ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुर कन्क्लेभ-२०२४ सुरु


एबीसी न्यूज
२८ कार्तिक २०८१, बुधबार   १२ : ३७   बजे

काठमाडौं २८ कात्तिक । कान्तिपुर कन्क्लेभ(२०२४ सुरु भएको छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कन्क्लेभको उद्घाटन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले गरेका हुन् ।

बुधबार र बिहीबार हुने कन्क्लेभमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरूमा बहस हुनेछ । यसवर्षको मुख्य विषयवस्तु ‘डेमोक्रेसी इन डिलेमा’ रहेको छ । कान्तिपुर कन्क्लेभको यो चौथो संस्करण हो ।

एनआईसी एसिया बैंकको मुख्य प्रायोजन र एसियन पेन्ट्सको सहप्रायोजन हुने बहसका १२ सत्रमा १० विदेशीसहित ५५ वक्ता रहनेछन् । कन्क्लेभमा नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले ‘की–नोट स्पिच’ दिनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत वक्ताका रूपमा कन्क्लेभमा सहभागी हुनेछन् ।

भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरेशी, राजनीतिशास्त्री प्रताप भानु मेहता, विल्सन सेन्टर अमेरिकाको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यान, हुवाङचोङ विश्वविद्यालय चीनको इन्स्टिच्युट अफ स्टेट गभर्नेन्सका वाङ पेङ, द हिन्दुकी डिप्लोमेटिक अफेयर्स एडिटर सुहासिनी हैदर, भारतका राजनीतिक अभियन्ता योगेन्द्र यादव, बेलायती लेखक तथा पत्रकार थोमस बेल र अमेरिकी पत्रकार पिटर गिल विभिन्न सत्रमा सहभागी हुनेछन् ।

कन्क्लेभको पहिलो दिन बुधबार ‘दोबाटोमा लोकतन्त्र’, ‘नीति र समृद्धि’, ‘लोकरिझ्याइँको लहर’, ‘सामाजिक सञ्जाल स् दुईधारे तरबार’, ‘कलम र शक्ति स् नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक’ र ‘प्रचण्डपथ  सडक कि सत्ता  ?  शीर्षकमा बहस हुनेछन् ।

दोस्रो दिन बिहीबार ‘निर्वाचन सुधार स् नीति कि प्रवृत्ति रु’, ‘भूराजनीतिक खलबल’, ‘मैदानमा महिला नायक’, ‘सीमापार समृद्धि’, ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ र ‘प्रधानमन्त्रीसँग परिसंवाद’ शीर्षकका सत्र रहेका छन् ।

सन् २०२४ मा संसारका धेरैजसो मुलुकका जनताले निर्वाचनमार्फत नेता र नीतिको छनोट गर्ने चुनावमा भाग लिँदै गर्दा मतदातालाई प्रभावित पार्ने ‘पपुलिजम’को लहर पनि चलेको छ । आफ्नो प्रभाव र वर्चस्व स्थापित गर्न सूचना प्रविधिको दुरुपयोग गर्ने प्रवृत्तिले पनि लोकतान्त्रिक आयाममाथि चुनौती थपेको छ । यस्तै विषयमा सार्थक बहस र लोकतन्त्रलाई मजबुत बनाउन यो वर्ष ‘डेमोक्रेसी इन डिलेमा’लाई मुख्य अवधारणा बनाइएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।

वर्तमानका योजनाकार तथा भविष्यका स्वप्नद्रष्टा, देशभित्रका नीति निर्माता, क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारवाला तथा विचारकहरूको बृहद् मञ्च कान्तिपुर कन्क्लेभमा समस्याको जड खोज्ने मात्र होइन, समाधानको प्रारूपमा पनि बहस गरिने उल्लेख छ । कन्क्लेभको इकान्तिपुर र कान्तिपुर टीभीमा प्रत्यक्ष प्रसारण हुनेछ ।

त्यस्तै, कान्तिपुर कन्क्लेभको वेबसाइट र सामाजिक सञ्जालबाट पनि कन्क्लेभका बहसहरूको अपडेट लिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group