ट्रम्पको शैलीले प्रसद्ध इतिहासकार रिचर्ड होफस्टाडटरको प्रसिद्ध निबन्धमा वर्णित डर फैलाउने राजनीतिक चरित्रलाई उपयुक्त रूपमा देखउँछ ।
‘हालका वर्षहरूमा हामीले क्रोधित मनहरूको क्रियाकलाप प्रायः चरम दक्षिणपन्थीहरूमाझ देखेका छौं, जसले अहिले ट्रम्प आन्दोलनमा देखाएका छन् कि सानो अल्पसंख्यकको घृणा र आवेशबाट कति धेरै राजनीतिक प्रभाव आर्जन गर्न सकिन्छ। तर, मेरो विश्वास छ कि यसको पछाडि यस्तो मानसिकता छ, जुन नयाँ भने पक्कै होइन र अनिवार्य रूपमा दक्षिणपन्थी पनि होइन। मैले यसलाई ‘प्यारानोइड शैली’ भन्दछु, किनभने कुनै पनि अन्य शब्दले मेरो सोचको तीव्र अतिशयोक्ति, सन्देहपूर्णता, र षडयन्त्रकारी कल्पनाको भावना पर्याप्त रूपमा व्यक्त गर्न सक्दैन।’
हालसालै प्रकाशित एक निबन्धमा, कोलम्बिया विश्वविद्यालयका एक प्रख्यात अमेरिकी इतिहासका प्राध्यापकले डोनाल्ड ट्रम्पको उदय र उनको अत्यन्तै संशक(पागलपन) दृष्टिकोणको राजनीतिक शैलीका साथै संयुक्त राज्य अमेरिकामा यसअघि देखिएका यस्तै प्यारानोइड राजनीतिक र सामाजिक आन्दोलनहरूको लामो इतिहासको अनुसन्धान गरेका छन्ः
‘अमेरिकी राजनीति प्रायः क्रोधित मनहरूको लागि एउटा मैदानजस्तो रहँदै आएको छ,’ प्राध्यापक लेख्छन्। ‘हालका वर्षहरूमा हामीले क्रोधित मनहरूको क्रियाकलाप प्रायः चरम दक्षिणपन्थीहरूमाझ देखेका छौं, जसले अहिले ट्रम्प आन्दोलनमा देखाएका छन् कि सानो अल्पसंख्यकको घृणा र आवेशबाट कति धेरै राजनीतिक प्रभाव आर्जन गर्न सकिन्छ। तर, मेरो विश्वास छ कि यसको पछाडि यस्तो मानसिकता छ, जुन नयाँ भने पक्कै होइन र अनिवार्य रूपमा दक्षिणपन्थी पनि होइन। मैले यसलाई ‘प्यारानोइड शैली’ भन्दछु, किनभने कुनै पनि अन्य शब्दले मेरो सोचको तीव्र अतिशयोक्ति, सन्देहपूर्णता, र षडयन्त्रकारी कल्पनाको भावना पर्याप्त रूपमा व्यक्त गर्न सक्दैन।’
केही पाठकहरूले यसलाई पहिल्यै अनुमान गरिसकेका हुन सक्छन् कि यो निबन्ध हालसालै प्रकाशित भएको होइन, न त लेखक ट्रम्प आन्दोलनको वर्णन गरिरहेका थिए। ‘द प्यारानोइड स्टाइल इन अमेरिकन पोलिटिक्स’ शीर्षकको यो लेख प्रसिद्ध इतिहासकार रिचार्ड हफस्टेड्टरले सन् १९६४ मा लेखेका थिए — जुन बेला डोनाल्ड ट्रम्प हाईस्कूलबाट भर्खरै स्नातक हुंदै थिए — र माथिको उद्धरणमा कोलम्बिया प्राध्यापकले वास्तवमा ब्यारी गोल्डवाटर आन्दोलनको वर्णन गरिरहेका थिए (वास्तवमा यो निबन्ध नोभेम्बरमा प्रकाशित भएको थियो, १९६४ को राष्ट्रपतिको चुनाव भएको महिना)।
