उदारवादीहरुक लागि नयाँ अनिश्चितताको युग, पुरातनपन्थीहरुको नयाँ विहानी
डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको जितको नजिक देखिने वित्तिकै फ्लोरिडाको पाम विच हाउसको बार्दलीमा आएर घोषणा गरेः ‘यो जनादेश केवल अमेरिकी जनताबाट मात्र आएको होइन‘ ।
“धेरै मानिसहरूले मलाई भनेका छन् भगवानले मेरो जीवनलाई कुनै कारणले बचाएका छन्, हो, “त्यो कारण हाम्रो देशलाई बचाउनका लागि थियो ।”
उनको विजय उनको पहिलो प्रशासनका केही शीर्ष सहयोगीहरू, सैन्य अधिकारीहरू र रिपब्लिकन अधिकारीहरूको प्रत्यक्ष अस्वीकारिरोक्तिको विस्फोटनका रुपमा आएको थियो । उनका ती अधिकारीहरूले सार्वजनिक रूपमा चेतावनी दिएका थिए, उनले देशलाई बचाउने होइन, बरु नष्ट गर्नेछन् ।‘
किन र कसरी यस्तो अभूतपूर्व जित हासिल गरे त ट्रम्पले ? दुनियाभरका राजनीतिक विश्लेषक र विशेषगरी अमेरिकी नियममा आधारित विश्वको पैरवी गर्ने नवउदारवादी विज्ञहरुको दिमाग हल्लाइदिएको प्रश्न यही हो ।
डोनाल्ड ट्रम्पले अमेरिकनलाई ठ्याक्कै आफ्नो योजना बताए ।
उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूविरुद्ध सैनिक शक्ति लगएर भएपनि ठीक गर्ने छन् । उनले हजारौँ दीर्घकालीनसेवामा रहेका सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्नेछन् । उनले सैन्य घेरावन्दी गरेकर अभियानकै रुपमा लाखौँ आप्रवासीहरूलाई देश निकाला गर्नेछन् । उनले दुख दिइरहने न्याय विभागको स्वतन्त्रतालाई समाप्त पार्नेछन्, सरकारका सार्वजनिक स्वास्थ्य सम्बन्धी षड्यन्त्रहरूलाई खारे जगर्नेछन्, उनले अमेरिकाका विदेशी सहयोगीहरूलाई मतलव गर्नेछनैनन्, उनले सरकारलाई आफूलाई दुखदिनेहरुलाई ठीक पार्न कुनै कसर बाँकी राख्नेछैनन् । आफ्ना आलोचकहरूलाई सजाय दिने र आफ्ना समर्थकहरूलाई अधिक पुरस्कृत गर्नेछन् । त्यसका लागि उनी “तानाशाह” पनि बन्नेछन्, यदि एक दिनका लागि मात्र भए पनि ।
यिनै काम गर्ने शक्ति दिन उनले आग्रह गरे । मतदाताहरूले गज्जबले अनुमोदन गरिदिए ट्रम्पले भनेको विलकूल ठीक हो । डेमोक्र्याट वा पहिलेका रिपव्लिकनजस्तो ल्याङल्याङे होइन, यो मानिस हाम्रो त्राण हरणकर्ता हो । यो अमेरिकी इतिहासको सवैभन्दा शक्तिशाली नेता हो । त्यसकारण आश्चार्यजनक रुपमा ट्रम्पले जिते । अमेरिकीहरुलाई रुसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ वा टर्कीका रिसेप तैयप एर्दोगानजस्तो नेता चाहिएको छ । न कि मुखले चिप्लका कुरा गरेर बन्द कोठमा डिप स्टेटको खुसामदमा नरसंहार मच्चउने नरभक्षी वाइडेन वा उनकै रोजाईकी कमला ह्यारिस । हो यही हो अमेरिकी मतदाताले दुनियाले सुन्नेगरी भनेको । त्यसमाथि ट्रम्प अब पहिले बाइवल आफ्नो नाममा छापेर बाँड्ने चटकी पटक्कै होइनन्। अब त इश्वरको आदेशमा वाइबलको रचियता बनेका छन् ।
वाशिंगटन पोष्टमा लेखक डाना मिलबैंक सवैतिर अधिनायकवाद भन्दै लेख्छिन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले ट्रम्पको जितलाई खुलेआम मनाइरहेको छ। ‘कमला ह्यारिसले जब भजन ३०ः५ उद्धृत गर्दै भनिन्, ‘रातभर रुवाइ हुन सक्छ, तर बिहान खुसी आउनेछ,’ उनी ठीक थिइन्’ रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले टेलिग्राममा पोस्ट गरिन्। ‘म व्यक्तिगत रूपमा हललुजाह’ थप्न चाहन्छु।’ उनले ट्रम्पको जितले अमेरिकामा ‘अन्तरिक तनाव बढाउने’ कुरामा खुशी व्यक्त गरिन् — जुन कुरा स्पष्ट रूपमा रूसले चुनावमा हस्तक्षेप गरेर हेर्न चाहिरहेको थियो।
ट्रम्पको दोस्रो कार्यकाल लगभग पक्का रूपमा युक्रेनमा रूसको जितको अर्थमा हुनेछ, किनभने आउने प्रशासनले अमेरिकी सहयोगी युक्रेनलाई छोड्नेछ। रूसका पूर्व राष्ट्रपति र हालका सुरक्षा अधिकारी दिमित्री मेदभेदेभले ट्रम्पको ‘रूसका लागि उपयोगी गुणू को प्रशंसा गरेः ‘उनलाई विभिन्न ह्याङ्गर–ओन’हरूमा पैसा खर्च गर्न पटक्कै मन पर्दैन’ युक्रेनप्रति संकेत गर्दै। ट्रम्पले पहिल्यै बताएका छन् कि उनले रूसलाई केही नेटो देशहरूमा “जो चाहन्छन्, त्यो गर्न दिने” छन्।
