ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको हसमनी अपराध प्रमाणि भएकाले अदालतद्धारा मुद्धा खारेज गर्न अस्वीकार


एबीसी न्यूज
२ पुस २०८१, मंगलबार   ७ : ०८   बजे

 

काठमाडौं २ पुस । न्यायाधीश जुआन एम मर्चनले डोनाल्ड जे ट्रम्पको ३४ फौजदारी अभियोगहरूबाट आफ्नो रेकर्ड सफा गर्न व्हाइट हाउस फर्किनु अघि गरेका धेरै प्रयासहरू मध्ये एकलाई विफल पारिदिएका छन् ।
न्यूयोर्कका एक न्यायाधीशले सोमबार डोनाल्ड ट्रम्पको यस वर्षको ुहश–मनीु दोषसिद्धि वैध रहेको फैसला सुनाएका छन्, । निर्वाचित राष्ट्रपतिका तर्फबाट यो मुद्दालाई उन्मुक्ति (इम्युनिटी)को आधारमा खारेज गर्नुपर्ने तर्कलाई अस्वीकार गरिएको छ ।

ती न्यायाधीशले ट्रम्पलाई कहिले ३४ वटा सानो स्तरका फौजदारी अपराध (व्यापारिक रेकर्डहरूमा हेरफेर) को लागि सजाय सुनाइनुपर्नेछ वा छैन भन्ने कुरा भने आगामी दिनका लागि छाडेका छन् । यसअघि मे महिनामा, एक जुरीले ट्रम्पलाई २०१६ को निर्वाचनअघि वयस्क फिल्म अभिनेत्री स्टोर्मी ड्यानियल्सलाई चुप लगाउनको लागि पैसा दिएको घटनालाई ढाकछोप गर्न गलत व्यापार रेकर्डहरू तयार गरेकोमा दोषी ठहर गरेको थियो। स्टोर्मीले ट्रम्पसँग सम्बन्ध भएको दाबी गरेकी थिइन्, । ट्रम्पले भने आरोप अस्वीकार गरेका छन्।

यस वर्षको सुरुमा ट्रम्पको न्यूयोर्क ट्रायलमा अध्यक्षता गरेका न्यायाधीश जुआन मर्चनले फैसला सुनाएका छन्ः पूर्व राष्ट्रपतिहरूलाई व्यापक उन्मुक्ति दिने जुलाईको अमेरिकी सर्वोच्च अदालतको निर्णयले ट्रम्पको राज्यस्तरीय दोषसिद्धिमा असर पार्दैन। ट्रम्पको दोषसिद्धि प्रायः उनी ह्वाइट हाउसमा पुग्नु अघि भएको घटनासँग सम्बन्धित थियो।

मर्चनले भने कि यस केसमा केही प्रमाण जस्तैस् ट्रम्पको केही ट्विटर पोस्टहरू र पूर्व सहयोगी होप हिक्सको गवाहीजस्ता प्रमाण उनको कार्यकालको समयको भए पनि ती सामग्री ट्रम्पको आधिकारिक कर्तव्यसँग सम्बन्धित थिएनन्।

“प्रमाणको रूपमा यी कार्यहरूको प्रयोगले व्यापारिक रेकर्डहरू नक्कली बनाउने व्यक्तिगतरूपमा गरिएका कार्यलाई मात्रै देखाउँछ ।मर्चनले ४१ पृष्ठको फैसलामा लेखेका छन् यो फैसलाले कार्यकारी शाखाको अधिकार र कार्यमा कुनै हस्तक्षेपको खतरा उत्पन्न गर्दैन,”

ट्रम्पका प्रवक्ताले यो निर्णय सर्वोच्च अदालतको फैसलाविरुद्ध रहेको टिप्पणी गरेको वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ । “राष्ट्रपति ट्रम्पलाई राष्ट्रपति पदको हस्तान्तरण प्रक्रिया निरन्तर गर्न र राष्ट्रपतिको महत्त्वपूर्ण कर्तव्यहरू निर्वाध रूपमा सम्पादन गर्न अनुमति दिनुपर्छ। यो मुद्दा वा कुनै पनि अर्को ‘विच हन्ट’ बाट उनको काममा अवरोध हुनु हुँदैन,” उनले भने।

