एल रीभको पुस्तक “ब्ल्याक पिलः (एट्रिया बुक्स, २०२४) को समीक्षा ।
अगस्ट २०१७ मा, भाइस न्यूजकी संवाददाता एल रीवले भर्जिनियाको चार्लोट्सभिलमा भएको श्वेत वर्चस्ववादी विरोध प्रदर्शनबारे व्यापक रिपोर्टिङ गरेकी थिइन् । उनको डकुमेन्ट्रीले त्यतिबेला राष्ट्रपतिको रुपमा रहेका डोनाल्ड ट्रम्पले दिएको “दुवै पक्षमा धेरै असल मानिसहरू थिए“ भन्ने विवादास्पद अभिव्यक्तिलाई खण्डन गरेको थियो । रीवको रिपोर्टिङलेसशस्त्र दक्षिणपन्थी अतिवादीहरू चार्लोट्सभिलमा हिंसा गर्न आएका थिए र प्रतिरोध प्रदर्शनकारीहरूलाई आक्रमण गर्ने पहल गरेका थिए भन्ने स्पष्ट गरेको थियो । एक श्वेत वर्चस्ववादीले भीडमा कार चलाएर जानाजानी ठक्कर दिएपछि ती मध्ये एकजनाको मृत्यु भयो ।
रीवले “ब्ल्याक पिल” शीर्षकको पुस्तक लेखेकी छिन्, जसमा चार्लोट्सभिलको “युनाइट द राइट“ प्रदर्शनको केही वर्षअघिको अल्ट्रा–राइट आन्दोलनबारे उनले गरेको रिपोर्टिङको व्यक्तिगत अनुभव प्रस्तुत गरिएको छ । यो पुस्तकले ट्रम्पलाई समर्थन गर्ने एउटा महत्वपूर्ण समूहको अन्तर्दृष्टि प्रदान गर्छ। साथै, यसले सामाजिक सञ्जाल प्रविधिले कसरी केही अतिवादी विचारहरूको प्रचारप्रसारलाई सजिलो बनाइदिएको छ भन्ने देखाउँछ, यसकै बलमा डोनाल्ड ट्रम्पले फेरि ह्वाइट हाउसमा आउन सफल भए ।
पुस्तकको केन्द्रीय विषयवस्तु
रीव हाल सीएनएन केवल टेलिभिजनमा दक्षिणपन्थी अतिवाद कभर गर्ने रिपोर्टरका रूपमा काम गर्छिन्। यो पुस्तकमा उनले ठूला राजनीतिक प्रवृत्तिहरूको विश्लेषण गर्नुभन्दा पनि केही ठूला अतिवादीहरू र अनलाइन ट्रोलहरूको व्यक्तित्व र उनीहरूको सोचलाई विस्तृत चित्रण गरेकी छन् । उनले यी मानिसहरूको विश्वास र विचार बुझ्न उनीहरूसँग गोप्य ठाउँमा भेटेर, जोखिम मोलेर पनि अन्तर्वार्ता गरेकी छिन् । यसले उनलाई केही अपरिचित पात्रहरूको मनोविज्ञानलाई उजागर गर्ने अवसर दिएको छ।
लेखन शैली
रीवको लेखन शैली सबैलाई मनपर्न सक्ने खालको छैन। पुस्तकको केही पृष्ठ पढेपछि, केही पाठकहरूलाई यो पुस्तक मन नपर्न सक्छ । उनको अनावश्यक गाली–गलौज, विडम्बना (आइरोनिक टोन) झल्काउने शैली, र कथा सुन्दा आफैलाई धेरै केन्द्रमा राख्ने प्रवृत्तिले उनलाई हन्टर एस. थोम्पसनजस्तो प्रसिद्ध “फस्र्ट पर्सन न्यारेटिभ“ शैलीको लेखक बन्न खोजेकी जस्तो देखाउँछ । तर उनी त्यो स्तरमा पुग्न भने सफल भएको देखिंदैन ।
तर, पुस्तकमा उनले प्रस्तुत गरेका गहिरा टिप्पणीहरू विस्तार हुँदै गएपछि पुस्तकको महत्वले मोहनी लगाउँदै जान्छ । अतिवादी विचारहरूलाई अध्ययन गर्न उनले अपनाएको जोखिमपूर्ण दृष्टिकोण र उनले देखाएको साहसले पुस्तकको प्रभावलाई बढाउने देखिन्छ । पुस्तकले असन्तुष्टि, वैमनस्यता, र घृणाको मनोविज्ञानको एउटा महत्वपूर्ण झलक दिएको छ । उनले आफ्नो विषयवस्तुहरूसँगको अन्तरक्रिया मार्फत उजागर अतिवादी प्रवृत्तिलाई उजिल्याउने कोशिश गरेकी छिन्।
