासकारहरू – संलग्न छन्, जसले माथिल्लो मिस्रदेखि तल्लो म्यानह्याटनसम्मका समाजहरूको सबैभन्दा ठूलो डाटासेट तयार गर्दैछन् । सबै नतिजाहरूलाई निरन्तर प्रगतिको कामको रूपमा स्वीकार गर्दै, टर्चिनले मानिसको आशा र असफलताको यस विशाल संकलित कथामा केही चक्रीय प्रवृत्तिहरूलाई अनुमान गरेका छन् ।
“क्लिओडायनामिक्सको लक्ष्य,“ अनुसार “इतिहासका सबै महत्वपूर्ण शक्तिहरूलाई समावेश गर्नु हो, चाहे ती जनसांख्यिकीय, आर्थिक, सामाजिक, सांस्कृतिक वा वैचारिक नै किन नहुन।“ टर्चिनको तर्क छ । यो महत्वाकांक्षा कसाबोनको “की टु अल माइथोलोजिज”को जस्तै लाग्न सक्छ, तर टर्चिनले आफ्नो हठ र शंकालाई डाटा विश्लेषणको अदृश्य हातमा सुम्पिएका छन्
सबैभन्दा सामान्य ढाँचा जुन उनले प्रस्तुत गर्छन्, त्यो हो “एकीकृत र विखण्डित हुने चरणहरूको बारीबारी परिवर्तन, जसले लगभग एक शताब्दीको अवधि लिन्छ ।“ उनका भविष्यवाणीहरूलाई विशेष महत्व दिइएको छ किनभने पश्चिमी समाजहरू, विशेषगरी अमेरिका, उनको विचारमा, यो विखण्डनको चरणको अन्त्यमा पुगेका छन्, जसले गृहयुद्ध वा सम्भावित प्रणालीगत पतनको सम्भावना झन् नजिक बनाउँछ । उनको मोडेलले यो सामाजिक पतनको भविष्यवाणी गर्न निश्चित कारकहरूलाई लोखाजोख दिन खोज्छ। यीमध्ये प्रमुख कारकहरूमा तीव्र रूपमा बढ्दो सम्पत्ति र ज्यालाको असमानता, सम्भावित कुलिनहरूको अत्यधिक उत्पादन – धनी वंशहरूका सन्तान, उन्नत डिग्री भएका स्नातक, असन्तुष्ट सामाजिक टिप्पणीकार – र सार्वजनिक ऋणको अनियन्त्रित वृद्धि जस्ता कारण र विद्यमान छँदैछन् । अमेरिका, र त्यसैगरी बेलायतमा, उनले सुझाए अनुसार यी “कारकहरूले १९७० को दशकमा चिन्ताजनक मोड लिन थालेका थिए‘ र सन् २०२० को वरिपरि यी प्रवृत्तिहरूको संगमले राजनीतिक अस्थिरताको शिखर उत्पन्न गर्ने अनुमान गरिएको थियो । र हामी अहिले त्यहीँ छौं।”
लोकप्रिय इमिसरसन
टर्चिनका अनुसार सन् १९७० को दशकको अन्त्यतिर अमेरिकामा सामाजिक सम्झौता बिग्रियो । “फलस्वरूप, सामान्य श्रमिकहरूको ज्याला, जुन पहिले समग्र आर्थिक वृद्धिसँग मिल्दोजुल्दो थियो, त्यो धेरै पछाडि पर्न थाल्यो ।“ १९७६ र २०१६ को तुलनामा, हाई स्कूल डिग्री भएका कामदारहरूले वास्तविक ज्याला १९.२५ डलरबाट घटेर १८.५८ डलर प्रति घण्टा को अवस्था बन्यो । जबकि हाई स्कूल डिग्री नभएकाहरुलाको ज्याला १५.५० बाट १४.६६ डलरमामा सङ्कुचित भएको थियो ।
“चाखलाग्दो निष्कर्ष… यो हो कि चार वर्षे कलेज डिग्री नभएका अमेरिकीहरू–कुल जनसङ्ख्याको ६२%–ले पूर्ण रूपमा जीवनको आधार गुमाउँदैछन्। यसको परिणाम अधिकांश अमेरिकी जनसङ्ख्याको जीवनस्तरका धेरै पक्षहरूमा गिरावट आएको थियो। “ जीवनप्रतिको प्रत्याशा पनि । औसत कामदारको लागि औसत घर किन्नको लागि, तिनीहरूले १९७६ देखि २०१६ को तुलाना गर्दा ४० प्रतिशत समय बढी काम गर्नु पर्छ । उनीहरुल आफ्ना छोराछोरीलाई कलेजको शिक्षा खर्च व्योहर्न ३०० प्रतिशत बढी समय काम गर्नुपर्छ ।यस्तो के भइरहेको छ ? टर्चिनले एक हानिकारक “वेल्थ पम्प“ को वर्णन गर्दछन्, जसले जनसङ्ख्याको ९०% बाट सम्पत्ति चुसेर र यसलाई उच्च १०%, वा विशेष गरी शीर्ष १% मा वितरण गर्दछ ।
यस्तो निष्कर्षमा पुग्न प्रयोग गरिने पद्धति जटिल हुनसक्छ – जुन फ्रान्सको मध्यकालीन संकट, चीनको ताइपिंग विद्रोह, अमेरिकी गृहयुद्ध र यस्ता विभिन्न घटनाहरूको अध्ययनबाट प्राप्त हुन्छ – तर टर्चिनले उल्लेख गरेका अस्थिरताका शक्ति प्रायः स्पष्ट रूपमा देखिन्छन् । यीमध्ये धेरैलाई त तपाईँले आज बिहानको पत्रिका पढेर अनुमान गर्न सक्नुहुन्छ । सबै समाजहरूमा नकारात्मक प्रवृत्तिहरूका मूल प्रेरक शक्ति दुई प्रमुख स्रोतमा आधारित छन्, टर्चिनले जोड दिएर भनेका छन् । एक त हो, एक विकृत “सम्पत्ति पम्प“ जसले लामो समयसम्मको अधिक समतामूलक सम्पत्ति वितरणपछि गरिबबाट लिएर धनीलाई दिन्छ । सन् १९८३ मा अमेरिकामा कम्तीमा ४१० मिलियन सम्पत्तिसहितको ६६,००० परिवारहरू थिए । सन् २०१९ सम्म, मुद्रास्फीति समायोजनका आधारमा यो संख्या बढेर ६९३,००० पुगेको थियो ।
एलिट ओभरप्रडक्सन
यो प्रवृत्ति अर्को प्रमुख अस्थिर कारकसँग मिलेको छ, जसलाई टर्चिनले “सम्भावित कुलिनहरूको अत्यधिक उत्पादन“ भनेर परिभाषित गर्छन्, जहाँ बढ्दो संख्यामा मानिसहरू सीमित र झन् भ्रष्ट हुँदै गएको विशेषाधिकार र शक्तिको संरचनामा प्रतिस्पर्धा गर्छन् ।
टर्चिनलाई अमेरिकालाई “प्रमुख निगमहरूका सीईओ र बोर्ड निर्देशकहरू, ठुला लगानीकर्ताहरू, कर्पोरेट वकिलहरू, शीर्ष निर्वाचित अधिकारीहरू र नौकरशाहहरू, र नीति–योजना नेटवर्कका सदस्यहरू“ मिलेर बनेको प्लुटोक्रेसीको रूपमा लेबल गरेका छन् ।
