चिनियाँ कम्पनीबाट नयाँ उपकरण अर्को हप्ता आउने, अमेरिकी प्रतिबन्धका बाबजुद चिनिया प्रविधिमा प्रगति
काठमाडौं ७ मंसिर । हुवावे टेक्नोलोजीले आफ्नो सबैभन्दा उन्नत घरेलु रूपमा निर्मित फोन चिप सार्वजनिक गर्ने योजना बनाएको प्रविधि जानाकारहरूले बताएका छन् । हुवावेले अमेरिकी प्रतिबन्धका बाबजुद सेमिकन्डक्टर क्षेत्रमा प्रगति गर्न सक्षम भएको छ।
नयाँ चिपलाई मेट –७० सिरिजका केही फोनहरूमा समावेश गरेर , अर्को हप्तादेखि बिक्रीमा ल्याउने तयारी गरेको छ । यो सिरिजमार्फत चिनियाँ स्मार्टफोन निर्माताले एप्पललाई चुनौती दिन सफल देखिनेछ । यो विकासक्रमले गत वर्षदेखि हासिल गरेको बजार हिस्सामा थप प्रगति गर्ने छ । एप्पलले चीनलाई अझै पनि आफ्नो अमेरिकापछि दोस्रो ठूलो बजारका रूपमा मान्दै आएको छ । तर उच्चस्तरीय फोनहरूमा धेरै वर्षको दबदबापछि, एप्पलले हुवावेबाट बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको वालसिस्ट्रट जर्नलले उल्लेख गरेको छ ।
Apple’s iPhone faces growing competition from Huawei’s devices. PHOTO: REUTERS
हालैका दिनमा, हुवावेको मेट ७० सिरिजको झलक अनलाइनहरुमा देखाएको छ । यो फोनको पछाडि तीनवटा क्यामेरा लेन्सहरू रहेका छन्। कम्पनीले आगामी मंगलबार नयां उत्पादन घोषणा गर्ने बताएको छ।
Huawei developed the operating system HarmonyOS Next when Google cut access to some Android services. PHOTO: BAI YU/ZUMA PRESS
हुवावेले फोनका विशेषताहरू वा तिनमा समावेश हुने चिपहरूको बारेमा कुनै जानकारी अहिलेससम्म सार्वजनिक गरेको छैन । हुवावेको नयां चिप्स को प्रगति र यसस सम्वन्धी सूचनाहरु अमेरिकी नीति निर्माताहरूका लागि चासोका विषय हुन् । अमेरिकी निर्माताहरुले हुवावेको प्रविधिलाई पछाडि धकेल्ने प्रयास गरे पनि असफल भएको धेरैजसो अमेरिकी मिडियाहरुले लेखेका छन् । हुवावे कम्पनीलाई २०१९ मा पहिलो ट्रम्प प्रशासनका क्रममा व्यापार कालोसूचीमा राखिएको थियो।
कम्पनीको सेमिकन्डक्टर क्षेत्रमा निरन्तर सुधार गर्ने क्षमता अमेरिकाका लागि सुरक्षा चिन्ता र एप्पलका लागि व्यावसायिक चुनौती बनेको छ।
उद्योग अनुसन्धानकर्ता IDC का अनुसार, चीनमा हुवावेको समग्र बजार हिस्सा यो वर्षको तेस्रो त्रैमासिकमा १५.३ प्रतिशत मा पुगेको छ, जुन गत वर्षको पहिलो त्रैमासिकमा ८.६प्रतिशत थियो। पछिल्ला केही त्रैमासिकहरूमा हुवावे र एप्पलको प्रतिस्पर्धा कडा देखिएको छ।
हुवावेको प्रगति चिनियाँ उपभोक्ताहरूको राष्ट्रवादी खरिद प्रवृत्ति र शक्तिशाली क्यामेराहरू तथा हालै थपिएका कृत्रिम–बुद्धिमत्ता (एआई) जस्ता विशेषताहरूको कारण सुधार भएको हो। एप्पलले आफ्नो एप्पल इंटेलिजेन्स सुविधाहरू चीनमा अझै ल्याएको छैन।
विशेष गरी दुवै कम्पनी उच्चस्तरीय बजारमा प्रतिस्पर्धा गर्छन्। हुवावेको हालको प्रमुख मोडल लाइन मेट ६० सिरिज चीनमा ६९० डलरबाट सुरू हुन्छ, जबकि एप्पलको आईफोन १६ सिरिज ८३० डलरबाट सुरू हुन्छ।
“मेट ७० ले चीनमा एप्पलमाथि थप दबाब दिनेछ,” IDC का उपाध्यक्ष ब्रायन माले भने। हुवावेका चिपहरू अझै एप्पलका चिपहरूसँग, विशेष गरी ऊर्जा दक्षतामा, कमजोर भए पनि, “जबसम्म प्रयोगकर्ताले दिनभर चार्ज गर्न नपर्ने अवस्थामा फोन चलाउन सक्छन्, यसले व्यावहारिक रूपमा धेरै फरक पार्दैन,” उनले स्पष्ट गरे ।
हुवावेको वेबसाइटका अनुसार, मेट ७० सिरिजको लागि चीनमा २.५ मिलियन मानिसहरूले अनलाइन क्लिक गरेर फोन किन्न इच्छुक रहेको बताएका छन्।
हुवावेले घरेलु प्रविधिको प्रयोग गरेर अमेरिकी प्रतिबन्धलाई छल्न सफल भएको छ।