“ब्ल्याक पिल“ केवल अल्ट–राइट आन्दोलनको कथा मात्र होइन, यो अमेरिकी समाजमा फैलिएको अतिवादी घृणा र विघटनकारी विचारधारालाई बुझ्ने माध्यम पनि हो। एल रीवले आफ्नो सुरक्षा जोखिममा राखेर पनि अनौंठो तरिकाले ती विचारहरूलाई उजागर गर्न प्रयास गरेकी छिन्। पुस्तकले उहाँका विषयवस्तुको व्यक्तिगत चरित्र र उनीहरूको मनोवृत्तिलाई स्पष्टसँग देखाउँछ। यद्यपि, उहाँको लेखन शैलीलाई केहीले आत्ममुग्ध ठान्न सक्छन्, तर पुस्तकको समग्र प्रभाव भने धेरै महत्वपूर्ण छ।
यदि तपाईंलाई अमेरिकी दक्षिणपन्थी अतिवादको उदय र सामाजिक सञ्जालमार्फत फैलिएको वैमनस्यबारे बुझ्न मन छ भने “ब्ल्याक पिल“ अवश्य पढ्नुपर्ने पुस्तक हो।
“अल्ट–राइट” र “ब्ल्याक पिल” को परिभाषा
एल रीवको पुस्तक “ब्ल्याक पिल” ले अल्ट–राइट र ब्ल्याक पिल का अर्थ स्पष्ट गर्ने प्रयास गर्छ। यी दुई अवधारणाहरू अमेरिकी दक्षिणपन्थी अतिवादको मनोविज्ञान र त्यसको विद्वेषपूर्ण प्रचार–प्रसारलाई बुझ्न महत्वपूर्ण छन्।
अल्ट–राइट (Alt–Right) को अर्थ
रीवले अल्ट–राइट लाई विशेष रूपमा परिभाषित गरेकी छिन् । उनका अनुसार, यो सन् २००० को अन्त्य र २०१० को दशकमा विकसित भएको श्वेत वर्चस्ववादी पुस्ताको समूह हो, जसले 4chan र 8chan जस्ता अनलाइन मेसेज बोर्डहरू मार्फत दक्षिणपन्थी समूहमा केही प्रभाव छाडे । यसका अतिरिक्त, उनीहरूले ट्विटर (हालको एक्स) जस्ता लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूमा पनि आफ्नो उपस्थिति मजबुत पारे ।
तर अन्य पत्रकार, अनुसन्धानकर्ता, र नीति विश्लेषकहरूले अल्ट–राइट लाई अझ व्यापक रूपमा परिभाषित गरेका छन् । उनीहरूको विचारमा, अल्ट–राइट भनेको घृणास्पद र षड्यन्त्रपूर्ण विचारहरूको ठूलो समूह हो, जुन ग्याव, रम्वल(gab, rubmle) ट्रम्पको ‘ट्रुथसोसल‘ र टेलिग्राम जस्ता अनलाइन प्लेटफर्महरूमा सक्रिय छ । ‘प्राउड ब्वाइज’ जस्तो समूह, जसले जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा आक्रमणको नेतृत्व गरेको थियो, यसलाई पनि यस वर्गमा राखिन्छ ।
रीवको दृष्टिकोणमा, अल्ट–राइटका सदस्यहरू श्वेत वर्चस्ववादीहरूका कठोर समूह हुन्, जसले चार्लोट्सभिलको “युनाइट द राइट“ प्रदर्शनमार्फत आफ्नो वास्तविक विश्वव्यापी शक्ति परीक्षण गर्न खोजेका थिए । तिनीहरूले प्रतिरोध र कानूनी कारबाहीको सामना गरेपछि तिनीहरूको सार्वजनिक उपस्थिति कमजोर बन्दै गयो । तर “ग्रेट रिप्लेसमेन्ट” जस्ता षड्यन्त्र सिद्धान्तहरू भने अझै बाँचिरहेका छन् । जसले फक्स न्यूज, स्टिभ ब्यानन, र टकर्स कार्लसन जस्ता व्यक्तित्वहरूका माध्यमबाट अझ ठूलो संजीवनी पाएको जस्तो देखिन्छ ।