गरिबबाट लिएर धनीलाई दिने धनले यस शासक वर्गलाई धेरै धनी बनाएको छ । सन् १९८३ मा १० मिलियन डलर मूल्यका ६६०००ं परिवारहरू मात्र थिए, सन् २०१९ सम्म तिनीहरूको सङ्ख्या दस गुणा बढेर ६९३,००० पुगेको थियो। कुल अमेरिकी घरपरिवारको एक आश्चर्यजनक ०.५४ प्रतिशत । यसबाहेक, छ मिलियन डलर वा सोभन्दा बढी मूल्यका घरपरिवारको सङ्ख्या सात गुणा बढ्यो, र केवल करोडपतिहरूको सङ्ख्या चार गुणा बढ्यो । अमेरिकी जनसंख्याको लगभग १०% अब करोडपतिहरू छन् । यसमा कुनै आश्चर्य छैन कि अमेरिकीहरूले विश्वको लक्जरी होटल र रेस्टुरेन्टहरूमा प्रभुत्व जमाउँछन् ।
तर, ती अति धनीहरूको संख्या बढिरहँदा, साधारण अमेरिकीको आय र सम्पत्ति भने निरन्तर घट्दै गइरहेको दृश्य राष्ट्रपति चुनावको दौडमा एकजन अधवैंशे महिलाले अश्रुधारासहित आफू सडकमा पुगेको कथा ह्यारिसलाई सुनाउँदै गरेको प्रतिनिधिमूलक घटना अमेरिकामा सामान्य बन्दै गएको छ ।
उनीहरुलाई टर्चिनले अझ विस्तृत गरेर चार गुटहरूमा बाँडेका छन् । जसको यसखाले प्रतिष्ठाको प्रतिस्पर्धा स्थायी रूपमा खेलिन्छ ः सैन्यवादी, वित्तीय, नौकरशाही र वैचारिक । समाजहरू पतन हुँदै जाँदा यी गुटहरूको सन्तुलन बिग्रन्छ । पूँजीका शक्तिहरूले विचारधाराका आवाजलाई दबाउन खोज्छन् – एक “कुलिन“ अर्कोको बिरूद्ध वास्तविक युद्ध वा सांस्कृतिक युद्धहरूमा लाग्छ – र समाज टुक्रिन्छ । टर्चिनका अनुसार यी मापदण्डलाई धेरै ऐतिहासिक अवस्थाहरूमा “वस्तुनिष्ठ“ तरिकामा लागू गर्दा सामान्य सिद्धान्तहरू देखा पर्छन् । “क्लिओडायनामिक्सको लक्ष्य,“ अनुसार “इतिहासका सबै महत्वपूर्ण शक्तिहरूलाई समावेश गर्नु हो, चाहे ती जनसांख्यिकीय, आर्थिक, सामाजिक, सांस्कृतिक वा वैचारिक नै किन नहुन।“ टर्चिनको तर्क छ । यो महत्वाकांक्षा कसाबोनको “की टु अल माइथोलोजिज”को जस्तै लाग्न सक्छ, तर टर्चिनले आफ्नो हठ र शंकालाई डाटा विश्लेषणको अदृश्य हातमा सुम्पिएका छन् ।
अझ अचम्मको कुरा होइन, टर्चिनको विधिलाई सिलिकन भ्यालीको नयाँ धनाढ्यवर्ग – जसलाई जटिल गणित र उनीहरूको अपार सम्पत्तिलाई कायम राख्न रुचि छ – बीच केही कट्टर समर्थकहरू छन्। (“उनीहरूले बुझ्छन्,“ टर्चिनले भनेका छन्। “तर त्यसपछि उनीहरूका दुई प्रश्न हुनेछन् । उनीहरूले यो स्थितिबाट कसरी पैसा कमाउन सक्छन् ? र उनीहरूले कहिले न्युजिल्याण्डमा आफ्नो जग्गा किन्नुपर्छ ?“)