रूसले हाम्रो चुनावमा खेलेको भूमिकाका लागि आफैंलाई बधाई दिन सक्छ, जसमा एफबीआईले रिपोर्ट गरेअनुसार मंगलबारको निर्वाचनमा केही राज्यहरूमा पोलिङ स्थलहरूमा रूसी इमेल डोमेनबाट आएका बम धम्कीहरू पनि समावेश थिए। तिनीहरूले एटलान्टामा डेमोक्रेटिक झुकाव भएका र मुख्य रूपमा अश्वेत समुदायका क्षेत्रहरूलाई लक्षित गरेका थिए र यस्तै धम्कीहरूले एरिजोना (जहाँ आदिवासी समुदायका क्षेत्रमा असर परेको थियो), मिशिगन र विस्कोन्सिनलाई पनि असर पुर्यायो।
विश्वभरका राष्ट्रवादी सरकारहरू र अन्य सत्ताधारी नेताहरूले अमेरिकी नेतृत्वको संभावित पछि हटाइको प्रतीक्षा गर्दै ट्रम्पको जितलाई स्वागत गरेका छन्। हंगेरीका दमनकारी नेता भिक्टर अर्बानले ट्रम्पको ‘विशाल जित’लाई ‘विश्वको लागि अत्यन्त आवश्यक विजय’ को रूपमा स्वागत गरे। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले, जसले आफ्नो देशमा लोकतन्त्रलाई कमजोर पारेका छन्, आफ्ना ‘मित्र’ ट्रम्पको पुनरागमनलाई अंकमाल गर्न चाहेको बताए ।
इजरायलमा अति–राष्ट्रवादी मन्त्री इतामार बेन गभिरले ट्रम्पको जितलाई ‘यस्स्स्स’ भन्दै मनाए, जुन उनी आफ्नो पुरानो सोसल मिडिया पोस्ट ‘गड ब्लेस ट्रम्प’ माथि लेख्दै थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको जितलाई ‘इतिहासको महानतम पुनरागमन!’ र ‘विशाल विजय !’ भनेर स्वागत गरेका छन् ।
अमेरिकाका अधिकांश युरोपेली सहयोगी र नाटो साझेदारहरूले ट्रम्पको जितबारे कूटनीतिक प्रतिक्रिया जारी गरेका छन्। तर, मलाई फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोंले जर्मनीका चान्सलर ओलाफ स्कोल्जसँगको कुराकानीपछि दिएका वक्तव्यबाट केही सान्त्वना मिल्यो, जसमा उनले भने कि दुई देशले ‘यस नयाँ सन्दर्भमा थप सार्वभौम युरोपतर्फ अघि बढ्न सहमति गरेका छन्।’
यो कम्तीमा केही सानो आशाको कारण होः हाम्रा लोकतान्त्रिक सहयोगीहरूले अधिनायकवादविरुद्धको संघर्ष जारी राख्नेछन् जबसम्म अमेरिका एक दिन पुनः उनीहरूमा सामेल हुनेछ।
वाशिंगटन पोष्टले ट्रम्प विजयका १३ फाइदा र बेफाइदा भन्दै स्तम्भ तयार गर्ने क्रममा लेखक म्याट बाई भन्छन्
‘अमेरिकी विचारको अन्त्य’ ।
उनले अघि लेखेका छन् : सबैभन्दा बढी मलाई एउटा नयाँ किसिमको राष्ट्रवादको उदयको डर छ, जसले मानिसहरूलाई उनीहरूको उत्पत्ति, पहिरन, वा प्रेमका आधारमा कम ‘अमेरिकी’ को रूपमा परिभाषित गर्छ। मलाई चिन्ता छ मतदाताहरूले यस सन्देशलाई वैधता दिएका छन्, जसलाई जे.डी भेन्स(उपराष्ट्रपति–निर्वाचित) चुनावी अभियानमा भनेझैं, अमेरिका एउटा विचार नभई केवल एक स्थान हो — यस्तो देश जो श्वेत, पुरुष, र सीधा इसाईहरूको लागि बढी हो, सबैका लागि होइन। यस्तो सोचले राम्रो दिशा दिँदैन।
तर अझै पनि, मलाई आशा छ अब अमेरिकाका वामपन्थीहरूले अमेरिकीपन’ का लागि उनीहरूको परिभाषा के हो भन्ने विषयमा बहस गर्न सकून् — केवल सर्वनाम र गुनासा व्यवस्थित गर्नेभन्दा माथि उठेर । स्पष्ट हुनुपर्छ कि मतदाताहरू (र केवल श्वेत मतदाताहरू मात्र होइन) सामाजिक असमानताहरूको बारेमा उपदेश सुन्नबाट थाकेका छन्, किनकि उनीहरूको आर्थिक स्थिति अस्थिर हुँदै गइरहेको छ र सीमाना सुरक्षित देखिँदैन। (कमला ह्यारिसले यो सबैबाट बच्न विवेकपूर्ण तरिकाले काम गरिन्, तर उनी आफ्नो पार्टीको ट्रान्स अधिकार र अन्य उत्पीडनसँगको लडाइँमा केन्द्रित दृष्टिकोणबाट बच्न सकिनन्।) सायद डेमोक्र्याटहरूले आफ्नो खालको राष्ट्रवादको मार्ग फेला पार्न सक्छन् — यस्तो राष्ट्रवाद जसले अमेरिकी विचारलाई समर्थन गर्छ, लगातार यसका असफलताहरूमा मात्र ध्यान दिनुभन्दा पनि ।