ग्रेट रिप्लेसमेन्ट सिद्धान्त — यो षड्यन्त्रवादी विचार हो, जसले यहूदीहरूले आप्रवासनलाई प्रोत्साहन गरेर युरोपेली वंशका मानिसहरूलाई “प्रतिस्थापन“ गर्न खोजेका छन् भन्ने दाबी गर्छ । चार्लोट्सभिलको प्रदर्शनमा सहभागी नव–नाजीहरूले ‘ द ज्युज विल नट रिप्लेस अस‘ (यहूदीहरूले हामीलाई प्रतिस्थापन गर्न सक्दैनन्) भन्दै मशाल बोकेर नारा लगाएका थिए ।
ब्ल्याक पिल को अर्थ
ब्ल्याक पिल शब्दको अर्थ अझ गहिरो छ । यो शब्द “द म्याट्रिक्स“ फिल्मबाट लिइएको “रेड पिल“ अवधारणाको विस्तारित जस्तो देखिन्छ । रेड पिलले मानिसलाई “वास्तविकता“ हेर्न सक्ने दृष्टि प्रदान गर्छ, तर ब्ल्याक पिलले मानिसलाई निराशा र “उत्साहपूर्ण शून्यवाद” –गिलिफुल निहिलिजम्) मा डुबाइदिन्छ ।
रीवका अनुसार, ब्ल्याक पिल लिने भन्नुको अर्थ यस्तो विश्वास गर्न थाल्नु हो कि “सम्पूर्ण प्रणाली भ्रष्ट छ र यसको पतन अनिवार्य छ ।” यसको सन्देश हो— सबैथोक ध्वस्त गर, अहिले नै !
रेड पिल र ब्ल्याक पिलको अन्तर
रेड पिल
मानिसले सत्य र वास्तविकता बुझ्छ ।
विद्रोह र व्यवस्था परिवर्तनको संकेत दिन्छ ।
विचारले क्रान्तिलाई प्रेरणा दिन सक्छ ।
उदारवाद विरोधी दृष्टिकोण लिन्छ।
ब्ल्याक पिल
मानिसले प्रणालीलाई पूर्ण रूपमा ध्वस्त गर्नुपर्छ भन्ने मान्यता लिन्छ।
व्यवस्था पूर्ण रूपमा असफल भएको ठहर गर्दै नष्ट गर्ने सोच विकसित गर्छ।
विचारले विनाश र ध्वंसलाई प्रेरणा दिन्छ ।
सम्पूर्ण व्यवस्थालाई अस्वीकार गर्ने दृष्टिकोण लिन्छ।
ब्ल्याक पिलले मानिसहरूलाई अत्यधिक निराशावादी बनाउँछ। यो दृष्टिकोणले मानिसहरूलाई हिंसा, विनाश, र सामाजिक व्यवस्थाको पतनलाई अपरिहार्य मान्न लगाउँछ । यो त्यस्तो विचार हो, जसले मानिसहरूलाई “अब सुधार सम्भव छैन, बरु अहिले नै सबैलाई नष्ट गरौं“ भन्ने किनारामा धकेल्छ ।
राजनीतिक उपयोग
रेड पिल अवधारणा सुरुमा दक्षिणपन्थी समूहहरूमा लोकप्रिय भयो । यसले मानिसहरूलाई यस्तो विश्वास दिलाउँछ जहाँ “मिडिया झूटो छ“, “तिमीलाई सत्य लुकाइएको छ“, र “वास्तविकता अरूभन्दा फरक छ“भन्ने मान्न वाध्य पारिन्छ ।
तर ब्ल्याक पिलले यसखाले विचारलाई चरम अवस्थामा पु¥याउँछ । ब्ल्याक पिलको प्रभावमा रहेका मानिसहरूले सोच्छन् — “अब यसलाई सुधार्न सकिँदैन, केवल विनाशको माध्यमबाट नयाँ सुरुवात गर्न सकिन्छ ।“ यो विचारले हिंसात्मक गतिविधिलाई प्रेरणा दिन सक्छ। उदाहरणका लागि, जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमण पनि केही हदसम्म ब्ल्याक पिल दृष्टिकोणबाट प्रेरित भएको मानिन्छ ।