यसखाले प्रलयबाट बच्ने बारेमा उनको आशा भनेको केही समाजहरूले यी अस्तित्वगत खतराहरूलाई कम गर्ने वा टार्ने उपायहरूको पहिचान गर्नु हो । उनले सन् १८३२ को सुधार ऐनले कसरी बेलायतलाई क्रान्तिबाट जोगायो र ठूलो मन्दीपछि अमेरिका सत्तामा रहेका कुलिनहरूको “सामाजिक हितको पक्षमा“ को दृष्टिकोणले धेरै धनराशिलाई कर चुक्तामा लगेरसंकट टार्न मद्दत गर्यो भन्ने विश्लेषण गरेका छन् । (सन् १९१३ मा संघीय कर दर लागू हुँदा, उच्च दर ७% थियो। दोस्रो विश्वयुद्धपछिका दुई दशकसम्म, यो ९०% भन्दा माथि नै रह्यो।) “जटिल मानव समाजहरूलाई सुचारु रूपमा चलाउन कुलिनहरू – शासक, प्रशासक, विचार नेताहरू – आवश्यक हुन्छन्,“ टर्चिन लेख्छन्। “हामी तिनीहरूलाई हटाउन चाहन्नौँ; तर साँचो तरिका यो हो कि तिनीहरूलाई सबैको हितमा काम गर्न नियन्त्रणमा राख्नुपर्छ ।“
फलस्वरूप, लेखकले सामाजिक पिरामिड उच्च–भारी भएको बताउँछन् । “अब हामीसँग धेरै ’एलिट एस्पिरेन्टहरू’ छन् जसले राजनीति र व्यवसायको माथिल्लो क्षेत्रमा निश्चित सङ्ख्याका पदका लागि प्रतिस्पर्धा गरिरहेका छन्… अर्थात् एलिट ओभर प्रोडक्सन।“
उच्च घेराभन्दा केही तलका मानिसहरूका लागि अवस्था सबैभन्दा खराब हुन्छ–एक “मान्यताप्राप्त पूर्वकार्यकर्ता“ जसले डिग्री प्राप्त गर्न कडा मेहनत गर्छन् तर चाँडै महसुस गर्छन् कि “उनीहरूले लटरी टिकट बेचेका थिए र भविष्य बिना र प्रशस्त डिबको साथ बाहिर आए।“
त्यसपछि के हुन्छ ?
स्पष्ट समाधान भनेको सम्पत्ति पम्प बन्द गर्नु हो, तर यो कठोर सुधार वा क्रान्तिद्वारा मात्र गर्न सकिन्छ । सुधार एउटा कठिन कार्य हो, किनभने “प्लुटोक्रयाट्हरूले आफ्नो धनलाई मास मिडिया किन्न, थिङ्क ट्याङ्कहरूलाई कोष दिन र आफ्ना सन्देशहरू प्रवर्धन गर्ने सामाजिक प्रभावकर्ताहरूलाई सुन्दर रूपमा पुरस्कृत गर्न प्रयोग गरिरहेका छन् र अझै बढी गर्न सक्छन्।“
टर्चिनले हेज फन्ड र निजी इक्विटी प्रबन्धकहरूलाई समृद्ध बनाउनमा क्यारिड इन्ट्रेस्टको कराधानले खेलेको भूमिका उजिल्याउन सफल भएका छन् । यसबाट अधिक उदार कल्याणकारी राज्य वजा र एक निष्पक्ष कर प्रणालीतर्फ लाग्न सङ्केत गरेका छन् ।
सायद टर्चिनको सबैभन्दा विवादास्पद निष्कर्ष यो होः एक सुस्त आप्रवासन नीतिलाई एक धनी अभिजात वर्गले जानाजानी प्रोत्साहित गरेको छ, जसले सस्तो श्रमको परिणामस्वरूप आपूर्तिबाट फाइदा उठाउँछन्, जुन तलबका सन्दर्भमा थप डिप्रेसनको तत्व हो ।
टर्चिनले अहिलेकै चुनावी दौडमा देखिएका धन कुवेरहरुको स्वार्थका लागि बोलेजस्तै गरेर अघिल्लो चुनावको सन्दर्भमा औंल्याएको कुरा यतिबेला अमेरिकामा पुष्टि हुने डिलमा पुगेको छ । “यद्यपि, यो विशेष एल्गोरिथ्म अझै निर्माणकै क्रममा रहेको छ‘ टर्चिनले चेतावनी दिएका छन् ।
