महिनौंसम्म असफल मध्यपूर्व शान्ति वार्तापछि, बाइडेन प्रशासनले लेबननमा युद्धविराम गराउन सफल भएको छ । तर गाजा युद्धलाई वेवास्ता गरिएको युद्धविरामप्रति चौतर्फी संशय भने यथावत छ । जेभएपनि दशकौँसम्म विखण्डित लेवनान नामक(भनिन थालिएको) देशलाई आफ्नै भूमि माथि वास्तविक सार्वभौमिकता पुनःप्राप्त गर्ने पहिलो अवसर दिनुका साथै क्षेत्रीय स्तरमा व्यापक कूटनीतिक प्रगतिको बाटो पनि खुल्ने आशा गरिएको छ ।
ह्वाइटहाउसमा ट्रम्पको रजगज फिर्तिको काउन्टडाउन चलिरहेका बेला भएको युद्धविराम सम्झौताले इजरायललाई हिज्बुल्लाहमाथि विजयी बनाएको छ । लेवनान र हिजबुल्लाहलाई इरानको सबैभन्दा कट्टर प्रोक्सी देश र समूह मानिन्थ्यो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार जारी गरेको विजयी उत्तेजक वक्तव्यमा भनेका छन्ः “हजारौं” हिज्बुल्लाह लडाकुहरूलाई मारेका छौं, उनीहरूलाई दशकौँ पछाडि धकेलिएको छ, र संगठनका नेता हसन नसरल्लाहको हत्या गरेर दुश्मन पंक्तिको “धुरीको पनि धुरी नै समाप्त” गरेका छौं । नेतान्याहुभन्दा पहिले ह्वाइटहाउमा बोलेका बाइडेनले दम्भकासाथ गाजामा युद्धविरामको प्रयास र हमासलाई मटियामेट प्रयास जारी रहेको चेतावनी दिएबाट अमेरिकी प्रशासनको प्यालेस्टिन नीतिलाई सतहमा ल्याएको छ ।
समकालीन विश्वमा ५ दशक लामो निरन्तरको शासनाधिकारी कुटनीतिज्ञका रुपमा परिचित राष्ट्रपति जो बाइडेनलाई यो युद्धविराम सम्झौताको घोषणाले केही राहत दिलएको छ । गाजा क्षेत्रमा युद्धविराम गराउनका लागि गरिएका भनिएका देखावटी प्रयासहरूको औचित्यहीनतापछि लेवनानसँगको युद्धविराम सम्झौता बाइडेन प्रशासनको कूटनीतिक सफलताको रूपमा गणना गरिने निश्चित छ । लेबनान सम्झौता व्हाइट हाउसका दूत अमोस होचस्टिनद्वारा क्लासिक शटल कूटनीतिका माध्यमबाट सम्भव भएको पश्चिमा रणनीतिकारहरुले दावी गरेका छन् । अमेरिकी दूत होचस्टिन महिनौंसम्म बेरुत र जेरुसेलमबीच दौडाददौड गरिरहेका थिए । तर उनी अन्तराष्ट्रिय चर्चाभन्दा केही बाहिर थिए । यो युद्धविराममा इजिप्ट र कतारसँगै टर्की पनि मध्यस्थकर्ताको रूपमा सामेल भएको छ ।
राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनले गाजामा युद्धविराम गराउने प्रयास जारी राखेको दावी छोडेका छैनन् । यो प्रयासमा टकीर्, इजिप्ट र कतारसँग मध्यस्थताका लागि साझेदार छँदैछन् । बाइडेनले एउटा “इजरायल र साउदी अरेबियाबीच सम्बन्ध सामान्यीकरणको सम्झौता टुंग्याउन तयार” रहेको बताएर एक महत्वपूर्ण सन्देश त दिएका छन् । तर पनि यसको राजनीतिक लाभ बाइडेनभन्दा कैयौं गुना चतुर डोनाल्ड ट्रम्पले नै लिनै निश्चित छ । यद्यपि मध्यपूर्व सम्झौता हुनसकेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र साउदी युवराज मोहम्मद बिन सलमानका लागि कूटनीतिक सफलता हुने निश्चित छ । बाइडेनले सत्ताबाट बाहिरिंदै गर्दा यस सम्झौतामा प्यालेस्टिनी राज्यको स्थापना तर्फको “विश्वसनीय मार्ग” समावेश रहेको बताएर डेमोक्रेटिक पार्टीको नाक जोगाइदिएका हुनसक्छन् । यो मुद्धा नेतान्याहुका लागि लामो समयदेखि अस्वीकार्य विषय रहँदै आएको मात्रै छैन, अमेरिकी समग्र प्रशासन पनि अब प्यलेष्टिनी राज्य स्थापनको विल क्लिनटनवादी एजेण्डाबाट निकै टाढा पुगेको छ।
