विश्वप्रणाली सिद्धान्त, एलीट सिद्धान्त, र “एनार्किस्ट स्क्विन्ट” को संयोजनको एक राम्रो मिश्रण हो
पुस्तक समीक्षा: पीटर विल्किनले हंगेरीमा प्रजातन्त्रको गिरावट बारे एक महत्वाकांक्षी पुस्तक लेखेका छन्। उनले देशमा अधिकारवादीताको उकालो मात्रै होइन, समकालीन प्रजातान्त्रिक पछाडि हटाइलाई अन्तर्राष्ट्रिय राजनीतिक अर्थतन्त्रको सन्दर्भमा राखेर विश्लेषण गरेका छन्। विल्किनले हंगेरीमा नवउदारवादको प्रभावको बारेमा विस्तारपूर्वक छलफल गरेका छन्, प्रजातन्त्रमा संक्रमणको समयमा र त्यसपछि। उनको तर्क छ –१९८९ को शासन परिवर्तन कुनै निर्वातमा भएको थिएन, वा यदि त्यहाँ कुनै वैचारिक निर्वात थियो भने, त्यो चाँडै पश्चिमी नवरुढिवाद, नवउदावारी विचारहरूले भरिएको थियो जसले कम्युनिस्ट ब्लकको पतन गरायो ।
विल्किनले आफ्नो विश्लेषणलाई एक व्यापक सैद्धान्तिक परिप्रेक्ष्यमा राखेका छन्, प्रायः लेखकहरूले एकल घटनाको अध्ययन गर्दा अपनाउने भन्दा उनको यो फरक शैली हो । उनी १९८९ लाई “इतिहासको अन्त्य”, “मुक्त बजार अर्थतन्त्रको विजय”, र “यूरोप फिर्ती” जस्ता उत्साही उदारवादी वृत्तान्तहरूको आलोचना गर्छन्। क्षेत्रीय विकासको बारेमा आशावादी पूर्वानुमानको बावजुद, वास्तवमा, पूर्वी युरोपका उत्तर–समाजवादी राज्यहरू शीतयुद्धको दौरान एशिया, अफ्रिका, वा ल्याटिन अमेरिकाका अन्य धेरै राज्यहरूको तुलनामा पश्चिमी शक्तिहरूका लागि कम महत्तवपूर्ण प्रमाणित भएको लेखकको दावी यथार्थपरक छ ।
विल्किनको वैश्विक दृष्टिकोण, यथार्थवादी वर्णन उनको सैद्धान्तिक दृष्टिकोणबाट उत्पन्न भएको हो, जुन वालेस्टाइनको विश्व–प्रणाली सिद्धान्तमा आधारित छ। विश्व–प्रणाली सिद्धान्तअनुसार, अनुसन्धान अन्तरविभागीय र समग्र हुनुपर्दछ, र विश्लेषणको इकाई आधुनिक विश्व–प्रणाली अनुरुप नै हुनु पर्छ भन्ने हो । यसैले, निजी(एउटा एउटा) देशहरूलाई पनि यो ठूलो प्रणालीको एउटा भागको रूपमा विचार गर्नुपर्छ। विश्व–प्रणाली सिद्धान्तमा, तीन प्रमुख श्रेणीका राज्यहरू छन् कोर, सेमी–पेरिफेरी, र पेरिफेरी।
इतिहासले प्रमाणित गरेको छ कि केहि देशहरू एक श्रेणीबाट अर्कोमा सर्न सक्छन्, तथापि विल्किनका अनुसार, सामान्यतया कुनै देशले पेरिफेरीबाट सेमी–पेरिफेरीमा, वा सेमी–पेरिफेरीबाट कोरमा सर्ने सम्भावना कम छ । यस अर्थमा, हंगेरीको सेमी–पेरिफेरीबाट कोरमा पुग्ने दीर्घकालीन प्रयासलाई नवउदारवादी युगमा एक भ्रमपूर्ण प्रयासको रूपमा प्रस्तुत गरिएको छ।