टर्चिनका लागि अमेरिकी क्रान्ति वास्तविक विकल्प हो, तर यसको नेतृत्व लेनिनवादीहरूले गर्दैनन् । डोनाल्ड ट्रम्प भित्र आइसकेका छन् । कमजोर मजदुर वर्गले डेमोक्रयाटिक पार्टीले त्यागेको र लैङ्गिक र जातीय विभेद तथा लगभग धार्मिक कट्टरताबाट अलग भएको महसुस गरिरहेका छन् । उल्टो “आज… रिपब्लिकनहरूले साँचो क्रान्तिकारी पार्टी बन्न संक्रमण गरिरहेका छन् ।“भन्दै टर्चिन व्यंग्य गर्दछन् ।
उनले दक्षिणपन्थी मिडिया होस्ट टकर कार्लसनका शब्दहरूसँग निष्कर्ष निकाल्छन् ।“ट्रम्पको चुनाव ट्रम्पका लागि थिएन । यो अमेरिकाको शासक वर्गको अनुहारमा एउटा धड्कन बिचको औँला थियो । यो अवमाननाको सङ्केत, आक्रोशको हल्ला, स्वार्थी र मूर्ख नेताहरूले दशकौँसम्म गरेका स्वार्थी र मूर्खतापूर्ण निर्णयहरूको अन्तिम परिणाम थियो ।‘ टर्चिनले अहिलेकै चुनावी दौडमा देखिएका धन कुवेरहरुको स्वार्थका लागि बोलेजस्तै गरेर अघिल्लो चुनावको सन्दर्भमा औंल्याएको कुरा यतिबेला अमेरिकामा पुष्टि हुने डिलमा पुगेको छ । “यद्यपि, यो विशेष एल्गोरिथ्म अझै निर्माणकै क्रममा रहेको छ‘ टर्चिनले चेतावनी दिएका छन् ।
टर्चिनले राजनीतिक र आर्थिक तर्कहरूबाट टाढा रहन र आधारभूत ऐतिहासिक ढाँचाहरूमा ध्यान दिने शैली देखाएका छन् । उनले नयाँ भाषा प्रयोग गर्छन्, बायाँ वा दायाँका मनपर्ने शब्दहरूको त्यति वास्ता गरेका छैनन् । यस्तो सामाजिक इतिहासको अध्ययन बारम्बार भइरहेकै प्रयोग भने अवश्य नै हो । यसबारेमा बढी व्यापक रूपमा सोच्नु हाम्रा लागि पनि बुद्धिमानी हुनेछ । यदि टर्चिनको कुरा सही हो भने यो उथलपुथलको यस डरलाग्दो चक्रबाट बच्न ढिलो भइसकेको छ । अर्थात अर्को चक्र यति विनाशकारी रूपमा विकास नहोस् भन्ने तर्फ गज्जबले घोतल्ने पुस्तक हो यो । यो एक उत्कृष्ट पुस्तक हो, विशेषगरी तिनीहरूका लागि जसले हाम्रा अगाडि नै भइरहेको समाजको स्पष्ट विघटनमा चासो राख्छन् । टर्चिनको मोडेलले हाम्रो राष्ट्रिय नाटकमा भइरहेको “अभिजात वर्ग–विरुद्ध–पींध“ गतिशीलतामा प्रकाश पार्दछ । टर्चिनको चाहना प्रशंसायोग्य छ । उनले ऐतिहासिक विश्लेषणमा औपचारिक मोडेलिङलाई गम्भीर तरिकामा ल्याउने र ती मोडेलहरूलाई अनुभवजन्य प्रमाणसँग सामना गर्ने काम गरेका छन् । यो शैलीले समान्यतया हामीलाई प्रश्नहरूको संख्यालाई अझै बढाउँछ र उत्तरहरू खोज्न थप प्रेरित गर्दछ ।
प्रतिक्रिया दिनुहोस्