युवाल नोआ हरारीको सेपियन्स सबैका लागि पढ्न आवश्यक पुस्तक हुनुपर्छ । यो मानव इतिहासभित्रका थिमहरूको आँखा खोल्ने अन्वेषण हो ।
यदि तपाईं करिब ५०० पृष्ठका गाढा पाठहरूको सट्टा चित्रणहरू चाहनुहुन्छ भने, यो पुस्तकको तीन–भागको ग्राफिक उपन्यास पनि तयार भएको छ। यस पुस्तक (वा हरारीका अन्य कृतिहरू) पढ्दा इतिहासमा के भयो भन्ने कुरामा मात्र नभएर किन भयो र यी प्रेरणाहरूले आधुनिक युगमा हाम्रो जीवनलाई कसरी परिभाषित गर्छन् भन्ने विषयको गहिरो जानाकारी पाउन सकिन्छ ।
होमो डियस पढ्दा हरारीको विशेषज्ञता (इतिहास) भन्दा बाहिरी अनुभव झन् अचम्म लाग्दो थियो। नेक्सस भविष्यप्रति केन्द्रित दृष्टिकोणको झलक हो । यसले ऐतिहासिक उदाहरणहरूमा आधारित रहने कामलाई राम्रोसँग उजागर गर्छ र अज्ञाततर्फ धेरै पर पुग्दैन।
नेक्सस (उनको अर्को पुस्तक, गत सेप्टेम्बर २०२४ मा प्रकाशित) सेपियन्सबाट स्वाभाविक रूपमा अर्को चरण हो । मानव संज्ञानात्मक क्रान्तिबारे प्रस्तुत विचारहरूबाट सुरु गर्दै, हरारीले सूचनाको विस्तृत विस्तार र तिनले मानवीय कथा र समाजहरूलाई कसरी आकार दिन्छन् भन्ने विषयमा गरेको अनुसन्धानमूलक पुस्तक हो यो । यो पुस्तक नेपाली बजारमा समेत उपलव्ध छ ।
यस पुस्तकले कथावाचनलाई मानव जातिको अद्वितीय गुणको रूपमा विस्तार गरेको छ । पृथ्वीका अन्य प्रजातिहरूको विपरीत, हामी सरकार, कानून, कम्पनी र पैसा जस्ता अमूर्त कुराहरू कथाहरू मार्फत आविष्कार गर्न सक्छौं।
सेपियन्स जस्तै नेक्सस पनि लामो र चुनौतीपूर्ण पुस्तक हो । ५०० पुष्ठभन्दा मोटो यस पुस्तकमा हरारीले प्रशासनहरूको इतिहास, लोकतन्त्र र अधिनायकवाद बीचको भिन्नता, र बाइबलजस्ता धार्मिक ग्रन्थहरूको कमजोरीबारे छलफल गरेका छन् । हरारीको स्वभाव अनुसार उनका तर्कहरू जर्बजस्त छन् ।
नेक्सस हाम्रो वर्तमान समयमा विशेष रूपमा महत्वपूर्ण पुस्तक हो, किनकि यसले दुई ठूला वैश्विक प्रवृत्तिहरूलाई सम्बोधन गर्छः लोकप्रियतावादी अधिनायकवादीहरुको उदय र कृत्रिम बुद्धिमत्ताको वृद्धिको अन्योललाई पुस्तकले सरल तरिकाले बुझाउने कोशिश गरेको छ । हरारीले इतिहासका पाठहरूलाई यी दुई खाले सम्भावित खतराहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ घोत्लिन उत्प्रेरित गरेका छन् ।
सेपियन्स २०११ मा हिब्रु भाषामा लेखेका उनले तेलअभिव विश्वविद्यालयका इतिहासका प्राध्यापक हरारीले डोनाल्ड ट्रम्प, कोभिड–१९, वा च्याट–जीपीटीदेखि ट्रम्पको दोस्रो संस्करणलाई समेत सम्भावित परिवर्तनहरूको हिसाब दिने एक फास्ट अपडेटजस्तो बनाएा छन् पुस्तकलाई । यो पुस्तक लेखनका विशिष्ट कला हो । यदि सेपियन्स विगतको झलक थियो भने, हरारीका अरू दुई पुस्तकहरू—२१ शिक्षाहरु एक्काइसौं शताव्दीका लागि र होमो डियस—हालको र भविष्यको झलक हुन् भन्न सकिन्छ। होमो डियसले निराशाजनक र लगभग–निहिलिस्टिक दृष्टिकोणले प्रविधिले मानवतालाई कसरी विकृत गर्छ र हामीलाई देवतामा रूपान्तरण गर्छ भन्ने जानकारीको लय मिलाएको छ ।