चार्लोट्सभिलको “युनाइट द राइट” प्रदर्शनमा सहभागी समूहहरूले ब्ल्याक पिलको दृष्टिकोणलाई व्यवहारमा उतारेका थिए भन्ने लेखकको दावी छ। सशस्त्र नव–नाजीहरूले झगडा, हिंसा, र हत्या गरे, जुन अन्ततः एउटा गाडीको आक्रमणमा परिणत भयो, जसले एक जना व्यक्तिको ज्यान लियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले “दुवै पक्षमा असल मानिसहरू थिए” भन्ने अभिव्यक्ति दिएर ठूलो विवाद निम्त्याए, किनभने चार्लोट्सभिलमा भएको हिंसा व्यापक रूपमा श्वेत वर्चस्ववादी समूहहरूद्वारा सुरु गरिएको दंगा थियो।
पुस्तकको सन्देश
एल रीवको पुस्तक “ब्ल्याक पिल” ले अल्ट–राइटको कठोर चरित्रलाई मात्र उजागर गर्दैन, यसले यो पनि देखाउँछ कि कसरी सामाजिक सञ्जाल 4chan, 8chan , न्बद, त्भभिनचबm) ले यी विचारहरूलाई आम मानिसमा पु¥याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
रीवले यस पुस्तकमा रेड पिल, ब्ल्याक पिल, र अल्ट–राइटको अन्तरसम्बन्धलाई प्रस्ट्याएकी छिन् । यी अवधारणाहरू कसरी अतिवाद, षड्यन्त्र सिद्धान्तहरू, र हिंसात्मक क्रियाकलापहरूलाई प्रेरित गर्छन् भन्ने देखाउन यो पुस्तक सफल भएको छ । यो अमेरिकी राजनीतिकै सवैभन्दा सस्तो राजनीतिक प्रयोग पनि हो ।
“ब्ल्याक पिल” को अवधारणा केवल दक्षिणपन्थी अतिवादमा मात्र सीमित छैन । यो अवधारणा केहि व्यक्तिले अत्यन्त निराशाजनक जीवनदृष्टिको रूपमा पनि उपयोग गर्छन्, जसले उनीहरूलाई “इनसेल आन्दोलन” (क्ष्लखयगिलतबचथ ऋभष्दिबतभक) तर्फ आकर्षित गर्छ।
“इनसेल्स” र “अटिस्ट्स”
अल्ट–राइटबारे धेरै पुस्तकहरू लेखिएका छन्, जसमध्ये Alt America: The Rise of the Radical Right in the Age of Trump”, “Kill All the Normies: Online Culture Wars from $chan and Tumblr to Trump and the Alt-Right”, र “Alt-Right: From $chan to the White House जस्ता छन् ।
यिनै पुस्तकहरूको धरोहरलाई विस्तार गर्दै, एल रीवले चार्लोट्सभिलमा जम्मा भएको यही ‘भाइचाराहरु‘का“ सदस्यहरूको मानसिकतालाई गहिरो अध्ययन गर्दै “ब्ल्याक पिल“ लेखेकी हुन् । पुस्तकमा उनले यी पात्रहरूको विस्तृत जीवनवृत्तान्त प्रस्तुत गरेकी छन्, जसमा प्रारम्भमा पाठकलाई लाग्न सक्छ—“यी व्यक्तिहरूको बाल्यकालको कथा किन आवश्यक छ ?“—तर, विस्तारमा जाँदा यस्ता बारम्बार दोहोरिने विशेषताहरू देखा पर्छन्, जसले अन्ततः ती व्यक्तिहरूको व्यवहारलाई बुझ्न मद्दत गर्छ ।