ट्रम्पको यो विजय बल प्रयोग गरेर नभई अनुमतिपत्र दिएर आएको अवश्य नै हो । अहिले, अमेरिका आफ्नो २४८ वर्षको इतिहासमा कहिल्यै नदेखिएको एक अधिनायकवादी शासनशैलीको किनारामा उभिएको‘ भन्दै अमेरिकी विज्ञहरु रुनुको त्यति ठूलो अर्थ छैन ।
मेरिकी संस्थापनप्रति असन्तुष्ट करोडौं अमेरिकीहरू देशका संस्थाहरू र राजनीतिक प्रणालीप्रति बेमतलव देखिए । उनीहरुले आफूलाई असफल भएको महसुस गर्दै ट्रम्पको अराजकता–प्रेरित व्यक्तित्वलाई अन्तिम आशाको किरणका रुपमा हेरको प्रष्टै छ । अमेरिकी संस्थाहरु र शासन प्रणालीको अति अलगाववादले गम्भीर आर्थिक र समाजिक समस्या उत्पन्न गरेको चेतावनी यसै बर्ष अर्थशास्त्रतर्फ नोवेल पुरस्कार विजेता डारेन एसेमोग्लु, साइमन जोनसन र जेम्स रोबिन्सनले नै दिइसकेका छन् ।
अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्न सक्ने रेकर्डमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर ट्रम्पले आफ्नै ऐतिहासिक रेकर्डहरूहरु सिर्जना गरेका छन् । दर्जनौँ अपराधमा दोषी ठहरिएका, दर्जनौँ अन्य आरोपमा मुद्ध खेपिरहेका र र दुई पटक महाभियोग लगाइएका एक मात्र व्यक्ति अमेरिकामा राष्ट्रपति निर्वाचित भएका छन् । उनी हुन् शक्तिशाली डोनाल्ड ट्रम्प । त्यतिमात्र होइन, उनी जति महिला र महिला हिंसाका बारेमा सुप्रसिद्ध छन्, त्यत्तिकै सत्य उनले केवल महिला प्रतिद्धन्द्धीलाई मात्र पराजित गर्न सक्षम छन् । ट्रम्पकै शब्दका सुताहा जो वाइडेनलाई उनले हराउन सकेका थिएनन् । उनको भाग्यमा हिलारी क्लिन्टन र कमला ह्यारिस प्रतिद्धन्द्धी बन्न आइपुगे । यो येशुको खटन हो । किन अरु कोही रिपव्लिकन त के डेमोक्र्याट उमेद्वारका सन्र्दभमा भएन । कुरा प्रष्टै छ । ट्रम्पले महिलाहरुलाई सुरक्षा र माया गर्नेछन्, यदि उनलाई मन परेमा‘ मेडिसन स्क्वाएरको मञ्चबाट अमेरिकी मतदाताले मात्र होइन, दुनियाभरका महिलाहरुले सुन्नेगरी ट्रम्पीएन सन्देश प्रवाहित भएको थियो । अब, ट्रम्प सन् १८०० को अन्त्यतिर ग्रोवर क्लीभल्यान्डपछिको पहिलो नेता बनेका छन्, जसले ह्वाइट हाउसमै रहेर पुनः निर्वाचनमा पराजय भोग्ने र पुनः सफल हुने राष्ट्रपति हुन् । यो उनको अर्को रेकर्डमा इतिहासमा अहिलेसम्मका सबैभन्दा बृद्ध ७८ बर्षीय राष्ट्रपति बनेका छन् । ट्रम्पले यहाँ राष्ट्रपति बाइडनले बनााएको चुत्थो रेकर्डलाई पनि विगरिदिए ।
ट्रम्पले यसपटक पहिले बाइडनलाई हराए । वाइडेनले ट्रम्पसँगको एक टेलिभिजनबहसमा हारेपछि जसले चुनावी दौडबाट भाग्न बाध्य भए । त्यसपछि, उनले श्रीमती ह्यारिसलाई पराजित गरे । ट्रम्प र ह्यारिसबीचको केवल १०७ दिनको चुनावी अभियान सवैभन्दा अपमानजनक र कटुतापूर्ण घृणाले भरिएको थियो । ट्रम्पले श्रीमती ह्यारिसको जातीय पहिचानको बारेमा प्रश्न उठाएर खिल्ली मात्र उडाएनन्, बारम्बार ह्यारिसलाई सवैभन्नदा कम बौद्धिकता भएकी आइमाई भन्न कुनै पनि सभामा छुटाएनन, केवल विजय सभामा बाहेक । यो पनि ट्रम्पको अर्को रेकर्ड हो ।
यो जीत ट्रम्पका लागि २०१६ को जस्तो अप्रत्याशित र ख्यालख्यालको नभएर उनी कंग्रेस, सिनेट र लोकप्रियमतको समेत विशाल भारीसहित ह्वाइटहाउमा जान लागेका छन् । यो रिपव्लिकन पार्टीको इतिहासमा २००४ को जर्ज बुशको समयपछिको आफैमा अभूतपूर्व जित हो । यो उदार पश्चिमी लोकतन्त्रत्रको आत्मा मानिने चुनावी जनादेशलाई दुनियाको कुनै पनि तागतले चुनौति दिन सक्दैन ।
कम्तीम त्यहाँको डेमोक्र्याट पार्टीले त त्यसो गर्ने नैतिकता समेत गुमाएको छ ।
इतिहासकार रुथ बेन गाइट आफ्नो पुस्तक स्ट्रंगम्यान मुसोलिनी टु प्रिजेन्टमा ट्रम्प उदयको घटनालाई रोचक रुपमा यसरी लेख्छिन् :
