आगामी प्रशासन अराजक र व्यक्तिवादी हुनेछ, यो संगठित अधिनायकवाद भने होइन।
डिसेम्बर २० : २०१८ मा, एउटा ठट्टाको ट्विट भाइरल भयो, जसमा भनिएको थियो – त्यसबेलाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “गोरिल्ला च्यानल” नामको नक्कली टिभी च्यानल, जसमा गोरिल्लाहरू आपसमा लडिरहेको फुटेज देखाइन्थ्यो, त्यो १७ घण्टा दिनमा हेर्ने गर्छन्। २०२४ मा, निर्वाचित राष्ट्रपति ट्रम्पले रक्षा मन्त्रीका लागि पीटर हेगसेथलाई मनोनयन गरे, जसको प्रमुख योग्यता भनेकै टिभी कार्यक्रम फक्स एन्ड फ्रेन्ड्स मा देखिनु हो। उनले मेहमत ओज (जसलाई डा. ओज भनेर चिनिन्छ), उनको पनि प्रमुख खुबी भनेकै ओपेरा शो मा देखिनु हो, मेडिकेयर र मेडिकेड सेवाहरूका प्रशासकका रूपमा उनलाई मनोनयन गरेका छन् ।
ब्युरोक्र्याट, जसले यो नीति लागू गर्न चाहँदैन, उसले भनिदिन्छ, “हो, सर, हामी तुरुन्त यसमा काम गर्दैछौं।” तर ब्युरोक्र्याटहरूले बनाएको योजनामा समय लाग्ने ग्यारेन्टी हुन्छ र सम्भवतः अदालतमा चुनौती पनि दिइन्छ।
ट्रम्पको निर्वाचनपछि, वामपन्थीहरूमध्ये केहीले निराशावादी दृष्टिकोण अपनाएका छन्। उनीहरू यस्तो कुरा गर्छन् मानौँ ट्रम्प कुनै देवताका सम्राट् हुन्, जसले एकै झट्कामा अमेरिकी गणराज्यलाई समाप्त पार्न सक्छन्। केही दक्षिणपन्थीहरू पनि यस्तै तर्कमा विश्वास गर्छन्, यद्यपि उनीहरूको अवस्थामा, उनीहरू यसलाई अनुमोदन गर्छन्। निश्चय नै, ट्रम्प र उनका सहयोगीहरूले अमेरिकी समाजलाई अधिनायकवादी दिशामा पुनःआकार दिने आफ्नो उद्देश्य घोषणा गरेका छन्।
तर हामीले अपेक्षा गर्नुपर्ने कुरा कुनै संगठित रूपान्तरण होइन। हामीले अपेक्षा गर्नुपर्ने कुरा भनेको गोरिल्ला च्यानल शैलीको शासन हो—अराजक, व्यक्तिगत, र मुख्यतः राष्ट्रपतिले हालै टेलिभिजनमा देखेको कुरामा आधारित ।
सामान्य रूपमा भन्ने हो भने, अधिनायकवादका दुई मोडेलहरू छन् —एउटा समाजलाई नियन्त्रण गर्ने, अर्को अभिजात वर्गलाई नियन्त्रण गर्ने । समाजको निर्लिप्त नियन्त्रणको मोडेलका लागि ठूलो, कुशल ब्युरोक्रेसीहरूको आवश्यकता पर्दछ, जसले जनतालाई घनीभूत रूपमा भित्रैदेखि प्रभाव पार्न सक्छ। यस्ता ब्युरोक्रेसीहरूले समाजको व्यवस्थापन र रूपान्तरण गर्छन् भन्ने मानिन्छ ।
स्टालिन र बोल्शेविकहरू यस्तो प्रवृत्तिका लागि एक मोडेल हुन्।
१९१७ मा सत्ता कब्जा गरेपछि, बोल्शेविकहरूले एउटा देश पाए जसलाई बाह्य युद्ध, गृहयुद्ध, र अकालले सताएको थियो—अर्को शब्दमा, एउटा अस्तव्यस्तता । त्यसको दुई दशकभित्र, उनीहरूले शासकीय संस्थाहरू स्थापना गरे—जस्तो कि ग्यासप्लान, रेड आर्मी, र केजिबी—जसले सोभियत जीवनको प्रत्येक पक्षलाई प्रभावित ग¥यो र अस्तव्यस्त र असफल साम्राज्य प्रणालीलाई एउटा महाशक्ति प्रणालीमा रूपान्तरण ग¥यो। यो प्रणालीले युद्धको समयमा जनसंख्याको १७ प्रतिशतलाई हातहतियार उठाउन, जीडीपीको ६१ प्रतिशतलाई युद्ध खर्चमा लगाउन, र—जब पार्टीले आवश्यक ठहर ग¥यो—६ मिलियनदेखि २० मिलियनसम्म आफ्नै सोभियत नागरिकहरूलाई मार्न सक्ने शक्ति हासिल ग¥यो।