रीवका अनुसार, यी कट्टर अल्ट–राइट पात्रहरूको महत्वपूर्ण हिस्सा “इनसेल्स“ (ष्लखयगिलतबचथ अभष्दिबतभक) हो। इनसेल्स त्यस्ता युवा पुरुष हुन्, जो जबर्जस्ती अविवाहित (अविवाहित हुन बाध्य) भएको महसुस गर्छन् । ती व्यक्तिहरूलाई बाल्यकालमा भएको आघात (ट्रमा) र मानसिक समस्याहरूले यस्तो निष्कर्षमा पु¥याउँछ । उनीहरू लाग्छ कि महिलासँग स्वस्थ यौन सम्बन्ध कायम गर्न अक्षम छन् । परिणामस्वरूप, उनीहरूको चिन्तन महिला मात्र होइन, सम्पूर्ण समाजप्रति घृणामा बदलिन्छ। इनसेल्सले “रेड पिल“ निलेका हुन्छन्, जसले उनीहरूलाई यो “सत्य“ देखाउँछ कि “केही पुरुषहरू यति अप्रिय हुन्छन् कि उनीहरूले कहिल्यै यौन सम्बन्ध राख्न पाउँदैनन्“। जब तिनीहरू “ब्ल्याक पिल“ निल्छन्, तब उनीहरूलाई यस्तो “प्रकाश“ प्राप्त हुन्छ कि समाजलाई ध्वस्त पार्नु नै आफ्नो पीडाबाट मुक्ति पाउने एकमात्र जीवनदायी भ्याक्सिन हो ।
इनसेलहरूको यो अँध्यारो सोच ४अजबल को ।चढप। नामक बोर्डमा व्यापक रूपमा फैलिएर अपमान र आक्रोशको दलदल जस्तो बनेको थियो । यसले सहभागीहरूलाई नव–नाजीहरूसँगको सम्पर्कमा ल्यायो, जसको जातीय घृणा र यहूदी विरोध इनसेलहरूको आत्मदयासँग सजिलै सहवास गरायो । इनसेल विचारधाराका सबैभन्दा उग्र सदस्यहरूले सामूहिक हत्याका अभियन्ताहरूलाई पूज गर्न थाल्छन् वा त्यस्ताहरुलाई देवत्वकरण गर्छन् भनौं न । उदाहरणका लागि, इलियट रजर ले सन् २०१४ मा क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा छ जनाको गोली हानेर हत्या गरे । यसैगरी, एलेक मिनासियनले सन् २०१८ मा टोरोन्टो मा आफ्नो गाडीलाई पैदलयात्रुहरूमाथि दौडाएर १० जनाको ज्यान लिएको थियो। यी व्यक्तिहरूलाई इनसेल समुदायले “सन्त“ को रूपमा चित्रण गर्छ।
एल रीवको पुस्तकको सबैभन्दा रोचक पात्रमध्ये एक हुन् — फ्रेड ब्रेनन । ब्रेननले 4chan बाट छुट्टिएको अर्को प्लेटफर्म 8chan स्थापना गरे, जुन अझ बढी षड्यन्त्रका सिद्धान्तहरू, भय, र घृणाको केन्द्र बन्यो । ब्रेननको गम्भीर शारीरिक अपाङ्गताले उनको इनसेल मानसिकतालाई अझै गहिरो बनाएको थियो। तर पछि उनले आफ्नो “कुमारत्वको ग्रन्थि“ परित्याग गरे । अल्ट–राइट आन्दोलनबाट बाहिर निस्के, र अन्ततः एल रीवलाई अनलाइन अतिवादको “दन्त्यकथा“ बुझ्न मार्गदर्शन गरे ।
एल रीवले आफ्नो अनुसन्धानका क्रममा एउटा चाखलाग्दो घटना भेट्टाएकी छन् । अल्ट–राइटका सदस्यहरूले आफूलाई “अटिस्ट्स“ भनेर सम्बोधन गर्छन् । यो शब्द कहिले मायालु अर्थमा त कहिले उपहासको रूपमा प्रयोग गरिन्छ । यसका जरो “अटिज्म” शब्दमा छ । एक स्रोतले रीवलाई भन्यो— “तपाईंले कोड भंग गर्नुभयो। अल्ट–राइटको गोप्य कुरा के हो भने, यो वास्तवमा इन्टरनेट पहुँच भएका अटिस्टिक युवाहरूको आन्दोलन हो ।“ यो भनाइ ठट्टा जस्तो लाग्न सक्छ, तर रीवका अनुसार यो दाबीमा केही सत्यता देखिन्छ ।