जब गुगलले हुवावे स्मार्टफोनमा केही एन्ड्रोइड सेवाहरूको पहुँच बन्द गर्यो, चिनियाँ कम्पनीले आफ्नै अपरेटिङ सिस्टम हार्मनीओएस नेक्स्ट विकास गर्यो। मेट ७० सिरिजका तीन मोडेलहरूमा यो सफ्टवेयर प्रयोग गरिने बताइएको छ।
अगस्ट २०२३ मा, हुवावेले अमेरिकी अधिकारीहरूलाई चकित पार्दै, मेट ६० सिरिजका स्मार्टफोनहरू प्रस्तुत गर्यो, जसले अन्य देशहरूमा उपलब्ध उच्च–गतिको पाँचौं पुस्ताका (५जी) जस्तै सञ्चार क्षमता प्रदर्शन गर्यो। यो, कम्पनीले अमेरिकाबाट ५जी सम्बन्धित प्रविधिमा पहुँच गुमाइसकेको थियो।
त्यस समयमा अर्को चकित पार्ने कुरा हुवावे फोनहरूमा रहेको प्रोसेसर हो । यो प्रोसेसर चिनियाँ चिप निर्माण कम्पनीको मद्दतमा बनाइएको थियो। यो अझै ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (TSMC) द्वारा निर्मित उच्चतम चिपहरूको तुलनामा कमजोर भए पनि, उद्योगले अपेक्षा गरेभन्दा यो एप्पलका चिपहरूसँग नजिकको देखियो।
हुवावेलाई थप ध्यान तान्ने गरी, मेट ६० सिरिजलाई अमेरिकी वाणिज्य मन्त्री जीना रेमन्डोको बेइजिङ भ्रमणका बेला सार्वजनिक गरेर वाशिंगटनलाई स्पष्ट सन्देश दिइएको थियो ।
क्यानाडाको अनुसन्धान कम्पनी टेकइनसाइट्स ले मेट ६० प्रो फोनको परीक्षण गर्दा, यसको चिप ७–न्यानोमिटर प्रविधिसँग मिल्दोजुल्दो प्रविधिको प्रयोग गरेर निर्माण गरिएको पत्ता लगायो। यो प्रविधि उच्चतम अमेरिकी र ताइवान कारखानाहरूमा प्रयोग हुने प्रविधिसँग मिल्दोजुल्दो न्यूयोर्क टाइम्सले जनाएको छ । TSMCको व्यावसायिक रूपमा उपलब्ध सबैभन्दा उन्नत चिपहरू ३– न्यानोमिटर श्रेणीका छन्।
टेकइनसाइट्सका अनुसार, मेट ६० फोनको चिप सम्भवतः चीनको सबैभन्दा ठूलो चिप निर्माण कम्पनी सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल SMIC द्वारा निर्माण गरिएको थियो। SMIC पनि अमेरिकी कालोसूचीमा परेको छ, जसले यसलाई प्रमुख चिप निर्माण उपकरणको अभाव गराएको छ।
टेकइनसाइट्सका अनुसार, SMIC ले “मल्टिपल प्याटर्निङ लिथोग्राफी” नामक प्रविधिको प्रयोग गरेर चिपको सतहमा झनै सूक्ष्म सर्किट डिजाइन गर्न सफल भएको छ। यो प्रविधिले उपकरणको सीमालाई पार गर्न मद्दत गरे पनि, यसले उत्पादन दर घटाउन र लागत बढाउन सक्ने उद्योग विज्ञहरूको भनाइ छ।
नयाँ मेट ७० सिरिजका चिपहरूमा प्रयोग गरिएको मल्टिपल प्याटर्निङ र अन्य प्रविधिहरूले हुवावेलाई पावर दक्षता र प्रदर्शन सुधार गर्न मद्दत गरेको स्रोतहरूले बताएका छन्।
विश्लेषकहरूले भने अनुसार मेट ७० सिरिजको उत्पादनमा हुवावेले उत्पादनसम्बन्धी अवरोधहरूको सामना गरिरहेको छ। केही हुवावे डिलरहरूले उपभोक्ताहरूलाई भनेका छन् कि यदि उनीहरूले सुरुमा फोन अर्डर गर्न छुटाए भने, महिनौं पर्खिनु पर्ने हुन सक्छ।
हालसालै, अमेरिकाले हुवावे र अन्य कालोसूचीमा परेका चिनियाँ कम्पनीहरूले निर्यात नियन्त्रणलाई कसरी छलिरहेका छन् र उन्नत चिप प्रविधि कसरी प्राप्त गरिरहेका छन् भन्ने विषयमा अनुसन्धानलाई तीव्र बनाएको छ। हुवावेका AI चिपहरूमध्ये केहीमा TSMC द्वारा उत्पादित मुख्य सर्किटरी फेला परेको छ। अमेरिकाले ताइवानको यस कम्पनीलाई चिनियाँ ग्राहकहरूको ब्क्ष् आवेदनसँग सम्बन्धित अर्डरहरूको निगरानी कडाइ गर्न भनेको स्रोतहरूले बताएको भन्दै वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ ।
हुवावेले चिप डिजाइन गर्ने आफ्नो कम्पनी हाईसिलिकनका साथै लिथोग्राफी, एसेम्बली र परीक्षणजस्ता सेमिकन्डक्टर आपूर्ति शृंखलाका विभिन्न भागहरूमा लगानी विस्तार गरिरहेको छ।यो विकाससक्रमले अमेरिकी प्रतिवन्धलाई चीनले सजिलै चुनौति दिन सक्छ भन्ने देखाएको छ।
प्रतिक्रिया दिनुहोस्