गाजामा नरसंहार जारी
गाजा युद्धका नाममा नरसंहार अभियान जारी छ । नेतान्याहुले अझै एक रक्तपिपासुको भाषामा भनेका छन् “हामी हमासलाई पूर्ण रूपमा समाप्त गर्ने काम पूरा गर्नेछौं।” नेतान्याहुको प्रमुख समस्या गाजाको युद्ध समाप्त भएपछि कसरी व्यवस्थापन गर्ने भन्ने हो भन्ने प्रचार गरिए पनि गाजामात्र होइन, सिंगो प्यालेस्टिन क्षेत्र नै मानवरहित नो म्यान्सल्याण्ड बनाउने अमेरिकी योजना छद्म रुपमा कार्यान्वयन भइरहेको प्रति न्यायप्रेमी दुनिया झुक्किनु हुँदैन । गाजा अहिले अराजक र अस्तव्यस्त त छ नै, त्यसमाथि एक्कासौं शताब्दीको मानवतालाई उपहास गर्नेगरी सामुहित चिहानघारीमा परिणत भएको छ । त्यहाँ शान्ति पुनःस्थापना गर्न अमेरिका, इजरायल र मध्यमार्गी अरब राष्ट्रहरूले महिनौंदेी प्रयास गरिरहेको भन्ने ढोंग पनि उदाङ्गो हुँदै गएको छ।
मंगलबार घोषित लेबननको ‘डे–आफ्टर’ योजनामा, इजरायली सेनाले दक्षिण लेबननबाट फिर्ता भएपछि ६० दिनभित्र लेबनन आम्र्ड फोर्सेज(एलएएफ)ले हिज्बुल्लाहको पूर्व शरणस्थलहरूलाई नियन्त्रणमा राख्ने प्रवाव्धान राखिएको छ । शिया, सुन्नी, इसाई र ड्रुज समुदायलाई एकताबद्ध गर्ने एलएएफले सफलतापूर्वक नियन्त्रण कायम गर्न सेकमा दशकौंको युद्धपछि लेबनन पुनर्निर्माण गर्ने प्रयासले मूर्त रुप लिने आाशा पलाएको मान्न सकिन्छ ।
‘यो लेबननले आफ्नो भूभागमा सार्वभौमिकता पुनःस्थापना गर्ने क्षण‘ भएको भन्ने एक अमेरिकी बरिष्ठ अधिकारीको प्रतिक्रिया भन्दै न्यूयोर्क टाइम्सले उल्लेख गरेको अमेरिकी रणनीति हो भन्ने बुझ्न सकिन्छ । ती अधिकारीका अनुसार सिरियाले भविष्यमा हिज्बुल्लाहलाई हतियार आपूर्ति गरिरहेको विषय ‘अर्को वार्ताको अर्को विषय‘ भएको बताएबाट अमेरिकी रणनीति हो या तत्कालको कुटनीतिक चाल भन्ने हेर्न बाँकी छ ।
लेबननका मिडिया अनुसार होचस्टिनको वार्तामा सफलता ल्याउने प्रावधान यस्तो थियोः सम्झौता भंग भएमा दुवै पक्षलाई आत्मरक्षाको अधिकार हुनेछ । यसअघि अमेरिका इजरायललाई मात्र उक्त अधिकार दिने पक्षमा थियो । यो शर्तलाई लेबननले अस्वीकार गरेको थियो । यदि हिज्बुल्लाह दक्षिणी लेबननमा पुनः प्रवेश गरी आक्रमणको तयारी गरिरहेको पाइएमा, यो उल्लंघन सबैभन्दा पहिले अमेरिकाद्वारा अध्यक्षता गरिएको निगरानी समितिमा लैजानेछ । सुरक्षाको पहिलो जिम्मेवारी एलएएफ को हुनेछ, तर आवश्यक परे इजरायललाई हस्तक्षेपको स्वतन्त्रता दिइनेछ ।
