पछिल्लो आधा शताब्दीभन्दा बढी समयदेखि, नोम चोम्स्कीलाई समसामयिक अमेरिकी विदेश नीतिको संसारकै सबैभन्दा अडिग, सम्झौताहीन र बौद्धिक रूपमा उच्च सम्मानित आलोचक मानिन्छ । निरन्तर रूपमा पुस्तकहरू, लेखहरू, अन्तर्वार्ता र भाषणहरूमार्फत उनले बारम्बार वाशिङ्टनको महँगो र अमानवीय दृष्टिकोणलाई भण्डाफोर गर्दै आएका छन् । वाशिङ्गटनको अमानवीय शैलीले लाखौं मानिसलाई पीडा दिनुका साथै अमेरिकी घोषित मूल्यहरूका विपरीत विश्व मोडिएको भन्ने चोम्स्कीको धारणा यतिबेला अमेरिकी संस्थापनले सुन्न वाध्य भएको छ ।सह–लेखक नाथन जे. रोबिन्सनले प्रिफेसमा लेखेका छन्ः द मिथ अफ अमेरिकन आइडियलिजम लेख्नुको उद्देश्य “चोम्स्कीको कामबाट विभिन्न अन्तरदृष्टिहरूलाई एकै खण्डमा समेटेर अमेरिकी विदेश नीतिका प्रमुख आलोचनाहरूका बारेमा आम मानिसहरूलाई परिचित गराउने” हो । यो पुस्तकले त्यही कार्य उत्कृष्ट रूपमा सम्पन्न गरेको छ ।
द मिथ अफ अमेरिकन आइडियलिजमः हाउ यू.एस. फरेन पोलिसी इन्डेन्जर्स द वल्र्ड
नोम चोम्स्की र नाथन जे. रोबिन्सन
पेंगुइन, ४१६ पृष्ठ, ४३२, अक्टोबर २०२४
पुस्तकको शीर्षकले देखाएझैं, यस पुस्तकको मुख्य निशाना अमेरिकी विदेश नीति लोकतन्त्र, स्वतन्त्रता, कानूनी शासन, मानव अधिकार जस्ता उच्च आदर्शहरूद्वारा निर्देशित हुनुपर्नेमा युद्धवादी बन्नु दुर्भाग्यपूर्ण भएकोमा केन्द्रित छ । यो धारणा राख्नेहरूका लागि, अमेरिकी कार्यले कहिलेकाहीँ अरू देशमा पु¥याएको क्षति अनायासै भएको हो भन्ने स्पष्ट गर्दछ भने, त्यसप्रति धेरै अमेरिकीले पटक पटक अफसोस गरेको लोकाचारलाई उजागर गर्दछ । नेताहरूले अमेरिकीहरूलाई बारम्बार “अपरिहार्य राष्ट्र” र “संसारमा स्वतन्त्रताको सबैभन्दा ठूलो शक्ति” भएको दाबी गर्छन्, र आश्वस्त पार्ने कोशि गर्दै भन्छन् ः नैतिक सिद्धान्तहरू अमेरिकी विदेश नीतिको “केन्द्रमा” रहनेछ । यस्ता आत्म–प्रशंसात्मक तर्कहरू राजनीतिज्ञ र संस्थापन बौद्धिकहरूको समूहले बारम्बार प्रतिध्वनित गराएपनि व्यवहार शुरुददेखि नै उल्टो दिशामा गएको भन्नेमा यो पुस्तकले सन्दर्भसहित उल्लेख गरेर दुनियाभरका विदेश नीतिका विद्यार्थी र नीतिकारहरुलाई गुन लगाएको छ ।
अमेरिकी प्रशासनले गर्ने दावी चोम्स्की र रोबिन्सनका वाहियात छन् । युवा अमेरिकी गणराज्यले आफ्नो म्यानिफेस्ट डेस्टिनी पूरा गर्ने क्रममा स्वदेशी जनसङ्ख्याविरुद्ध नरसंहार अभियान चलाएको मात्र छैन, त्यसपछि क्रूर तानाशाहीलाई समर्थन गर्ने, धेरै देशहरूमा प्रजातान्त्रिक प्रक्रियालाई बाधा पु¥याउने, र इन्डोचाइना, ल्याटिन अमेरिका, र मध्यपूर्वमा लाखौं मानिसको ज्यान जाने युद्धहरू लड्ने वा समर्थन गर्ने कुकृत्य गरेको छ । यो सबै गर्दा अमेरिकी अधिकारीहरूले स्वतन्त्रता, लोकतन्त्र, मानव अधिकार र अन्य आदर्शहरूको रक्षा गरिरहेको झूटो दाबी गरेका छन् ।
अमेरिकी अधिकारीहरू अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गर्दा अरुहरुलाई छिट्टै दोष लगाउँछन्, तर आफैंले अन्तर्राष्ट्रिय अपराध अदालत, समुद्री कानून सन्धि, र धेरै अन्य वैश्विक संझौतामा सामेल हुन अस्वीकार गर्छन् । उनीहरू संयुक्त राष्ट्र चार्टरको उल्लङ्घन गर्न पटक्कै पछि पर्दैनन्, जस्तै १९९९ मा राष्ट्रपति बिल क्लिन्टनले सर्बियाविरुद्ध युद्धमा होस् वा २००३ मा राष्ट्रपति जर्ज डब्ल्यू. बुसले इराकमाथि आक्रमण गर्दा किन नहोस् भन्दै चोमस्कीले मर्मस्पर्शी ढंगले वैैविश्वक अमानवीयताका घटनामा अमेरिकी संलग्नतालाई उजिल्याएका छन् ।
चोम्स्की र रोबिन्सनले अन्य महाशक्तिहरूले पनि अमेरिकी जस्तै नै नीति अपनाएका छन् र उनीहरूले आफ्ना क्रूर कार्यहरूको औचित्य पुष्टि गर्न “श्वेत पुरुषको जिम्मेवारी,“ ला मिशन सिभिलिजाट्राइस (सभ्यता फैलाउने मिशन), र समाजवादको रक्षा गर्नुपर्ने आवश्यकता जस्ता नैतिक तर्कहरूको प्रयोग गरेको समेत उल्लेख गरेका छन् । आधुनिक कर्पोरेट पूँजीवादको उदयभन्दा अगाडि नै यस्तो व्यवहार देखिएको हुँदा यसले महाशक्तिहरू बीचको प्रतिस्पर्धाको अवस्थालाई हमेशा वैमन्यपूर्ण बनाएको छ ।
माइ लाई नरसंहार, अबू घ्राइब कारागारको दुव्यवहार, र सीआईएको यातना कार्यक्रम—त्यस्ता नीतिका योजनाकारहरू सम्मानित हुन्छन् तर कमस्तरका कर्मचारीहरूलाई मात्र सजाय दिइन्छ भन्दै नोआम चोम्स्की र नाथन जे. रोबिन्सनले प्रस्तुत गरेको अमेरिकी विदेश नीतिको पाखण्डको वर्णन स्तब्ध पार्ने खालको छ । यतिमात्रै होइन यी तर्क र विश्लेषणमा उत्तिकै विश्वसनीयता राख्ने आधार पनि छन् । कुनै पनि खुला दिमाग भएका पाठकले यो पुस्तक पढेर अमेरिकी नेताहरूले आफ्ना नीतिहरूलाई सही ठहर्याउन प्रयोग गर्ने धार्मिक व्याख्याहरूलाई विश्वास गर्न कठिन मान्नेछन् । यो बेग्लै कुरा हो ।
चोम्स्की र रोबिन्सनले तर्क गर्छन् : “जनताको भूमिका निर्णय प्रक्रियामा सीमित छ“ र “विदेश नीति साना समूहहरूले बनाउँछन् र कार्यान्वयन गर्छन्, जसले आफ्नो शक्ति घरेलु स्रोतहरूबाट प्राप्त गर्छन्।“ तिनको दृष्टिकोणमा, अमेरिकी विदेश नीति मुख्यतः कर्पोरेट स्वार्थहरूको सेवक हो—सैन्य–औद्योगिक परिसर, उर्जा कम्पनीहरू, र “महत्वपूर्ण निगमहरू, बैंकहरू, लगानी फर्महरू ‘ र नीति–केन्द्रित बौद्धिकहरू, जो निजी साम्राज्यहरूका मालिक र व्यवस्थापनकर्ता वर्गका लागि काम गर्छन्।“
विशेष स्वार्थहरूको महत्व निस्सन्देह छ, जस्तै कि व्यापक जनताको सीमित भूमिका देखिंदै आएको छ । उदाहरणका लागि, जब कर्पोरेट नाफा र राष्ट्रिय सुरक्षा स्वार्थहरू बीच संघर्ष हुन्छ, प्रायः कर्पोरेट स्वार्थ पराजित हुने गर्छ भन्ने अमेरिकी दावीलाई यो पुस्तकले चुनौति दिएको छ। १९९० को दशकमा, जब डिक चेनी हलिबर्टन नामक तेल सेवा कम्पनीको प्रमुख थिए, उनले इरानमा व्यापार गर्न रोक्ने “प्रतिबन्धप्रेमी“ अमेरिकी विदेश नीतिको आलोचना गरेका थिए । अन्य अमेरिकी तेल कम्पनीहरूले पनि इरानमा लगानी गर्न चाहेका थिए, तर अमेरिकी प्रतिबन्धहरू कडा रूपमा लागू भइरहे । त्यस्तै, एप्पल जस्ता प्राविधिक कम्पनीहरूले चीनमा उन्नत प्रविधिहरूको पहुँच सीमित गर्ने अमेरिकी प्रयासको विरोध गरेका छन्, किनभने यी प्रतिबन्धहरूले उनीहरूको आर्थिक नाफालाई खतरामा पार्छ भन्ने जस्तो तर्क अमेरिकी संस्थापनमा विश्वास गर्नेहरुले गर्छन् ।
