ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा प्राकृतिक ग्याँस भण्डारको सकारात्मक संकेत देखियो


एबीसी न्यूज
१५ पुस २०८१, सोमबार   १२ : १३   बजे

काठमाडौं १५ पुस । दैलेखको भैरवी गाउँपालिका(१ जलजले क्षेत्रमा प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा उत्खनन् गर्दा प्राकृतिक ग्याँस रहेको संकेत देखिएको अधिकारीहरुले बताएका छन् ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गत वर्ष वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर उत्खनन थालेको थियो । त्यतिबेला सबैखाले पेट्रोलियम पदार्थको अवस्था पत्ता लगाउने उद्देश्य थियो ।

तर हालसम्मको अवस्थाले त्यहाँ प्राकृतिक ग्याँसको सकारात्मक संकेत देखिएको खानी तथा भूगर्भ विभागका भूगर्भविद एवम् पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुईंटेलले जानकारी दिए ।

‘चार हजार मिटर गहिराइसम्म खन्ने लक्ष्य भएकोमा आइतबारसम्म ३ हजार ९ सय ४८ मिटर खनिसकिएको छ र अहिलेसम्मका सबै सिम्प्टम ९संकेत० हरु हेर्दाखेरि यहाँ प्राकृतिक ग्यास रहेको सकारात्मक संकेत देखिएको छ ।’ उनका अनुसार जमिन खन्दै जाँदा उपकरणले ग्याँस ‘डिटेक्ट’ गरेको छ ।

 

परियोजनाका अनुसार अहिलेसम्म जमिन मुनि ग्याँस छ कि छैन भनेर पत्ता लगाउनका लागि मात्र काम भइरहेको छ । ग्याँस रहेको पुष्टि भइसकेपछि व्यापारिक दृष्टिले उपयुक्त छ कि छैन भनेर थप अध्ययन गरिने छ ।

त्यसका लागि जमिन खन्दा निस्किएका चट्टानका नमूनाहरु संकलन गरिएको छ । त्यसलाई परीक्षण गर्न भने बाँकी छ । ‘चट्टानका जुन नमूनाहरु छन्, तिनलाई परीक्षण गर्ने चरणमा छौं,’ भूगर्भविद लुईंटेलले भने, ‘त्यसको परीक्षणपछि व्यापारिक दृष्टिकोणबाट उपयुक्त छ कि छैन भन्ने पनि पत्ता लाग्छ ।’

ड्रिलिङको काम सकिएपछि र ग्याँस रहेको पुष्टि भएपछि दोस्रो चरणमा ग्याँसको आयतन र गुणस्तर परीक्षण गरिने छ । त्यो परीक्षण पनि ड्रिल भइरहेकै स्थानमा हुने परियोजनाले जनाएको छ ।

दैलेखको भैरवी गाउँपालिकाका विभिन्न स्थानमा जमिन मुनिबाट निस्किरहने ग्याँसमा आगो बल्ने गरेको छ । ‘अखण्ड दीप’ बलिरहने शीरस्थान, नाभिस्थान लगायतका क्षेत्र धार्मिक तथा पर्यटकीय आकर्षणका केन्द्र बनेका छन् ।

‘तीन तहमा ग्याँस रहेको संकेत’

अहिले उत्खनन सुरु भएको स्थान पनि आन्तरिक पर्यटकको चासोको केन्द्र बनेको छ । सो क्षेत्रमा धेरै व्यक्तिहरु घुम्न र हेर्न आउने गरेको दैलेखको भैरवी गाउँपालिकाकी प्रमुख रिता कुमारी शाही बताउँछिन् । ‘जिल्ला भित्रबाट, छिमेकी जिल्लाबाट र इण्डियाबाट समेत उत्खनन् भएको हेर्न, घुम्न आइराख्नु भएको छ,’ शाहीले भनिन् ।

उत्खनन् भएको क्षेत्रमा आफू पनि वेला–वेला पुगेर चासो दिने गरेको बताउँछिन् । ‘त्यहाँ जाँदा ग्याँसको गन्ध आउँछ,’ उनले भनिन्, ‘त्यहाँ काम गर्नेहरुले तीन तहमा ग्याँस रहेको संकेत देखिएको बताउनु भएको छ ।’

सो क्षेत्रमा तेल पनि हुन सक्ने अनुमानसहित उत्खनन् सुरु गरिएको थियो । उत्खननको काममा तीन दर्जन बढी प्राविधिक, भूगर्भविद र स्थानीय सक्रिय छन् । अहिलेसम्म तेल नभई प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको भूगर्भविद लुईंटेलले बताए ।

उनका अनुसार २ हजार २ सय मिटर खन्दा नै ग्याँस रहेको संकेत देखिएको थियो । जति तल जाँदा पनि ग्याँस रहेको संकेत देखिएपछि उत्खनन् जारी राखिएको छ । ‘अब करिब ५० मिटर मात्र खन्न बाँकी छ,’ परियोजनाका सूचना अधिकारी लुईंटेलले भने, ‘ड्रिलिङ सकिएपछि अध्ययन विश्लेषणको विस्तृत रिपोर्ट सार्वजनिक गर्छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group