विद्रोहीहरूको चक्मा दिने आक्रमणपछि बशर अल–असदले देश छोडे
एबीसी टिप्पणी : सिरियालीहरूका लागि यी दृश्यहरू नयाँ थिएनन् । उनीहरुले धेरै पटक पहिले पनि देखेका थिए – आफ्ना नागरिकहरूले बशर अल–असदका पोस्टरहरू फाड्दै, उनको सेनाका बेसहरू कब्जा गर्दै र उनले राजनीतिक बन्दीहरूलाई राख्ने जेलहरू कब्जा गर्दै थिए । तर ती दृश्यहरू दस वर्षभन्दा बढी पहिलेका जस्ता थिएनन् । सिरियालीहरुले फेरि त्यस्तो दृश्य देख्ने आशा गरेका थिएनन्। र उनीहरूले पक्कै पनि यो अपेक्षा गरेका थिएनन् – आफ्नै सेना र विदेशी सहयोगीहरूले परित्याग गरेपछि असदले देश छोडेर भागे । सिरियाली तानाशाहको २४ वर्ष लामो क्रूर शासन अकस्मात ढलेको छ ।
उनको पतन हुन २ हप्ता पनि लागेन। नोभेम्बर २७ मा, विद्रोहीहरूले उत्तरपश्चिम सिरियामा हमला सुरु गरेका थिए । विद्रोहीहरूद्वारा कब्जा गरिएका क्षेत्रहरूमा गरिएको गोलाबारीको बदला लिने भन्दै असदले हवाई हमला गर्दै थिए । विद्रोहीहरुको आक्रमण जारी रहँदै सत्ताशीन सेनामा भागददौड मच्चियो । र विद्रोहीहरूले आक्रमणलाई अरु बढी जोर लगाए । नोभेम्बर २९ मा सिरियाको दोस्रो ठूलो शहर अलेप्पो कब्जा गर्दै उनीहरु डिसेम्बर ५ मा दक्षिणतर्फको हामा शहर कब्जा गरे। यसले असद शासनको मेरुदण्डा भाँचिदिएको थियो । त्यसको दुई दिनपछि उनीहरू सिरियाको तेस्रो ठूलो सहर होम्स विजय गर्न सफल भए ।
Syrians mourn all they have lost, even as they celebrate.
विद्रोहीहरूलाई हयात तहरीर अल–शाम (एचटीएस) नामक विद्रोही गुटले ले नेतृत्व गरेको छ । यो समूहले २०१७ मा अल–कायदासँगको सम्बन्ध विच्छेदपछि उत्तरपश्चिम सिरियामा शासन गर्दै आएको थियो। होम्समा भने उनीहरूलाई अलेप्पो र हामाभन्दा बढी प्रतिरोधको सामना गर्नु परेको थियो, तर सहरमाथि उनीहरुले छिटै विजयपतका फहराए । यसले विद्रोहीहरूलाई दमास्कसलाई तटवर्ती क्षेत्रमा जोड्ने राजमार्ग काट्न सफल बनायो । त्यो असदको अलावी सम्प्रदायको किल्ला समेत हो ।
तर, अन्य विद्रोहीहरूले एचटीसीले भन्दा पहिले नै दमास्कसमा प्रवेश गरेका थिए । पछिल्लो केही दिनमा विद्रोह दक्षिण सिरियामा पनि फैलिएको छ । त्यहाँको लडाइँमा एचटीसी समूह संलग्न छैन । सिरिया आफैमा विभिन्न दर्जन बढी गुटहरुको युद्ध स्थल बन्दै आएको उत्तर अफ्रिकी देश हो । यसको नेतृत्व त्यहाँका स्थानीय समूहहरूले गरेका छन्, जसले सत्तासँग लामो समयदेखिका आफ्नै मुद्दाहरू उठाउँदै आएका थिए । यी समूहहरूले राजधानी दमास्कसको दक्षिणमा रहेका तीन वटा गभर्नरेटहरूमध्ये डारालाई पनि आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्। डारा २०११ मा सिरियाली विद्रोह सुरु भएको स्थान मुख्य शहर हो ।
डिसेम्बर ७ को साँझसम्ममा, विद्रोहीहरू दमास्कसको दक्षिणी उपनगरहरूलाई आफ्नो बन्दुकको छायाँमा पारिसकेका थिए । डारायाजस्ता ठाउँहरूमा निकै मार्मिक दृश्यहरू देखिएका छन् पश्चिमा टेलिभिजनहरुमा । त्यहाँका स्थानीय बासिन्दाहरूलाई २०१६ सम्म चार वर्ष लामो शासनको घेराबन्दीका क्रममा बाँच्नका लागि घाँस खान बाध्य पारिएको दारुणिक दृश्यहरु प्रकाशमा आएका थिए । दमास्कसको पूर्वमा रहेको जरामानामा, स्थानीय बासिन्दाहरूले राष्ट्रपति बशर अल–असदका पिता हाफेज अल–असदको सालिक ढालेका छन् ।
उत्तरतर्फ भने सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) नामक कुर्दिश मिलिसियाहरुबाट बनाइएको सैन्य बल – पनि अघि बढ्दै थियो। यो फौजले पूर्वको सबैभन्दा ठूलो सहर डेर एज–जोरबाट बशर अल असदको शासनलाई चुनौति दिइरहेको थियो । एसडीएपफले अल–बुकामाल कब्जा गरेको छ । यो प्रान्त हातहतियार र लागू औषधको तस्करीको मुख्य नाका हो । इराकको सीमावर्ती सहर अल–काइमका मेयरले भने अनुसार हजारौँ सिरियाली सैनिकहरूले त्यहाँ शरण लिएको न्यूयोर्क टाइम्सले लेखेको छ ।