चोम्स्की र रोबिन्सनले अन्य महाशक्तिहरूले पनि अमेरिकी जस्तै नै नीति अपनाएका छन् र उनीहरूले आफ्ना क्रूर कार्यहरूको औचित्य पुष्टि गर्न “श्वेत पुरुषको जिम्मेवारी,“ ला मिशन सिभिलिजाट्राइस (सभ्यता फैलाउने मिशन), र समाजवादको रक्षा गर्नुपर्ने आवश्यकता जस्ता नैतिक तर्कहरूको प्रयोग गरेको समेत उल्लेख गरेका छन् । आधुनिक कर्पोरेट पूँजीवादको उदयभन्दा अगाडि नै यस्तो व्यवहार देखिएको हुँदा यसले महाशक्तिहरू बीचको प्रतिस्पर्धाको अवस्थालाई हमेशा वैमन्यपूर्ण बनाएको छ ।
चोम्स्की र रोबिन्सनको भनाइमा, अमेरिकी कर्पोरेट हितधिाकारीहरू अत्यन्तै स्वार्थी छन्, जसले आफूले गलत कार्य गरिरहेको बुझेर पनि त्यसका परिणामहरूमा खासै चासो राख्दैनन् भन्ने कुरा सरल तरिकाले अघि सारेका छन् ।
द मिथ अफ अमेरिकन आइडियलिजम दुई प्रमुख प्रश्नहरू उठाएको छ । पहिलो प्रश्न यो होः किन अमेरिकीहरूले यस्ता नीतिहरू सहन्छन्, जसले महँगो मूल्य चुकाउनुपर्छ, प्रायः असफल हुन्छ, र नैतिक रूपमा निन्दनीय छ ? साधारण नागरिकहरूले युद्धमा खर्च गरिएका खर्बौँ डलरलाई शिक्षामा, स्वास्थ्य सेवामा, वा पूर्वाधार निर्माणमा प्रयोग गर्न सक्थे। तर, मतदाताहरूले बारम्बार त्यस्तै नीतिहरू दोहोर्याउने राजनीतिज्ञहरूलाई चयन गर्छन् । यसको कारण के हा े?
चोम्स्कीको उत्तर दुई बुँदामा केन्द्रित छ ।
पहिलो, साधारण नागरिकसँग नीति निर्माणमा प्रभाव पार्ने राजनीतिक संरचना उपलब्ध छैन । यसको कारणमध्ये एक होः अमेरिकी कांग्रेसले राष्ट्रपतिको युद्ध घोषणासम्बन्धी संवैधानिक अधिकारलाई कमजोर बनाउँदै राष्ट्रपतिहरूलाई विवादास्पद क्रियाकलापहरूलाई गोप्य राख्ने सुवधिा दिएको छ।
दोस्रो, सरकारी संस्थाहरूले “सहमति निर्माण“ गर्नमा व्यापक प्रयास गर्छन् । यसमा गोप्य सूचनाहरू वर्गीकृत गर्नु, सूचना चुहावट गर्नेहरूलाई कारबाही गर्नु, जनतालाई झूट बोल्नु, र गल्ती हुँदा पनि जिम्मेवारी लिन अस्वीकार गर्नु जस्ता कुरा समावेश छन। यसलाई सामान्यतः सरकारी बक्तव्यहरूलाई बिना प्रश्न समर्थन गर्ने र औपचारिक कथावाचनलाई विरलै चुनौती दिने संचार माध्यमहरुले सहयोग गर्दछ।
दोस्रो भनेको —पुस्तकमा विस्तृत रूपमा व्याख्या नगएिको प्रश्न छ । यदि अमेरिकी विदेश नीतिले “विश्वलाई जोखिममा पार्छ” भने , किन थप राष्ट्रहरूले यसलाई रोक्ने प्रयास गरिरहेका छैनन् ? अहिले वाशिङ्टनसँग केही गम्भीर प्रतिस्पर्धीहरू छन् । तर यससँग अझै धेरै सच्चा र उत्साही सहयोगीहरू पनि कायमै रहन किन तयार देखिन्छन्?
