‘माछा राखिएको एक्वेरियमलाई माछाको सुपमा परिवर्तन गर्न सजिलो छ, तर माछाको सुपलाई फेरि एक्वेरियममा परिवर्तन गर्न धेरै गाह्रो छ।‘ भन्ने रसिय लोक–उखानले सिरियाको जटिल संकटलाई राम्रोगरी वर्णन गर्ने अवस्था उपस्थित भएको छ । युद्ध, विदेशी हस्तक्षेप, र गैर–राज्य समूहहरूको बर्चस्वपछि सिरियाको अवस्था ‘माछाको सुप‘ जस्तो अस्तव्यस्त भएको छ । एक व्यवस्थित र स्थिर राज्यलाई पुनः निर्माण गर्नु (एक्वेरियम बनाउनु) क्षेत्रीय र विश्व शक्तिहरूका लागि अत्यन्त कठिन चुनैति खडा आइलागेको छ ।
रूस, अमेरिका, ईयू, टर्की, र इरानजस्ता शक्ति राष्ट्रहरूले आफ्ना स्वार्थ र जमीनी वास्तविकताबीच सन्तुलन मिलाउन निकै कठिन प्रतित हुँदैछ ।
पछिल्ला केही हप्तादेखि, इस्रायलले इरान र यसको प्रतिरोध नेटवर्कलाईलाई पराजित गरेकोमा मुख्य खेलाडी बन्ने थप आत्मघाती सैन्य नीति बनाइरहेको हुनसक्छ । विडम्बनाको कुरा, सिरियामा असद परिवारले १९७१ मा सत्ता कव्जा गरे यताको राजकीय विभत्सताको बंगालदेशी प्रहसन असद दरबारमा मञ्चन भइरहँदा शक्ति केन्द्रहरु भने हाइसन्चोको अवस्थालाई नियालिरहे जस्तो मात्र गर्दैछन् ।
अहिलेसम्म कुनै पनि विश्व नेताबाट आएको सबैभन्दा रमाइलो भनाइलाई अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड टम्पले पहिलो स्थाना लिएका छन् ।उनको सामाजिक सञ्जाल पोस्टमा चुनावी चर्चाका बेला चट्नक दिएजस्तो गरे । ‘सिरिया अस्तव्यस्त छ, तर त्यो हाम्रो मित्र होइन, र संयुक्त राज्य अमेरिका यसमा कुनै पनि प्रकारले संलग्न हुनुपर्दैन । यो हाम्रो लडाइँ होइन । यसलाई आफैं समाधान गर्न दिनुहोसा् कोही संलग्न नहोऊँ ‘।
‘सीरियाको भविष्य सीरियाली जनताले नै निर्धारण गर्नुपर्छ’ भन्दै चिनियाँ विदेश मन्त्रालयले निकै चिसो र निरश प्रतिक्रिया दिएको छ । चिनिया विददे मन्त्रालयले भनेको छ : ‘हामी आशा गर्छौं कि सम्बन्धित पक्षहरूले सीरियाली जनताको दीर्घकालीन र आधारभूत हितका लागि स्थिरता र व्यवस्था पुनर्स्थापित गर्न राजनीतिक समाधान पाउँछन्।’
सिरिया मध्यपूर्वको केन्द्रबिन्दु हो। यो अहिले एउटा उडाइएको पुल जस्तो भत्किएको छ । यदि सिरिया सम्हालिएन भने यो काबुल वा बग्दादजस्तोगरी एक्लै लडिरहेको हुनेछैन । वरपर र सिङ्गो विश्वलाई प्रशान्तमहासागका अधिकांश देशलाई डुवाउन सक्छ । त्यसमाथि पूर्वी सिरियामा सयौँ अमेरिकी सेनाको तैनाथी त्यसैपनि निकै संवेदनशील फोर्टिफिकेशन हो ।
