पैंतीस वर्ष पहिले, जब साम्यवाद पतन हुँदै थियो, अमेरिकी विद्वान फ्रान्सिस फुकुयामाले प्रसिद्ध रूपमा “इतिहासको अन्त्य“ घोषणा गरेका थिए । १९९२ मा एक प्रतिष्ठित पुस्तकमा विस्तार गरियो, उनका तर्क थियो – २०औं शताब्दिको वैचारिक युद्धहरू उदार लोकतन्त्र (र मुक्त बजार पूँजीवाद) को विजयसँग अन्त्य भएको थियो। शीतयुद्ध समाप्त भएपछि, भनिएको थियो कि विश्वले शासनको अन्तिम रूप प्राप्त गरेको छ—उदार लोकतन्त्र नै मानवताको वैचारिक विकासको “अन्तिम बिन्दु“ थियो।
दुःखद रूपमा, यो पनि भत्किन थाल्यो, र २०२४ यस्तो वर्ष हो, जब हामी अर्को सिद्धान्ततर्फ सर्ने बेलामा आएका छौं। पश्चिमी लोकतान्त्रिक राष्ट्रहरू—विशेष गरी संयुक्त राज्य अमेरिका—हामीले सोचेको भन्दा धेरै कमजोर देखियो। अत्यधिक ध्रुवीकरण, बढ्दो मिथ्या सूचना, साझा वास्तविकताहरूको क्षय, र उदार लोकतन्त्रका आधारभूत विचारहरूप्रतिको उदासीनता यस युगका प्रमुख विशेषताहरू बनेका छन्।
इतिहास पुनः प्रकट हुन भने धेरै समय लागेन । युगोस्लाभियाको विघटन र यससंगैका भयानक घटनाहरू, सोवियत युनियनपछिको रसियामा राष्ट्रवादी प्रधाकिारवादको वृद्धि, ९/११ र त्यसपछि आतंकवादविरुद्धको युद्ध, र स्यामुएल हन्टिङ्टनको “सभ्यता संघर्ष“ सिद्धान्तको बढ्दो प्रभाव—यी सबैले त्यो धारणा भत्काइदिएर संसार एक सुसंस्कृत लोकतान्त्रिक व्यवस्थामा एकताबद्ध हुँदैछ । फुकुयामाको ठूलो दृष्टिकोणलाई २००० को मध्यतिर, वैचारिक आकाशमा उच्च स्थानमा रहेका व्यक्तिहरूसँग तुलना गर्दा, एउटा चेतावनीको कथा बने जस्तो देखियो, जसले ऐतिहासिक विचारधाराहरूमा ज्ञात जोखिमहरुप्रति सचेत गराएको थियो।
मैले फुकुयामासँग लगभग दश वर्ष पहिले कुरा गरेको थिएँ। त्यस समयसम्म, उनी आफ्नो मूल सिद्धान्तको बारेमा निकै शंकास्पद र विनम्र भएको देखिन्थे—तर साथसाथै, उनी प्रस्ट र बौद्धिक रूपमा धेरै उच्च स्तरमा थिए, मैले कुरा गरेका अधिकांश व्यक्तिहरूसँग तुलना गर्दा। उनको विचार थियो कि कहिलेकाहीँ तपाईंले जोखिम लिनु पर्छ र तिनीहरूले उल्टो असर गर्न सक्छन् —कुनै पनि प्रयास नगरेको खण्डमा केही पनि हासिल हुँदैन। उनले स्वीकार गरेका छन् उनका सिद्धान्तमा अधिक आशावादिता थियो, तर यसलाई लामो अवधिको दृष्टिकोणको रूपमा अझै पनि कायम राख्न सकिन्छ ।
मैले सहमति जनाउने झल्को दिएँ। धेरै स्थानमा एकाधिकारवादी र राष्ट्रवादको फैलावट र जिहादवादले मध्यपूर्वका विशाल क्षेत्रहरूमा अस्थिरता ल्याएको र पश्चिमी शहरहरूमा आतंकवाद फैलाएको समयमा पनि, कम्तिमा वास्तविक लोकतान्त्रिक राष्ट्रहरू यसबाट मुक्त थिए। पश्चिमी समाजहरूमा, सायद, इतिहासको अन्त्य अझै पनि सत्य थियो।