होमो डियसमा हरारीले भनेजस्तो अब कहिल्यै विश्वव्यापी महामारी हुने छैन भन्ने लेखकको आशा भने हाम्रै पालामा विफल भएको छ ।
होमो डियस पढ्दा हरारीको विशेषज्ञता (इतिहास) भन्दा बाहिरी अनुभव झन् अचम्म लाग्दो थियो। नेक्सस भविष्यप्रति केन्द्रित दृष्टिकोणको झलक हो । यसले ऐतिहासिक उदाहरणहरूमा आधारित रहने कामलाई राम्रोसँग उजागर गर्छ र अज्ञाततर्फ धेरै पर पुग्दैन।
कसैले पनि कृत्रिम बुद्धिमत्ता (वा हरारीले भनेजस्तै, एलियन बुद्धिमत्ता) को साथ वास्तवमा के हुन्छ भनेर थाहा पाउन सक्दैन । हरारी भन्छन् –धेरै मानिसहरू निश्चिततासहित अनुमान गर्न इच्छुक छन्। म हाम्रो सामूहिक भविष्यको यो दृष्टिकोण र मानव जानकारीको नेटवर्कलाई आपसमा जोड्न तिनीहरूले गरेको प्रयासको सराहना गर्छु।
नेक्सस मानव सञ्जालहरूको इतिहासलाई कृत्रिम बुद्धिमत्तासँग जोडेर भविष्यमा के हुन सक्छ भनेर अनुमान गरिएको एउटा रोचक दृष्टान्त पनि हो ।
२०११ मा उनले सेपियन्स नामक पुस्तक प्रकाशित गरेका थिउ । जुन हाम्रो प्रजातिको सुन्दर र गहिरो इतिहास थियो। यो पुस्तकले विश्वभरि २५ मिलियनभन्दा बढी प्रति बिक्री गरेर ठूलो चर्चा कमायो । अहिले हामी हाम्रा भावी सन्ततलाई मानव इतिहास बुझ्न उनै हरारीको पुस्तक दिन पाएका छौं । हरारीले यसलाई पछ्याउँदै भविष्यतिर ध्यान दिने उपक्रममा होमो डियस लेख्न पुगे । त्यसमा उनले हाम्रो भविष्यबारे विचार गरेका छन् । यस बिन्दुमा, एक प्राज्ञिक इतिहासकारका रूपमा परिचित हरारी नयाँ पेशागत पहिचान र प्रभावको वृतमा प्रवेश गरेर ए.आई. विशेषज्ञका रुपमा देखिएका छन् ।
पुस्तकको उपशीर्षक—“स्टोन एजदेखि ए.आई. सम्मको सूचना सञ्जालहरूको छोटो इतिहास”—यो अलिक भ्रमपूर्ण जस्तो प्रतित हुन्छ। वास्तवमा, यी दुई अलग पुस्तकहरू हुन्, तीमध्ये कुनै पनि छोटो भने छैन। यो इतिहासको एक बृहद् संस्करण जस्तो प्रतित हुन्छ । यसमा अस्सिरियन माटोका ट्याब्लेटहरूदेखि १९औं शताब्दीको हैजा महामारी, भारतीय टेलिभिजनमा रामायणको रूपान्तरण, मध्ययुगीन इंग्ल्यान्डमा किसान विद्रोह, रोमानियामा भएको होलोकस्ट आदिप्रति लेखकको असन्तुष्टि पनि पुस्तकमा विस्फोट भएको पढ्न पाइन्छ । यसको प्रभाव यस्तो जहाजमा यात्रा गर्दा सँगैको सिटमा बस्ने स्रोता तपाईंजत्तिकै जानाकार सुपठित र अत्यधिक कफी पिइरहेका सबैखाले सिद्धान्तका कुरा बुझ्ने बौद्धिकसँग छलफलमा टुप्पी कसेर लागिपरेजस्तो भान पर्दछ । किन कि मैले यो पुस्तकको बाँकी अंश नयाँ वर्षमा काठमाडौं बैंकक र बैंकक सिएरिपका बेला पूरा गरें ।