सिरियाली अव्यवस्थाले विद्रोहले लामो समयसम्म इरानमा प्रजातान्त्रिक विद्रोह निम्त्याओस् भन्ने अमेरिकी चाहनालाई प्रतिनिधित्व गर्ने सम्भावना निकै कम छ । त्यहाँका मध्यमार्गी राष्ट्रपति मसुद पेजेश्कियन र उनका उपराष्ट्रपति, पूर्व विदेशमन्त्री जवाद जरीफ — र रेभुलशनरी गार्डका बीचमा आन्तरिक शक्ति संघर्ष चर्कने अमेरिकी आशा अब केही समयलाई टरेको मान्नु उपयुक्त हुनेछ ।
सिरियाका घटनाहरूले इस्रायलद्वारा इरानमाथि हाबी भएको र तेहरानलाई नाङ्गो पारेको भनेर अमेरिकी मिडियाले जतिसुकै खुशी मनाए पनि यो लामोसमय सम्म जिवित रहने खुशी हुनसक्दैन । शायद ट्रम्पले पनि तेहरानका बारेमा एलन मस्ककै सुझावलाई मुख्य प्रथामिकता दिने निश्चित छ । मस्क व्यापार चाहन्छन् ,कमसेकम अहिलेसम्मलाई युद्ध होइन भन्ने उनको विगत छ।
सबैभन्दा ठूलो अज्ञात प्रश्न भनेको नै सिरियामा सत्ता कब्जा गर्ने विद्रोहीहरू को हुन् र तिनीहरूले साँच्चै के चाहन्छन् भन्ने कुनै निष्कर्ष निकाल्न नसक्नु अमेरिकी खुफिया नालायकीको पाराकाष्ठा हो । के सिरियाका विद्रोहीहरुले बहुलवादी लोकतन्त्र चाहन्छन् वा इस्लामीक राज्य स्थापना गर्न खोजिरहेका छन् ? इतिहासको शिक्षा फरक छ, यसखाले अराजकताबाट प्रायः कठोर इस्लामपन्थीहरूले आफ्नै कवलाई राज्य बनाउन कोशिश गर्नेछन् ।
मुहम्मद अल–बशीर, १९८३ मा जन्मिएका मुहम्मद अल–बशीर एक इलेक्ट्रिकल इन्जिनियर हुन्।
उनले हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा रहेको सिरियन सेल्भेसन गभर्मेन्ट (एसएसजी) को प्रमुखको रूपमा नयाँ सरकार गठनको प्रयास गरिरहेका छन्।
इस्रायली पत्रिका ‘हारेत्ज’ दैनिकको हेडलाइन निकै विष्मयकारी छ । “असदपछिको सिरियालाई अनियन्त्रित मिलिसियाहरूले चलाउने खतरा छ ।‘ सवैभन्दा तथ्यउन्मुख भविष्य यसले बोलेको छ । मध्यपूर्वी मामिलालाई नियाल्नेहरुले भन्न थालेका छन् : ‘साम्राज्यवादका लागि ढिला भयो, तर स्वशासनको चाहना पनि असफल ।‘ लिबिया, यमन, लेबनान, सिरिया, इराक, सोमालिया, र सुडानका घटनाले यही प्रमाणित गरेका छन् ।
कुनै पनि विदेशी शक्तिहरुले यी देशहरूलाई स्थिर बनाउने कुनै कोशिश समेत गरेका छैनन् । ती देशहरू आफैंले स्थिरता र वृद्धि कायम गर्ने सामाजिक सम्झौताहरू बनाउन सधैं असफल भएका छन् । यस्तो कविलाइपन दोस्रो विश्वयुद्धपछिको युगमा अभूतपूर्व रुपले मध्यपूर्व र उत्तर अफ्रिकामा प्रकट भइरहेको छ । यस्तो लाग्दै छ – थोमस हब्सको प्राकृतिक अवस्था (अराजकता) तिर धेरै मुलुक गिर्दैछन् ।
अहिले पश्चिमाहरुले चीनसँगको व्यपार युद्ध चर्काउन खोज्दाखोज्दै पनि दुनियाकै साझा दुश्मन बनेको अव्यवस्थासँग कसरी लड्ने भन्ने कुनै रणनीति विकास गर्न असफल भएका छन् । के अब पश्चिमले अराजकताको संसारलाई सानो बनाउन र उदार लोकतान्त्रिक आधारभूत स्वतन्त्रताको व्यवस्थातर्फ जानुपर्छ भन्नेमा पूर्वसँग हातेमालो गर्न तयार होला ?सवैभन्दा जटिल प्रश्न यही हो ।