एक स्रोतका अनुसार, अल्ट–राइटका सबैभन्दा सक्रिय व्यक्तिहरूमध्ये २५% “अटिज्म स्पेक्ट्रम“ मा पर्ने सम्भावना छ । यद्यपि यो कुनै वैज्ञानिक अनुमान होइन, तर लेखकलाई यो कुरा तर्कसंगत लाग्छ। तर, रीवले यस तर्कलाई धेरै संवेदनशील रूपमा सम्बोधन गर्छिन्। “अटिज्मले मानिसलाई हिंसात्मक अतिवादतर्फ लाने कुनै प्रमाण छैन।“ यद्यपि, उनका अनुसार, केही विशेषज्ञहरूका साथसाथै अदालतले नियुक्त गरेका परामर्शदाताहरूको मतले देखाए अनुसार अटिज्म भएका व्यक्तिहरू अल्ट–राइट आन्दोलनमा अनुपातभन्दा बढी नै प्रतिनिधित्व गरिरहेका छन्।
यसको कारण प्रस्ट छ । अल्ट–राइटको अनलाइन वातावरण अटिज्म भएका व्यक्तिहरूका लागि सामाजिक सम्बन्ध बनाउन सजिलो हुन्छ । अटिस्ट व्यक्तिहरूलाई अनुहार–आधारित सामाजिक सङ्केत बुझ्न गाह्रो हुन्छ । तर अनलाइन प्लेटफर्महरूले उनीहरूलाई “सन्देशहरूलाई पढ्न, बुझ्न, र अनुकरण गर्न“ समय दिन्छन् । त्यसैगरी, अल्ट–राइटको ठोस दृष्टिकोणले जटिल सामाजिक सम्बन्धहरूको सजिलो व्याख्या उपलव्ध गराउँछ ।
निष्कर्ष
इनसेल्स र अटिस्ट्स अल्ट–राइट आन्दोलनका दुई महत्वपूर्ण वर्ग हुन्।
इनसेल्स भनेका त्यस्ता युवा पुरुष हुन्, जसले आफ्नो यौन जीवनको असफलतालाई समाजको दोष ठान्छन्। उनीहरू रेड पिल र ब्ल्याक पिल निल्छन्, जसले उनीहरूलाई “समाज ध्वस्त पार्नुपर्छ” भन्ने सोचतर्फ लैजान्छ। उनीहरूको विचारधारा हिंसात्मक गतिविधिमा बदलिन सक्छ, जस्तै इलियट रजर र एलेक मिनासियनका घटनाहरूले देखाएको छ ।
अटिस्ट्स भनेको अल्ट–राइट आन्दोलनका त्यस्ता सदस्यहरू हुन्, जसले आफूलाई “अटिज्म स्पेक्ट्रम“ मा भएको बताउँछन्। उनीहरूलाई अनलाइन प्लेटफर्मको वातावरणले सामाजिक अन्तरक्रिया गर्न सहज बनाउँछ। केही अटिस्ट व्यक्तिहरूको मानसिक “कडापन“ (रिजिड थिङ्किङ) लाई अल्ट–राइटको ठोस सिद्धान्तले आकर्षित गर्न सक्छ ।
रीवले यी दुई समूहलाई अल्ट–राइटको प्रमुख चालक शक्ति मानेकी छिन्। इनसेल्सले सामाजिक ध्वंसलाई लक्ष्य बनाउँछन्, भने अटिस्ट्सले अनलाइन अन्तरक्रियालाई उपयोगी ठान्छन्। यी दुवै समूहले अल्ट–राइट आन्दोलनलाई अघि बढाउन मद्दत गरेका छन् ।
एल रीवको पुस्तकले चार्लोट्सभिलको विद्रोह र अमेरिकी दक्षिणपन्थी अतिवादको मनोविज्ञान बुझ्न महत्वपूर्ण सन्दर्भ दिन्छ । इनसेल्सको घृणा र अटिस्ट्सको अनलाइन अन्तरक्रिया दुबै मिलेर यस्तो अतिवादको आधारशिला तयार गर्छन्, जसले अझ ठूलो सामाजिक संकट निम्त्याउन सक्छ ।
विशेष नोटः रीवको तर्क सबै अटिस्टहरू अल्ट–राइटका समर्थक हुन्छन् भन्ने देखिंदैन । उनको तर्क हो— अल्ट–राइटले बनाएको अनलाइन वातावरणले अटिस्ट व्यक्तिहरूलाई आकर्षित गर्छ ।
“द बेल कर्भ“ र दक्षिणपन्थी महिलाहरू
“द बेल कर्भ” अझै पनि दक्षिणपन्थी जातिवादीहरूका लागि मार्गदर्शकको रूपमा जीवित छ, र केही महिलाहरूलाई यो आन्दोलनले आकर्षित गर्छ, यद्यपि यो आन्दोलनमा व्यापक रूपमा महिलाविरुद्धको घृणा पाइन्छ ।