“ट्रम्पले वर्षौंसम्म राष्ट्रपतिमा उम्मेदवारी दिने कुरा सोचिरहेका थिए, तर २०१६ को चुनावी चक्रका लागि तारा मिलेर आएका थिए, जब विश्वव्यापी आप्रवासनमा वृद्धि र ओबामाको आठ वर्ष शासनको अपमानले रंगीचंगी समुदायहरूप्रति सही मात्रा घृणा वा असन्तुष्टि सिर्जना गर्दै थियो । ‘म तपाईंको आवाज हुँ,’ उनले आर्थिक रूपमा असुरक्षित महसुस गर्ने र बहुजातीय समाजमा असहज रहेका अमेरिकीहरूलाई भने, र आफूलाई राष्ट्रको भार उठाउन प्रतिज्ञा गर्ने विगतका शासकहरूको झैं ‘संरक्षक’को रूपमा प्रस्तुत गरे। जर्मनी, इटाली र चिलीमा लोकतन्त्रका अन्तिम वर्षहरूमा भएको जस्तै, अमेरिकामा पनि राजनीतिक ध्रुवीकरण उच्चतम बिन्दुमा पुगेको थियो, जसले ट्रम्पको विभाजनकारी भाषा प्रयोग गर्न तयार बजार सिर्जना गर्यो। राजनीतिक वैज्ञानिक नर्मन जे. ओर्नस्टिन र थोमस ई. मानले सन् २०१२ मा गरेको रिपब्लिकन पार्टी को मूल्याङ्कनमा, ट्रम्पको उम्मेदवारीलाई स्वीकार्न उत्प्रेरित गर्ने एक अधिनायकवादी मोडको मुख्य तत्त्वहरू समेटिएका थिएः
‘जिओपी अमेरिकी राजनीतिमा एक विद्रोही बाहिरी दल बनेको छ। यो विचारधारागत रूपमा अतिवादी हो, यसलेस सम्झौताप्रति अवज्ञा गर्छ,स तथ्य, प्रमाण, र विज्ञानको परम्परागत बुझाइमा असन्तुष्ट रहन्छस र यसले राजनीतिक विपक्षको वैधतालाई अस्वीकार गर्छ।’
जब ट्रम्पले सन् २०१५ मा आफ्नो अभियान सुरु गरे, रिपब्लिकन पार्टीले ठूलो मात्रामा लोकतान्त्रिक सहिष्णुताका धारणा त्यागेको थियो, र सांसदहरूले फिलिबस्टर र अन्य रणनितिहरूको दुरुपयोग गरेर द्विदलीय प्रतिबद्धता त्यागिसकेको थियो। ओबामाप्रतिको विरोधी भावनामा ट्रम्पले ठूलो भूमिका खेलेका थिए। सन् २०११ मा उनले खुला रूपमा नस्लीय राष्ट्रपति उम्मेदवारका रूपमा ‘वाटर टेस्ट’ गरेका थिए ओवामालाई अमेरिकामा नभएर केन्यामा जन्मिएको षड्यन्त्र सिद्धान्त फैलाउँदै तत्कालीन राष्ट्रपतिलाई शासन गर्न अयोग्य रहेको दावी गरे। त्यसपछि उनले ओबामाप्रतिको विरोधको लहरलाई सहाराको रूपमा लिएर अघि बढे।”
शुरुवातमै तनावको अवस्था देखिएको छ न्यूयोर्कबाट । ‘ट्रम्पलाई घृणा गर्ने न्यूयोर्कका अटर्नी जनरल लेटिटिया जेम्सले विवादास्पद पत्रकार सम्मेलनमा राष्ट्रपति–निर्वाचितसँग लड्ने शपथ लिइन्’ भन्दै ट्रम्प समर्थक फक्स न्यूजले फयर खोल्न थप मलज ल गरेको छ। न्यूयोर्क गभर्नर होचुलले न्यूयोर्कलाई स्वतन्त्रताको गढ’ र कानूनको शासनको रूपमा प्रशंसा गरेकी छन् ।
ट्रम्पले यो कसरी चमत्कार गरे त ?
स्वभाविक रुपमा उनी चार वर्षसम्म सत्ताबाट बाहिर बसेर रिपब्लिकन पार्टीलाई आफ्नै शैलीमा पुनर्निर्माण गरे । उनको पार्टी कन्जरभेटिभ अभिायनमा यस्तो आन्दोलन सिर्जना गरे, जसले गर्दा उनीमाथि जति गम्भीर आरोप लगाइयो उति नै बलियो बन्न सफल भए । उनले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा धेरै राजनीतिक मान्यताहरूबाट मुक्त हुनेछन्, एक यस्तो अभियानपछि जसमा उनले हरेक मान्यता तोडेको अब दुनियाले देख्न पाउनेछ । यो आफैंमा भविष्यको अमेरिकी मान्यताको नयाँ परिदृश्य हुनेछ ।
उनले प्रतिस्पर्धात्मक राज्यहरूमा(व्याटल ग्राउण्ड) गज्जब गरे । सात मध्ये कम्तीमा ६ वाटमा ह्यारिसलाई थलापर्नेगरी ह्यारेसमेन्ट गरे । जुन उनको मौलिक चरित्र हो । यतिसम्म कि ब्लु स्टेट भनिने क्षेत्रहरुपनि ट्रम्पप्रति मोहित भए । न्यूयोर्क सिटीजस्ता ठाउँमा उनको भव्य प्रदर्शन गरेर दोहोरो अंकमा मत पाए । उपनगरहरू र ग्रामीण क्षेत्रहरू मात्र होइन कलेज सहरहरूमा पनि उनले अभूतपूर्व समर्थन पाए । जसको कारण लोकप्रिय मतमा हारेको भन्ने डेमोक्र्याटहरुको गनगन सुन्नु नपर्ने भयो ।
ट्रम्पले फ्लोरिडाको वेस्ट पाम बिचमा रहेको सम्मेलन केन्द्रमा विजयउत्सव पार्टीमा आफ्नो समर्थकहरूलाई सम्बोधन गर्दै आगामी रोडम्याप घोषणा गरेका छन् “म एउटा सरल नारा लिएर शासन गर्नेछुः गरेका प्रतिज्ञाहरू पूरा गर्नेछु, प्रतिज्ञाहरूलाई फलीभूत पार्नेछु ।” बस् ! अमेरिकी मतदाताले यो भन्दा बढी लामो गन्थन सुन्न चाहँदैनन् । किन कि ट्रम्पको शासनकाल भनेको सवैभन्दा छोटा पन्च दिने ट्विटरबाट एक्स भएको एलन मस्क सिद्धान्तबाट निर्देशित हुनेछ । जहाँ समाचारपत्र, अनलाइन वा पुस्तक जस्ता भारीभरकम चीजहरुको कुनै अर्थ छैन । उनले गरेको प्रतिज्ञा त शुरुमै उल्लेख गरिसकिएको छ ।
न्यूर्योक टाइम्स, वाशिंगटन पोष्ट र सीएनएन जस्ता मिडियाहरुले उनलाई आप्रवासीहरूका बारेमा डर र आर्थिक चिन्ताहरूलाई खेलमैदानमा ल्याएर उपराष्ट्रपति कमला हैरिसलाई पराजित गरे । उनको विजयले पृथकतावाद, व्यापक शुल्क र प्रतिशोधको युगको आगमनको सङ्केत‘ भनेर जतिसुकै झ्याली पिटे पनि केही अर्थ छैन भन्ने कुरामा ट्रम्प र एलन मस्क धेरै प्रष्ट छन् जस्तो देखिन्छ ।
ट्रम्प समर्थकहरूलार्ए एउटा झुण्ड भन्दै ६ जनवरी २०२१ मा क्यापिटल भवनको आक्रमणकारी भनिएको ह्यारिसको चुनावी अभियानले चर्को गरी चेतावनी दिएको थियो यदि ट्रम्पल दोस्रो कार्यकाल पाउँछन् भने “अस्थिर, असंयमित र बिना चेक” हुनेछन् । तर, मतदाताहरूले न त उनको चेतावनीलाई सुने, न त केही वरिष्ठ पूर्व ट्रम्प प्रशासनका अधिकारीहरू र सैन्य सल्लाहकारहरूले तानाशाही भन्दै गरेको लल्कारलाई नै ।
बास्तवमै उनको जितले एक आश्चर्यजनक राजनीतिक पुनरागमनको कोर्षलाई पूरा गरेको छ ।
उनका साहसी योजनाहरूले देशको राजनीतिक प्रणालीलाई उल्टाउने उद्देश्य राखेर अमेरिकन सपना अझ टाढा जान थालेको चिन्ता व्यक्त गर्ने र संस्थापन शासकीय प्रतिष्ठान र विशेषज्ञ वर्गको विरोधप्रति अरुचि व्यक्त गर्ने ७ करोड बढी मतदाताहरूलाई ट्रम्पले मोहित पार्न सफल भए ।
गहिरोगरी ध्रवीकरण भएको अमेरिकी समाजका सुसुप्त मतदाताहरूले ट्रम्पको प्रतिज्ञालाई खुलेर स्वागत गरे । उनले दक्षिणी सीमामा मेक्सिकोबाट हुने आप्रवासनलनई रोक्नका लागि कुनै पनि माध्यमबाट बन्द गर्ने, उन्नाइसौं शताव्दीको शैलीका कठोर अन्त शुल्कहरू मार्फत अर्थव्यवस्था पुनर्जीवित गर्ने, जसले गर्दा अमेरिकी निर्माण उद्योगलाई पुनःस्थापित गर्न सकियोेस् र अन्तर्राष्ट्रिय उल्झन र वैश्विक संघर्षबाट पछि हटेर अमेरिकी नागरिकलाई समृद्धशाली बनाउन नेतृत्व गर्ने उनले प्रतिज्ञा गरेका छन् ।
उनको जितले अमेरिकी विश्वको अनिश्चितताको एक नयाँ युगको सुरुवात गरेको भन्ने रटान जतिसुकै विलापमा देखिए पनि देशको झण्डै आधा भन्दा बढी जनसंख्याले ट्रम्पलाई ‘ट्रम्प विल फिक्स इट‘ भनेकै छन् । अवश्य नजै ट्रम्पको पुनरागमनले अमेरिकी लोकतन्त्रको लागि एक अंधकारमय मोडको सङ्केत गर्दछ, जसको भविष्य अब एक यस्तो व्यक्तिमा निर्भर हुनेछ, जसले कानूनी शासनलाई कमजोर बनाउने कुरा खुलेरै गर्दछ । ट्रम्पले २०२१ मा क्यापिटल भवनमा गरिएको आक्रमणको प्रेरणा दिएका थिए, राजनीतिक विरोधीहरूलाई जेलमा हाल्ने धम्की दिएका थिए र पूर्व सहयोगीहरूले उनलाई एक फासिस्टको रूपमा निन्दा गरेका थिए । तर उनका समर्थकहरूको लागि, ट्रम्पका उक्साहटहरू संकटको समयमा सवैभन्दा बढ्नता बिकाउ माल बने । आखिर अमेरिकी समाज जस्तो छ, त्यस्तै नेता छाने । यो त अमेरिकी राजनीतिक सिद्धान्तको आत्मा नै हो ।
लोकप्रिय संस्कृतिमा, शक्तिशाली नेताको करिश्मा प्रायः एक यस्तो सम्मोहन शक्तिका रूपमा चित्रित गरिन्छ, जसले मानिसहरूलाई उसको इच्छाअनुसार काम गर्न प्रेरित गर्दछ। यद्यपि सिद्धान्तकार म्याक्स वेबरले एक शताब्दी पहिले नै स्पष्ट पारेका थिए कि करिश्मा, जसलाई उनले ‘अतिमानवीय, अलौकिक, वा कम्तीमा विशेष असाधारण शक्ति वा गुणहरू’ भएका ‘व्यक्तिगत व्यक्तित्वु का रूपमा परिभाषित गरेका थिए, प्रायः यो हेर्नेहरुको दृष्टिमा आधारित हुन्छ। अधिकांश शक्तिशाली नेतासँग असाधारण रूपमा प्रभावकारी हुने शक्ति हुन्छ। तथापि, तिनका अनुयायी र सह–कार्यकर्ताहरूले तिनको क्षमतालाई स्वीकार गरेर तिनको प्रतिष्ठा निर्माण गर्छन्। यसले नेताको करिश्माई अधिकारलाई अस्थिर बनाउँछ। सार्वजनिक धारणा परिवर्तन भएमा उनको विशेषताको ओज समाप्त हुन सक्छ, जसले उनलाई कुनै पनि वैधता बिना नै छोड्छ, जो वंशवादी वा अन्य प्रकारको अधिकारमा पाइन्छ। यही कारणले अधिनायकवादी राज्यहरू नेताको प्रशंसामा लगानी गर्छन् र नेता आफ्नो जनतामा आफ्नो पकड गुमाउन थालेमा उनीहरूले सेन्सरशिप र दमनको प्रयोग बढाउँछन्।
सर्वोच्च वर्गहरू(एलिटस्) अधिनायकवादी नेताका सबैभन्दा महत्त्वपूर्ण प्रवर्द्धक र सह–कार्यकर्ताहरू हुन्। आफ्नो वर्ग, लिंग, वा जातिगत विशेषाधिकार गुमाउने डरले, प्रभावशाली व्यक्तिहरूले नै विद्रोहीलाई राजनीतिक प्रणालीमा यसकारण ल्याउँछन्, कि उनीहरूको समस्याको समाधान गर्ने क्रममा उसलाई नियन्त्रण गर्न सकिन्छ । एक पटक नेता सत्तामा पुगेपछि, यो प्रभावशाली वर्गले उसलाई नियन्त्रण गर्न सनसके पछि किनारामा बसेर विलौना गर्दछ । अहिले ट्रम्पलाई नियन्त्रण गर्न आशा पालेका रिपव्लिकनहरु मध्ये विशेषगरी पूर्व राष्ट्रपति जर्ज डब्लु बुश, निक्की हेली लगायतले त्यही गरिरहेका छन् ।
पश्चिम पामबिच, फ्लोरिडाको विजय भाषणमा, ट्रम्पले आफूलाई “सबैभन्दा ठूलो राजनीतिक आन्दोलनको नेता“ दावी गरेका छन् । “हामीले त्यस्ता अवरोधहरू पार गर्यौं जुन कसैले पनि सम्भव सोचेका थिएनन्, अत्यन्त शक्तिशाली र अनौठो जनादेश“ सँग आफूले पदभार ग्रहण गर्न लागेको भन्दै झण्डै उनको क्याविनेटलाई मञ्चमा आमन्त्रण गरेर दुनियालाई संकेत पनि दिएका छन् ।
ट्रम्पले स्वतन्त्र प्रेस र न्यायिक प्रणालीप्रतिको विश्वासलाई ध्वस्त पार्दै र स्वतन्त्र र निष्पक्ष चुनावको बारेमा शंका उठाइरहे । उनले चार वर्ष पहिलेको आफ्नो हारलाई कहिल्यै स्वीकार गरेनन् । त्यसलाई चुनावी नारा बनाउँदै उनको दोस्रो कार्यकाल २०२० मा चोरिएको थियो भन्दै आए । जेभएपनि उनको यस्तो अस्वीकृति रिपब्लिकन पार्टीका लागि त्राण बन्न पुग्यो ।
ट्रम्पले अमेरिकी सरकारको आधारभूत पुनर्संरचना गर्ने प्रतिज्ञा गरेका छन् । त्यो भनेको सम्भवत “प्रतिशोध“ र “आन्तरिक दुश्मन“ का रूपमा देखिने आफ्ना राजनीतिक विपक्षीहरूको सफाया हुन सक्छ । उनले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासनको लहर सञ्चालन गर्ने, सेनालाई घरेलु रूपमा तैनाथ गर्ने, व्यापक शुल्कहरू प्रस्ताव गर्ने र अमेरिकी राष्ट्रपति पदको इतिहासमा सबैभन्दा ठूलो शक्ति एकत्रित गर्ने प्रतिज्ञा पनि गरेका छन् ।
यसपटककको चुनावी अभियानका क्रममा एक दशक लामो समयसम्म रिपब्लिकन पार्टीको प्रमुख अुनहार बनेका ट्रम्प र उनका अतिवादी राजनीतिक दृष्टिकोणले आक्रोश उत्पन्न गर्ने शक्ति गुमाएको जस्तो देखिन्थ्यो । अमेरिकी संस्थापनप्रति असन्तुष्ट करोडौं अमेरिकीहरू देशका संस्थाहरू र राजनीतिक प्रणालीप्रति बेमतलव देखिए । उनीहरुले आफूलाई असफल भएको महसुस गर्दै ट्रम्पको अराजकता–प्रेरित व्यक्तित्वलाई अन्तिम आशाको किरणका रुपमा हेरको प्रष्टै छ । अमेरिकी संस्थाहरु र शासन प्रणालीको अति अलगाववादले गम्भीर आर्थिक र समाजिक समस्या उत्पन्न गरेको चेतावनी यसै बर्ष अर्थशास्त्रतर्फ नोवेल पुरस्कार विजेता डारेन एसेमोग्लु, साइमन जोनसन र जेम्स रोबिन्सनले नै दिइसकेका छन् ।
ट्रम्पले आफ्नो यो वर्षको राष्ट्रपतिको उमेद्वारी २०२२ नै घोषणा गरेका थिए । आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीलाई पराजित गरेर उनीहरूलाई समर्पण गर्न बाध्य गरेका थिए । २०२२ को कंग्रेसनल प्राइमरीहरूमा उनले त्यस्ता १० जना रिपब्लिकन कानून निर्माता मध्ये ८ जनालाई पराजित गरेका थिए । जसले ट्रम्लाई दोस्रो महाअभियोगको पक्षमा मतदान गरेका थिए । त्यसपछि उनले २०२४ को राष्ट्रपति प्राइमरीहरूमा ऐतिहासिक विजय हासिल गरे । उनले एउटा मात्र राज्यमा बाहेक सबै राज्यमा प्राइमरी विजय प्राप्त गरेका थिए ।
उनका समर्थकहरूले उनलाई एक भाग्यशाली उम्मेदवारको रूपमा समर्थन गरेका थिए । गत जुलाईमा, रिपब्लिकन नेशनल कन्भेन्सनको केही दिन अघि पेंसिल्भेनियाको बटलरको एक र्यालीमा सम्भावित गोली प्रहारले काननेर छलेको बेला ढल्दै गर्दा उनले उठेर मुठ्टी उठाउँदै ‘फाइट‘ ‘फाइट‘ ‘फाइट‘ भने । उनका समर्थकले पनि सँगसँगै फाइट फाइट भनेका थिए । जतिबेला उनले हावामा मुठ्ठी हल्लाउँदै आक्रोश पोखिरहेका थिए, त्यो बेला उनको अनुहारबाट रगत बगिरहेको थियो ।