पक्कै पनि हिज्बुल्लाहसँगको युद्धविरामबारे इरानसँग ‘ब्याक च्यानल’ संवाद र तेहरानाको समेत स्वीकृतिमा भएका कारण मध्यपूर्वको तनाव आगामी दिनमा केही कम होला कि भन्ने आशा गरिएको छ । । यदि इरानले लेवनान–इजरायल युद्धविराम सम्झौता विरुद्ध कडा आपत्ति जनाएको भए, सम्झौता सम्भव नहुने स्पष्टै थियो ।
पश्चिमी विभिन्न मिडियामा व्यक्त विज्ञहरुका धारणा अनुसार अमेरिका र इरानले अमेरिकी चुनावपछि नियमित सन्देश आदानप्रदान गरिरहेका थिए । लेबनानी पत्रकार माइकल यङ्गले भनेका छन् “यो सम्झौता कुनै पनि हिसाबले परिपूर्ण छैन, तर दुवै पक्षले यसमा केही फाइदा देखेका छन् । वैकल्पिक अवस्था निकै भयानक भएकाले यो सम्झौता टिक्न सक्छ(वाशिङ्गटन पोष्टः २६ नोभेम्वर) ।
लेबनन सशस्त्र बलको सफलतालाई इजरायलले चासो पूर्वक हेरिरहेको छ । यद्यपि नेतान्याहु र अन्य इजरायली नेताहरूले यसलाई पनि आफ्नो पराजय ठानेमा पुनः ६० दिनभित्रै पनि युद्ध भड्कने खतरा भने टरिसकेको छैन । लेबननले दशकौं अघि आफ्नो सार्वभौमिकता गुमाएको थियो । लेवनानमाथि फिलिस्तीनी मुक्ति सङ्गठन (आइएलओ) र पछि हिज्बुल्लाहलाई इजरायलमाथि आक्रमण गर्न आफ्नो भूमि प्रयोग गर्न दिएको मूल्य निकै महङ्गो परेको छ । यी पीएलओ र हिजबुल्लाहले ‘राज्यभित्रको राज्य’ को अवस्था सिर्जना गरेर लेबनानी सरकारलाई कमजोर मात्र होइन, औचित्यहीन जस्तो बनाएको देखिएको छ । पीएलओको लेवनानी भूमिबाट यासेर अराफातसँगै समाप्त भएको थियो । तर त्यसलाई भरथेग गर्न हिजबुल्लाह अघि सर्दा प्यालेष्टिनीहरुले केही राहतको महसुस गरेको भएपनि समयक्रममा निकै ठूलो मानवीय मूल्य चुकाइरहनु पर्ने विभत्सता व्योहर्नु प¥यो ।
अमेरिकन युनिभर्सिटी अफ बेरुत अनुसन्धानकर्ताहरुले गरेको तथ्याङ्क संकलनले देखाए अनुसार २३ सेप्टेम्बरदेखि इजरायलले हिज्बुल्लाहमाथि ८,००० भन्दा बढी आक्रमण गरेको छ । हिज्बुल्लाहले पनि इजरायली लक्ष्यहरूमा बारम्बार आक्रमण गर्यो, जसमा तेल अवीव र हाइफाजस्ता शहरी केन्द्रहरूमा गरिएका महत्वाकांक्षी प्रहार समेत रहेका छन् । मंगलबार दुवै पक्षले हिंसाको चरमबिन्दुमा पुग्दै आ–आफ्ना आक्रमणहरू गरेका थिए । हिज्बुल्लाहले पाँचभन्दा बढी इजरायली लक्ष्यहरूमा रकेट प्रहार ग¥यो भने इजरायलले बेरुतको मुख्य शहरी क्षेत्रलगायत विभिन्न स्थानहरूमा दर्जनौं बमवारी गरेको थियो ।
मध्यपूर्व अझै पनि युद्धको अखडा बनिरहेको छ । तर महिनौंसम्म जारी लडाइँ र बाइडेन प्रशासनको कूटनीतिक निराशाको चरमविन्दुमा मंगलबारको समाचारले दुःस्वप्न अन्त्य हुने संकेत गरेको छ(वाशिंगटन पोष्टः २७ नोभेम्वर) । तर ट्रम्प प्रशासन जसरी मंगलबार नै चीन, मेक्सिको र क्यानडालाई व्यापार युद्धमा प्रवशे गराउनेगरी नयाँ शुल्क लाद्ने घोषणा गरे । त्यस्तै अर्को कुनै ४० अक्षरको ट्विट गरिदिए भने मध्यपूर्वको भविष्य थप अन्योग्रस्त बन्ने खतरा भने कम्तीमा आगामी ४ वर्ष विश्वले झैल्नै पर्नेछ ।
अब के ?