डिसेम्बर ७ को साँझसम्ममा, बशर अल असद शासनको बाँकी रहेको राज्य – दमास्कस र तटीय क्षेत्र – लगभग पूर्ण रूपमा घेराबन्दीमा परिसकेको थियो। केही दिनदेखि असदलाई कसैले देखेका थिएनन्। उनको कार्यालयले असद अझै पनि दमास्कसमा रहेको र नियमित रूपमा काम गरिरहेको दाबी भने गरिहेको थियो । तर यसलाई प्रमाणित गर्ने कुनै तस्बिर वा भिडियो देखाइएको थिएन । धेरै सिरियालीहरूले उनलाई पहिले नै भागेको ठानेका थिए । उनको परिवारलाई पहिले नै रसिया र संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको भनिएको छ ।
विद्रोहीहरुको दमास्कस प्रवेश गरेको भनिएको केही घण्टापछि, सिरियाली प्रधानमन्त्री मुहम्मद अल–जलालीले भिडियो सन्देश जारी गर्दै शासनले संक्रमणकालीन सरकारलाई नियन्त्रण हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । सेनाका प्रमुखले अफिसरहरू बताए अनुसार असदको शासन समाप्त भएको छ । यद्यपि, असदको ठेगानाबारे कुनै औपचारिक जानकारी नदिइएको गार्डियनमा उल्लेख छ ।
बश अल असददको शासनको यति चाँडो पतनले सिरियालीहरूलाई झस्काएको छ – यद्यपि केही दिनदेखि यो अपरिहार्य जस्तै देखिएको थियो। असदका विदेशी सहयोगीहरूले पनि न्यूनतम मात्रामा मात्र सहयोग गरेका थिए । रसियाले उत्तरी सिरियामा केही छिटफुट हवाई आक्रमण गर्यो, जबकि इरानले मिसाइल र ड्रोन पठाउने बताए पनि उल्लेखनीय पहल गरेन । तर, विद्रोहीहरूको आक्रमणलाई रोक्न असदलाई यो भन्दा धेरै सहयोग आवश्यक थियो। उनका सहयोगीहरूले पनि साथ छोडिदिए । डिसेम्बर ६ मा, दमास्कसस्थित रसियन दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडै सिरिया छोड्न भनेको थियो। इरानले पनि केही सैन्य कर्मचारीलाई फिर्ता बोलाएको रिपोर्ट सार्वजनिक भएको छ ।
निराश असदले यस्तो अवस्थामा अरब राष्ट्रहरूलाई समर्थनका लागि अपिल गरेका थिए । उनले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति मुहम्मद बिन जाएदलाई व्यक्तिगत रुपमा समेत सहयोगका लागि अनुरोध गरेका थिए। उनले इजिप्ट, जोर्डन र अन्य देशहरूसँग पनि सहयोग मागेका थिए। तर, कुनै पनि देशले असफल मानिएको शासनलाई सहयोग गर्न तयार भएनन् ।
असदको गुमनाम र विद्रोहीको दमास्कस प्रवशेले अब के हुने हो भन्ने अनुमान गर्न गाह्रो भएको पेन्टागनले अनुगमन गरिरहेको द इकोनोमिष्टले उल्लेख गरेको छ । एचटीसीले असदपछिको सिरियामा ठूलो भूमिका खोज्न सक्छ । यसले इदलिबमा प्रभावकारी शासन गरिरहेको छ । तर, एचटीसी समूहले यति ठूलो र विविधतापूर्ण देशको प्रशासन सञ्चान गर्न आवश्यक पर्ने स्रोतहरू नभएको गार्डियनले लखेको छ । एचटीसी समूहले इदलिबभन्दा टाढा पुगेपछि अन्य समूहहरूसँग मिले काम गर्नुपर्ने हुँदा उनीहरुको यस्तो स्वाभाव नरहेको जनाइएको छ ।
विद्रोहीहरू दमास्कसतर्फ अघि बढ्दै गर्दा, रसिया, टर्की र इरानका अधिकारीहरू कतारको एक सम्मेलनमा सिरियाको भविष्यबारे छलफल गर्न भेला भइरहेको थिए । उनीहरूले कुनै ठोस सहमति गर्न सकेनन् । रसियाले आफ्नो भूमध्यसागर बन्दरगाह टार्टस कायम राख्न प्राथमिकता दिने बताइएको छ ।
टर्कीले उत्तरी सिरियामा विद्रोहीलाई समर्थन गरिरहेको छ, यसले विद्रोहीहरूको भविष्यको गतिविधिमा सबैभन्दा ठूलो प्रभाव पार्नेछ। अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले “यो हाम्रो लडाई होइन” भन्दै अन्यलाई समस्या सुल्झाउन छोडिदिएका छन् ।
धेरै सिरियालीहरुका लागि अहिलेका प्रश्नहरूले केही समय पर्खन सक्छन्। भविष्यको अनिश्चितताबारे गहिरो चिन्ता छ, तर असदको शासन समाप्त भएको राहत भने उनीहरुका लागि ठूलो महसुस भएको हुन सक्छ । लेवनान–इजरायलबीच युद्धविराम भएको केही समयमा नै सिरियाको बशर अल असदको ५० वर्ष लामो पारिवारिक शासन(यद्ययी यो चुनावबाट कायम गरिएको हो) ढल्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्