ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको प्रमुख लक्ष्य सुशासन : प्रवक्ता गुरुङ


एबीसी न्यूज
१ पुस २०८१, सोमबार   ३ : ५०   बजे

काठमाडौं १ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्ने काम सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा ‘द राइजिङ नेपाल’ को ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सुशासन कायम भएमात्र राजनीतिक स्थिरता कायम हुने बताउनुभयो । उहाँले सरकारको स्थिरता कायम भए मात्र विकास निर्माण सम्भव हुने बताउनुभयो । उहाँले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरु एकताबद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली काँग्रेस र नेकपा ९एमाले० मिलेर सरकार बनाएको बताउनुभयो ।

उहाँले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नेगरी कामहरु अघि बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्ने काम अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ ।’

सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ भन्नुहुँदै राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला ठूला राजनीतिक दलहरुमा एकता कायम हुनुपर्ने बताउनुभयो । अहिले काँग्रेस र एमालेबिचको सरकार बनाएर सुशासन दिएका छौँ । “भ्यागुताको धार्नी पुगाउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ । सुशासन आजको मुख्य एजेण्डा हो । पुँजीगत खर्च बढाउने कुरा आजको हाम्रो मुख्य एजेण्डा हो । जनतासँग रेस्पोन्सिब ढंगले काम गरिरहेका छौं”

मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेका छौं । आजको आवश्यकताअनुसार ऋण सहायता पनि लिनुपर्ने आवश्यकता छ ।” यो सरकार आएपछि मुलुकको राजस्व वृद्धि हुँदै गएको पनि उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री गुरुङले सरकारी सञ्चार माध्यमलाई अरु सञ्चार माध्यमभन्दा अब्बल बनाउनेगरी सरकारले काम गर्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “सरकारी सञ्चार माध्यम निष्पक्ष र सत्यतथ्य समाचार पस्किन्छन् भन्ने जनतामा विश्वास छ । त्यो विश्वासलाई कायम राख्दै अरुभन्दा अब्बल बन्ने प्रयासमा सरकारी सञ्चारमाध्यम लाग्नुपर्छ ।”

मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्र संस्थानको प्रकाशनले जनतालाई सुसूचित मात्र गरेको छैन, भाषा साहित्य र संस्कृतिको विकासमा समेत योगदान दिएको चर्चा गर्नुभयो । सूचना प्रविधिको विकासले अब सूचनामा भूगोल नरहेको चर्चा गर्नुहुँदै उहाँले न्यूमिडियाको विकासले परम्परागत मिडियाहरुलाई चुनौती थपिरहेको बताउनुभयो । भाषिक रुपले गोरखापत्रका प्रकाशनले विश्वभरका पाठक र श्रोतालाई सहयोग गरिरहेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group