सोभियत राज्यले सोभियत समाजलाई समग्र रूपमा त्यसको भित्र पसेर प्रभाव पारेको थियो, र सोभियत जनतालाई असाधारण उद्देश्यहरूको लागि एक जुट बनाउने सक्षम बनायो—कम्तिमा पहिलो केही दशकका लागि।
यदि यस्तो अधिनायकवादी शासन मोडेल यति प्रभावकारी छ भने, किन अरू विकल्प छनोट गर्ने? एक शब्दमाः कू–प्रफिङ। व्यक्तिगत तानाशाहहरू भने प्रभावकारी र निर्लिप्त ब्युरोक्रेसीहरूको अस्तित्वलाई चुनौति महसुस गर्छन्। उनीहरू आफ्ना अधीनस्थहरूबाट जनताभन्दा बढी डराउँछन्। आखिरमा, निकिता ख्रुश्चेभलाई आफ्नै अधीनस्थहरूले एउटा शान्त कूमार्फत हटाए, जसका लागि एउटा मात्र सुरक्षा निकाय, केजिबी,को प्रमुखलाई प्रभावित पार्नु पर्याप्त भएको थियो।
अमेरिकी संघीय सरकारले ४.५ मिलियन मानिसहरूलाई रोजगारी दिन्छ र ४६.८ ट्रिलियन खर्च नियन्त्रण गर्छ। स्थायी नागरिक सेवाका ठूला संस्थाहरूलाई राजनीतिक नियुक्तिहरूले नियन्त्रण गर्न धेरै कठिन हुन सक्छ ।
कूबाट बच्ने इच्छाले अधिनायकवादको दोस्रो मोडेल उत्पादन गर्छ, जसले अस्पष्ट र एक–अर्कालाई काट्ने जिम्मेवारीहरू भएका धेरै प्रतिस्पर्धी शक्तिका केन्द्रहरूको आवश्यकता अघि ल्याउँछ । यसले ती अधीनस्थहरूलाई निरन्तर नेताको कृपाको लागि प्रतिस्पर्धा गर्न बाध्य बनाउँछ। शक्ति र अस्पष्टताको यो अराजकताले प्रभावकारी प्रशासनलाई कमजोर बनाउँछ तर शक्ति नेताको व्यक्तित्व र उसको मनोमानी शैलीमा केन्द्रित गर्छ।
सद्दाम हुसेनको इराकमा, त्यहाँ एक नियमित प्रहरी बल थियो; गुप्त प्रहरी बल डाइरेक्टरेट अफ जनरल सेक्युरिटी; इराकी रिपब्लिकन गार्ड; र अन्ततः फिदायिन सद्दाम, जसको नाममात्रको भूमिका घरेलु विरोधलाई नियन्त्रण गर्ने थियो, तर ती सबैले पूरै फरक कमान्ड लाइनहरूमा काम गर्थे। यस्तो प्रणालीमा मानिसहरू शीर्ष स्थानमा चढ्दछन्, दक्षताका कारण नभई नेताको व्यक्तिगत वफादारीका कारण ।
ट्रम्पका व्यक्तिगत झुकावहरू, साथै रिपब्लिकन पार्टीको “ठूलो सरकार“ को परम्परागत विरोध,ले सुझाव दिन्छ कि ट्रम्पको दोस्रो कार्यकाल एकदमै व्यक्तिगत प्रशासनका विशेषताले भरिनेछ ।
व्यक्तिगत प्रणालीहरू समाज व्यवस्थापनमा निर्लिप्त ब्युरोक्रेसीहरूभन्दा कम प्रभावकारी हुन्छन्। अझै, यिनीहरू नेताको व्यक्तिगत क्षमतामा धेरै निर्भर हुन्छन्। ट्रम्प युवा, ऊर्जाशील तानाशाह होइनन्, जो अमेरिका पुनः निर्माण गर्न अर्को ४० वर्ष बिताउन तयार छन्। उनी थकित वृद्ध मानिस हुन्, जसले आफू कुन राज्यमा उभिएको छ भन्ने पनि बिर्सन्छन्।