रिचर्ड हर्नस्टेन र चाल्र्स मरेले लेखेको “द बेल कर्भः इन्टेलिजेन्स एन्ड क्लास स्ट्रक्चर इन अमेरिकन लाइफ” सन् १९९४ मा प्रकाशित भएपछि, जाति र आईक्युको सम्बन्धमा नयाँ बहसको सुरुवात भएधो थियो । बीसौँ शताब्दीको सुरुको युजेनिक्स आन्दोलनको उत्कर्षकालमा बनेका विचारहरूसँग मेल खानेगरी, हर्नस्टेन र मरेले दाबी गर्छन् –आईक्यु धेरै हदसम्म आनुवंशिक हुन्छ। उनीहरूका अनुसार, एसियाली र युरोपेली मूलका व्यक्तिको आईक्यु स्तर अफ्रिकी अमेरिकीहरूको तुलनामा उच्च हुन्छ, र सामाजिक समस्याहरूको मुख्य कारण पनि कम आईक्यु भएको जनसंख्या हुने गर्दछ ।
हर्नस्टेन–मरेको यो दाबी — “सबै मानिस समान पैदा हुँदैनन् र कम आईक्यु भएको जनसंख्याको वृद्धिलाई प्रोत्साहित गर्नु हुँदैन“ — यो नै दक्षिणपन्थीहरूको लागि एउटा शक्तिशाली प्रेरणास्रोत बनेको छ। यस पुस्तकका विवादास्पद चार्ट र ग्राफहरू दक्षिणपन्थी समर्थकहरूले विभिन्न इन्टरनेट मेमहरू बनाएर फैलाएका छन् ।
दक्षिणपन्थी महिलाहरूको मनोविज्ञान
रीभले प्रस्तुत गरेका सबैभन्दा अनौठा पात्रहरूमा दक्षिणपन्थी आन्दोलनमा लागेका महिलाहरू पर्छन् । उनका पुस्तकका प्रमुख पात्रहरूको प्रेमिका वा श्रीमतीहरूलाई ती पुरुषहरू विचारशील (यद्यपि आपत्तिजनक) लाग्ने भएकाले आकर्षित भए । ती महिलाहरूलाई ती पुरुषहरूले “विचारधारा“ मा ध्यान दिने जस्ता देखाए ।
एक महिलाले रीभलाई बताएकी थिइन् –डिस्कर्ड नामक अनलाइन प्लेटफर्ममा भएको सर्भर वा छलफल समूहमार्फत उनी यस आन्दोलनमा प्रवेश गरिन् । उनले भनिन्, “भित्र पस्नासाथ हाँसो लाग्ने गरी प्रस्तुत गरिएका ‘जोक’ हरू देखिन्थे, यहाँसम्म कि होलोकास्टसम्बन्धी जोकहरू पनि । सुरुमा त तिनलाई हाँस्न बाध्य गरिन्थ्यो, तर बिस्तारै त्यो हाँसो हराउन थाल्छ, किनकि तपाईं त्यो वातावरणमा अभ्यस्त भइसक्नुहुन्छ। अन्ततः, तपाईं आफैं त्यस्तै जोकहरू पोस्ट गर्न थाल्नुहुन्छ, किनभने तपाईं समूहको हिस्सा बन्न चाहनुहुन्छ।”
यो रूपान्तरण — अनलाइन जातीय, लैंगिक, र धार्मिक “जोकहरू” को सुरुमा व्यङ्ग्यात्मक पुनरावृत्तिबाट लिएर घृणाको स्वीकारोक्तिमा रूपान्तरण हुन्छ भन्ने देखाउनु “ब्ल्याक पिल” पुस्तकको प्रमुख विषय हो। यो विषयले कसरी धेरै अमेरिकीहरू सामान्य ट्रोलिङबाट चरम घृणाको अवस्थासम्म पुग्छन् भन्ने स्पष्ट गर्दछ ।
रीभले प्रस्तुत गरेका धेरै महिलाहरूले अन्ततः यी सबैबाट हात झिकेका थिए, जस्तै ८अजबल का संस्थापक फ्रेड ब्रेननले गरे। पत्रकारहरूले प्रस्तुत गर्ने चरमपन्थीको कथा प्रायः ती व्यक्तिहरूको अनुभवबाट आउँछ, जसले आन्दोलन छोडेका हुन्छन् र आफ्नो यात्रा खुलस्त गर्छन् भन्ने देखाएको छ । ती महिला र पुरुषले पछिल्लो क्षणमा पश्चाताप गर्ने हुँदा उनीहरूका अनुभव प्रस्ट हुन्छन्। तर, अन्य थुप्रै व्यक्तिहरूले भने जीवनको उज्यालो (सुधार) देख्न सकेका हुँदैनन्।
