सर्वोच्च अदालतको मार्गदर्शनको आधारमा, हामीले दशकौँ पुरानो कार्यकारी शक्ति हस्तक्षेपलाई उल्ट्याउने छौं ।
हाम्रो राष्ट्रको स्थापना यस आधारभूत विचारमा गरिएको थियो कि हामी जसलाई चयन गर्छौं, उनीहरूले सरकार चलाउँछन् । तर आजको अमेरिकामा यस्तो अवस्था छैन। अधिकांश कानूनी आदेशहरू कंग्रेसद्वारा पारित भएका कानूनी प्रावधानहरू होइनन्, बरु “नियम र विनियमनहरू” हुन् जुन प्रत्येक वर्ष हजारौं त्यस्ता अधिकारीहरू जो निर्वाचित नभएका ब्यूरोक्र्याटहरूले जारी गर्छन् । अधिकांश सरकारी प्रवर्तन निर्णय र विवेकहीन खर्चहरू प्रजातान्त्रिक रूपले निर्वाचित राष्ट्रपति वा उनले गरेका राजनीतिक नियुक्तिका अधिकारीहरूले गर्दैनन्, बरु लाखौं निर्वाचित नभएका, पहिलेदेखि नै अड्डा जमाएर बसेका सरकारी अधिकारीहरूले गर्दछन्, जसले आफूलाई सरकारी सेवाको सुरक्षाका कारण आफूलाई कामबाट हटाइने डर नभएको रुपमा हेर्छन्।
यो प्रजातन्त्रविरोधी र संस्थापकहरूको दृष्टिकोणसँग असंगत छ । यसले करदातामाथि ठूला प्रत्यक्ष र अप्रत्यक्ष लागतहरू लगाउँछ । खुशीको कुरा, हामीसँग यस समस्यालाई समाधान गर्ने ऐतिहासिक अवसर आएको छ । ५ नोभेम्बरमा, मतदाताले डोनाल्ड ट्रम्पलाई निर्णायक रूपमा चयन गरेका छन् र उनीहरूले व्यापक परिवर्तनको म्यान्डेट दिएका छन् । जो यसो गर्न र त्यसअनुसारका लाभ पाउन योग्य छन्।
राष्ट्रपति ट्रम्पले हामीलाई नयाँ गठन भएको “सरकारी दक्षता विभाग“ (DOGE-‘डोजे’ ) को नेतृत्व गर्न आग्रह गरेका छन्, जसको उद्देश्य संघीय सरकारलाई सानो बनाउनु हो । यो विभिन्न रुपमा थपिंदै र लगातार बढ्दै गएको नोकरशाही हाम्रो गणराज्यको अस्तित्वकै लागि खतराको रुपमा रहेको छ । र राजनीतिज्ञहरूले यसलाई लामो समयसम्म सहमति दिएर सहँदै आएका छन्। त्यसैले हामीले यो काम फरक तरिकामा गर्नेछौं। हामी राजनीतिकर्मी होइनौं, व्यवसायी हौं। हामी संघीय अधिकारीहरू वा कर्मचारीहरू होइनौं, बाह्य स्वयंसेवकका रूपमा काम गर्नेछौं। सरकारको आयोग वा सल्लाहकार समितिहरूसँगको भिन्नतामा, हामी केवल प्रतिवेदन लेख्ने वा रिबन काट्ने कार्य गर्नेछैनौं । हामीले खर्च कटौती गर्नेछौं।
हामीले ट्रम्पको संक्रमण टोलीसँग मिलेर सानो आकारको सरकारका अभियानकर्ताहरूको एक सानो टोली पहिचान गर्ने र भर्ती गर्ने काममा सहयोग गर्दैछौं, जसमा अमेरिकाका सबैभन्दा चतुर प्राविधिक र कानूनी मस्तिष्कहरु पनि सामेल हुनेछन्। यो टोलीले नयाँ प्रशासनसँग नजिकै ह्वाइटहाउसको व्यवस्थापन र बजेट कार्यालयसँग मिलेर काम गर्नेछ । हामी दुवैले म्इन्भ् लाई प्रत्येक कदममा सल्लाह दिनेछौं, ताकि तीन मुख्य प्रकारका सुधारहरू – नियामक निराकरण, प्रशासनिक कटौती र लागत बचत – लाई अगाडि बढाउन सकियोस् । हामीले विशेष रूपमा कार्यकारी कार्यवाही मार्फत परिवर्तनको प्रक्रिया अघि बढाउनेमा ध्यान केन्द्रित गर्नेछौं, नयाँ कानूनी प्रावधान पारित गर्नुको सट्टा विद्यमान विधायिका अनुसार । हाम्रो सुधारका लागि नक्षत्रका रुपमा अमेरिकी संविधान हुनेछ, र हामी दुई महत्वपूर्ण सर्वोच्च अदालतका निर्णयहरूलाई ध्यान दिनेछौं, जुन राष्ट्रपति बाइडेनको कार्यकालको क्रममा जारी भएका थिए ।