ट्रम्पमाथिको गोलीकाण्डको आठ दिनपछि, आफ्नो निजी निवसा डेलावेयरमा कोविड–१९ को परीक्षण गर्दा एक्लिएका जो बाइडेन चुनावी दौडबाटै बाहिरिन बाध्य भएका थिए । त्यो बेला दुर्घटनाबस ह्यारिसको चुनावी दौडको प्रवेशले रकम जम्मा गर्ने नयाँ लहर ल्याए पनि मतदाताको मन छुन नसकेको प्रमाणित भएको छ । यो सन्दर्भ पनि ट्रम्पका लागि निकै उपयोगी सावित भयो । ह्यारिसको प्रवेशले आर्थिक चुनौति खडा गरेका बेला ट्रम्पले आफ्नो आधारका रुपमा विश्वकै सवैभन्दा धनी एलन मस्कलाई आफ्नो चन्दादाता मात्र नभएर स्टार प्रचारककै रुपमा खडा गरेर जबाफ दिएका थिए ।
ट्रम्पको अभियानले केवल ‘ब्ल्यु कलर‘ पेशा भनिने वर्गका श्वेत मतदाताहरू मात्र नभएर श्रमिक वर्गका अश्वेत र ल्याटिनो मतदाताहरूलाई पनि समेट्ने नयाँ राजनीतिक गठबन्धन बनाउन लक्षित चुनावी रणनीतिले सफलता प्राप्त गरेको छ ।
यसपटकको चुनवाको निकै ठूलो मुद्धा बन्नेमा डेमोक्र्याटहरुले स्टेक हालेको गर्भपतन अधिकार सम्भवतः २०२२ को मध्यावधि चुनावमा जस्तो महत्वपूर्ण मुद्दाका रुपमा स्थापित हुन सकेन । फ्लिोरिडा राज्यले गर्भपतन अधिकारललाई जनमतसंग्रहबाटै अस्वीकार गरिदिने पहिलो राज्य बनेर संयुक्त राज्य अमेरिकालाई गहिरो सन्देश दिएको छ । अब दुनियाभरमा संयुक्त राष्ट्रसंघ र अमेरिकी सशक्तिकरण परियोजनाका नाममा उनीहरुले पाठ पढाउने रबैयालाई भावी दिनमा कुन रुप दिन्छन् हेर्न बाँकी छ ।
ट्रम्पले गर्भपात अधिकारलाई राज्यको हकमा छोड्ने भन्दै त्यसबाट पन्छिएका थिए । तर उनले हरेक प्रौढ अभिभावकको मन छुनेगरी चेतावनी दिएका थिए ‘तपाईको छोरा विहान छोरा भएर कलेज जान्छ, बेलुका घर फर्किंदा म त छोरी बनें भन्छ भने तपाईंलाई कस्तो लाग्छ ? के भगवानले पुरुष र महिला बाहेक अर्को कोही हुन्छ भनेर धर्तीमा पठाएको छ भन्ने मान्नुहुन्छ ? ।‘ यसले झनै अमेरिकी समाजको बढ्दो तेस्रो लिङ्गीय आन्दोलन विरोधी भावनलाई भित्रैदेखि उरालेका हुनुपर्दछ ।
विभिन्न सर्वेक्षणहरूले अमेरिकी समाजलाई ऐतिहासिक रुपमो लैङ्गिक विभाजनको पराकाष्ठामा उभिएको चेतावनी दिएका थिए । यो चुनावमा सवैभन्दा धेरै युवा पुरुष मतदाताहरूले ट्रम्पको लोकप्रियतावादलाई पछ्याए भने महिलाहरू ह्यारिसको गठबन्धनमा देखिए । यहाँ गठबन्धन किन भनिएको हो भने झण्डै दुई सय भन्दा बढी रिपव्लिकनहरुले आफ्नो पार्टी प्रतिवद्धता नत्यागीकन ह्यारिसको चुनावी अभियानमा सामेल भएका थिए । त्यसमध्येका अगुवाई थिए, रिपव्लिकन पूर्व उपराष्ट्रपति डिक चेनीका बाउछोरी । डेमोक्रेटिक पार्टीका कट्टर आलोचक वामपन्थी लोकप्रियतावादी बर्नी स्यान्डर्सले पनि ह्यारिलाई नै समर्थन गरेका थिए । यसरी ह्यारिसको चुनाव अभियान केवल डेमोक्र्याटहरुको मात्र नभएर गठबन्धन जस्तो थियो ।
जहाँ ह्यारिसले आफूलाई एक नयाँ पीढ़ीको नेतृत्वको अग्रणीको रूपमा प्रस्तुत गर्दै मिडल क्लासमा ध्यान केन्द्रित गरिन् र ग्रोसरी मूल्य, आवास खर्च, बालबालिका हेरचाह र वृद्धबृद्धाको हेरचाहका समस्या समाधान गर्ने नीति योजनाहरू प्रस्तुत गरिन् । त्यसलाई भन्दा कामको टिप्समा छुट, अतिरिक्त कामबाट हुने कमाईमा कर नलिने ट्रम्पको वाचाले बढी मतदातालाई छोयो । सन् २०१९ को प्राइमरीको समयमा भन्दा उनले सीमा तथा आप्रवासन नीतिमा आफ्नो दृष्टिकोणलाई पुरै १८० डिग्रीमा उल्टाएकी थिइन् । २०१९ मा राष्ट्रपति पदको दौडमा अनाधिकृत रूपमा अमेरिका प्रवेश गर्नु अपराध नहुने पैरवी गरेकी थिइन् ह्यारिसले । तर जव उनलाई वाइडेनले उपराष्ट्रपतिका रुपमा क्यारेवियन देशहरुमा गएर त्यहाँबाट भइरहेको अमेरिकाभित्रको आप्रवासनलाई निरुत्साहित गर्ने जिम्मेवारी दिए, त्यहीबेलादेखि झण्डै डेमोक्रेटिक पार्टी पनि आप्रवासन नीतिका बारेमा लटरपटर शैली अपनाउँदै ट्रम्पकै अनुयायीमा बदलिंदै थियो ।