सैद्धान्तिक रूपमा, विल्किनले क्लासिकल र आधुनिक एलीट सिद्धान्तहरूको प्रयोग पनि गरेका छन् र प्रायः जेम्स सी. स्कटको “एनार्किस्ट स्क्विन्ट” लाई नवउदारवादप्रति आफ्नो आलोचनात्मक दृष्टिकोणलाई धारिलो बनाउनका लागि उनले उपयोग गरेका छन् । उनले हंगेरीको प्रमुख समस्यालाई उदार प्रजातन्त्र र नवउदारवादी आर्थिक नीतिहरू अनिवार्य रूपमा सँगै जानु पर्ने निन्दनीय स्वीकृतिका रूपमा पहिचान गरेका छन्।
विल्किनले ठीकसँग उल्लेख गरेका छन् –हंगेरीका राजनीतिक एलीटहरूले १९९० को दशकको शुरूवातमा यी विरोधाभासी मूल्यहरूको प्याकेजलाई खुशीसाथ स्वीकृति दिएका थिए, यो प्रजातान्त्रिक युरोपसँगको द्रुत पुनः एकीकरणको मार्ग हुनेछ भन्ने विश्वासका साथ ।
सैद्धान्तिक रूपमा, विल्किनले क्लासिकल र आधुनिक एलीट सैद्धान्तहरूको प्रयोग पनि गरेका छन् र प्रायः जेम्स सी. स्कटको “एनार्किस्ट स्क्विन्ट” लाई नेओलिबरलिज्मको प्रति आफ्नो आलोचनात्मक दृष्टिकोणलाई धारिलो बनाउनका लागि उल्लेख गर्छन्। उनले हंगेरीको प्रमुख समस्यालाई उदार प्रजातन्त्र र नेओलिबरल आर्थिक नीतिहरू अनिवार्य रूपमा सँगै जानु पर्ने निन्दनीय स्वीकृतिका रूपमा पहिचान गरेका छन्। विल्किनले ठीकसँग जनाएका छन् कि हंगेरीका राजनीतिक एलीटहरूले १९९० को दशकको शुरूवातमा यी विरोधाभासी मूल्यहरूको प्याकेज खुशीसँग स्वीकृति दिएका थिए, यो विश्वासका साथ कि यो प्रजातान्त्रिक युरोपसँगको द्रुत पुनः एकीकरणको मार्ग हुनेछ।
विश्व–प्रणाली सिद्धान्त, एलीट सिद्धान्त, र “एनार्किस्ट स्क्विन्ट” को संयोजनको एक राम्रो मिश्रण हो, जसले विल्किनलाई हंगेरीको राजनीतिक विकासको विश्लेषण प्रस्तुत गर्न योग्य बनाएको छ ।यो व्याखया, वर्णनात्मक र आलोचनात्मक दुवैप्रकारमा पढ्न पाइन्छ । केही बिन्दुहरूमा, विश्लेषण अत्यधिक निर्धारणवादी जस्तो लाग्छ, जस्तो कुनै अन्य परिणाम सम्भव नै छैन भनेजसरी । यद्यपि उस्तै क्षेत्र भित्र रहेको, हंगेरी र स्लोवेनियाले आर्थिक र सामाजिक नीतिमा फरक बाटो अपनाए, परिणामस्वरूप फरक नतिजाहरु आएका छन् । उस्तै क्षेत्रका राष्ट्रिय एलीटहरूले फरक विकास रणनीतिहरू अपनाउन सक्छन् भन्ने दृष्टान्त दिएको छ ।
विश्व–प्रणाली सिद्धान्त र एलीट सिद्धान्तको संयोजनले प्रयोगात्मक औजारहरू प्रस्तुत गर्दछ, जसले पोस्ट–कम्युनिस्ट “बाम“ ले नवउदारवादी लगानीकर्ताहरूको सन्दर्भमा कामदारहरूको चासोको प्रतिनिधित्व नगरेका कारणलाई बुझ्न मद्दत गर्दछ । विल्किनले स्पष्ट पारेका छन् –बामपन्थी राजनीतिकर्मीहरूलाई लोकतान्त्रिक संक्रमणका पराजितहरूले “विश्वासघाती” को रूपमा किन हेरिरहेका छन् भन्ने बुझ्न सकिन्छ । (निम्न वर्ग, बेरोजगार, बेघर, र रोमाआदि)। यदि बामपन्थले साधारण मानिसहरूको चासोको प्रतिनिधित्व गर्न असफल हुन्छ भने, यो अचम्मको कुरा होइन कि स्वदेशीवादी, जातिवादी जनवादी, र नव–फासिस्टहरूले उनीहरूको मुद्दा अपनाउन सक्छन्, र उनीहरूलाई “एथ्नो–नेशनलिजम” को राजनीतिक छतरीमा एकीकृत गर्न सक्छन्।