हफस्टेडटरले यो महत्वपूर्ण निबन्ध लेखेपछि, राजनीतिक टिप्पणीकार र इतिहासकारहरूले समकालीन र ऐतिहासिक राजनीतिक आन्दोलनहरूलाई तुलना गर्न र विश्लेषण गर्न बारम्बार यसलाई पुनः अवलोकन गरेका छन्, जसमा उनले ‘प्यारानोइड शैली’ भनी उल्लेख गरेका प्रवृत्तिहरू देखापर्छन्। तर, यो सन् २०१६, अर्थात् डोनाल्ड ट्रम्पको वर्षमा विशेष रूपमा सान्दर्भिक देखिन्छ। यद्यपि प्यारानोइड शैली सदैव हाम्रो वरिपरि रहन्छ, यसको महत्त्व कहिले बढ्छ त कहिले घट्छ, लामो समयसम्म राजनीतिक परिधिमा अदृश्य जस्तै हुने र अप्रत्याशित समयमा पुनः उदाउने प्रवृत्ति देखिन्छ।
जब हफस्टेडटरले त्यो निबन्ध लेखे, त्यो अमेरिका लागि विशेष रूपमा एक संशक(प्यारानोइड) समय थियो: शीतयुद्धको बीचमा, नागरिक अधिकार आन्दोलनको चरम अवस्थामा, र जोन एफ. केनेडीको हत्या भएको एक वर्ष मात्र भएको थियो। ब्यारी गोल्डवाटरले अमेरिकी स्कूले बालबालिकालाई साम्यवादले प्रभावित गरिरहेको चेतावनी दिइरहेका थिए, जबकि जोन बिर्च सोसाइटीका संस्थापक रोबर्ट वेल्चले राष्ट्रपति आइजनहावरलाई “साम्यवादी षड्यन्त्रको सचेत एजेन्ट” भन्ने आरोप लगाइरहेका थिए। अघिल्लो दशकमा म्याककार्थीवादको उदय र पतन भएको थियो, जुन हफस्टेडटरको मनमा ताजा नै थियो, जसले आफ्नो युवावस्थामा योंग कम्युनिस्ट लिगको सदस्यता लिएका थिए।
पक्कै पनि, शीतयुद्धभन्दा धेरै अघि नै प्यारानोइड शैलीलाई प्रयोग गर्ने विभिन्न आन्दोलनहरू थिए। हफस्टेडटर अगाडि लेख्छन्ः
‘संयुक्त राज्य अमेरिकाको इतिहासमा यस ‘प्यारानोइड शैलीे को उदाहरण पाइन्छ… एन्टी–मेसोनिक आन्दोलनमा, नेटिभिस्ट र एन्टी–क्याथोलिक आन्दोलनमा, केही उन्मूलनवादका प्रवक्ताहरूमा जसले संयुक्त राज्य अमेरिकालाई दास मालिकहरूको षड्यन्त्रको नियन्त्रणमा रहेको ठान्थे, मोर्मनहरूबारेका धेरै सतर्कतावादीहरूमा, केही ग्रीनब्याक र लोकप्रियतावादी लेखकहरूमा जसले अन्तर्राष्ट्रिय बैंकहरूको ठूलो षड्यन्त्रको कथा बनाएका थिए, प्रथम विश्वयुद्धको हतियार निर्माता षड्यन्त्रको पर्दाफासमा, लोकप्रिय वामपन्थी पत्रिकामा, समकालीन अमेरिकी दक्षिणपन्थीमा, र आजको जातीय विवादका दुबै पक्ष, जसमा ह्वाइट सिटिजन्स काउन्सिल्स र ब्ल्याक मुसलिमहरू समेत पर्दछन्।”
आज, विश्वव्यापी साम्यवादी खतरा लामो समयदेखि समाप्त भइसकेको छस तर प्यारानोइड शैलीको समयसीमा छैन। केही वर्षअघि राजनीतिमा संलग्न भएपछि, ट्रम्पले माथि उल्लेखित आन्दोलनका नेताहरूजस्तै प्यारानोइड र अतिरञ्जित दृष्टिकोण अपनाएका छन्। विशेष गरी यो धनाढ्य सेलिब्रिटीले राष्ट्रपति ओबामाबारेका हास्यास्पद षड्यन्त्र सिद्धान्तहरूमा विश्वास दिलाउने दुस्साहस गरेका थिए, जुन इनफोवार्सजस्ता दक्षिणपन्थी ब्लगहरूमा पाइन्छ।