दुःखद रूपमा, यो पनि भत्किन थाल्यो, र २०२४ यस्तो वर्ष हो, जब हामी अर्को सिद्धान्ततर्फ सर्ने बेलामा आएका छौं। पश्चिमी लोकतान्त्रिक राष्ट्रहरू—विशेष गरी संयुक्त राज्य अमेरिका—हामीले सोचेको भन्दा धेरै कमजोर देखियो। अत्यधिक ध्रुवीकरण, बढ्दो मिथ्या सूचना, साझा वास्तविकताहरूको क्षय, र उदार लोकतन्त्रका आधारभूत विचारहरूप्रतिको उदासीनता यस युगका प्रमुख विशेषताहरू बनेका छन्।
यसको एउटा कारण भनेको डिजिटल क्रान्ति र विशेष गरी सामाजिक मिडिया हो। यसले मुख्यधाराका मिडियालाई समाप्त गरिदिएको छ जसले सार्वजनिक संवादलाई शिष्टता र साझा कथानकको निश्चित सीमाभित्र सीमित राख्न गेटकीपरको भूमिका निर्वाह गर्थे। अब सबै, सबैभन्दा कट्टरपन्थी उक्साउनेहरूसमेत, प्रकाशक बनेका छन्। र यसले पत्ता लगाएको कुरा के हो भने यदि मान्छेलाई अवसर दिइयो भने, उनीहरू उक्साहट र अत्यधिक झूटा जानकारीहरुप्रति आकर्षित हुनेछन्।
यसको लागि बीसौं शताव्दीको मध्यतिर शताब्दीको “पोस्ट–मोडर्न“ विचारमा एक बौद्धिक आधार पनि छ, जसले सार्वभौमिक सत्य र “मेटान्यारेन्टिभ“ लाई अस्वीकार गरेको छ—यसले संकेत गर्दछ कि सबै विचारहरू कुनै न कुनै तरिकामा वैध छन्।
उदार लोकतन्त्र, आधारभूत रूपमा, यसर्थ एक थप विचार मात्र हो । यो एउटा गहिरो रूपले सुन्दर दृष्टिकोण पनि हो जसले प्रत्येक व्यक्ति स्वाभाविक रूपमा समान छ र अनन्त अधिकारहरू राख्दछ, र शासन गर्ने उत्तम तरिका भनेको त्यस्ता संस्थाहरू मार्फत हो, जुन यी अधिकारहरूलाई रक्षा गर्छ, शक्ति सन्तुलन गर्छ, र विचारहरूको स्वतन्त्र र खुला अभिव्यक्तिको लागि अनुमति दिन्छ भ्नने हो । यसले सुनिश्चित गर्दछ कि निर्णयहरू शासितहरूको स्वीकृतिसँग गरिएको छ (वा तिनीहरूका धेरैजसोको स्वीकृतिसँग)। यो अमेरिकी स्वतन्त्रता घोषणामा काव्यात्मक रूपमा व्यक्त गरिएको थियो, जसमा भनिएको छ सबैलाई “उनका सृष्टिकर्ताबाट निश्चित अपरिवर्तनीय अधिकारहरू (जसमा जीवन, स्वतन्त्रता र खुशीको खोजी पनि) प्रदान गरिएको छ।“
सरकारी दक्षता विभाग—जहाँ एलन मस्क, संसारका सबैभन्दा धनी व्यक्तिले मध्य–आय वर्गका व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गर्नेछन्—यसखाले घृणाको यो ज्वलन्त उदाहरण हो।
यहाँ एउटा व्यंग्य छः उदार लोकतन्त्र विश्वभरिका धेरै मानिसहरूले प्रयोग गर्ने परिभाषाअनुसार यति लोकतान्त्रिक नहुन सक्छ। लगभग कुनै स्थानमा जानुहोस् र एउटा उम्दा नमूना सोध्नुहोस् कि “लोकतन्त्र“ के हो, र तपाईं सामान्यतया निष्पक्ष चुनाव र बहुमतको शासनको बारेमा सुन्नुहुनेछ। तपाईं स्वतन्त्रता र सुरक्षा बारे कम सुन्नुहुनेछ, र प्रायः नियन्त्रण र सन्तुलनहरूका बारेमा कहिल्यै सुन्नुहुने छैन।
संयुक्त राज्य अमेरिकाका संस्थापक पिताहरूले यो कुरा बुझेर संविधानमा सकेसम्म धेरै स्वतन्त्रता राखे, यसलाई परिमार्जन गर्न अत्यधिक कठिन बनाइदिए, र यस्तो प्रणाली सेट गरे जुन प्रत्यक्ष लोकतन्त्रको लागि असंवेदनशील थियो, जहाँ जनताको बहुमतलाई पागल योजनाहरू सँगै चलाउन सक्छ। उनीहरू, अन्ततः, विशेषज्ञ र अभिजात वर्गका थिए।
यी सबैमा सबैभन्दा खतरनाक आक्रमण भनेको अमानवीय दक्षिणपन्थी पंक्तिका शक्तिहरूको उदय हो, जस्तै अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको व्यक्तिपूजा—जो अब आफ्नो पहिलो चार आपतकालीन वर्षहरूले आफ्नो उद्देश्यलाई स्पष्ट रूपमा देखाउँदा पनि गैर–संविधानिक अवधिको लागि पुनः निर्वाचित भएका छन्। हामी सुरक्षित रूपमा भन्न सक्दछौं कि ट्रम्पको उदार लोकतन्त्रका सिद्धान्तहरूसँग कुनै निष्ठा छैन, उनी एक राष्ट्रवादी र भविष्यमा अधिनायकवादी बन्न चाहने व्यक्ति हुन्, र उनले अमेरिकी प्रणालीलाई घृणा गर्छन्। सरकारी दक्षता विभाग—जहाँ एलन मस्क, संसारका सबैभन्दा धनी व्यक्तिले मध्य–आय वर्गका व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गर्नेछन्—यसखाले घृणाको यो ज्वलन्त उदाहरण हो।
यसका संस्करणहरू लोकतान्त्रिक संसारभरि देखा परिरहेका छन्। केहीमा एकाधको आकांक्षी लोकतन्त्रहरू अहिले मतदाताको रोजाइबाट निरंकुश शासनहरूका रूपमा परिणत भएका छन्—सबैभन्दा ठूलो उदाहरण रूस हो, र कम मात्रामा हंगेरी र टर्की ।
रोमानिया पनि अहिले खस्किरहेको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर २४ को पहिलो राष्ट्रपति चुनावको अघि टिकटक आक्रमणको आयोजना गरे। बहुमत द्वारा विजयी, जसलाई पुटिनले गैरकानूनी रूपमा प्रोत्साहित गर्नको लागि योजना बनाए, जो युरोपियन संघ र नाटोको घृणा गर्छ र देशलाई रूसतर्फ पुनः मोड्न चाहन्छ—र उदार लोकतन्त्रबाट टाढा जान चाहन्छ। त्यसको एक हप्ता पछि, रोमानियाका एक तिहाइ जनताले यस विश्वदृष्टिकोणलाई समर्थन गर्ने पार्टीहरूको लागि मतदान गरे। त्यहाँको सर्वोच्च अदालतले राष्ट्रपति चुनाव रद्द गरेको छ, र धेरै रोमानियनहरू आक्रान्त छन्। पुटिनको अभियान अवैध थियो, हो—तर जसले तदनुसार मतदान गरे तीनले वास्तवमै मतदान गरेका थिए।
केही वास्तविक लोकतन्त्रहरू बिचल्लीमा छन्, किनकि साहसी अधिनायकवादीहरूले मानवता का खराब ईन्स्टिंक्टहरूलाई प्रयोग गरेर, जस्तै इजरायलका प्रधानमन्त्री बेंजामिन नेतन्याहु । फ्रान्स पनि छिट्टै यस्तै दिशामा जान सक्दछ।
पृथ्वीभरि, त्यस्ता संगठित समूहहरू छन् जसले उदार लोकतन्त्रको घर जलाउन चाहन्छन्, जस्तै ट्रम्पको मागा आन्दोलनले गर्छ, ती प्रतिस्पर्धी छन्।
केहीले यो प्रवृत्तिका लागि देखिने तार्किक कारणहरूमा केही सान्त्वना पाउनेछन्। जर्मनी जस्ता स्थानहरूमा, जहाँ कट्टरपंथी “अल्टरनेटिभ फर जर्मनी“ (एएफडी) पार्टीको उत्थान भइरहेको छ, स्वदेशी दक्षिणपन्थी पंक्तिको समर्थन युद्धपछिका सरकारहरूको गलत निर्णयसँग जोडिएको छ जसले आप्रवासीहरूको ठूलो संख्या आयात गरे, जसले आफैंलाई उदार नभएको र प्रायः त्यस्तै रहने गर्छन्—यो एक विडम्बना हो। अमेरिकामा, ट्रम्पको परिघटनाको एक भाग भनेको “वोकनेस“को अत्यधिकताको अस्वीकृति हो, जुन आफैंमा उदार विरोधी विचार नीति हो (साँचिकै, सार्वजनिक रूपमा वोकनेसको बिरोधलाई एउटा उपप्रवृत्ति वा केवल अर्को ठूलो प्रवृत्तिका रूपमा देख्न सकिन्छ)।
तर मैले लामो समयसम्म बाँचेर जानेको वास्तविकमा के भइरहेको छ भने धेरै समाजहरूमा उदार लोकतन्त्रको अस्वीकृति छ । तिनीहरू अधिनायकवाद चाहन्छन् —कानून र व्यवस्था, शायद एक राजतन्त्र—र तिनीहरूलाई अल्पसंख्यकको सीमितताबारे धेरै चासो छैन (जबसम्म यो अन्ततः तिनीहरूमा नपुगोस् )।
फुकूयामाको दृष्टिकोण, जबकि प्रेरणादायक थियो, मानवताको द्वन्द्व र अराजकताको प्रवृत्तिलाई कम आँकलन गरेको थियो। उनले आधारभूत इन्स्टिंक्टहरूमा कारण(उद्धेश्य)को विजयमा, लोकतन्त्रको विपक्षमा गरिएको प्रचारप्रति प्रतिरोधको लचीलापनमा र पूँजीवादले व्यापक समृद्धि पुर्याउने क्षमतालाई अत्यधिक विश्वास गरेका थिए।
अब उनले यसलाई बुझे जस्तो देखिन्छ। हालैको एक लेखमा, फुकूयामाले भनेका छन् – ट्रम्पको २०२४ को विजयले अमेरिकी मतदाताहरूद्वारा उदारवादको “निर्णायक अस्वीकृति“लाई जनाउँछ। यसपटक उनले सहि भने । २०२४ का घटनाहरू—वर्षौंको प्रणालीगत क्षयीकरणको परिणति—एक निराशाजनक वास्तविकतालाई दर्शाएको छ। इतिहासको समाप्ति भनिएको कुरा, १९८९ को शुभ कर्म, केवल आँधीको बीचमा एक विश्राम थियो ।
यस वर्ष अन्य धेरै ठूलो घटनाहरू भएका थिए, जस्तै कृत्रिम बुद्धिमत्ताको चर्को प्रगति र इरानको “प्रतिरोध धुरी“को अन्त्यको शुरुआत, तर समग्रमा, इतिहासको अन्त्यको अन्त्य नै मुख्य कुरा हो जुन चलिरहेको छ।
(ड्यान पेरी, एसोसिएटेड प्रेसका पूर्व काइरो–आधारित मध्यपूर्व सम्पादक र लन्डन–आधारित युरोप÷अफ्रिका सम्पादक हुन्, उनी यरुशलेममा विदेशी प्रेस एसोसिएशनका पूर्व अध्यक्ष र दुई किताबका लेखक हन् )
न्युजविक, डिसेम्वर २७, २०२४ बाट
प्रतिक्रिया दिनुहोस्