वेष्ट भर्जिनिया भर्सेस इनभायरन्मेन्टल प्रोटेक्सन एजेन्सी (२०२२) र लोपर ब्राइट भर्सेस रेमोन्डो (२०२४) का मुद्दाहरूमा अदालतले भनेको छ – एजेन्सीहरूले प्रमुख आर्थिक वा नीतिगत प्रश्नहरूको सम्बन्धमा नियमहरू लागू गर्न सक्दैनन्, जबसम्म कंग्रेसले विशेषरूपमा तिनीहरूलाई त्यसो गर्न अनुमति दिंदैन । Loper Bright) लोपर ब्राइटमा, अदालतले सेभर्न डक्ट्रिन(Chevron Doctrine) लाई उल्ट्याएको छ र भनेको छ – संघीय अदालतहरूले अब संघीय एजेन्सीहरूको कानूनी व्याख्यामा वा तिनीहरूको आफ्नै नियम बनाउने अधिकारमा विश्वास गर्नु हुँदैन । यी दुई मामिलाहरुले वर्तमान संघीय नियमहरू कंग्रेसले कानूनी रूपमा प्रदान गरेको अधिकारभन्दा धेरै बढी रहेको संकेत दिन्छन् ।
राष्ट्रपतिले कानून बनाउने कंग्रेसको अधिकारलाई सम्मान गर्नु पर्छ, संघीय एजेन्सीहरूका नोकरशाहहरुलाई होइन् । कार्यकारी आदेशको प्रयोग नयाँ बोझिला नियमहरू थप्नु, कानून निर्माणको विकल्पको रूपमा संविधानको उल्लङ्घन हो, तर कार्यकारी आदेशहरूको प्रयोग तिनका लागि कानूनी अनुमति बिना कंग्रेसको प्रक्रिया छलेका नियमहरूलाई उल्ट्याउन आवश्यक र वैध छ ।
डोजे ले सरकारी एजेन्सीहरूमा आवद्ध कानूनी विशेषज्ञहरूसँग मिलेर काम गर्नेछ, र उन्नत प्रविधिको सहयोगमा, यी अदालतका निर्णयहरूलाई संघीय एजेन्सीहरूले बनाएका नियमहरूमा लागू गर्नेछ । डोजेले यी नियमहरूको सूची राष्ट्रपति ट्रम्पलाई प्रस्तुत गर्नेछ, जसले कार्यकारी आदेशमार्फत तत्काल ती नियमहरूको कार्यान्वयन स्थगित गर्न सक्छ र समीक्षा र निरस्तीकरणको प्रक्रिया सुरू गर्न सक्छ । यसले व्यक्तिहरू र व्यवसायहरूलाई कंग्रेसद्वारा कहिल्यै पास नगरेका नियमहरूबाट मुक्त पार्नेछ र अमेरिकी अर्थतन्त्रलाई उत्साहित गर्नेछ ।
जब राष्ट्रपतिले हजारौं यस्ता नियमहरूलाई रद्द गर्नेछन्, आलोचकहरूले कार्यकारीले अत्यधिक नियन्त्रण गरेको भन्ने आरोप लगाउनेछन् । तर यसले प्रशासनिक आदेशद्वारा कंग्रेसको अनुमति बिना जारी भएका हजारौं नियमहरूको कार्यकारी अधिक नियन्त्रणलाई सुधार गर्नेछ । राष्ट्रपतिले कानून बनाउने कंग्रेसको अधिकारलाई सम्मान गर्नु पर्छ, संघीय एजेन्सीहरूका नोकरशाहहरुलाई होइन् । कार्यकारी आदेशको प्रयोग नयाँ बोझिला नियमहरू थप्नु, कानून निर्माणको विकल्पको रूपमा संविधानको उल्लङ्घन हो, तर कार्यकारी आदेशहरूको प्रयोग तिनका लागि कानूनी अनुमति बिना कंग्रेसको प्रक्रिया छलेका नियमहरूलाई उल्ट्याउन आवश्यक र वैध छ । र ती नियमहरू पूर्ण रूपमा निरस्त भएपछि, भविष्यको राष्ट्रपतिले त्यस्ता नियमहरूलाई फेरि जोड्न कंग्रेसलाई सोध्नुपर्नेछ, न कि केवल स्विच पल्टाएर तिनीहरूलाई पुनः स्थापित गर्ने तरिकालाई ।
