ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्छी सभासद् साय्जु भन्छिन् – प्रखर प्रतिपक्षीको भूमिका निभाउँछु


admin
२९ फाल्गुन २०७४, मंगलबार   ५ : ४६   बजे

भक्तपुर, २९ फागुन ।  प्रदेश सभामा मुलुककै कान्छी सदस्य बन्नुभएको छ, सृजना साय्जु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजदुर किसान पार्टीले प्रदेशसभामा प्राप्त एक सिटमा साय्जुलाई पठाएको हो ।

पहिलो संविधानसभामा लीला न्याइच्याईंलाई सभासद् बनाएको नेमकिपाले दोस्रो संविधानसभामा अनुराधा थापामगरलाई सभासद्मा चुनेका थियो ।

प्रदेशका ५५० सभासद्मध्ये सबैभन्दा कान्छी सृजना २७ वर्षको हुनुहुन्छ । आफू कान्छी सभासद् भएको संयोग मात्रै मान्नुहुन्छ उहाँ । “अन्य राजनीतिक दलले पनि नयाँ पुस्ता र समकालीनहरुलाई नै उभ्याएको होला भन्ने अपेक्षा थियो तर, त्यस्तो भएन,” उहाँले भन्नुभयो ।

सामान्य किसान परिवारका सृजनाको जन्म विसं २०४७ पुस २८ गते पिता सितलबहादुर साय्जू तथा माता चम्पा साय्जूको पहिलो सन्तानको रुपमा भक्तपुर–१०, कमलविनायकमा भएको हो । भक्तपुरकै समाज सुधार माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका सृजनाले हालै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विशिष्ट श्रेणीमा स्नात्तकोत्तर उत्तीर्ण गर्नुभएको छ ।
विद्यार्थी जीवनदेखि आफू अध्ययन गरेको विद्यालय समाज सुधार माविको विद्यार्थी हित समितिबाट राजनीतिमा होमिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “त्यसपछि विस्तारै पार्टीद्वारा सञ्चालित जिल्ला स्तरीय विद्यार्थी हित समिति, साहित्य साँझ भक्तपुर हुँदै नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आवद्ध भएँ ।” सृजनासँग आस्था साँस्कृतिक परिवारको अध्यक्ष भएर समेत काम गर्नुभएको अनुभव छ ।

नेमकिपाले चुनावलाई घोषणापत्रको लडाइँको रुपमा लिने गरेको छ । ठूला दलहरु जो सरकारमा जान्छन् उनीहरुले घोषणापत्र अनुसार काम नगरेको आरोप नेमकिपाले लगाउने गरेको छ । घोषणापत्र अनुसार काम नगरेर जनतालाई ढाँट्ने दलहरुमाथि कारवाही हुनुपर्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा राखिनुपर्ने माग समेत यो पार्टीले विगतमा संसदमा उठाएको थियो ।

पार्टीको घोषणपत्र र संविधानमा सूचीकृत प्रदेशसभाका २१ वटा अधिकारको कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा हुने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा दिने, श्रमसँग शिक्षालाई जोड्ने, उत्पादनका मुख्य मुख्य साधनहरु सार्वजनिकीकरण र सामाजिकीकरण गर्ने, व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्ने, स्थानीय सरकारलाई सहयोग हुने गरी प्रदेश सरकारबाट नीति तय गर्ने र विकट तथा दुर्गम भेगका युवालाई रोजगारी प्रदान गर्ने बन्दोबस्त गर्न जोड दिनेछु ।”

संघीयताले नै देशको चौतर्फी विकास हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न लागिपर्ने प्रतिवद्धता उहाँ व्यक्त गर्नुहुन्छ । भ्रष्टाचारविरुद्ध प्रदेशसभामा निरन्तर संघर्ष गर्ने र विकास निर्माणका कार्यमा भैरहेको ढिलासुस्ती रोक्ने उहाँको अठोट छ ।

विगतको संसद्मा नेमकिपाका प्रतिनिधिहरुले क्रान्तिकारी संसदवादको झण्डा उँचो बनाउने कार्य गरेको उहाँले बताउनुभयो । अबको भूमिकाबारे उहाँले भन्नुभयो, “प्रतिपक्षमा बसेर जनपक्षीय काम गर्छौं । जनतालाई सम्बोधन नगर्ने नीतिहरु तय र निर्माण भयो भने त्यसविरुद्ध हामी आन्दोलन केन्द्रित गर्छौं । विगतमा जस्तै प्रखर प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्नेछौं ।”

बुबा सितलबहादुरको भागमा रहेको दुई तीन रोपनी खेतको उत्पादनले वर्ष भरीको भान्छा चलाउनु पर्ने विगतलाई सम्झँदै उहाँ भन्नुहुन्छ – ”नेमकिपाको एक घर एक स्नातक र स्नातक गरेका मजदुर वर्ग उत्पादन गर्ने नीतिले गर्दा आज यहाँसम्म आइपुगें ।”

उहाँ राजनीति भनेको शिक्षित र इमान्दार व्यक्तिहरुले नै गर्नुपर्ने धारणा राख्नुहुन्छ ।
परिवारले राजनीतिमा नलाग्न सल्लाह दिएको र रोक्न खोजेको सृजना बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “परिवार हेर्ने आमा शिक्षित र समझदार हुनुभयो भने सहज हुँदो रहेछ । मैले आमालाई बुझाउन थालें । उहाँले बुझ्न थाल्नु भएपछि सहज भयो ।” उहाँ आफ्नो प्रेरणाको स्रोत का. नारायणमान बिजुक्छेलाई मान्नुहुन्छ । उहाँको सरल जीवन र उच्च विचारबाट आफू प्रभावित भएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group