ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड-माधवले समाजवादी मोर्चा ब्युँताउनुको कारण


एबीसी न्यूज
१ माघ २०८१, मंगलबार   १० : ४२   बजे

काठमाडौं १ माघ । नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले अध्यादेश ल्याउने हल्ला चलिरहेकै थियो। २६ पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेट भयो।

प्रचण्डको साथमा उपमहासचिव वर्षमान पुन र नेपालसँग वरिष्ठ नेता डा। बेदुराम भुसाल थिए।  फेरि पुस २७ गते पनि उनीहरूले बैठक गरे। यसपटक १०र११ जना नेता उपस्थित थिए। बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सरकारबारे आफ्नो आकलन सुनाए, ‘सरकार धेरै लामो जाने सम्भावना छैन। यसले अनेक खालका हत्कण्डा अपनाएको छ। जनताको नजरमा अलोकप्रिय बन्दै गएको छ।’

बैठक सकेर बाहिरिएका प्रचण्डले सञ्चारकर्मीसँग पनि समाजवादी मोर्चा सक्रिय बनाउने सहमति भएको बताउँदै गठबन्धनको भविष्य नभएको बताए।

‘यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ, मैले बाहिर पनि भनेको छु,’ उनले भने, ‘अप्राकृतिक भएको हुनाले अब यो चल्दैन।’

कांग्रेस र एमालेमा फाटो नआई अन्य दलले गठबन्धन तलमाथि पार्न गणितीय हिसाबले सम्भव छैन। समाजवादी मोर्चामा जम्मा चार दल आबद्ध छन्। नेकपा माओवादी केन्द्रका ३२ र नेकपा एकीकृत समाजवादी पार्टीका १० गरी प्रतिनिधि सभामा उनीहरूको जम्मा ४२ सांसद मात्र छन्।

मोर्चामा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्तै भएको छैन।

तर, प्रचण्डले गठबन्धन लामो समय नजाने दाबी गर्नु र त्यहीबेला समाजवादी मोर्चा पनि सक्रिय पार्नुले विभिन्न राजनीतिक अड्कलबाजीलाई जन्म दियो।

तर, समाजवादी मोर्चा र स्वयं प्रचण्डले सरकार ढाल्ने खेलमा आफूहरू नलागेको स्पष्टीकरण दिएका छन्।

मोर्चाले बनाएको सचिवालयका सदस्य समेत रहेका नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले यो संयोग ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तो मात्र भएको बताए।

‘मोर्चा सरकार ढाल्न सक्रिय हुँदैन। अहिलेको प्राथमिकता त्यो होइन,’ उनले भने।

एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले पाँच महिना मोर्चा आबद्ध दलहरू आन्तरिक भेला, बैठक, अधिवेशनमा लागेको बताए।

‘अब मोर्चा गतिशील भयो, मुलुकभित्र भइरहेका समस्या समाधानका लागि गतिविधि अगाडि बढाउन पर्छ भनेर हामी लागेका छौँ,’ उनले भने, ‘सरकार ढाल्नसँग समाजवादी मोर्चाको कुनै लेनदेन छैन।’

समाजवादी मोर्चाका आफ्नै उद्देश्य, आफ्नै कार्यक्रम र योजना रहेको हमाल दाबी गर्छन्। तर, सरकारको भविष्यबारे उनको बुझाइ पनि प्रचण्डकै जस्तो छ।

‘सरकार गठबन्धनभित्रको समस्याका कारण ढल्छ,’ हमालले थपे, ‘मोर्चाको बैठकमा चाहिँ संसदमा भूमिका लगायत राजनीतिक विषयमा छलफल हुन्छ।’

तयारीका लागि सचिवालय बैठक माघ १ मा बस्दैछ। शीर्ष नेतासहित मोर्चाको बैठक माघ २ गते डाकिएको छ। उपेन्द्र यादवलाई पनि मोर्चामा ल्याउन पहल भइरहेको उनले बताए।

खुमलटार पुगेका नेतासँग प्रचण्डले के भनेरु
पुस २९ गते बिहान माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न केही नेता खुमलटार पुगेका थिए।

उनीहरूले मोर्चाको सक्रियता र बाहिर सरकारबारे फैलिएका अफवाहको वास्तविकता सोधे। प्रचण्डले सोझै जवाफ फर्काए।

‘सरकार आफ्नै ढंगले पतन हुन्छ भने होस्, सरकारलाई कमजोर बनाउने, यो सरकार ढाल्ने खेलमा हामी लाग्नु हुँदैन, म त्यो खेलमा छैन, तपाईंहरू क्लियर हुनुहोला भन्नुभयो,’ प्रचण्डको भनाइ सुनेका ती नेताले भने, ‘बरु संसदमा प्रभावकारी उपस्थिति जनाउने र जनताको मुद्दा उठाउनुपर्छ।’

सत्ताबाहिर बस्न नसक्ने आरोप खेपेका प्रचण्डले कांग्रेस र एमालेको गठबन्धनपछि संगठन र पार्टी गतिविधितिर ध्यान दिन थालेको नेताहरू बताउँछन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायतसँग सहकार्य गर्ने उनको प्रयास भएको उनीहरूको भनाइ छ।

नेसपा सहअध्यक्ष श्रेष्ठले मोर्चा सक्रिय बनाउन आफैँले जोडबल गरेको दाबी गरे।

‘लक्ष्य पार्टी एकताको छ, मोर्चा बनाएपछि बीच बाटोमा छोडेको जस्तो भयो,’ उनले भने, ‘बीचमा निष्क्रिय भएपछि विप्लवजीसँग पटकपटक, माधवकुमार नेपालसँग पनि छलफल र भेट गरियो र प्रचण्डलाई पनि भेटेर मोर्चालाई अगाडि बढाउनुपर्‍यो भनेपछि बल्ल बैठक बस्ने अवस्था जुरेको हो। अहिले माधवजी सक्रियता दिन तयार हुनुभयो।’

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने भय उनलाई थियो। तर, सरकारले पाँचवटा मात्र अध्यादेश ल्याएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group