ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा पुरानै गठबन्धन ब्युँताउने प्रयासमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी


एबीसी न्यूज
२७ कार्तिक २०८१, मंगलबार   ४ : ०६   बजे

काठमाडौं २७ कात्तिक । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको उपचुनावमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले साझा उम्मेदवार उठाउन कसरत गरिरहेका छन् ।

उनीहरु त्यो बेलामा यस्तो कोसिस गर्दैछन्, जुन बेला कांग्रेस र एमालेले केन्द्रमा सरकार र उच्चस्तरीय संयन्त्रमात्रै बनाएका छैनन्, बरु यो संयन्त्रलाई प्रदेश, जिल्ला र पालिका तहसम्मै बिस्तार गर्न चाहन्छन् ।

केन्द्र र प्रदेशमा कांग्रेस र एमालेले असार १७ गते बनाएको नयाँ सत्ता समीकरण प्रतिकूल हुने गरी तीन दलका नेताहरु साझा उम्मेदवार बनाउन प्रयत्नरत भएका हुन् ।

विगतमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच गठबन्धन थियो। कांग्रेस सभापति शेरबहादुर देउवाकै प्रस्तावमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेसँगै उक्त गठबन्धन भत्के पनि बाजुरामा पुरानो गठबन्धन ब्युँताउने प्रयास चलिरहेको हो ।

चुनावी तालमेलका लागि छलफलमा जिल्ला तहका नेताहरु जुटिरहेकाले कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्ना उम्मेदवार चयन गर्न सकिरहेका छैनन्। कांग्रेसबाट पुल्तीसरा शाहीको नाममा सहमति जुटे पनि माओवादी र समाजवादीसँग छलफलको क्रममा रहेकाले उनको नाम सार्वजनिक गरिएको छैन ।

कांग्रेसका एक जिल्ला नेताका अनुसार पूर्वमन्त्री समेत रहेका जनकराज गिरी चुनावी तालमेलको पक्षमा देखिएका छन्। यसै पालिकाका स्थानीय व्यक्ति समेत रहेका गिरीले माओवादी र एकीकृत समाजवादीसँग समन्वय गरेर छलफल गरिरहेको कांग्रेसका जिल्ला नेताले जानकारी गराए ।

कांग्रेसको जिल्ला समितिमा रहेका एक सदस्यले माओवादी र समाजवादीसँग तालमेल गर्न उपयुक्त हुने भएकाले संवाद चलिरहेको अनलाइनखबरसँग बताए।

‘माओवादीसँग पनि गठबन्धन गरेर जाऔं भन्ने कुरा साथीहरुले गर्नुभएको छ,’ ती जिल्ला सदस्यले भने,‘स्थानीय कमिटीहरुको साथीहरुकै कुरा पनि त्यो आयो । तीन दल मिलेर चुनाव लड्दा सजिलो हो भन्ने कुरा गर्नुभएको छ।’

तीन दल वीच चुनावी तालमेलका बारेमा छलफल चलिरहेको एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिम सांसद नरेश शाहीले जानकारी गराए । तीन दलमा कुरा चलिरहेको तर निष्कर्षमा पुग्न बाँकी रहेको शाहीले जानकारी गराए ।

गत स्थानीय तहको निर्वाचनमा यस पालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको थियो । कांग्रेसबाट निर्वाचित मैना जोशीको गत माघमा निधन भएको थियो । तीन दलको संवादमा सबैले आफ्नो दलबाट साझा उम्मेदवार हुनुपर्ने दाबी गरिरहेका छन् ।

निर्वाचन पछि उपाध्यक्ष एमालेबाट जित्नुभन्दा अरु दलबाट भए अध्यक्षसँग काम गर्न सजिलो हुने विचार पार्टीमा रहेको बाजुराका एक कांग्रेस जिल्ला नेताले जानकारी गराए । ‘हाम्रो दीर्घकालीन प्रतिस्पर्धा हुने एमालेसँगै हो । सकेसम्म कांग्रेसकै हुनुपर्‍यो । त्यसो हुन नसके माओवादी वा समाजवादीबाट उपाध्यक्ष भए गाउँपालिका अध्यक्षलाई काम गर्न सजिलो हुन्छ,’ ती नेताले भने।

स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट जितेका भरतबहादुर रोकाया छन् । उनी कांग्रेसको जिल्ला सचिव समेत हुन् । कांग्रेस स्रोतका अनुसार पालिका अध्यक्ष रोकाया समेत विपक्ष दलहरुसँग चुनावी तालमेलका पक्षमा छन् ।

कांग्रेसका नेताहरुका अनुसार चुनावी तालमेलका बारेमा छलफल गर्न कांग्रेस अब धेरै समय माओवादी र समाजवादीलाई प्रतिक्षा गर्ने पक्षमा छैन । तीन दल वीच तालमेलमा कुरा मिल्न नसके आ आफ्ना उम्मेदवारको नाम दर्ता गर्ने र पछि एकले अर्कोलाई सहयोग गर्ने गरी नाम फिर्ता लिन सकिने कांग्रेस नेताले बताए ।

‘माओवादी र समाजवादीले जित्न सक्ने अवस्था छैन,’ तालमेलका पक्षमा रहेका कांग्रेस नेता भन्छन्,‘हामीलाई पनि एक्लै जित्न गाह्रो छ । धेरै मतदाताहरु कामका लागि भनेर भारततिर गइसके ।’

कांग्रेसको केन्द्रीय निर्णय चुनावी तालमेल नगर्ने छ। तालमेलका पक्षमा देखिएका नेताले केन्द्रमा कुरा गरेर स्थानीय तहमा अरु दलसँग छलफल चलेको जिल्ला तहका नेताको दाबी छ । कांग्रेसले स्थानीय तहको उप निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई मूख्य जिम्मेवारी दिएको छ ।

‘चुनावी तालमेल गर्ने निर्णय लिए पनि केन्द्रको स्विकृति लिनुपर्ने हुन्छ । केन्द्रले सहमति नदिएसम्म अरु दलको उम्मेदवारलाई समर्थन नगर्न भन्नुभएको छ,’ तालमेल पक्षधर कांग्रेसका जिल्ला नेताले भने । कांग्रेसको जिल्ला नेतृत्व भने चुनावी तालमेल नगरेर आफ्नो उम्मेदवार उठाउने पक्षमा छ । जिल्ला सभापति रामसिंह रावलले कांग्रेसको आफ्नै उम्मेदवार हुने बताए । रावलले भने,‘ ‘हाम्रो उम्मेदवार पुल्तीसरा शाही हो । हाम्रो उम्मेदवारका लागि समर्थन खोज्न साथीहरुले छलफल गर्नुभएको होला ।’

१६ मंसिरमा ४४ पदका लागि स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ । उपनिर्वाचन हुने सबै स्थानका लागि आयोगले निर्वाचन अधिकृत समेत तोकिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group