ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको गुणस्तरलाई मान्यता दिन भारत सहमत


एबीसी न्यूज
२९ पुस २०८१, सोमबार   ७ : १५   बजे

काठमाडौं २९ पुस । नेपालको गुणस्तरलाई मान्यता दिन भारत सहमत भएको छ।  काठमाडौंमा दुई देशका वाणिज्य सचिवस्तरीय बैठकमा नेपालको गुणस्तरलाई भारतले मान्यता दिन सहमत भएको हो।

नेपाल गुणस्तर तथा नापतौल विभाग र ब्यूरो अफ इण्डियन स्टान्डर्डबीच औद्योगिक उत्पादनहरुको गुणस्तर परिक्षण गर्न सहमत भएका छन्।

खाद्यान्य लगायत खान पिनका विषयमा नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणबीच गुणस्तर परीक्षण, सर्टिफिकेसन, पारस्परिक मान्यता जस्ता विषयमा पारस्परिक कार्य अघि बढाउन र क्षमता विकासमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल तथा सहमति भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले नेपाली ल्यावमा परिक्षण भएको वस्तु भारतले थप गुणस्तर चिन्ह लिनु नपर्ने विषयमा सहमति भएको बताए।

‘नेपालको गुणस्तर र ल्याबलाई भारतले मान्यता दिनकोलागि सहमति भएको छ,’ सहसचिव अधिकारीले भने,‘यसकालागि अब छुट्टै समझदारीपत्रमा हस्ताक्षर हुन्छ। त्यसपछि उनीहरुले हाम्रा ल्याब हेरेर वस्तु निर्यातको अनुमति दिन्छन्।’

अब नेपाल र भारतले स्ट्यान्नर्ड बनाउँदा उस्तै किसिमका बनाउनु पर्छ। यसको अर्थ नेपालमा उत्पादन हुने र भारतमा उत्पादन हुने वस्तुको गुणस्तर एउटै मापदण्डको हुनुपर्छ।

‘अब एमओयुमा हस्ताक्षर भएपछि भारतीयले नेपालको ल्याब र नेपालले भारतको ल्याब निरीक्षण गरेपनि पारस्पारिक मान्यता दिने प्रक्रिया अघि बढ्छ,’ अधिकारीले भने,‘त्यसपछि वस्तुहरुको पहिचान हुँदै जान्छ।’

हाल भारतमा निकासी गर्न केही वस्तुहरुमा बीआईएस प्रमाण–पत्र अनिवार्य गरेको सन्दर्भमा भारतमा निकासी हुने नेपाली वस्तुहरु जुत्ता, प्लाईउड, यार्न, सेनेटरी प्याड, सिमेन्ट, जस्तापाता र स्टिलजन्य वस्तुको सहज निकासीका लागि प्राथमिकताका आधारमा बीआईएस प्रमाण–पत्र जारी गर्ने र नवीकरण गर्ने प्रक्रियालाई तीव्रता दिन भारतीय पक्ष सहमत भएको छ।

भारतले नेपाली गुणस्तरलाई चिन्हलाई मान्यता दिए यी वस्तुले भारतबाट पुनः गुणस्तर प्रमाणपत्र लिने प्रक्रियामा जानु पर्दैन। नेपाल सरकार र भारतको गुणस्तर मापदण्ड समेत फरक हुँदा सिमेन्ट लगायत निर्यात गर्ने व्यवसायीले अप्ठेरो भएको बताउँदै आएका छन्।

‘नेपाल र भारतको गुणस्तर मापदण्ड हार्मोनाइज्ड गर्न भारतीय सहमत भएका छन्। एउटै मापदण्ड भए सिमेन्ट लगायतका उद्योगीको समस्या समाधान हुन्छ,’ अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group