यो युद्धविराम बाइडेन र उजका वैदेशिक नीति सहयोगीहरूका लागि ठूलो उपलब्धि हुनेछ, जसले महिनौँसम्म इजरायल र लेबननबीच पूर्ण युद्ध रोक्न प्रयास गरे र युद्ध सुरु भएपछि त्यसलाई अन्त्य गर्न हरसम्भव प्रयास गरेको दावी गरिएको छ ।
के यो युद्धविरामले लेबननको राजनीतिक र सुरक्षा अवस्था परिवर्तन गर्न सक्छ ? जसले गदर्दा शान्ति दीर्घकालीन बन्न सकोस् । के यसले गाजा क्षेत्रको भयानक युद्ध, नरसंहार र भोकमरीको अन्त्य गर्न मद्दत गर्न सक्छ ? सवैभन्दा गम्भीर प्रश्न यिनै हुन् ।
इजरायलले लेबननमा गरेको युद्ध मुख्यतः सैन्य रूपमा सफल भएको मान्न सक्छ । इजरायलले आफ्नो उत्तरतर्फ आक्रमण गर्ने हिजबुल्लाहलाई गम्भीर क्षति पु¥एको मात्र होइन, इरानका लागि समेत ठूलो झट्का दिन सफल भएको छ । विगतका युद्धहरूपछि हिजबुल्लाहले पुनः आफ्नो क्षमता निर्माण गरेर युद्धविरामलाई बेवास्ता गरेको इतिहास सम्झनेहरुले संशय गर्नु स्वभाविक छ ।
तर गाजाको अवस्था निकै गम्भीर छ। लेबननमा भएको विनाश र जनधनको क्षति गम्भीर थियो, त्यो भन्दौ कैयौं गुना बढी गाजाको स्थिति अझै भयावह छ । सेभ द चिल्ड्रेनका अनुसार गाजामा ५ वर्ष मुनिका ३,००० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ, र अहिलेको मौसमी वर्षाले महिला, बालवालिका र बृद्धबृद्धालाई चिहानमा लगेर वेवारिसे छाडेजस्तो देखिंदैछ ।
“गाजाको जाडो भनेको मानिसहरू हवाई आक्रमण, रोग र भोकमरीले मात्र होइन, चिसोले कठ्याङ्ग्रिएर पनि मर्ने समय हो,“ संयुक्त राष्ट्रसंघीय राहत संस्था –युएनआरडब्लुए) का प्रमुख फिलिप लाज्जारिनीले भनेकी छन् ।
बेन्जामिन नेतान्याहुले गाजामा युद्ध जारी राखेर के हासिल गर्न खोज्दै छन् भन्ने जतिसुकै पश्चिमा मिडियाले प्रचार गरेपनि युद्धपछिको उनको योजना स्पष्ट छ । ः प्यालेष्टिनी राज्यको अवधारणकै समाप्ती । यसकारण नै लडाइँ अन्त्यको लागि वार्ता गर्न कठिन बनाएको छ । अहिलेका लागि, नेतान्याहुले गाजावासी र इजरायली बन्धकहरूको दुःखलाई अनिश्चितकालसम्म जारी राखेर नै अमानवीयताको पराकाष्ठाको रेकर्ड बनाउने दिशामा छन् । यस अघि नै अन्तराष्ट्रिय क्रिमिलन कोर्टले उनलाई वारेन्ट जारी गरिसकेको छ ।
केही डेमोक्र्याटिक सिनेटरहरूले आग्रह गरेजस्तै बाइडेन प्रशासनले साँच्चिकै नरसंहार पुगेको ठान्ने हो भने इजरायललाई केही आक्रामक हतियार दिने रोक्ने कदम उठाउन सक्छ । यसका लागि वाइडेनलाई निकै थोरै समय छ । तर शान्ति प्रयासका लागि यो निकै धेरै समय पनि हो ।
प्रकाशित मितिः २०८१ मंसिर १२, बुधबार@abcnepal.tv
प्रतिक्रिया दिनुहोस्