ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभाव र चुनौतीकाबीच प्रदेश सरकारको यात्रा शुरु : मुख्यमन्त्री पोखरेल


admin
२७ फाल्गुन २०७४, आइतबार   ६ : ३८   बजे

रुपन्देही, २७ फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अभाव र चुनौतीकाबीच प्रदेश सरकारको यात्रा शुरु भएको बताउनुभएको छ ।

विश्वासको मत लिन आज बुटवलमा प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले कानून मस्यौदा आयोग गठन र मुख्य न्यायाधिवक्ता नियुक्ति गरिएको जानकारी दिनुभयो । मन्त्री पोखरेलले भौतिक पूर्वाधारको कमी रहँदारहँदै मन्त्रालयको स्थापना भएको र प्रादेशिक विकासको अवधारणा तयार गर्ने काम शुरु भएको बताउनुभयो ।

उहाँले प्रादेशिक विकासको योजना तयार गर्ने र त्यसका आधारमा नीति तथा कार्यक्रम र बजेट तयार गर्न आवश्यक कानून निर्माणको प्रक्रिया अघि बढाउन आवश्यक रहेको छ भन्नुभयो । ५ नं प्रदेशलाई ‘मिनी नेपाल’ का रुपमा स्थापित गराउन प्रादेशिक योजना आयोग गठन गर्ने र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गरिने खाका प्रस्तुत गर्नुभयो ।

प्रदेशसभा सदस्य सर्वजीत थारुले प्रदेश सभाले ५ नं प्रदेशको स्थायी मुकामको प्रस्ताव ल्याउन आग्रह गर्दै कानून निर्माण गर्न संरचना छिटो निर्माण गर्नुपर्ने बताउनुभयो ।

जनमोर्चा नेपालकी प्रदेशसभा सदस्य तारा जिसीले जनताको विपक्षमा हुने निर्णयको विरोध गर्ने र जनताको पक्षमा हुने निर्णयको समर्थन गरिनेछ भन्नुभयो ।

सिस्ने पुथा हिमालदेखि मर्चवार, त्रिवेणीदेखि राजापुर, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी– प्यूठान, पाणिनी तपोभूमि, सुपा देउरालीलगायत धार्मिक पर्यटनको प्रचूर सम्भावना रहेको विशेषता ५ नं प्रदेशमा रहेको छ । यसबाहेक बाँके, बर्दिया र ढोरपाटन आरक्ष क्षेत्र, नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना पनि यो प्रदेशमा रहेको छ ।

अशिक्षा, गरिबी, पछौटेपन, बेरोजगारी र प्रदेशको स्थायी राजधानीको छनोट यस प्रदेशका लागि चुनौतीको विषय भएको छ । एकात्मक र केन्द्रीकृत राज्यको मनोविज्ञानबाट सिर्जित समस्याको सामना गरी प्रदेशको अधिकारको रुपमा स्थापित गर्ने, अधिकारमुखी राजनीतिमा अभ्यस्त राजनीतिक संरचनालाई विकास र समृद्धिमा केन्द्रित गर्ने विषय चुनौतीपूर्ण देखिएको छ ।

आफ्नै बैंक र लगानी कोषको निर्माण, स्वदेशी र विदेशी पूँजीलाई ५ नं प्रदेशमा लगानीका लागि आकर्षित गरिने, बचत संकलनलाई प्रोत्साहन र उत्पादकत्व र राजश्व वृद्धिमा जोड दिइने वित्तीय नीति लिइने प्रदेश सरकारले जनाएको छ ।

यस प्रदेशमा सुशासन र पारिदर्शीतामा इ–गर्भनेन्सको विकास र अनूगमन प्रणालीको संयन्त्र तयार गरिनेछ । पर्यटन पूर्वाधार विकासका लागि बृहत्तर लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयनमा जोड, बुद्धकालीन सम्पदा, प्राचीन धार्मिक स्थल र धार्मिक पर्यटनका सम्भावित क्षेत्रको विकास, विश्व सम्पदा सूचीमा परेको कपिलवस्तुको जगदीशपुर ताललगायत अन्य प्राकृतिक ताल तलैयाको संरक्षण र अन्य कृत्रिम तालको निर्माण गरिने पनि प्रदेश सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu