ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पोनोमिक्स २.० का तीन वटा शैली(भिडियो विश्लेषणसहित)


शुभशंकर कँडेल
२५ कार्तिक २०८१, आइतबार   ७ : १९   बजे

 

काठमाडौं कात्तिक २४ । अमेरिकाको राष्ट्रपतिमाडोनाल्ड ट्रम्पको विजयले राजनीतिक अनिश्चय भन्दा बढी आर्थिक नीति कस्तो हुनेछ भन्ने बहस तीव्र भएको छ । ट्रम्पको आर्थिक कार्यक्रमलाई तीन मुख्य श्रेणीमा विभाजन गर्न सकिन्छ। सबैभन्दा विवादास्पद रूपमा, ट्रम्पले अमेरिकामा आयात हुने प्रत्येक सामानमा १०–२०प्रतिशत शुल्क लगाउने वाचा गरेका छन्।
उनले चीनबाट आयात गरिने सबै सामानहरूमा ६०प्रतिशत र मेक्सिकोबाट आयात हुने गाडीहरूमा ५००प्रतिशत सम्मको शुल्क लगाउने चुनावी प्रतिज्ञा गरेका छन् । यही वाचालाई ट्रम्पको आर्थिक नीति बनाइएकामा अमेरिकाभित्र उपभोक्ता मूल्यहरू वृद्धि गर्न सक्नेछ र आर्थिक वृद्धिलाई खस्काउन सक्नेछस । यस्तो आर्थिक नीतिले सर्वत्र प्रतिशोध निम्त्याउने सम्भावना अधिक देखिन्छ ।

राष्ट्रपति–निर्वाचित ट्रम्पले कर्पोरेट करका दरलाई २१प्रतिशत बाट घटाएर सम्भवतः १५ प्रतिशतमामा ल्याउने छन् । उनले करर्पोरेट कर घटनाउने वाचा गरेका छन् । त्यहाँ लगाइउको नियमन पनि घटाउने योजना ट्रम्पको छ। यसले अमेरिकाको बजेट घाटा अझै बढाउनेछ। ट्रम्पले ठूला प्रविधि र ऊर्जा कम्पनीहरूलाई बढी स्वतन्त्रता दिन चाहन्छन्। उनले कृत्रिम बुद्धिमत्ता(एअआई) प्रतिको नियमनलाई खुकुलो बनाउने र र विदेशी कम्पनीहरूलाई संघीय भूमिमा तेल उत्खनन गर्न अनुमति दिन प्रस्ताव गरेका छन्।

ट्रम्पको आर्थिक नीतिमा आप्रवासन नीतिले विनाशकारी आर्थिक असर पार्न सक्नेछन्। ठूलो मात्रामा निर्वासनले अमेरिकी कार्यबललाई घटाउनेछ ।यस्तो भएमा छोटो समयका लागि तलब वृद्धिमा तीव्रता ल्याउनेछ। मुद्रास्फीतिको जोखिमले संघीय रिजर्भलाई आगामी वर्षमा ब्याज दरलाई उच्च राख्न उत्प्रेरित गर्न सक्छ । यस्तो हुँदा ट्रम्पको आक्रोश र क्रोधलाई निम्त्याउने सम्भावना छ।

चीनको प्रतिक्रिया कस्तो हुनेछ ?

डोनाल्ड ट्रम्पको पुनरागमनले चीनका लागि नयाँखाले अनिश्चितता ल्याएकोछ । यसले गर्दा चिनियाँ सामानहरूमा लाग्ने शुल्कहरूले पुर्याउने क्षतिले गर्दा थप अन्योल बनाउने छ । तर चीनले ट्रम्पको पुनरागमनबाट फाइदा उठाउन खोज्नेछ। यदि उनले अमेरिका निकट राष्ट्रहरूमा पनि शुल्क लगाउंदा चीनले पश्चिमी विश्वको विभाजनमा आफ्नो अवसर देख्नेछ।
ट्रम्पको युक्रेनप्रतिको अरुचि र र रसिया मैत्री नीतिले अन्त्यले चीनलाई उत्साहित बनाउने छ ।
युक्रेन नजिलरले ताइवानको मनोबल खस्काउँदा बेइजिंगलेले त्यसलाई अवसरमा परिणत गर्नसक्छ । ट्रम्पले ताइवानद्वीपलाई आफ्नो बनाउने सैन्य अभियान चालेमा चीनको आक्रमणलाई रोक्न अमेरिकाको सेना प्रयोग गर्ने कुरामा ट्रम्प स्पष्ट नभएकोले चीनलाई बढी चासो र अवसर मिल्नेछ ।

तर विज्ञहरुका अनुसार चीनले ट्रम्पको पुनरागमनलाई नाफामूलक सहअस्तित्वको आशा भने जिवितै राखेको छ ।
अहिले उसले आर्थिक दूरी बनाउने निर्णयमा सन्तोष गरेको छ। द्विपक्षीय सम्बन्ध बिस्तारै भू–राजनीतिक प्रतिस्पर्धाजस्तो देखिन थालेका छन् । चीनले ट्रम्पको एकांगी र अलगाववादी नीतिबाट फाइदा लिन र आफूलाई विकासशील देशहरूको प्राकृतिक नेता बनाउन खोज्नेछ। तर, उसले ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिबाट धेरै गुमाउन पनि सक्ने खतरा भने टरि नसकेको बेइजिंगको ठहरका कारण पर्ख र हेरको नीति अख्तियार गरेको छ ।

 

भिडियो विश्लेषण

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group