अन्तर्राष्ट्रिय शक्तिहरूको उद्देश्य
देश / शक्ति | मुख्य उद्देश्य |
---|---|
टर्की | कुर्दहरूको प्रभावलाई रोक्ने, आफ्ना सहयोगीहरू (SNA, HTS) लाई बलियो बनाउने। |
अमेरिका | ISIS लाई पराजित गर्ने, इरानको प्रभाव घटाउने, रसियालाई कमजोर बनाउने। |
इस्रायल | गोलान हाइट्सको नियन्त्रण लिने, इरानको प्रभावलाई सीमित गर्ने। |
रसिया | सिरियामा स्थिरता कायम गर्दै आफ्नो प्रभावलाई सुरक्षित गर्ने। |
इरान | अलवाइट र हिजबुल्लाहको समर्थन गर्दै प्रतिरोधको अक्षलाई जीवित राख्ने। |
स्पिलओभर प्रभाव (प्रभाव क्षेत्र)
-
गाजा संकट: सिरियामा सत्ता परिवर्तनपछि, इस्रायलको गाजामा आक्रामकता बढ्न सक्छ।
-
इरानमा दबाब: इरानको “अक्ष (Axis of Resistance)” कमजोर हुँदा, इरानको मध्यपूर्वमा प्रभाव घट्नेछ।
-
शरणार्थी संकट: लेबनान, जोर्डन र टर्की मा थप शरणार्थीहरूको आगमन हुन सक्छ।
अराजकताको राज
सिरियामा हर्षित नागरिकहरूले अपदस्त तानाशाह बसर अल-असदको शासनका मूर्तिहरू ढाल्दै गरेका तस्बिरहरू हेर्दा र धेरैजसो यातना र भोकमरीको सामना गरेका कैदीहरूलाई असदका कालकोठरीबाट रिहा गर्दै गरेको समाचार कथा पढ्दा क्षणिक आनन्द आउनसक्छ । अल–असदको शासन उनका विपक्षीहरूका लागि क्रुरतपूर्ण थियो । १३ वर्ष लामो गृहयुद्ध र भ्रष्टाचारले थिलथिलो भएको शासनले सामान्य सिरियालीहरूको जीवनलाई असुरक्षित र दुसाध्य बनाइरहेको परिवेशमा आशाको सानो त्यान्द्रो पनि बाँकी थिएन । यस हिसावले असदको बहिर्गमन धेरै ढिला भएको थियो । अल असदको पतनले मध्यपूर्वको शक्ति समीकरणमा इरानद्वारा समर्थित, अमेरिकी विरोधी र इस्रायल विरोधी तानाशाहलाई हटाएको ठान्ने अमेरिका पनि खुशी हुननसक्नु भावी संकटको कारण हो ।
२००१ मा तालिबानी शासनबाट मुक्त अफगानीहरू र २००३ मा सद्दाम हुसेनको पतनपछि खुसीयाली मनाएका इराकीहरूका दृश्यहरू र आज सिरियालीहरूले अनुभव गरिरहेको अवस्था समानखाले देखिनु झनै प्रलयकारी भविष्यको संकेत मान्न सकिन्छ ।
सिरियालीहरू र छिमेकी देशहरूका लागि सबभन्दा ठूलो अनिश्चितता असद शासनको उद्धारकर्ता हयात तहरिर अल–शाम (एचटीएस) विविधखाले विपक्षीहरु मध्येको सबैभन्दा प्रमुख खेलाडी हो । एचटीएस र यसको नेता अबु मोहम्मद अल–जोलानीलाई अमेरिकाले आतङ्ककारीको सूचीमा राखेको छ । जोलानीको टाउकोमा १ करोड अमेरिकी डलरको इनाम तोकिएको छ । तर जोलानीले अमेरिकी सैन्य क्याम्पकै अघिल्तिर उत्सव मनाइरहेका छन् । जोलानीले पूर्व अलकायदासँग सम्वन्ध मात्र होइन, सम्भव भएमा उनले शासन गर्न पाएमा काबुलमार्ग अपनाउने निश्चित छ ।
