काठमाडौं, २३ फागुन । ह्वाइट हाउसका सात कर्मचारीले ट्रम्प प्रशासनसँग असन्तुष्ट भएर जागिर छाडेका छन्। राजिनामा दिने पहिलो नम्बरमा ह्वाइट हाउसका आर्थिक सल्लाहकारका रुपमा कार्यरत गौरी कान छन् ।
गौरी कानले ट्रम्पको मुख्य आर्थिक सल्लाहकार पदबाट राजीनामा बुझाएका छन्। उनले ६ मार्च २०१८ मा ह्वाइट हाउसमा राजीनामा पेश गरेका हुन्।
गोल्डम्यान स्याक्स बैंकका पूर्व अध्यक्ष समेत रहेका कानलाई ट्रम्पले आफ्नो कार्यभार सम्हाल्ने बित्तिक्कै राष्ट्रिय आर्थिक परिषद्का प्रमुख नियुक्त गरेका थिए।
तर, अमेरिकामा आयात हुने स्टील तथा आल्मुनियममा ट्यारिफ लगाउने ट्रम्पको योजनाप्रति कानको असन्तुष्टि छ।उनले १४ महिने कार्यकाल सम्हालेर राजीनामा दिएका छन्।
यस्तै ह्वाइट हाउसका कम्युनिकेसन्स डाइरेक्टर होप हिक्स पनि २८ फेब्रुअरीमा सन् २०१८ मा राजनीनामा बुझाइ सकेकी छिन्।
उनले डोनाल्ड ट्रम्पको चुनावी अभियानको दौरानमा मिडयाको कार्यभार सम्हालेका थिए। त्यसो त उनले ट्रम्पको सचिव पदमा रहेर जिम्मेवारीमा सम्हालिसेका थिए।
सन् २०१६मा भएको चुनावमा रुसको असरबारे जाँच्न कांग्रेसले गठन गरेको प्यानमा आफूले मिडियामाझ ट्रम्पकै लागि भए पनि झूठ बोलेका थिए। त्यही कारणले उनले ट्रम्पको सामू उनले असन्तुष्टि भएर राजीनामा दिएकी हुन्।
उनले आफ्नो पदमा काम गर्दा ट्रम्पसँग ६ वर्ष बिताइसकेका छन्। यसपछि उनले ट्रम्पको चुनाव र पछि फेरि ह्वाइट हाउसको लागि तीन वर्ष काम गरे।
त्यस्तै ह्वाइट हाउसको स्टाफ सेक्रेटरी हुन् रोब पोर्टर। उनले ट्रम्पको लागि दाहिने हातको रुपमा काम गर्दै आएका थिए। उनलाई वासिङगटनमा हिंसाको आरोपमा एफबीआइले उनलाई गोप्य सूचना नदिएको भन्दै अस्विकार गरिदिएका थिए।
पोर्टरको पूर्वपत्नीले उनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन्। डेली मेल अखबारमा समाचार छापिएपछि चिफ अफ स्टाफ जोन केली तथा राष्ट्रपति ट्रम्पबाट उनलाई राजीनामा दिन दबाब आएपछि ८ फेब्रुअरीमा राजीनामा दिएका हुन्। उनले झण्डै एक वर्ष ह्वाइट हाउसमा काम गरे।
एण्ड्रयू म्याकब्याक एफबीआइको उप-निर्देशन हुन्। उनी मार्चमा अवकाश हुने वालमा थिए। तर उनलाई ट्रम्प प्रशासनले हट्न पटक पटक दबाब दिएपछि उनी आफैंले २९ जनवरीमै राजनीनामा दिन बाध्य भए। सुरुवातमा उनको बारेमा ट्रम्पले हटाउन लागेको खबर फैलिएपछि उनले अवकाश अगाडि नै राजीनामा दिएका हुन्।
उनी १९९६मा एफबीआइसँग जोडिएका थिए र सन् २०१३मा बोस्टन म्याराथनको क्रममा भएको बमबारीमा उनी बोल्न सक्ने अवस्थामा थिएनन्।
साथै राष्ट्रपति ट्रम्प स्वयमले पनि उसको बारेमा धेरै पटक ठाउँ ठाउँमा आलोचना गर्दै हिडेका थिए। उनले उप निर्देशक पदमा दुई वर्ष र ट्रम्प प्रशासनमा एक वर्ष गरी तीन वर्षको कार्यकाल काम गरे।
त्यस्तै अर्का ट्रम्पका नजिकका हेल्थ सेक्रेटरी टोम प्राइस पनि राजीनामा बुझाएका छन्।टोमले ‘अफोर्डेबल केयर एक्ट’ अर्थात ओबामा केयर नीतिलाई हटाउन राष्ट्रपतिको ट्रम्पको पक्षमा काम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।तर जब ट्रम्पले मे र सेप्टेम्बरको बीचमा आफ्नो हवाइ यात्रामा करीब दश लाख डलर भन्दा बढी खर्च गरेपछि ट्रम्प उनीबाट असन्तुष्ट देखिए।
यसैगरी ट्रम्को मुख्य रणनीतिकार स्टीव बैननले पनि १८ अगस्ट,२०१७ मै राजीनामा बुझाए। उनी दक्षिपन्थी विचारधाराको समाचार पस्कने वेबसाइटलाई नियन्त्रणमा राख्ने र ट्रम्पको पक्षमा चुनाव प्रचार लेख्न लगाउने अभियानमा जुटेका थिए।
तर जब ट्रम्पको ज्वाइले प्रत्येक हप्ता रूपर्ट मर्डोकको पक्षमा लागेपछि उनलाई हटाउन दबाब बढ्यो। किनकी रूपर्ट मर्डोक स्टीव बैननको खुलेर विरोध गर्दै आएका थिए। बैनन्ले ट्रम्पलाई चुनाव जिताउन बनेको क्याम्पियन चिफपछि एक वर्ष काम गरे।
यस्तै सातौ नम्बरका कर्मचारीका हुन् न्यूयोर्क फैडेरल प्रासिक्ड्यूरमा कार्यरत प्रीत भरारा।उनले ट्रम्पको कानुनी सल्हालकारको रुपमा दुई महिना मात्रै काम गर्न पाए।
किनकी उनले यसअघिका राष्ट्रपति ओबामाको कार्यकालमा सात वर्ष सात महिना काम गरेका थिए। यही कारण उनलाई ट्रम्प प्रशासनले राजीनामा दिन दबाब दिँदै आएका थिए। यसकारण उनले ११ मार्च २०१७मा राजीनामा दिन बाध्य भए।
प्रतिक्रिया दिनुहोस्