एलिटिस्ट र बहिष्कृत प्रजातन्त्रको प्रतिक्रियाको रूपमा जातीय–राष्ट्रवादी, कट्टरपन्थी जनवादीहरूको उदय भएको छ, जसको नेतृत्व परम्परावादी–प्राधिकारवादी भिक्टोर ओरबान र उनको फिडेस पार्टीले गरेको छ, र यसको मुख्य प्रतिस्पर्धी, जोब्बिक, अर्को दक्षिणपन्थी पार्टी हो। विल्किनले प्रभावकारी रूपमा स्पष्ट गरेका छन् कि किन भुईं–स्तरीय र परम्परागत जन आन्दोलनको प्रविधिहरू, जसले एमिल्ला जस्तो शहरी विरोध आन्दोलनको विरोधको सट्टा राम्रो काम गरेको थियो । जुन नवउदारवादी प्रजातान्त्रिक आधारमा अधिकारको दावी गगर्नेहरुको आलोचना गर्दै थियो। नतिजस्वरूप, बलियो वामपन्थ वैकल्पिकता नभएको अवस्थामा, फिडेसले २०१० देखि शासन गर्न सक्षम भएको छ । नियन्त्रण र सन्तुलनको प्रणालीलाई लत्याउँदै व्यापक रूपमा, उदार प्रजातन्त्रलाई समाप्त गर्दै शासन गरिरहको छ । यसको सबैभन्दा लोकप्रिय प्रतिस्पर्धी, दक्षिणपन्थी जोब्बिक पार्टी, फिडेसको राजनीतिलाई विरोध गर्न सक्थ्यो, तर यसको वैचारिक दिशाले विरोध गर्न सक्दैनथ्यो।
पुस्तकमा केही तथ्यात्मक गलतिहरू छन् (जस्तै, २००८ र २०१० बीच हंगेरीसँग संयुक्त सरकार थिएन, एक समाजवादी अल्पमतको सरकार थियो) र सन्दर्भहरूमा केही टाइपोग्राफिकल गल्तीहरू छन्, जसलाई टाल्न सकिन्छ। साथै, संक्षेपहरूको अत्यधिक प्रयोगले कहिलेकाहीं पढ्न गाह्रो बनाउँछ (जस्तै,MWS लाई आधुनिक विश्व प्रणाली, DTलाई प्रजातान्त्रिक संक्रमण, C21 लाई (२१ औं शताब्दीको रूपमा)।
जेभएपनि विल्किनको पुस्तक महत्वपूर्ण,आधारभूत र विचार उत्तेजक छ। फिडेस र जोब्बिकको उदयको छलफल, लाई एमिल्लाको सामाजिक आन्दोलनको भाग्यसँग तुलना गरिएको छ, यसका प्रमुख अंशहरू हुन् । सञ्चार प्रविधिको रूपान्तरण, पुराना पत्रकारिताको पतन, र सोसल मिडियाको उदयमा उचित ध्यान दिइएको छ। यी सबैले हंगेरीको राजनीतिक परिप्रेक्ष्यलाई रूपान्तरण गरेका छन्। विश्व–प्रणाली सिद्धान्त र एकल देश अध्ययन बीचको सीधा सम्वन्धको स्थापना गर्दा अत्यधिक निर्धारणवादी व्याख्या सिर्जना हुन सक्छ भन्ने खतरा भए पनि, यो खतरा प्रायः टारिएको छ । विल्किनले एक राम्रो सूचित र संरचित पुस्तक प्रकाशित गरेका छन्, जुन अन्तर्राष्ट्रिय राजनीतिक अर्थतन्त्र र समकालीन हंगेरी राजनीतिका विद्यार्थीहरूको लागि समान रूपमा उपयोगी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्