ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहमद अल–शारा को हुन् ? के उनी समावेशी शासक बन्नेछन् वा अर्को तानाशाह ? (जीवनवृत)


एबीसी न्यूज
२४ मंसिर २०८१, सोमबार   ७ : १९   बजे

काठमाडौं २४ मंसिर । उनको वास्तविक नामः अहमद अल–शारा (परिचितः अबु मोहम्मद अल–गोलानी) हो ।
सन् २००३ः अल–शारा इराकमा अमेरिकी सेनाविरुद्ध लडिरहेका उग्रवादी समूहमा सामेल भए ।

अल–कायदासँग सम्बन्धः अल–कायदाका नेताहरूबाट प्रभावित भएर, उनी इस्लामिक स्टेट अफ इराक (अल–बग्दादीको नेतृत्वमा) मा सामेल भए ।

Live updates: Assad regime ends in Syria as rebels claim Damascusअमेरिकी सैन्य हिरासतः उनलाई अमेरिकी सेनाले इराकमा पक्राउ गरे पनि पछि छोडियो ।
नुस्रा फ्रन्टको स्थापनाः सिरियाली गृहयुद्धको भूमिकामा प्रवेश
सन् २०११ः सिरियामा बशर अल–असदविरुद्धको आन्दोलनले गृहयुद्धको रूप लिएपछि, अल–बग्दादीले अल–गोलानीलाई सिरिया पठाए ।
नुस्रा फ्रन्टको स्थापनाः
अल–गोलानीले जबहात अल–नुस्रा स्थापना गरे, जुन अल–कायदाको सिरियाली शाखा थियो ।
अमेरिकी आतंककारी सूचीमा सूचीकृतः सन् २०१२ मा, अमेरिकी सरकारले नुस्रा फ्रन्टलाई आतङ्कवादी संगठनको रूपमा वर्गीकृत ग¥यो ।
आईएसआईएससँग टकराव
सन् २०१३ः
अबु बक्र अल–बग्दादीले नुस्रा फ्रन्टलाई आईएसआईएसमा विलय गर्न निर्देशन दिए । अल–गोलानीले यो प्रस्ताव अस्वीकार गरे र अल–कायदासँग निष्ठा बढाए । यसले नुस्रा फ्रन्ट र आईएसआईएसबीचको झगडा शुरु भयो ।
सिरियाली गृहयुद्धमा भूमिकाः
नुस्रा फ्रन्टले असद विरोधी समूहहरूलाई समाप्त गर्दै विद्रोहीहरूमा प्रभुत्व जमायो ।
सत्ता सुदृढीकरण र पुनर्ब्राण्डिङ
सन् २०१६ः
अल–गोलानीले पहिलोपटक सार्वजनिक रूपमा अनुहार देखाउँदै एक भिडियो सन्देश जारी गरे।
नुस्रा फ्रन्टलाई पुनर्ब्राण्डिङ गरेर जबाहत फतेह अल–शाम (सिरिया विजय फ्रन्ट) घोषणा गरियो।
घोषणा : “हाम्रो नयाँ संगठनले कुनै बाह्य शक्तिसँग सम्बन्ध राख्दैन।“

Syrian rebels say they have taken control of Homs
सन् २०१७ः
हयात तहरीर अल–शाम (एचटीएस) को स्थापना, जसले विद्रोही समूहहरूको विलय ग¥यो ।
एचटीएसले अन्य साना इस्लामिक समूहहरूलाई समाप्त गर्दै सिरियाको उत्तर–पश्चिमी इद्लिब प्रान्तमा आफ्नो नियन्त्रण कायम ग¥यो ।
एचटीएस अमेरिकी आतंककारी सूचीमा सूचीकृत छ, र अल–गोलानीको टाउकाको मूल्य १० मिलियन अमेरिकी डलर (१० मिलियन) तोकिएको छ।
अन्तर्राष्ट्रिय वैधताको खोजी
सैन्य पोशाकबाट सूटमा परिवर्तनः
अल–गोलानीले सैनिक पोशाक परित्याग गर्दै प्रेस अन्तर्वार्ताहरूमा सूट र टाई लगाउन थाले।
धर्मनिरपेक्ष शासनको पैरवी : उनले सिरियालाई समावेशी राज्य बनाउनुपर्छ र धार्मिक सहिष्णुता आवश्यक छ भन्ने सन्देश दिन थाले। उनले “सिरियामा यस्तो शासन हुनुपर्छ, जहाँ एउटा शासकले एकल निर्णय गर्न नसकोस्“भनेका छन् ।Abu Mohammed al-Golani alla testa dei ribelli siriani | Terrasanta.net

