ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकर र उद्यमीलाई धम्क्याएर फिरौती मागेको आरोपमा समेत प्रसाईंमाथि अनुसन्धान


एबीसी न्यूज
५ मंसिर २०८१, बुधबार   ११ : २२   बजे

काठमाडौं ५ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो ।

विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान थालिएको हो । ‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले बैंकर र व्यवसायीलाई धम्क्याएर रकम मागेको जाहेरी सीआईबीमा परेको छ । बैंकर र व्यवसायी गरी ४ जनाले अपरिचित व्यक्तिबाट धम्की आएको भन्दै साताअघि सीआईबीमा जाहेरी दिएका थिए ।

भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोई’ को समेत नाम लिएर भारत र यूएईबाट धम्क्याएर रकम मागेको प्रहरीको भनाइ छ । ‘दुर्गा प्रसाईं र लरेन्स बिस्नोईको नाम लिएर धम्की दिई बैंकर र व्यापारीसँग रकम मागेको जाहेरी परेको छ, त्यसको प्रारम्भिक जाँच गर्दा यूएई र भारतबाट फोन गरेको देखियो,’ सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले भने, ‘को–कसको संलग्नता छ भन्ने अनुसन्धानकै क्रममा छ । यसमा आपराधिक लाभसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ ।’

पक्राउपछि प्रसाईंलाई साइबर ब्युरोको जिम्मा लगाइएको र सीआईबीबाट अन्य कसुरहरूमा अनुसन्धान थालिएको उनले बताए । प्रहरीले प्रसाईंसँग जोडिएका आर्थिक कारोबारसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । एक महिनाअघि राष्ट्र बैंकले पनि प्रसाईं र उनका आफन्तका नाममा विदेशबाट शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको थियो । विभिन्न देशबाट प्रसाईं र उनका आफन्तरनातेदारका खातामा सन् २०२१ यता साढे १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आएको भन्दै राष्ट्र बैंकले यो रकम शंकास्पद कारोबार हुन सक्ने आशंकासहित अनुसन्धानका लागि एक महिनाअघि सीआईबीमा पत्र पठाएको थियो ।

यसबारे अनुसन्धान गर्न राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ ९एफआईयू० बाट एक महिनाअघि पत्र आएको प्रहरीको भनाइ छ । उक्त रकम गैरकानुनी रूपमा आएको भेटिए सम्पत्ति शुद्धीकरणसहितको कसुरमा कारबाही हुने छ । प्रसाईंले आफ्ना व्यवसाय सञ्चालनका लागि विभिन्न बैंकरवित्तीय संस्थाबाट साढे ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएको देखिएको र यो कर्जा कानुनअनुसार प्रयोग भएरनभएको विषयमा पनि अनुसन्धान अघि बढेको एसपी बोगटीले बताए । यसमा बैंकिङ कसुरअन्तर्गत कर्जा दुरुपयोगसम्बन्धी कानुनअनुसार अनुसन्धान अघि बढाइएको छ ।

केही दिनअघि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको दूरसञ्चार कम्पनीमा लगानी गरेको र आफूसँग त्यसको प्रमाण रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिए । नेपालका नेताहरूले सिंगापुर, कम्बोडिया, मंगोलिया, तुर्कमिनिस्तान, साउथ अफ्रिका, केन्यामा पैसा लुकाएको र यसमध्ये प्रधानमन्त्री ओलीले कम्बोडियाको दूरसञ्चारमा लगानी गरेको उनको दाबी थियो ।

प्रसाईंले आफूसँग लिखित, सिग्नेचर भएका प्रमाण रहेको र प्रमाण जुटाउन मात्र १ करोड साढे ११ लाख खर्च गरेको दाबी गरेका छन् । त्यसपछि प्रहरी निगरानीमा रहेका प्रसाईंलाई सीआईबीले अदालतबाट अनुमति लिएर मंगलबार पक्रेर थप अनुसन्धान गर्न साइबर ब्युरोको जिम्मा लगाएको हो ।

 

प्रसाईंले साइबर अपराधसम्बन्धी कानुनको बर्खिलाप गएर प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीआईबीले ‘प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने भ्रामक समाचार सम्प्रेषण गरी सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वेष फैलाउने कार्य गरेको’ भन्दै प्रसाईंलाई अदालतको अनुमतिमा पक्राउ गरेको हो ।

सीआईबी आफैं प्रतिवेदक ९जाहेरीकर्ता० बनेर प्रसाईंलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । अदालतले सीआईबीको आग्रहअनुसार नै पक्राउ अनुमति दिएको थियो । त्यसपछि मंगलबार पक्राउ गरेर अनुसन्धानका लागि साइबर ब्युरोको जिम्मा लगाइएको छ । सीआईबी प्रवक्ता बोगटीका अनुसार प्रसाईंसहित उनी समर्थक १० जना पनि पक्राउ परेका छन् । जसमा देवी संग्रौला, यदुनाथ सिग्देल, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुल्सी विक र रमेश सिंह छन् । अरू केही अझै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई बुधबार अदालतमा उपस्थित गराउने तयारी छ । दुई महिनाअघि मात्र प्रसाईं साइबर अपराधकै आरोपमा भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका थिए । प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी रहेको भनी सार्वजनिक गरिएका कागजातको सत्यतामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । प्रसाईंले उल्लेख गरेका कागजातमा ओलीको हस्ताक्षरसमेत छ । यो कागजात किर्ते भएमा त्यही कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

दुई वटा छुट्टाछुट्टै जाहेरीका आधारमा प्रहरी साइबर ब्युरोले दुई महिनाअघि प्रसाईंलाई पक्राउ गरी मुद्दा चलाएको थियो । सोही अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेकामा असोज १५ मा १ लाख धरौटी बुझाएर छुटेका थिए । २०८१ असोज ६ मा उनी साइबर अपराधकै आरोपमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । दुई वटा जाहेरीका आधारमा पक्राउ परेका उनी जिल्ला अदालत काठमाडौंको आदेशले ९ दिनपछि धरौटीमा रिहा भएका थिए । दुवै मुद्दा काठमाडौं अदालतमा विचाराधीन रहेकै अवस्थामा पुनः प्रसाईं साइबर अपराधकै आरोपमा मंगलबार पक्राउ परेका हुन् ।

प्रसाईं सुरुमा नेकपा माओवादीसँग निकट थिए । माओवादी र एमाले एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा आबद्ध भई ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग निकट रहेका थिए । नेकपा विभाजनपछि प्रसाईं एमाले कित्तामा लागेर ओलीनिकट थिए । पछिल्लो पटक संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकका लागि गलत व्यवस्था भएको भन्दै ‘राजतन्त्र’ को वकालत गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई झापामै बोलाएर स्वागत गरेका उनी त्यसपछि एमालेबाट निष्कासनमा परेका थिए ।

पछिल्लो पटक ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर संगठनमार्फत सक्रिय रहँदै आएका उनी अहिलेको व्यवस्थाविरोधी गतिविधि गर्दै आएका छन् । प्रसाईंले यही मंसिर ७ मा काठमाडौंमा प्रदर्शन गर्ने बताइरहेका थिए । तर, विभिन्न कसुरमा अनुसन्धानका लागि प्रहरीले त्यसअघि नै पक्राउ गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group