सिरियाको विविधतापूर्ण जनसंख्यालाई कुनै पनि नयाँ शासनले कसरी सम्वोधन गर्छ भन्ने विषय मुख्य शक्तिकेन्द्रहरुले दिन नसकेकोे खुला प्रश्न हो । जोलानीले क्रिश्चियन, द्रुज र अन्य अल्पसंख्यक समूहहरूलाई उनीहरूको आस्थामा स्वतन्त्रता दिने बताएको भए पनि, उनका अनुयायीहरू चरमपन्थी इस्लामको कठोराताबाटै निर्देशित छन् । उनीहरुसँग कुनै राजनीतिक विचारधाराभन्दा इस्लामकट्टरपन्थता मात्र छ ।
एचटीएसको नियन्त्रण रहेको क्षेत्रमा पहिले नै क्रिश्चियन धर्मावलम्बीहरूका सार्वजनिक गतिविधिहरूमा प्रतिबन्ध लगाइएको थियो ।
एचटीएसले आफ्नो चरमपन्थी रुझानलाई समाजअनूकुलन गरेमा आईएसआईएसले टाउको उठाने लगभग निश्चित छ । यस वर्षको सुरुदेखि नै आईएसआईएसले इराक र सिरियामा आफ्नो आक्रमणको संख्यालाई दोब्बर बनाएको छ(न्युयोर्क टाइम्स, ८ डिसेम्वर) ।
सत्ता संघर्ष र क्षेत्रीय विभाजनको खतरा
अमेरिकाले कुर्द–नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) लाई लामो समयदेखि सिरियाली सत्तामाथि हिंसात्मक कारबाही गर्न सघाउँदै आएको इतिहास छ । झण्डै २ हजार अमेरिका सेना त्यहाँ छन्। अहिले दमासकसको शासनको पतनभएसँगै, स्थानीय मिलिसिया समूहहरूले नयाँ शक्ति हासिल गरेका छन् । सवै समूहका बीचमा मान्य सहमति नभएमा प्रत्येक समूहले आफ्नो क्षेत्रलाई नियन्त्रण गर्ने अवस्था झनै भयावाह हुने छ ।
असदका समर्थकहरू र विशेषगरी अलवाइट समुदायमाथि प्रतिशोध विरोधी चरमपन्थी समूहहरुले बदलना लिने खतरा छ। अल–असदले आफ्नो शक्ति बलियो बनाउन अलवाइट, क्रिश्चियन, द्रुज र अन्य अल्पसंख्यकहरूलाई मिलाएर गठबन्धन बनएका थिए । त्यो अवस्थाले देशको सुन्नी बहुसंख्यकहरुको शक्ति सन्तुलनका लागि कारकको भूमिका खेलेको थियो । अब यो स्थिति भताभुङ्ग भएको छ ।
अहिले, विभिन्न विद्रोही समूहरु मार्फत सुन्नी इस्लामिक चरमपन्थीहरुको हात माथि परेजस्तो देखिएको छ । यो परिस्थितिले पहिलेका उत्पीडकहरू विरुद्ध बदलाभाव ल्याउन सक्छ । उदाहरणका लागि २००३ मा, सद्दाम हुसेनलाई अपदस्थ गरेपछि बाथ पार्टीका सदस्यहरूलाई निशानामा पारिएको थियो । अब सिरियामा पनि त्यस्तै हुनसक्ने खतरा छ ।
युद्ध, प्रतिशोध र आन्तरिक कलहले सिरियालाई झन् कठिन मानवीय संकटतर्फ धकेल्ने खतरा मडारिएको छ । सिरियामा करिब ७० लालख भन्दा बढी नागरिकहरु आन्तरिक रूपमा विस्थापित र ५० लाखा बढी शरणार्थी बनेको संयुुक्त राष्ट्रसंघको तथ्याङ्कले देखाएको छ ।