हरारीले लोकतन्त्र र अधिनायकवादको मुख्य भिन्नता तिनीहरूले सूचना कसरी व्यवस्थापन गर्छन् भन्नेमै ध्यान केन्द्रित गरेका छन् । अधिनायकवादीहरूले डेटा नियन्त्रण गर्ने बारेमा उनले बढी ध्यान दिन प्रेरित गर्छन् ।तर यसको सत्यता परीक्षण गर्नमा कम ध्यान दिएको देखिन्छ । यसलाई यो पुस्तकको सीमा मान्न सकिन्छ । यसको विपरीत, लोकतन्त्रहरू पारदर्शी सूचना सञ्जालहरू हुन्, जहाँ नागरिकहरूले गलत डेटाको मूल्याङ्कन गर्न र आवश्यकता परेमा सुधार गर्न सक्षम हुन्छन् भन्नेमा लेखकको बलियो विश्वास सर्वत्र देखिन्छ । जनु उदार लोकतन्त्रको सवैभन्दा सुन्द पक्ष हो ।
डेटाहरुको असंख्य र अनियन्त्रित बाढीमा स्वेच्छिक सुधार गर्ने प्रणालीहरू भनेको संवाद र आपसी समझदारीलाई प्रोत्साहन गर्नु हो भन्दै हरारीले त्यो उदार लोकतन्त्र मात्र हुनसक्ने दृढता व्यक्त गरेका छन् ।
नेक्ससको सारतत्व भनेको ए.आई. सम्बन्धी विस्तारित नीति–प्रस्ताव होः यसको खतराहरू के हुन्, र के गर्न सकिन्छ ? (हामी ए.आई. का सम्भावित फाइदाहरूबारे धेरै सुन्दैनौं, किनभने हरारीले औंल्याएझैं, “ए.आई. क्रान्तिलाई अगाडि बढाउने उद्यमीहरूले त्यसबारेमा पहिल्यै पर्याप्त उज्यालो भविष्यतर्फको यात्रालाई अतिक्रमण गरिसकेका छन् ।’’हामी मानव इतिहासको सबैभन्दा गहन सूचना क्रान्तिको माध्यमबाट जिउँदै छौं। यसलाई बुझ्नका लागि, हामीले यसअघि के भएको थियो भन्ने कुरा बुझ्न आवश्यक छ। हामीले हाम्रो प्रजातिको नाम होमो सेपियन्स राखेका छौं, जसको अर्थ हो “बुद्धिमान मानव” – तर यदि मानवहरू यति बुद्धिमान छन् भने, किन हामी यति धेरै आत्मविनाशकारी काम गर्दैछौं? विशेष गरी, किन हामी पारिस्थितिक र प्राविधिक आत्महत्याको संघारमा छौं?
ए.आई. क्रान्तिले डर लगाउने कुरा केवल च्याटबटहरूबाट फैलिने गलत सूचनाको बाढी वा सत्ताधारीहरूले यसलाई हाम्रो व्यक्तिगत जीवनको डाटा प्रशोधन गर्न प्रयोग गर्ने हुन् कि भन्ने मात्रै होइन। हरारी लेख्छन्, “ए.आई. यस्तो पहिलो उपकरण हो, जसले आफैं निर्णय लिन र विचारहरू उत्पन्न गर्न सक्ने क्षमता राख्छ।”
मानव जातिले ठूलो सहयोग नेटवर्क निर्माण गरेर शक्ति प्राप्त गर्दछ, तर यी नेटवर्क निर्माण र कायम राख्ने सबैभन्दा सजिलो तरिका भनेको कल्पना, कल्पित कथा, र सामूहिक भ्रमहरू फैलाउनु हो। २१औँ शताब्दीमा, कृत्रिम बुद्धिमत्ता (AI) नयाँ भ्रमहरूको नेटवर्कको केन्द्र बन्न सक्छ, जसले भविष्यका पुस्ताहरूलाई यसको झूट र भ्रमलाई प्रकट गर्न प्रयास गर्ने साहससमेत गर्न नदिन सक्छ।
तर, इतिहास र प्रविधि दुबै पूर्वनिर्धारित छैनन्। यदि हामी सचेत र सूचित निर्णय लिन्छौं भने, हामी अझै पनि खराब परिणामहरू रोक्न सक्छौं। किनकि, यदि हामीले भविष्य परिवर्तन गर्न सक्दैनौं भने, त्यसलाई छलफल गर्न समय खेर फाल्नुको के अर्थ?”