म्यानहट्टनका जिल्ला महान्यायाधिवक्ता एल्भिन ब्राग (डेमोक्र्याट) ले ट्रम्पका प्रवक्ताको टिप्पणीमाथि कुनै टिप्पणी गर्न अस्वीकार गरे। उनले नै यो मुद्धा अघि बढाएका थिए ।

ट्रम्पको दोस्रो कार्यकालका लागि निर्वाचन जितेपछि उनका चार आपराधिक मुद्दाहरूमा ठूला उथलपुथल आएका छन्। संघीय मुद्दाहरू जसले २०२० को निर्वाचन उल्टाउन योजना बनाएको र गोप्य कागजात अवैध रूपमा राखेको आरोप लगाएका थिए, विशेष परामर्शदाता ज्याक स्मिथको आग्रहमा खारेज भएका छन्। न्याय विभागको नीति अनुसार, कुनै पनि पदमा रहेका राष्ट्रपतिमाथि अभियोजन चलाउन पाइँदैन।

ट्रम्पमाथिको अर्को जर्जिया मुद्दा (निर्वाचन हस्तक्षेप) भने स्थगनमा परिरहेको छ।

न्यूयोर्क मुद्दाको अवस्था भने झन् जटिल छ किनकि यस मुद्दामा पहिले नै सुनुवाइ र फैसला भइसकेको छ। जिल्ला महान्यायाधिवक्ताको कार्यालयले सुझाव दिएको छ कि ट्रम्पको कुनै पनि सजाय उनको ह्वाइट हाउसबाट बाहिरिएपछि मात्र लागू गरिन सक्नेछ। अभियोजन पक्षले यो सम्भावनासमेत औंल्याएको छ कि न्यायाधीशले ट्रम्पको दोषसिद्धिलाई कायमै राख्न सक्नेछन् वा उनलाई सजाय नदिइन पनि हुनसक्छ।

ट्रम्पका वकिलहरूले दुबै प्रस्तावको विरोध गर्दै यो मुद्दा पूरै खारेज हुनुपर्छ भन्दै आएका छन् ।

यदि ट्रम्पले निर्वाचन हारेकोे भए न्यायाधीशले उनलाई जेल सजाय सुनाउन सक्थे, यद्यपि धेरै विश्लेषकहरूका अनुसार त्यो सम्भावना थोरै थियो वालस्ट्रिट जर्नलले लेखेको छ ।

अभियोजन पक्षका अनुसार झूटा व्यापारिक रेकर्ड आरोपहरू फौजदारी अपराध (फेलोनी) थिए । ट्रम्पले अन्य अवैध गतिविधिहरूसँग सम्बन्धित रुपमा ती अपराध गरेका थिए। अभियोजन पक्षले आरोप लगाएअनुसार, ट्रम्पले आफ्नो पूर्व वकिल माइकल कोहेन र एउटा ट्याब्लोइड प्रकाशकसँग मिलेर २०१६ को निर्वाचनमा प्रभाव पार्ने षड्यन्त्रमा भाग लिएका थिए।

ट्रम्पका वकिलहरूले तर्क गरेका थिए – मतदाताहरूलाई प्रभावित गर्नु कानुनी हो र अभियोजन पक्षले भनेका चेकहरू हश–मनीको भुक्तानी नभई कानुनी सेवाको भुक्तानीको लागि दिइएको हो।

सर्वोच्च अदालतको गर्मीमा आएको उन्मुक्ति निर्णय विशेष परामर्शदाता स्मिथको निर्वाचन हस्तक्षेप मुद्दामा आएको थियो। ६.३ को उक्त निर्णयले पूर्व राष्ट्रपतिहरूलाई आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्दा अभियोजनबाट जोगिनु पर्ने र आधिकारिक कार्यका लागि अभियोजनबाट पूर्वानुमानित उन्मुक्ति प्रदान गरेको छ। तर, अदालतले प्रस्ट पारेको थियो कि राष्ट्रपतिको सबै कार्य आधिकारिक हुँदैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu