काठमाडौं, २४ फागुन । संघर्षले बनाउने हो इतिहास भनेको । महिलाहरुकां सघर्षले पनि अनेक इतिहास बनाएको तथ्य देखिन्छ । रोमको इतिहासमा युद्धको विरोधमा महिलाहरुले यौन हडताल गरेर इतिहास रचेका थिए । पेरिसमा भोका महिलाहरुले रोटी माग्दै वार्साइय दरबार घेर्दै फ्रान्सेली क्रान्तिको मसाल उठाएका थिए । अमेरिकी श्रमिक महिलाहरुले थालेको संघर्षले विश्वव्यापी महत्वको इतिहास सिर्जना गरेको थियो ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि सन १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । अमेरिकी गार्मेन्ट कारखानामा काम गरिखाने महिलाहरुले श्रम गर्ने उचित वातावरण माग्दै संघर्ष थालेपछि एउटा गौरवमय इतिहास सिर्जना भएको हो । १०८ औं विश्व श्रमिक महिला दिवस त्यही इतिहासको निरन्तरता हो, श्रम गरिखाने महिलाहरुले पनि इतिहास बनाउन सक्छन भन्ने कुरामा जीवन्त दृष्टान्त हो । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनको रुपमा मान्ने गरिएको छ ।
सन् १९१० मा डेनमार्कको कोपेनहेगेनमा महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् । त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रूपमा मनाउन सुरु गरे । माक्र्सवादीले सुरु गरे पनि यो दिवस अहिले संसारभरिका पुंजीवादी महिलाले समेत मनाउंछन् ।
आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने नाराका साथ १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभरि मनाइएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाली महिलाका लागि मात्र हैन, विश्वका महिलाको सशक्तिकरणका लागि शुभसन्देश बोकेको दिन हो ।
हक अधिकारका लागि लामो समयदेखि विश्वभरिका महिलाहरुले संघर्ष गरेका छन् । नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भएका छन् । ती संघर्षमा महिलाको उपस्थिति उल्लेख्य छ । तर, आजसम्म पनि नेपालमा महिला उत्पीडिनको भयावह अवस्था नै रहेको छ ।
विश्वभरका श्रमिक महिलाले पुरुषसरह समान काम र समान ज्याला पाउनुपर्ने मागसहित मनाइने दिवस हो, श्रमिक महिला दिवस । समान काम र समान ज्याला मागसहित सुरु भएको श्रमिक महिला दिवसले विश्वमा एक शताव्दिभन्दा बेसी समय पार गरिसक्दा नेपालमा राजनीतिक रुपमा केही अधिकारहरु संरक्षित गरिए पनि महिलालाई हेर्ने दृष्टिकोणमा भने गुणात्मक परिवर्तन आउन सकेको छैन ।
शहरबजारमा नाराबाजी गरिरहेकै बेला गांउघरतिरका गरिखाने महिलामा आप्mनै नाममा भइरहेको दिवसबारे राम्रो जानकारी छैन । उनीहरुलाई श्रमिक महिला दिवस के हो, नारी दिवस कुन चरीको नाम हो, थाहा छैन । हो, जो सँ“च्चै श्रमीक हुन, जस्ले प्रत्येक दिन १४–१५ घण्टाभन्दा बढी समय श्रम गर्छन्, शारीरिक श्रम गरेरै विहान–वेलुकाको जोहो गर्छन, उनीहरु नै आफनो अधिकारप्रति सचेत देखिदैनन । न त उनीहरुलाई संगठित गर्ने प्रयास भएको छ ।
श्रमिक महिला दिवस मनाउन थालेकै दशकौ वितिसक्दा पनि नेपालका महिला श्रमीकलाई भने समान काम र समान ज्याला पाउनु आफ्नो मानव अधिकार हो भन्ने पत्तो छैन । महिला समानताको आन्दोलनको तर¨ले बास्तविक श्रमीक महिलालाई धेरै प्रभाव पार्न सकेको छैन । यो दिवस शहरका हुनेखाने, जान्नेसुन्ने र राजनीतिक दलका महिलाका लागि मात्र भएको छ ।
प्रतिक्रिया दिनुहोस्