संघीय नियमहरूको ठूलो कटौतीले संघीय नोकरशाहीमा द्रुत हेड–काउंट कटौतीहरूको लागि आवाज निकालेर औद्योगिक तर्क प्रस्तुत गर्नेछ । डोजे ले एजेन्सीहरूमा नियुक्त भएका कर्मचारिहरूसँग मिलेर, एजेन्सीले संविधान अनुसार अनुमति प्राप्त र कानूनी रूपमा मानेका कार्यहरूलाई सम्पन्न गर्नका लागि आवश्यक कर्मचारीहरूको न्यूनतम संख्या पहिचान गर्ने लक्ष्य राखेको छ । संघीय नियमहरूको रद्दीकरणको अनुपातमा संघीय कर्मचारीहरू घटाउनुपर्छः नियमहरू कम भएपछि कर्मचारीहरू पनि थोरै मात्र आवश्यक पर्छ, र एजेन्सीले जब यसको अधिकार क्षेत्रलाई ठीकसँग सीमित गरिन्छ, त्यतिबेला यसले कम नियमहरू उत्पादन गर्नेछ । ती कर्मचारीहरूको पद समाप्त गर्दा, उनीहरूलाई इज्जतका साथ व्यवहार गरिनु पर्छ, र डोजे को लक्ष्य भनेको उनीहरूको निजी क्षेत्रको संक्रमणमा मद्दत पुर्याउनु हो । राष्ट्रपतिले विद्यमान कानूनहरूको उपयोग गरेर उनीहरूलाई प्रारम्भिक अवकाशको लागि प्रोत्साहन दिन र सहज रूपमा बाहिर जानका लागि स्वैच्छिक सेवानिवृत्ति भुक्तानी गर्न सक्नेछन् ।
सामान्य मान्यता अनुसार, कानूनी नागरिक सेवा सुरक्षा प्रणालीले राष्ट्रपति वा उनका राजनीतिक नियुक्तिहरूले संघीय कर्मचारीहरूलाई निकाल्न रोक्छ। यी सुरक्षाहरूको उद्देश्य कर्मचारीहरूलाई राजनीतिक प्रतिशोधबाट बचाउनु हो। तर, यो कानूनी प्रावधान “कर्मचारी घटाउन“ अनुमति दिन्छ, यसले विशिष्ट कर्मचारीहरूलाई लक्षित गर्दैन । यो कानूनी प्रावधानको थप रूपमा राष्ट्रपतिलाई “प्रतिस्पर्धात्मक सेवा“ सम्बन्धी नियमहरू निर्माण गर्ने अधिकार दिन्छ । यो अधिकार व्यापक छ । अघिल्ला राष्ट्रपतिहरूले यसलाई कार्यकारी आदेशमार्फत नागरिक सेवा नियमहरूलाई संशोधन गर्न प्रयोग गरेका छन्, र सर्वोच्च अदालतले फ्र्याङ्कलिन भर्सेस म्यासाच्युसेट्स (१९९२) र कोलिन भर्सेस यलेन(२०२१) मा यो निर्णय दिएको छ कि जब तिनीहरूले यो गरे तब तिनीहरूलाई प्रशासनिक प्रक्रिया कानुनद्धारा सीमित गरिएको थिएन । यस अधिकारको प्रयोग गरेर, राष्ट्रपति ट्रम्पले कुनै पनि प्रकारका “प्रतिस्पर्धात्मक सेवा“ सम्बन्धी नियमहरू लागू गर्न सक्छन् जसले प्रशासनिक बढोत्तरीलाई घटाउँछ, जस्तै ठूलो मात्रामा कर्मचारी निकासी वा संघीय एजेन्सीहरूको वासिङटन क्षेत्र बाहिर स्थानान्तरण । संघीय कर्मचारीहरूलाई हप्तामा पाँच दिन अफिस आउनुपर्ने बनाउनु भनेको एक स्वैच्छिक पद त्यागको लहर ल्याउन प्रेरित गर्नु हो, जसलाई हामी स्वागत गर्छौंः यदि संघीय कर्मचारीहरू उपस्थित हुन चाहँदैनन् भने, अमेरिकी करदाताहरूले उनीहरूलाई घर बसेको कोभिड–कालको सुविधा दिने हदसम्मको जस्तो अन्याय हुनेछ ।
अन्तिममा, हामीले करदाताहरूको लागि लागत बचतमा ध्यान केन्द्रित गर्दैछौं। आलोचकहरूलाई यो प्रश्न उठाएका छन् कि डोजे ले कार्यकारी आदेशमार्फत मात्र संघीय खर्चलाई कत्तिको नियन्त्रण गर्न सक्छ । तिनीहरू १९७४ इन्पुन्डमेन्ट कन्ट्रोल एक्ट को पक्षमा छन्, जसले राष्ट्रपतिलाई कंग्रेसद्वारा स्वीकृत खर्चहरू रोक्न अनुमति दिंदैन । राष्ट्रपति ट्रम्पले पहिले यस कानूनी प्रावधानलाई असंवैधानिक भनेका छन्, र हामी विश्वास गर्छौं कि वर्तमान सर्वोच्च अदालत यस प्रश्नमा उनको पक्षमा हुनेछ। तर यस दृष्टिकोणमा निर्भर नगरी पनि, डोजे ले संघीय खर्चमा कमी ल्याउनेछ र कंग्रेसले कहिल्यै अनुमोदन नगरेका वा कंग्रेसको उद्देश्य अनुसार खर्च नगरेका ५०० अर्ब डलरको वार्षिक खर्चलाई लक्ष्य राख्नेछ, जसमा ५३५ मिलियन डलर वार्षिक क्रप्सन फर पव्लिक ब्रोडकास्टिङ्लाई, १.५ बिलियन डलर अन्तर्राष्ट्रिय संस्थाहरूको लागि दिइएका अनुदानहरू, र प्रगतिशील समूहहरू जस्तै पलान प्यारेन्टहुडलाई ३०० मिलियन डलर समेत समावेश छ ।
संघीय सरकारको खरिद प्रक्रिया पनि गम्भीर रूपमा बिग्रिएको छ। धेरै संघीय सम्झौताहरू वर्षौंसम्म अनजान रुपमा राखिएका छन्। भुक्तानीको अस्थायी निलम्बनका क्रममा गरिएको ठूलो मापदण्डको अडिटले महत्वपूर्ण बचत ल्याउन सक्छ । पेन्टागन हालै सातौँ पटकको लगातार अडिटमा असफल भएको छ, यसले देखाउँछ कि एजेन्सीको नेतृत्वसँग यसको वार्षिक बजेट ८०० अर्ब डलरभन्दा बढी कसरी खर्च भएको हो भन्ने कुरा थाहा छैन ।
निर्णायक निर्वाचन म्यान्डेट र सुप्रीम कोर्टमा ६–३ को रुढिवादी बहुमत सहित, डोजे सँग संघीय सरकारको संरचनागत कटौतीको ऐतिहासिक अवसर छ
आलोचकहरूको भनाइ छ – हामीले मेडिकेयर र मेडिकएड जस्ता हकदार कार्यक्रमहरूलाई संकुचन नगरेसम्म संघीय घाटा वास्तविक रूपमा घटाउन सक्दैनौं, जसका लागि कंग्रेसलाई संकुचन गर्नुपर्ने हुन्छ । तर यो कर्पोरेट घोटाला र दुरुपयोगले विशाल मात्रामा ध्यान हटाउँछ, जसलाई लगभग सबै करदाताहरू अन्त्य गर्न चाहन्छन् —र यो डोजे को लक्ष्य हो, जसले कार्यकारी कार्यहरूको पहिचान गर्नेछ, यसले करदाताहरूको लागि तुरुन्त बचत समेत सिर्जना गर्नेछ ।
निर्णायक निर्वाचन म्यान्डेट र सुप्रीम कोर्टमा ६–३ को रुढिवादी बहुमत सहित, डोजे सँग संघीय सरकारको संरचनागत कटौतीको ऐतिहासिक अवसर छ । हामी वासिङटनका दृढ चासोबाट आउने आक्रमणका लागि तयार छौं। हामीले जित्ने आशा राख्छौं । अहिले निर्णायक कार्यको क्षण हो । डोजे को हाम्रो शीर्ष लक्ष्य भनेको हाम्रो परियोजनाको समाप्ति मिति जुलाई ४, २०२६ लाई तोक्नुको अर्थ यसको अस्तित्वको आवश्यकता हटाउनु हो । हाम्रो देशको २५० औं वार्षिकोत्सवमा हाम्रा संस्थापकहरूले गर्व गर्ने संघीय सरकार प्रदान गर्नका लागि यसभन्दा राम्रो जन्मदिनको उपहार केही हुने छैन।
: वालस्ट्रिट जर्नलबाट, नोभेम्वर २०, २०२४,
यसको शिर्षकः डोजे योजनाः सरकार सुधारका लागि भन्ने थियो।
प्रतिक्रिया दिनुहोस्