तर विश्वसँग सिरियालाई मद्धत गर्ने कुनै चाहना नभएजस्तो देखिंदै छ । त्यसका लागि ट्रम्पको ‘ट्वीट ‘डु नट गेट इन्भल्भड‘ नै यथेष्ट देखिन्छ ।
पोस्ट-असद सत्ता संरचना
सिरियामा अहिले विभिन्न शक्तिशाली समूहहरूको उपस्थिति छ, जसले देशलाई विभाजनको जोखिममा राखेको छ।
- हयात तहरीर अल-शाम (HTS): यसले पश्चिमी सिरियाको इडलिब क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरिरहेको छ।
- सीरियन नेशनल आर्मी (SNA): टर्कीको समर्थनमा यो समूह उत्तरपश्चिमी सिरिया मा सक्रिय छ।
- सिरियन डेमोक्र्याटिक फोर्स (SDF): अमेरिकी समर्थन प्राप्त यो समूह उत्तरपूर्वी सिरियामा सक्रिय छ, जहाँ कुर्दहरूको प्रभुत्व छ।
- अलवाइट समुदाय: असदको सत्ता पतनपछि यो समुदाय राजनीतिक रूपमा कमजोर भएको छ।
क्षेत्रीय प्रभाव
- टर्की: सिरियामा शान्ति स्थापनामा प्रमुख भूमिका खेल्ने प्रयास गर्दैछ। टर्कीका विदेशमन्त्री हाकान फिदानले भनेका छन्, “सिरियाका सबै अल्पसंख्यक समुदायलाई समान व्यवहार गरिनुपर्छ।”
- इस्रायल: इस्रायलले गोलान हाइट्सको केही भागमा कब्जा गरेको छ र “सुरक्षा क्षेत्र” निर्माणको घोषणा गरेको छ।
- लेबनान र जोर्डन: यी दुई देशले सिरियासँगको सीमा बन्द गरेका छन्। लेबनानले केवल एउटा सीमा नाका खुला राखेको छ, जबकि जोर्डनले एउटा सीमा नाका बन्द गरेको छ।
- इरान: इरानले आफ्नो प्रभाव गुमाउँदै गएको देखिन्छ, किनकि “प्रतिरोधको अक्ष” (Axis of Resistance) कमजोर भएको छ।
- रसिया: रसियाले सिरियाबाट रणनीतिक रूपमा फिर्ता हुने योजना बनाएको छ तर राजनीतिक पुनर्निर्माणमा आफ्नो प्रभाव कायम राख्ने प्रयास गरिरहेको छ।
इरान र रसियाले आफ्नो सेना फिर्ता गरेका छन् । यसले विदेशी हस्तक्षे घटेको नभई क्षेत्रीय शक्ति रिक्तता सिर्जना गर्न सक्छ । टर्कीले एसडीएफ विरुद्ध आक्रमण गर्ने सम्भावना छ भने इजरायलले एचएसटी लाई नयाँ चुनौति मान्न सक्छ।
अमेरिकी प्रशासनले क्षेत्रीय प्रोक्सी युद्ध, मानवीय संकट, र सम्भावित आतङ्कवादी आधार रोक्न चाहने हो भने एचटीएसलाई आतंकवादी बाटो त्याग्न र टर्की तथा इजरायललाई हस्तक्षेप नगर्न मनाउनु पर्नेछ । साथै सिरियाली आम जनतालाई तत्काल चाहिएको मानवीय सहयोग हो । यसको योजना कसरी बनाउने भन्नेमा रुस र अन्य क्षेत्रीय शक्तिसँग अमेरिकी साझेदारी जरुरी छ । आवश्यकता महसुस गरेमा ट्रम्पका लागि यो असहज भने हुने छैन ।सिभिल वार २.०” को सम्भावना रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले मानवीय सहायता र पुनर्निर्माणमा ध्यान दिनुपर्नेछ।
@abcnepal.tv Published: December 10,2024.
प्रतिक्रिया दिनुहोस्