संयुक्त राज्यको विश्वव्यापी छवि विगतमा उल्लेखनीय रूपमा लचिलो देखिएको छ। यो जर्ज डब्ल्यू. बुशको राष्ट्रपतिकालमा गिरावट भएको थियो भने बाराक ओबामाको चुनावसँगै तीव्र रूपमा सुधार भएको विश्वास गर्ने अमेरिकीहरुले चोमस्कीको तर्कलाई अस्वीकार गर्न सक्छन् र विश्वका धेरै भागहरूमा चिन्ता अमेरिकी शक्तिको दमनकारी प्रकृतिबाट नभई यसको शक्तिको सम्भावित रूपमा फिर्ता हुने डरबाट उत्पन्न भएको हो । चोम्स्की र रोबिन्सन सही निष्कर्ष दिएका छन्। संयुक्त राज्यले विगत शताब्दीमा धेरै नराम्रो काम गरेको छ, तर यसले केही राम्रो काम पनि गर्नुपर्दथ्यो ।
द मिथ अफ अमेरिकन आइडियलिज्म एक महत्वपूर्ण कृति हो, जसले चोम्स्कीको विचारलाई राम्ररी प्रस्तुत गर्दछ । साँच्चै भन्ने हो भने, यदि कसैले सोध्यो भने अमेरिकी विदेश नीतिबारे विद्यार्थीहरूले यो पुस्तक पढेर बढी सिक्नेछन्, वा फरेन अफेयर्स वा द अटलान्टिक जस्ता पत्रिकामा हालका र पूर्व अमेरिकी अधिकारीहरूले कहिलेकाहीँ लेखेका निबन्धहरूको सङ्ग्रह भन्ने कुरालाई समेत चोम्स्की र रोबिन्सनको यो पुस्तक नै राम्रो जबाफ जस्तो देखिन्छ ।
अमेरिकी विदेश नीतिबारे एक दृष्टिकोण, जुन एक समय वामपन्थी विमर्शको किनारामा सीमित थियो, आज ती पुराना आदर्शहरूभन्दा धेरै विश्वसनीय देखिन्छ । धेरै वरिष्ठ अमेरिकी अधिकारीहरूले आफ्ना कार्यहरूको बचाउ गर्न चोमस्कीका उद्धरण प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ ।
चोम्स्कीले “म्यानुफ्याक्चरिंग कन्सेन्ट“ को अवधारणा अघि सारेका छन् । यसले मुख्यधारका मिडियाले कसरी सत्ताको स्वार्थका लागि जनतामा सहमति निर्माण गर्ने काम गर्दछ भन्ने उजिल्लायएको छ
चोमस्कीको बारेमा भर्खर भर्खर सुन्दै गरेका पाठकहरुका लागि उनी को हुन् भन्ने बारेमा छोटो परिचय दिनु उपयुक्त हुनसक्छ ।
नोम चोम्स्की विश्वका एक प्रख्यात विचारक, भाषा विज्ञ, दार्शनिक, र राजनीतिक विश्लेषक हुन्। उनले भाषाविज्ञानको क्षेत्रको महत्वपूर्ण योगदानका साथै अमेरिकी विदेश नीतिको कडा आलोचना गर्दै आएका छन् । चोम्कीको अमेरिकी नीतिको आलोचना विश्वभर चर्चित छ । चोम्स्कीको कार्यले समकालीन विश्व राजनीतिमा, विशेष गरी शक्ति संरचना, लोकतन्त्र, र मानवअधिकारका मुद्दाहरूलाई अघि ल्याउन सफल भएका छन् ।
चोम्स्कीको मुख्य योगदानहरू
१. भाषाविज्ञानमा योगदान : नोम चोम्स्कीलाई आधुनिक भाषाविज्ञानको पिता मानिन्छ।
उनले जेनेरेटिभ ग्रामरको सिद्धान्त प्रतिपादन गरेका छन् । यस सिद्धान्तले भाषालाई मानव मस्तिष्कमा विद्यमान एक सहज संरचनाका रूपमा परिभाषा गर्दछ । चोम्स्कीको “यूनिभर्सल ग्रामर“को अवधारणाले भाषिक संरचना र मानव मस्तिष्कको सम्बन्धको अध्ययनलाई क्रान्तिकारी ढंगले अगाडि बढाउन योगदान गरेको छ ।
