एबीसी टिप्पणी/काठमाडौं २६ मंसिरः साधारण सीरियाली नागरिकहरूले दमास्कसमा बशर अल–असदको निवासलाई खुशीपूर्वक लुटेको दृश्य देख्दा असहज हुन सक्छ । यही हो कसरी निरंकुश शासकहरू पतन हुन्छन् भन्ने उदाहरण । उत्साह र बदलाको भावनामा मानिसहरुले जे पनि गर्नसक्छन् । भयमुनिको दशकौंको बसाई जब अचानक समाप्त हुन्छन्, तव मानिसहरू शक्ति र लालचका भौतिक प्रतीकहरूलाई नष्ट गर्न बाहिर निस्कन्छन्।
यो निश्चय नै केही मात्रमा त सामान्य रूपमा लुटपाट नै हो । तर एसोसिएटेड प्रेसका तस्वीरहरूमा अल–असदको महलमा सीरियाली नागरिकहरू मुस्कुराउँदै र शान्ति चिन्ह देखाउँदै गरेको देखिएको छ । उनीहरूले महलको भग्नावशेषबाट संकलन गरेका वस्तुहरू केवल पुरानो स्मृतिको उत्खनन् मात्र नभएर यो एक प्रतीकात्मक बदला हो, जो तिनीहरुबाट लुटिएको कुराको हिस्सा भएको दाबी गर्ने प्रयास हो।
यस्तो प्रतिकारात्मक लुटपाट पतन भएका निरंकुश शासकहरूको कार्यकाल जति पुरानो छ, इतिहासमा धेरै भागमा भएका यस्ता उपक्रमलाई न्यायोचित र सम्मानजनक मानिन्थ्यो ।
अहिले दमास्कसमा भइरहेका दृश्यहरूजस्तै धेरै दृश्यहरू हालैका वर्षहरुमा देखिइरहेका छन् ।
सिरियाको घटनाभन्दा पहिले बंगलादेशको राजधानी ढाकामा पलायन प्रधानमन्त्री शेखहसिनाको सरकारी निवासको दृश्य उल्लेखनीय छ । जब निरंकुश शासन पूर्वी युरोप, एशिया, अफ्रिका र मध्य पूर्वमा ढलेका थिए । त्यहाँका हरेक सत्ता पलटमा व्यापक लुटपाट भएको थिएन । धेरैजसो देशमा विजयी शक्तिहरूले भीडभाड आउनुभन्दा अघि नै भवन र स्मारकहरू सुरक्षित गर्थे ।
तर पतन भएको निरंकुश शासनको स्मृति सुरक्षित गर्ने इच्छा धेरैतिर प्रकट नभएका भन्ने होइन । इदी अमिनको गुप्तचर प्रहरीका खाली पहिचान पत्रहरू, सोभियत युगको क्रेमलिन टेलिफोन, बर्लिन पर्खालका टुक्राहरू र निरंकुश शासनहरू अचानक समाप्त भएका स्थानहरूका अन्य स्मृति वस्तुहरूलाई जनसमूहले लुटपाटकै शैलीमा प्रदर्शन गरेको इतिहासमा देख्न सकिन्छ ।
अल–असदको पतनका धेरै विवरणहरूले यसलाई अप्रत्याशित रूपमा भएको सत्तापतन भनेका छन् । तर निरंकुश शासनको प्रकृति त्यस्तै हुन्छ, जस्तो यो एकीकृत र अभेद्य देखिन्छ जबसम्म त्यस्तो घटना हुँदैन।
१९८९ को अक्टोबर ७ मा पूर्वी जर्मन राज्यको ४० औं वर्षगाँठमा हजारौं युवाहरूले मशालहरूसहित संयुक्त कम्युनिष्ट नेतृत्वको अघि मार्च गरे । त्यसको एक महिनापछि, नोभेम्बर ९ मा, बर्लिन पर्खाल ढलेको थियो ।
पतन भएका निरंकुश शासनहरूको अवशेषहरूले निरन्तर आकर्षण राख्छन्। क्याम्पालामा इदी अमिनका यातना कोठाहरू अझै पर्यटन आकर्षणका रूपमा रहेका छन् । पोलपोटको किलिङ फिल्ड त्यस्तै पर्यटकीय दृश्यावलोकनको स्थान बनिरहेको छ । १९८६ मा फिलिपिन्समा इमेल्दा र फर्डिनान्द मार्कोसले छोडेका १,०६० जोर जुत्ताहरूमध्ये धेरैलाई राष्ट्रिय संग्रहालयमा प्रदर्शन गरियो । निकोलाई र इलेना चेउसेस्कुको विशाल वार्डरोब र अन्य सम्पत्तिहरूलाई १९८९ मा पदच्युत भएपछि लिलामी गरियो । ति लिलामीले राम्रो मूल्य पाएको कुरा विश्व समाचारका हेडलाइन बनेका थिए ।
अहिले अल–असदको पालो आएको छ । उनले यतिबेला मस्कोबाट हिउँको मुस्कानसँगै दमास्कसतिर हेरिहेका होलान् । उनी र उनका पिताका भ्रष्ट र क्रूर शासनका ट्रोफीहरू कसरी फैलाइन्छन् भन्ने चिन्ता गर्दै होलान् । कम्तीमा उनी बेनिटो मुसोलिनीजस्तै कुनै विजुलीको पोलमा झुण्डिएका छैनन् वा मुअम्मर अल–कद्दाफीजस्तै कुटिएका वा सद्धाम हुसेनजसरी कुनै सुलीमा चढेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्