हरारीले उपयोगी, राम्ररी अध्ययन गरिएको आधारभूत जानकारी प्रदान अवश्य नै गरेका छन् भन्न कन्जुस्याईं गर्नु भने पर्दैन ।
ए.आई.ले उत्पन्न गर्ने खतराहरू फिल्ममेकरहरूले कल्पना गरेजस्तो छैनन् भन्ने कुरालाई मिहिन तरिकाले वर्णन गरिएको छ । सामाजिक सञ्जालका एल्गोरिदमहरूले हाम्रो ध्यान नियन्त्रण गर्नका लागि चरम र घृणायुक्त सामग्री खुवाएर आपसी सम्वादलाई (मानवीय क्रियाकलापलाई) विनाशकारी रूपमा विकृत गर्ने खतरा आमरुपमा सवैखाले पाठकका लागि हरारीको शिक्षा हो । कानुनी, वित्तीय वा सैन्य निर्णयहरू जस्ता मानवीय विवेकलाई ए.आई. मा स्थानान्तरण गर्ने, जस्ता जटिलता हाम्रो आफ्नै बुझाइका लागि अगम्य देखिन्छन् ।
चर्चिलको शव्दमा हरारीले “सिलिकन पर्दा” को चेतावनी दिएका छन् । जो हामी र हाम्रै सिर्जना गरेका एल्गोरिदमहरूबीच, हामीलाई हाम्रा आफ्नै वार्तालापबाट—हामी कसरी कार्य गर्न, मानवीय अन्तरक्रिया गर्न, वा आफूलाई शासित गर्न चाहन्छौं भन्ने कुराबाट धेरै टाढा लैजाने दृष्टान्त पुस्तकमा उल्ल्ख गरेका छन् ।
हरारीले इमेल स्पामको समस्यातर्फ इङ्गित गर्दै जसले कहिले हाम्रो इन्बक्सलाई भर पर्दथ्यो र दैनिक लाखौं घण्टाको उत्पादकता बर्बाद गर्थ्यो। २०१५ मा, गुगलले आफ्नो जिमेल एल्गोरिदमले वास्तविक स्पामलाई ९९.९ प्रतिशतको सफलताका साथ ब्लक गर्न सकेको दाबी गरेको उदाहरण हरारीले दिएका छन् । जब प्रविधि दिग्गजहरूले राम्रो एल्गोरिदम डिजाइन गर्न तम्सन्छन् भने तिनीहरूले प्रायः यस्तो काम गर्न सक्छन्।
ए.आई. क्रान्तिले डर लगाउने कुरा केवल च्याटबटहरूबाट फैलिने गलत सूचनाको बाढी वा सत्ताधारीहरूले यसलाई हाम्रो व्यक्तिगत जीवनको डाटा प्रशोधन गर्न प्रयोग गर्ने हुन् कि भन्ने मात्रै होइन। हरारी लेख्छन्, “ए.आई. यस्तो पहिलो उपकरण हो, जसले आफैं निर्णय लिन र विचारहरू उत्पन्न गर्न सक्ने क्षमता राख्छ।”
यसको सुरुवाती चेतावनी हामीले २०१६–१७ मा म्यानमारमा देख्यौं, जब फेसबुकका एल्गोरिदमहरूलाई प्रयोगकर्ताको सहभागिता बढाउने जिम्मा दिइयो। तिनीहरूले प्रतिक्रिया स्वरूप रोहिंग्या विरोधी घृणापूर्ण प्रोपागान्डालाई प्रवर्द्धन गरे, जसले सामूहिक हत्याकाण्ड र जातीय सफायाको दुखद श्रृंखला निम्त्यायो।
