एबीसी टिप्पणी : आईतवार सिरियाली सरकारको तीव्र पतनपछि, चीनले राष्ट्रपति बशर अल–असदको शासनमा लगाएको हारको मूल्यांकन गर्न सक्छ। जब उत्साहको धूलो जम्न थाल्छ, दमास्कसका नयाँ नेताहरूलाई भरपर्दा मित्रहरूको आवश्यकता पर्न सक्छ ।
चीनले २०११ मा सिरियामा गृहयुद्धको आरम्भदेखि असदसँग समन्वय गरेको थियो, तर मुख्यतया रूस र इरानसँगको नजिकको सम्बन्ध मार्फत, जसले सिरियाली नेता असदलाई समर्थन गरेका थिए । संयुक्त राष्ट्रसंघमा, बेइजिङले प्रायः मास्कोसँग मिलेर मतदान गरेको छ, उसले असदको निन्दा र सीमापारको सहायतामा अवरोध गरेको छ। संघर्षको बीचमा चीनले सिरियामा आफ्नो उपस्थिति घटाएको भए पनि, यसले देशमा लगानी गर्ने काम भने जारी राखेको छ ।
चिनियाँ राष्ट्रपति शि जिनपिङले गत वर्ष एशियाली खेलकुदको पूर्वसन्ध्यामा असदसँग हांग्जोउमा भेट गरेका थिए। त्यो समयमा, चीनले सिरियाली सरकारको गृहयुद्धमा स्पष्ट विजयको नजिक पुगेको विश्वास गरेको थियो । दुवै देशले आपसमा “स्ट्राटेजिक पार्टनरशिप“ को स्तरमा आफ्नो सम्बन्धलाई उचाइमा पु¥याएको बताएका थिए। तर थप लगानी गर्ने काममा भने चीनले थप विचार गरिरहेको थियो । (सिरियाले २०२२ मा चीनको बेल्ट एण्ड रोड इनिशिएटिभमा सामेल भएको थियो, तर यसले अझैसम्म कुनै पनि परियोजना सञ्चालन गरेको छैन।)
संसारका अन्य सबै देशहरूको जस्तै, चीन पनि सिरियामा विद्रोहको प्रगति र उसका नेतृत्वमा रहेका हैयात तहरीर अल–शाम (एटीएस) को चमत्कारिक आक्रमणमा चकित परेको हुनु पर्दछ । गत हप्ता, चीनका मध्यपूर्वका विशेषज्ञहरूले अझै पनि सिरियामा लामो र कठोर युद्धको भविष्यवाणी गरिरहेका थिए, जस्तो कि चाइना मेड प्रोजेक्टले उपयोगी रूपमा त्यो घटनाको कभर गरेको छ ।
चिनियाँ दृष्टिकोणमा सिरियाली गृहयुद्धको विषयमा पहिले केही हदसम्म विजयी सोच भएको हुनुपर्छ । धेरै विश्लेषकहरूले बेइजिङको असदको समर्थनलाई उनको शासनको विजयी प्रतीत हुने कारणबाट उचित ठानेका थिए, र “समझौतासम्मको लहर“ भन्ने चिनियाँ राज्य सञ्चालित मिडियामा लोकप्रिय शब्दको पनि प्रशंसा गरिएको थियो । यो मध्यपूर्वमा चीनको सफल साउदी–इरान मेलमिलापको परिणामस्वरूप आएको भन्ने ठानिएको थियो ।
अब, ती विशेषज्ञ र अधिकारीहरू असदको शासनको खेक्रोपन र र विद्रोहको सफलताका लागि थप व्याख्या खोज्नु पर्नेमा लागेका हुनसक्छन् । मध्यपूर्वमा चिनियाँ एकेडमिकहरू बीच वास्तविक विशेषज्ञता छ, तर चिनियाँ अधिकारीहरूको बीचमा यस्तो धारणा पनि छ कि उनीहरूले चाँडै निष्कर्ष निकाल्छन्, जस्तो कि सिआइलाई लाई कलर क्रान्तिहरूको दोष दिइएको थियो भन्ने पश्चिमी टिप्पणीले ठाउँ पाइरहेको देखिन्छ ।
तात्कालिक चिन्ता भनेको सिरियामा रहेका चिनियाँ नागरिकहरूको सुरक्षा हुनेछ, जसलाई बेइजिङले अब देश छोड्नको लागि प्रोत्साहित गरिरहेको छ। सिरियामा कति चिनियाँ नागरिक छन् भन्ने कुरा अस्पष्ट छ, किनकि त्यहाँको लगानीमा चीनको दृष्टिकोण बढी सावधानीपूर्ण नै थियो।
२०११ मा, चीनले लिबियामा संघर्षको बीचमा ३५,००० चिनियाँ नागरिकहरूलाई बाहिर निकालेको थियो। सिरियामा यस्तै एक अपरेशन चलाउनु पर्ने हुनसक्छ । तर यो सम्भव हुनका लागि सिरियाको स्थिति थप नविग्रेसम्म त्यसो गरिहाल्ने अवस्था नहुनसक्छ ।
बेइजिङको अर्को ठूलो चिन्ता भनेको सिरियामा विद्रोही सेनामा रहेको उइघुर लडाकूहरूको उपस्थिति हुने पश्चिमी मिडियाले पुरानै राग दोहराउन थालेका छन् । तिनीहरूको संख्या सयदेखि हजारौं सम्म अनुमान गरिएको छ(फरेनपोलिसीः ११ डिसेम्वर, २०२४)। चीनले सिरियाका नयाँ शासकहरूमा यी लडाकूहरूको सरकारमा कुनै पनि भूमिका नहोस् भन्नेमा ध्यान दिएको हुनुपर्छ । उइघुर विद्रोहीहरूको एचटीएससँग कामकाजी सम्बन्ध रहेको पश्चिमले दावी गर्दै आएको छ।
तर, दमास्कसमा कुनै पनि नयाँ नेतृत्वले बेइजिङसँग सवैभन्दा चाँडो सम्बन्ध बनाउन चाहनेछ। सिरियाले युद्धको क्रममा आफ्नो जीडीपीको ८५ प्रतिशत गुमाएको छ । सम्बन्धहरू मजबुत बनाउनको लागि पहिलो कदम चीनका सम्पत्ति रक्षा गर्न हुनसक्छ ।
यसै बीच, चीनको एचटीससँगको पहुँच सम्भवतः टर्कीमार्फत हुने अनुमान गरिएको छ । टर्कीको उक्त उग्रवादी समूहसँग निकै बलियो सम्बन्ध छ। तर बेइजिङले विचारिक रुपमा रूपमा यति लचिलो दृष्टिकोण राखेको छ कि दमास्कसमा राखिएको कुनै पनि सरकारसँग उनीहरूले सम्बन्ध बनाउन सक्दछन् । चीनले बशर अल असदको बहिर्गमन लगत्तै सिरियाली जनताको निर्णयलाई सम्मान गर्ने भन्दै छिटोभन्दा छिटो शान्ति बहाल भएको हेर्न र बहपक्षीय अन्तरिम प्रशासन स्थापन भएको देख्न चाहेको टिप्पणी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्