र, अधिकांश अवस्थामा, उनी उर्जाशील युवा “साइकोप्याथहरू“ नियुक्त गरेर सम्पूर्ण प्रणाली पुनः निर्माण गर्न चाहँदैनन्। उनीहरू त टीभी मा देखेका मानिसहरूलाई मात्र नियुक्त गरिरहेका छन्।
यो हो गोरिल्ला च्यानल गभर्नेन्सः लामो समयसम्म समाजलाई ऊर्जाशील र सावधानीपूर्वक पुनःआकार दिने योजनाहरूमा आधारित सरकार होइन, बरु एक वृद्ध नेताका व्यक्तिगत चाहनाहरूमा आधारित सरकार, जसले आफूलाई चाकरीबाजहरूबाट घेरिएका छन् र टेलिभिजन र सामाजिक सञ्जालको संसारमा बाँचिरहेका छन्।
प्रस्तावित डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डज) ले देखाउँछ कि ट्रम्प कसरी व्यक्तिगत वर्ग नियन्त्रणको दोस्रो मोडेललाई प्राथमिकता दिन्छन्। डजका अधिकारहरू अस्पष्ट र अनिश्चित छन्, जसले अन्य विभिन्न विभागहरूमा ठूलो कटौती गर्ने सम्भावना राख्छ—वा राख्दैन, यो सम्पूर्ण रूपमा ट्रम्पको इच्छामा निर्भर हुन्छ। साथै, यो विभाग दुई समान नेताहरू, एलन मस्क र विवेक रामास्वामीको नेतृत्वमा स्थापित हुँदैछ, ताकि ट्रम्पले रामास्वामी र मस्कलाई एकअर्काविरुद्ध खेलाउन सकून्।
शायद डजलाई सरकारको खर्चबाट एक ट्रिलियन डलर कटौती गर्ने व्यापक अधिकार दिइनेछ। वा यो सम्भवतः अन्य सरकारी विभागहरूलाई ट्रम्पले थिचोमिचो गर्ने धम्की मात्र हो। यो सबै उनको डिजाइनअनुसार छ र हुनेछ ।
यसले ट्रम्पको मौजूदा संघीय ब्युरोक्रेसीहरूसँगको अन्तरक्रियालाई असर गर्छ ।
ट्रम्प आफ्नो प्रशासनलाई क्रान्तिपछि नयाँ रूपमा निर्माण गरिरहेका छैनन्। बरु, उनी एउटा विशाल आकारको मौजूदा ब्युरोक्रेटिक प्रणालीसँग जुधिरहेका छन्। अमेरिकी संघीय सरकारले ४.५ मिलियन मानिसहरूलाई रोजगारी दिन्छ र ४६.८ ट्रिलियन खर्च नियन्त्रण गर्छ। स्थायी नागरिक सेवाका ठूला संस्थाहरूलाई राजनीतिक नियुक्तिहरूले नियन्त्रण गर्न धेरै कठिन हुन सक्छ ।
यो तब पनि सत्य हुन्छ जब राजनीतिक नियुक्तिहरूले नाममात्रमा ब्युरोक्र्याटहरूमा पूर्ण अधिकार राख्छन्। ब्युरोक्र्याटहरू र नियुक्तिहरू बीचमा ठूलो सूचना र संगठनात्मक खाडल हुन्छ। एउटा सानो उदाहरणः नियुक्त अधिकारीले कुनै नयाँ नीति प्रस्ताव गर्छ। ब्युरोक्र्याट, जसले यो नीति लागू गर्न चाहँदैन, उसले भनिदिन्छ, “हो, सर, हामी तुरुन्त यसमा काम गर्दैछौं।” तर ब्युरोक्र्याटहरूले बनाएको योजनामा समय लाग्ने ग्यारेन्टी हुन्छ र सम्भवतः अदालतमा चुनौती पनि दिइन्छ।
उनीहरूले अध्ययन गर्छन्, उनीहरूले वास्तवमै यो काम गर्नु पर्छ कि पर्दैन, र एक वर्ष पछि निष्कर्ष निकाल्नेछन् कि यो गर्न हुँदैन। स्थायी नागरिक सेवाको प्राथमिक नीतिहरूलाई पार गर्न ऊर्जा, क्षेत्रीय ज्ञान, र विवरणप्रति ध्यान आवश्यक हुन्छ। सोझो भाषामा भन्नुपर्दाः नागरिक सेवाहरूले तपाईंसँग खेल खाँदैछ भनेर चिन्न सक्ने क्षमता।
अफगानिस्तानको फिर्तीमा संलग्न अफिसरहरूको लागि अदालतमार्फत कारबाही गर्ने ट्रम्पको धम्की
कुनै परिणाममा पुग्ने छैन, किनभने यसले सैन्य ब्युरोक्रेसीलाई आदेश पालना गर्ने बहानामा समय खर्च गर्ने मौका दिन्छ, यी मुद्दाहरूको तयारी गर्न र अन्ततः अफिसरहरूलाई निर्दोष प्रमाणित गर्न (जो वास्तवमै कुनै दुराचारमा संलग्न थिएनन्)। र जबसम्म यो सबै समाप्त हुन्छ, गोरिल्ला च्यानलमा केही नयाँ हुनेछ ।
ट्रम्पको सबैभन्दा ठूलो सफलता भनेको मौजूदा ब्युरोक्रेसी वा रिपब्लिकन प्राथमिकताहरूको “ढलको बहावसँग पौडनु“ हुनेछ।
यो ट्रम्पको पहिलो कार्यकालमा भएको जस्तै हो, जहाँ उनका मुख्य सफलताहरू कर कटौती र रूढिवादी न्यायाधीशहरूको नियुक्तिमा थिए। उदाहरणका लागि, अवैध आप्रवासीहरूको सामूहिक निर्वासनको कार्यक्रम। इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइसीई) र कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले लामो समयदेखि आक्रामक निर्वासनमा संलग्न हुन चाहेका थिए, जसलाई राष्ट्रपति जो बाइडनको पालामा अनुमति दिइएको थिएन। यहाँ, ट्रम्पले ब्युरोक्रेसीलाई पुनः निर्माण गर्न आवश्यक छैन। उनले केवल नियन्त्रण हटाउनुपर्छ।
तर यो क्षेत्रमा पनि, ब्लू स्टेटहरू र तिनका प्रशासनिक क्षमता सहकार्य गर्न ट्रम्पले संघर्ष गर्ने अपेक्षा गर्नुपर्छ। सामूहिक निर्वासनहरूले सरकारको सम्पूर्ण क्षमताको समन्वय प्रयास समावेश गर्ने सम्भावना कम छ।
डजका अधिकारहरू अस्पष्ट र अनिश्चित छन्, जसले अन्य विभिन्न विभागहरूमा ठूलो कटौती गर्ने सम्भावना राख्छ—वा राख्दैन, यो सम्पूर्ण रूपमा ट्रम्पको इच्छामा निर्भर हुन्छ।
ट्रम्पले अमेरिकी नागरिकताको प्राकृतिककरण(जन्मसिद्ध नागरिकता) खारेज गर्ने र सामाजिक सुरक्षा कार्डहरू जारी गर्न अस्वीकार गरेर जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रस्ताव राखेका छन्, जुन अवैध आप्रवासीका सन्तानहरूलाई लागू हुने हो ।
यस्तो रवैयाले भन्ने प्रयास गर्दैन कि दोस्रो ट्रम्प प्रशासन राम्रो हुनेछ। उनी आफ्ना केही लक्ष्यहरू हासिल गर्नेछन्, विशेष गरी ती लक्ष्यहरू मौजूदा संस्थागत वा पार्टी संरचनाहरूले समर्थन गरेका छन् भने। र, गैर–उदार शासनको अराजकताले कार्यात्मक(फङ्सनल) सरकार र उदार समाजलाई क्षय गर्दै जाने एसिडको रूपमा काम गर्दछ।
जब यो समाप्त हुन्छ, पुनर्निर्माण गर्न ठूलो मेहनत आवश्यक पर्नेछ। तर विपक्षीहरूले यतिबेला व्यवस्थित फासिवादको सट्टा अराजकता र क्रूरताको अपेक्षा गर्नुपर्छ।
फरेन पोलिसीबाट
प्रतिक्रिया दिनुहोस्