हरारीले यस्ता एल्गोरिदमहरूलाई स्वतन्त्र एजेन्टहरूका रूपमा हेर्नुपर्ने बलियो आधार प्रस्तुत गर्छन् र चेतावनी दिन्छन् । हरारीले सतर्क गराउँदै भन्छन् यदि हामी सतर्क भएनौं भने, मानिसहरू ए.आई. को हातमा भयावह शक्तिका साथ नियन्त्रण गरिने उपकरणहरू बन्न सक्नेछन्। उनका अनुसार, तत्काल कदम नचालिएमा, उनले “एलियन इन्टेलिजेन्स” भन्न रुचाउने यो नयाँ उदीयमान प्रविधिले हामीले कल्पना गर्न नसक्ने विपत्तिहरू निम्त्याउन सक्छ, जसमा मानव सभ्यताको विनाश समेत समावेश हुन सक्छ।
ए.आई. प्रति यस्तो निराशावादी दृष्टिकोण नयाँ भने होइन। “डूमरहरू” जस्तै एलिजर युडकोव्स्कीले यसका प्रलयकारी सम्भावनाहरूको चेतावनी वर्षौंदेखि दिइरहेका छन्, र ए.आई. उद्योग आफैंले पनि अहिले चिन्ता व्यक्त गर्न थालेको छ। तर हरारीले यस बहसमा थप्न खोजेको कुरा भनेको लामो समयको दृष्टिकोण हो। उनले अघिल्ला सूचना क्रान्तिहरूको अध्ययन गरेर विभिन्न सरकारहरूले त्यसप्रति कसरी प्रतिक्रिया जनाए भन्ने देखाउँदै, आगामी राजनीतिक मानवीय भूकम्पका लागि तयार हुन सक्ने विश्वास व्यक्त गरेका छन्।
नेक्सस मा केही चाखलाग्दा कमजोरीहरू छन्। नाफा कमाउनमा केन्द्रित कर्पोरेसनहरूले चलाएको प्रविधिको समालोचना गर्दा पूँजीवादबारे झिनो उल्लेख पनि नभएको कुरा अलि अचम्मको छ। तर हरारीको ए.आई. को ऐतिहासिक ढाँचासँग तपाईं सहमत हुनुहोस् वा नहोस्, उनले यसलाई तयार गर्ने सुसूक्ष्म तरिकाले तपाईंलाई प्रभावित पार्नेछ। सम्भावित रुपमा सुक्खा विश्लेषण बन्न सक्ने सामग्रीलाई उनले चहकिला उदाहरणहरूबाट सजाएका छन्, जस्तै प्रथम विश्वयुद्धका संदेशवाहक परेवा चेर एमीको कथा, जसलाई सूचना प्रवाहको जटिलता प्रस्ट्याउन प्रयोग गरिएको छ। उनका अघिल्ला पुस्तकहरूजस्तै यहाँ पनि उनले सूचीहरू (“दुई मुख्य चुनौतीहरू”, “पाँच आधारभूत सिद्धान्तहरू”) र द्वैत (सत्य बनाम व्यवस्था, लोकतन्त्र बनाम अधिनायकवाद) मा भर पारेका छन्। तर यसले लेखाइलाई नीरस बनाउनुभन्दा उनको सोच व्यवस्थित गर्न मद्दत गरेको छ।
ए.आई. को शक्तिलाई सीमित गर्न उनले प्रस्ताव गरेका समाधानहरू व्यावहारिकदेखि हास्यास्पदसम्म छन् । उदाहरणका लागि, मानिसको रूपमा बोट्सलाई प्रस्तुत गर्न निषेध गर्ने जस्ता संवेदनशील सुझावदेखि कलाकारहरू र कर्मचारीहरूलाई “सहकार्य” गर्न प्रोत्साहित गर्ने, जसले हामीलाई कम्प्युटर सञ्जाल बुझ्न सहयोग गर्न सक्छ। तर नेक्सस मुख्यतः ए.आई. को निदान र कार्यका लागि आह्वानका रूपमा प्रस्तुत हुन्छ। यस आधारमा, यो व्यापक रूपमा सफल पुस्तक बन्न पुगेको छ । यदि यसले सैपियन्स जत्तिकै बिक्री गर्यो भने, मेसिनहरूको उदयसँग जुध्न मानवजाति अलि बढी सुसज्जित हुनेछ ।
प्रकाशित मितिः २०८१ पुस २०(जनवरी ४, २०२५)
प्रतिक्रिया दिनुहोस्