ट्रम्पः “भगवान सम्राट“
रीभको कथा २०१७ को चार्लोट्सभिल घटनाबाट सिधै २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवन (क्यापिटोल) मा भएको विद्रोहसम्म पुग्छ । उनले देखाएकी छन् कि चार्लोट्सभिलमा देखिएका ती विशेष चरमपन्थीहरू — जुन दायरामा फैलिएको दक्षिणपन्थी आन्दोलनको एउटा सानो खण्ड थियो — डोनाल्ड ट्रम्पप्रति आरम्भदेखि नै मोहित थिए ।
सन् २०१५ मा ट्रम्पले ट्रम्प टावरको एस्केलेटरबाट तल झर्दै राष्ट्रपतिको उम्मेदवारी घोषणा गर्दा उनीहरूले उनको प्रदर्शनलाई निकै रमाइलो माने । उनीहरूले उनको “क्रुरता“ मन पराए, किनकि ट्रम्पले यसलाई लुकाउन पनि चाहेनन् । ती दक्षिणपन्थीहरूले ट्रम्पलाई आफ्नो “भगवान सम्राट” (गड एम्प्रेरर) भनेर व्यङ्ग्यात्मक रूपमा सम्बोधन गरेका थिए ।
लेखक रीभले सीएनएनका लागि रिपोटिङ्ग समेत गरेको जनवरी ६ को विद्रोहबारे उनले लेखेकी छन्, “प्रो–ट्रम्प आन्दोलनले दक्षिणपन्थीहरूको अनलाइन प्ल्याटफर्मको चर्का सामग्री सिर्जना गर्ने तरिका, केही श्वासप्रश्वास मिसिएको पुरुषत्व, जोक–तर–गम्भीर शैलीलाई ग्रहण गर्यो। तर उनीहरूले स्वस्तिकहरू र ‘पराजित कुँवारा (लुजर) पुरूषहरू’ को सामग्रीलाई फालिदिए । यस जादुई सूत्रको सहायताले, उनीहरूले संयुक्त राज्यको विरुद्धमा कू गर्ने प्रयास गरे ।”
अन्य पत्रकार र इतिहासकारहरूले रीभको रिपोर्टिङलाई विस्तारित गर्दै उनका पात्रहरू र व्यापक ट्रम्प आन्दोलनबीचका सम्बन्धका “डटहरू (बुँदा)“ लाई जोड्नुपर्नेछ । कसरी जनवरी ६ पछि, जब ट्रम्प दलीय रूपमा निन्दित भए, तर फेरि उनले २०२४ मा पुनः राष्ट्रपतिको चुनाव जिते भन्ने प्रश्नमा भविष्यमा थुप्रै किताबहरू लेखिनेछन् ।
तर अहिलेका लागि, रीभले महत्वपूर्ण योगदान गरेकी छन् । उनले पाठकहरूलाई चार्लोट्सभिलमा दक्षिणपन्थीहरूका साथ उभ्याएकी छन्, एक गाढा ट्रकको पछाडि उनीहरुसँगै राखेकी छन्, र हतियारहरू ओछ्यानमा जथाभावी फ्याँकिएको होटलको कोठामा लिएर गएकी छन्। एल रीभ साहसी छन्, र उनले साहसी पुस्तक लेखेकी छन् ।
#एल रीवको पुस्तक “ब्ल्याक पिल” ले अमेरिकी समाजमा विद्यमान अल्ट–राइट आन्दोलनको मनोविज्ञान र ध्वंसात्मक विचारको चरम रूप उजागर गर्छ ।
#ब्ल्याक पिलको निहिलिस्टिक सोच केवल विचारको स्तरमा सीमित छैन । यसको प्रभावले अमेरिकी राजनीति, सामाजिक सञ्जाल, र हिंसात्मक आन्दोलनमा ठूलो प्रभाव पार्दै आएको छ ।#यदि तपाईं अमेरिकी दक्षिणपन्थी अतिवादको मनोविज्ञान, षड्यन्त्र सिद्धान्तहरू, र सामाजिक सञ्जालको भूमिका बुझ्न चाहनुहुन्छ भने, “ब्ल्याक पिल” पढ्नैपर्ने पुस्तक हो ।
प्रतिक्रिया दिनुहोस्