जस्तै आइजनहावर साम्यवादी षड्यन्त्रका एजेन्ट थिए र ओबामा एक केन्याली मुसलमान हुन्, जसले कट्टर इस्लामवादीहरूसँग सहानुभूति राख्छन्। र यो ट्रम्पले विश्वासिलो जनतालाई बेचेको एकमात्र षड्यन्त्र सिद्धान्त होइन। रिपब्लिकन उम्मेदवारले दावी गरेका छन् कि ग्लोबल वार्मिंग चिनियाँहरूले सिर्जना गरेको मिथक हो, ओबामाले कहिल्यै कोलम्बिया विश्वविद्यालयमा अध्ययन गरेकै थिएनन् भनेर संकेत गरेका छन्, न्यायाधीश स्कालियाको हत्या गरिएको हुनसक्छ भन्ने विचारलाई समर्थन गरेका छन्, ९–११ मा हजारौं मुस्लिम–अमेरिकीहरूले न्यू जर्सीमा खुसी मनाइरहेको घोषणा गरेका छन्, मेक्सिकन सरकारले अमेरिका पठाउनेहरूमा ‘खराब व्यक्तिहरूू (जस्तै बलात्कारी र अपराधीहरू) समावेश हुने गरेको बताएका छन् — यो सूची अन्तहीन छ। (यद्यपि ट्रम्पले व्यक्तिगत रूपमा ‘श्वेत जातिको नरसंहारू षड्यन्त्र सिद्धान्तलाई समर्थन गरेका छैनन् — जसले सांस्कृतिक सम्मिलनमार्फत श्वेत जातिलाई जानाजानी समाप्त गर्न खोजिएको दाबी गर्दछ — उनका कट्टर समर्थकहरू सामाजिक सञ्जालमा यस समुदायबाट उदाएका छन्।)
ट्रम्पसँग सधैं कुनै न कुनै षड्यन्त्र हुन्छ, र कुनै पनि सम्भावित समस्या — चाहे सामाजिक, आर्थिक, वा राजनीतिक —लाई कूटनीतिक र योजनाबद्ध षड्यन्त्रकारी समूहमा फसाइएको देखाइन्छ, जसले अमेरिका र यसको संस्कृति ध्वस्त पार्न चाहन्छन्। प्यारानोइड शैलीमा यसका शत्रुहरू महत्वपूर्ण हुन्छन्। र आज, ती साम्यवादी वा क्याथोलिकहरू मात्र होइनन्, बरु मुस्लिमहरू, मेक्सिकनहरू, चिनियाँहरू, पीसी (पोलिटिकली करेक्ट) उदारवादी मिडिया, आदि समेत पर्दछन्। ट्रम्पले एक्लैले प्यारानोइड शैलीलाई मुख्यधारमा फर्काएका छन् (कम्तिमा दक्षिणपन्थमा) ब्लगस्पेयरको गहिराइबाट अनौठा षड्यन्त्र सिद्धान्तहरूलाई विश्वसनीयता दिँदै अमेरिकी राजनीतिमा आगामी वर्षहरूमा फैलिने क्रोधित र कट्टर आन्दोलन सिर्जना गरेका छन्।
(केहीले ठीकसँग औंल्याउनेछन् कि राष्ट्रपति ओबामाको चुनावसँगै प्यारानोइड शैलीले पुनः स्थिर रूपमा फिर्ता लिइरहेको थियो, जसको उदाहरण टि पार्टी आन्दोलन र ग्लेन बेकजस्ता व्यक्तिहरूमा देख्न सकिन्छ, जसले अनौठा षड्यन्त्र सिद्धान्तहरूलाई स्वीकार गरे,स तर ट्रम्प यस पुनरुत्थानको पराकाष्ठा हुन् — अमेरिकी मूर्खताको शिखरमा रहेको प्यारानोइड राजनीतिका चरम रूप।)
सबै प्यारानोइड शैलीका राजनीतिज्ञहरूसँग जस्तै, ट्रम्प पनि एक धूर्त नेता र ढोंगी छन्स उनी निरन्तर झूट बोल्छन् (यहाँसम्म कि उनी षड्यन्त्र सिद्धान्तहरूलाई अघि नसार्दै गर्दा पनि) र जनताको सबैभन्दा खराब पूर्वाग्रह र आवेगबाट फाइदा उठाउँछन्। नोभेम्बरमा जित्ने सम्भावना कम भए पनि, ट्रम्पले अमेरिकी राजनीतिक विमर्शलाई अझ कमजोर बनाउँदै मुख्यधारमा ल्याएका छन् र यदि यो जीओपीको कहिल्यै घट्दै गरेको मध्यमार्गी र रूढिवादी समूहले रोक्न सकेन भने, यसले अधिनायकवादलाई पनि मुख्यधारमा ल्याउन सक्छ।
प्रकाशित : जुलाई ७, २०१६, salon.com
(कोनोर लिंच न्यूयोर्क सिटीमा बसोबास गर्ने एक लेखक र पत्रकार हुन्। उनको लेखन सलोन, अल्टरनेट, काउन्टरपन्च र ओपन डेमोक्रेसी मा प्रकाशित भएको छ।)
प्रतिक्रिया दिनुहोस्