ट्रम्पले ह्यारिसलाई देशका धेरै समस्या सिर्जना गर्ने जिम्मेवार ठहराउँदै र कर कटौतीका नारा प्रस्तुत गरेका थिए । कामदारहरुको टिप्समा कुनै कर नलिने, सामाजिक सुरक्षा कर नलिने, अतिरिक्त समयको कामबाट गरेको कमाइमा कर नलिने ट्रम्पको प्रतिज्ञालो कामदार वर्गका मतदाता ह्यारिसतर्फ भन्दा ट्रम्पतर्फ सोझिनु अस्वभाविक थिएन ।
ह्यारिसले ट्रम्पको विभाजनकारी युगमा पृष्ठ(पेज) पल्टाउने भन्दै “हामी फर्केर जाने छैनौँ,“ भन्दै भीड त उचालेकै थिइन् । तर उनले कहिल्यै पनि पूर्ण रूपमा ट्रम्पले गर्न खोजेको परिवर्तनको न त भण्डाफोर गर्न सकिन् न त ती नीतिको जिम्मेवारी लिन । किन कि उनी बहालवाला उपराष्ट्रपति थिइन्,जसले बाइडेनका सवैखाले नवउदारवादी नीति र शीत युद्धकालीन धङधङकी भार बोक्ने पर्ने थियो ।
बाइडेन प्रशासनले कोरोनाभाइरस महामारीबाट देशको पुनरुद्धारलाई तीव्रता दिएको थियो । धेरै अर्थशास्त्रीहरूले अपेक्षा गरेभन्दा कम नरम आर्थिक अवतरण सुनिश्चित गरेको पनि थियो । म्यान्युफ्याक्चरिंग, जलवायु परिवर्तन र पूर्वाधारका लागि व्यापक कानून पारित गरेको पनि थियो । तर बढ्दो खाद्यान्नको मूल्य बृद्धि र आवास मूल्यहरूको आकाशिंदो अवस्थाबाट उत्पनन राजनीतिक संकटलाई समाधान गर्न चुकेको विन्दुलाई नै ट्रम्प अभियानले गज्जबले भँजाएको थियो । ट्रम्पले भनेकै छन, अरुले कार्वन उत्सर्जन गर्ने हामीले किन बजेट दिने ? अरु देशको रक्षाका लागि किन हामीले नेटोलाई पैसा र हतियार दिने ? मैले यी सबै केही गर्दिन, सब अमेरिकी नागरिकलाई बाँड्छु भन्ने बाचाले मतदातालाई छोएको हुनु पर्दछ ।
ट्रम्पले देशलाई विदेशका द्वन्द्वबाट अलग गर्ने वचन दिए । युक्रेन र रूस बीच तीन वर्षदेखि जारी युद्धलार्ई तत्कालै रोक्ने कसम खाए । मध्य पूर्व हिंसा र द्वन्द्व आफू सत्तामा भएको भए हुँदै नहुने दावी गर्दै यी सबैबाट अमेरिका बाहिर आउनुपर्छ भन्ने प्रतिज्ञा गरे । उनको रुसी राष्ट्रपतिसँग विशेष सम्वन्ध भएको सुनिरहेका मतदाताले यो काम ट्रम्पले गर्न सक्नेमा विश्वास गरेको हुनुपर्छ ।
अब ट्रम्प कथित एक ध्रुवीय विश्वको एकल नेता बनेका छन् । विश्वभरका नेताहरुले उनलाई बधाई दिने सन्देशमा एआईको भरपूर उपयोग गर्ने दौड चलिरहेको छ । त्यसमाथि एलन मस्कले विना सीम र इन्टनेट विना उपलव्ध गराउने टेस्ला फोनको लोभमा दुनियाभरका दुई करोड बढी उनका अनुयायीमा यसपटक अमेरिकाबाटै ट्रम्पका झण्ड ७ करोड वयस्कहरु लालयित बनेका छन् । हेर्न बाँकी एउटै कुरा छ – जनवरी २०, २०२५ मा ‘कम्तीमा एक दिनका लागि राष्ट्रपति ट्रम्प तानाशाह बन्छन् कि बाँकी चार वर्ष नै ।‘
न्यूयोर्क टाइम्सले सम्पादकीय मार्फत अनिश्चिता र ससंकटको रोजाइबाट गम्भीर परिणमा आउने चेतावनी दिंदै लेखेको छः
‘यस देशका संस्थापकहरूले कुनै दिन मतदाताहरूले अधिनायकवादी नेताको चुनाव गर्न सक्ने सम्भावनालाई चिनेका थिए र संविधानमा सुरक्षाका उपायहरू लेखेका थिए, जसमा अन्य दुई शाखालाई दिइएका अधिकारहरू पनि समावेश छन्। यी अधिकारहरू यस्तो राष्ट्रपतिलाई रोक्न डिजाइन गरिएको हो, जो आफ्नो स्वार्थ पूरा गर्नका लागि कानुनलाई मोड्ने र तोड्ने प्रयास गर्छ। साथै, उनीहरूले नागरिकहरूका लागि अधिकारहरूको एक सेट — विशेष गरी पहिलो संशोधनमार्फत् — स्थापना गरे, जसले नागरिकहरूलाई आफ्ना नेताका शब्दहरू र कार्यहरू विरुद्ध भेला हुन, बोल्न र विरोध गर्नको लागि अधिकार दिन्छ।
आगामी चार वर्षमा, अमेरिकीहरूले राष्ट्र र यसको कानुनहरूमा आउने खतराप्रति स्पष्ट दृष्टिकोण राख्नुपर्छ, जुन देशको ४७औं राष्ट्रपतिबाट हुनेछ, र देशको रक्षा गर्नका लागि र त्यसका जनताहरू, कानुनहरू, संस्थाहरू र मूल्यहरूको पक्षमा आफ्नो अधिकार प्रयोग गर्न तयार हुनुपर्छ जसले यसलाई बलियो राखेको छ।’
प्रतिक्रिया दिनुहोस्