सन् २०२१ः

अल–गोलानीले अमेरिकी टिभी पीवीएसमा अन्तर्वार्ता दिंदै “हामीले पश्चिमी नीतिको आलोचना गरेका छौं, तर अमेरिका वा युरोपसँग युद्ध गर्ने हाम्रो योजना छैन।“ स्पष्टीकरण दिएका थिए ।

Syrian rebels overthrow Assad, ending 50 years of rule, promise change | National Postदमास्कसको कब्जा (डिसेम्बर ८, २०२४)
हयात तहरीर अल–शाम ( एचटीएस) ले दमास्कस कब्जा गरेपछि बशर अल–असदको शासन समाप्त भयो । राष्ट्रपति बशर अल–असद मक्को भाग्न बाध्य भए ।
अल–गोलानीले आफ्नो उपनाम (अबु मोहम्मद अल–गोलानी) त्यागेर आफ्नो वास्तविक नाम, “अहमद अल–शारा,“ प्रयोग गर्न थालेका छन् ।Syria's rebel leader Golani: From radical jihadist to ostensible pragmatist | The Times of Israelउमैयद मस्जिदमा भाषण गर्दै उनले घोषणा गरे, “असदको पतन इस्लामीक राष्ट्रको जित हो ।“

विद्रोही कमाण्डर अनास सलखादीले टेलिभिजनमा भने, “सिरिया सबैको लागि हो।“
भविष्यको चुनौतीहरू
धार्मिक र जातीय विविधताः
सिरिया सुन्नी मुस्लिमहरू बाहेक शिया, अलावाइट, ड्रुज, इसाई समुदायहरूको घर हो ।
अल–गोलानीले अल्पसंख्यकहरूसँग संवादको प्रयास गरेका छन्, तर धेरैलाई डर छ कि सुन्नी इस्लामिक शासन हुन सक्छ ।
टर्की समर्थित विद्रोही समूहहरू, कुर्द समूहहरू र अन्य विद्रोही पक्षहरू अल–गोलानीको नेतृत्वलाई अस्वीकार गर्छन् ।

undefinedअन्तर्राष्ट्रिय सम्बन्धः
अमेरिका, इजरायल, रुस, टर्की जस्ता शक्तिहरूले सिरियामा फरक–फरक प्रभाव खोजिरहेका छन्।
एचटीएसलाई अन्तर्राष्ट्रिय वैधता दिलाउने अल–गोलानीको प्रयास चुनौतीपूर्ण छ, किनकि उनी अझै पनि अमेरिकी आतङ्कवादी सूचीमा छन् ।
अहमद अल–शारा (पहिले अबु मोहम्मद अल–गोलानी) को जीवन एक जिहादी कमाण्डरबाट सम्भावित राज्य निर्माता सम्मको यात्रा हो । उनले सैन्य शक्ति, राजनीतिक पुनर्ब्राण्डिङ र वैधता प्राप्त गर्ने प्रयास गरेर दमास्कस कब्जा गर्न सफल भएका छन् । तर, सिरियाको जातीय र धार्मिक विविधता, विद्रोही समूहहरूबीचको विभाजन, र अन्तर्राष्ट्रिय समुदायको दबाब उनका प्रमुख चुनौतीहरू हुन्।

With Assad's departure, Syrians prayed at the Umayyad Mosque.अल–शारा साँच्चै एक समावेशी शासक बन्न चाहन्छन् कि अर्को तानाशाह ? सिरियाली गृहयुद्धबाट थाकेका सिरियाली जनताले स्थिरता चाहन्छन्, तर यो स्थिरतालाई अल–गोलानीले कसरी ग्यारेन्टी गर्न सक्छन् भन्ने स्पष्ट भइसकेको छैन ।

 

सिरियाः असदको सत्ता पतनपछि अब कसले शासन गर्छ ? विश्व शक्ति के गर्दैछ ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group