उनका सिद्धान्तहरूले कम्प्युटर विज्ञान, मनोविज्ञान, र संज्ञानात्मक विज्ञानलाई पनि गहिरोगरी अध्ययन गर्न उत्प्रेरित गर्दछ ।
२. अमेरिकी विदेश नीतिको आलोचना
उनले निरन्तर अमेरिका लोकतन्त्र र मानवअधिकारको नाममा विश्वभरि हस्तक्षेप गर्दै आएको तर प्रायः यी हस्तक्षेपहरू अन्य देशहरूका जनताको हितमा नभएर अमेरिकी रणनीतिक र आर्थिक स्वार्थका लागि भएको कुराको पैरवी गर्दै आएका छन् ।
चोम्स्कीले “म्यानुफ्याक्चरिंग कन्सेन्ट“ को अवधारणा अघि सारेका छन् । यसले मुख्यधारका मिडियाले कसरी सत्ताको स्वार्थका लागि जनतामा सहमति निर्माण गर्ने काम गर्दछ भन्ने उजिल्लायएको छ । यो पुस्तक संसारभरिका पत्रकारिताका विद्यार्थीहरुले सवैभन्ना बढी पढिने मध्ये एक हो ।
अमेरिकी हस्तक्षेपहरु इराक, भियतनाम, ल्याटिन अमेरिका, र मध्यपूर्वका धेरै घटनाहरूमा “नैतिक आदर्शको आवरणमा प्रभुत्व स्थापना गर्ने प्रयास“ भएको डरलाग्दो प्रवृत्तिका रुपमा चोमस्कीले विश्लेषण गरेका छन् ।
३. सामाजिक र राजनीतिक दर्शन : उनले शक्ति संरचनाको आलोचना गर्दै हरेक व्यक्तिले स्वतन्त्रता, समानता, र न्याय पाउनुपर्छ भन्ने वकालत गर्छन् । विशेषगरी पुँजीवाद र सैन्य औद्योगिक संरचनाको आलोचना गर्दै समाजमा उत्पन्न असमानतालाई हटाउन सरकार र जनताबीच गहिरो सहकार्यको आवश्यकता औंल्याएका छन् ।
४. पुस्तक र लेखहरू : चोमस्कीले १५० भन्दा बढी पुस्तक लेखेका छन् ।
द मिथ अफ अमेरिकन आइडिलजम् जस्ता कृतिहरूमा उनले अमेरिकी विदेश नीतिका पाखण्डलाई खण्डन गर्दै वास्तविकताको चित्रण गरेका छन्।
हेजेमोनी अर सर्भाभाइवल र फेल्ड स्टेटजस्ता चर्चित पुस्तकले कसरी अमेरिका विश्व राजनीतिमा अधिपत्य जमाउन निरन्तर संघर्षरत छ भन्ने देखाएका छन् ।
५. शैक्षिक योगदान : चोम्स्की ५० वर्षभन्दा लामो समयदेखि एमआईटी र अन्य प्रतिष्ठित संस्थानहरूमा शिक्षणमा संलग्न छन् । उनले युवा पीढीलाई स्वतन्त्र सोच्न, प्रश्न उठाउन, र सत्ताको आलोचना गर्न प्रेरित गरेका छन् ।
चोम्स्कीको प्रभाव
नोम चोम्स्कीका विचारहरूले राजनीतिक आन्दोलन, मानवअधिकार अभियान, र विश्वव्यापी शैक्षिक क्षेत्रहरूलाई प्रेरित गरेको छ । उनले मानवीय गरिमा, समानता, र न्यायका लागि आवाज उठाउँदै आएका छ । चोम्स्कीको विचारधारा केवल वामपन्थी समुदायमा मात्र सीमित छैन; यसले स्वतन्त्र र वैकल्पिक दृष्टिकोणलाई व्यापक रूपमा प्रभाव पारेको छ । उनको तर्कशील दृष्टिकोण र अन्यायका विरुद्धको निरन्तर संघर्षले उनलाई वर्तमान समयका एक प्रमुख सार्वजनिक बुद्धिजीवीको रूपमा स्थापित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्